शुक्रबार, साउन २७, २०७९

ग्यारेथ बेल : युरोपमा जित्न बाँकी केही थिएन, के गर्लान् अमेरिकामा?

शिशिर बस्नेत  |  काठमाडौं, बिहीबार, असार १६, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, असार १६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- वेल्सका स्टार ग्यारेथ बेलले हालै रियल मड्रिड छाडे। ३२ वर्षीय बेल ९ सिजन स्पेनमा बिताएर अमेरिकातिर लागेका छन्। उनले चुनेको नयाँ गन्तव्य हो लस एन्जलस। मेजर लिग सकर (एमएलएस) खेल्न उनी अमेरिका पुगेका हुन्। उनले विभिन्न क्लबमा गरेर १६ वर्ष यूरोपियन फुटबलमा बिताए। यसक्रमा उनले साउथ  ह्याम्टन, टोटनहम र रियल मड्रिडमा १६ सिजन व्यावसायिक फुटबल खेले। र, खेल जीवनको उत्तरार्धमा उनी अमेरिकी लिग खेल्न निर्णयमा पुगेका हुन्। लस एन्जलसमा उनी एक वर्षका लागि फ्रि ट्रान्सफरमा अनुबन्धित भएका हुन्। 

रियल छाडेर लस एन्जलसमा अनुबन्धित भएपछि उनले भनेका छन्, 'म यो सन्देश मेरा सबै साथीहरू, मेरा प्रशिक्षकहरू, ब्याकरूम स्टाफहरू र मेरा मायालु समर्थकहरूसँग बाँड्न चाहन्छु। मेरो रियल मड्रिडबाट खेल्ने सपना थियो। म यहाँ सेतो जर्सी लगाउन, सान्टियागो बर्नाबेउमा खेल्न, उपाधि जित्न र च्याम्पियन्स लिग जित्न आएको थिएँ। फर्केर हेर्दा मसँग हासिल गर्न केही बाँकी छैन। वास्तवमा मेरा सबै सपना साकार भएका छन्। रियल मड्रिडमा बिताएको समय एक अविश्वसनीय अनुभव थियो।' 

रियलमा ९ वर्ष बिताउँदा उनले पाँचवटा च्याम्पियन्स लिग जिते। यस्तै तीन ला लिगा, एक कोपा डेल रे, तीन यूईएफए सुपरकप र तीन क्लब विश्वकप बेलले जितेका छन्। तर, पछिल्ला २ सिजन बेलका लागि निराशाजनक रह्यो। एक सिजन उनी पूर्व क्लब टोटनहम लोनमा पठाइए। एक सिजन उनले खेल्ने समय नै पाएनन्। गत सिजन उनलाई प्रशिक्षक कार्लो एन्सोलोटीले खेल्ने मौका दिएनन्। रियलमा युवा खेलाडी हावी हुँदाको शिकार बन्न पुगेका थिए बेल। 

करियरको सुरुवात 

सन् २००६ अप्रिल १७ मा १६ वर्षको उमेरमै इङ्ग्लिस क्लब साउथह्याम्टनमा अनुबन्ध हुँदै बेलले युरोपियन फुटबलमा पहिलो पाइला राखे। सोही वर्षको अगस्ट ६ मा बेलले फ्रि किकमार्फत डर्बी काउन्टी विरुद्ध व्यावसायिक फुटबलमा पहिलो गोल गरेका थिए। सुरुवातदेखि नै उनी कलात्मक फुटबल खेल्थे। उनको स्पिड पनि विकास हुँदै गइरहेको थियो। पहिलो सिजनमै राम्रो प्रदर्शन गर्दै उनले आफूलाई स्थापित गराए। पहिलो सिजनमै फ्रि किकमार्फत केही हेर्नलायक गोल गरेका उनी राम्रो फ्रिकिक टेकरको रुपमा परिचित भए। साउथह्याम्टनका लागि उनले ४५ खेल खेल्दै पाँच गोल गरेका थिए। 

साउथह्याम्टनमा उनले गरेको प्रदर्शनबाट ठूला युरोपियन क्लबहरु प्रभावित भए। जसका कारण बेललाई अनुबन्ध गर्न चाहने क्लबहरुको संख्या पनि थपिन थाल्यो। सोही क्रममा सन् २००७ मे २५ मा उनी चार वर्षका लागि पाँच मिलियन युरोमा टोटेनहममा अनुबन्ध भए। उनले सन् २००७ जुलाई १२ मा प्याट्रिक एथ्लेटिक्स विरुद्धको खेलमा डेब्यु गरे। फुलह्याम विरुद्धको खेलमा उनले टोटनहमका लागि पहिलो गोल गरेका थिए। टोटनहममा रहँदा उनले च्याम्पियन्स लिगमा इन्टर मिलान विरुद्ध सनसनी पूर्ण ह्याट्रिक गरेका थिए। यो उनको करियरकै पहिलो ह्याट्रिक थियो। ६ सिजन टोटनहमका लागि खेलेका उनले २३७ खेलमा ७२ गोल गरेका थिए। टोटनहममा व्यक्तिगत रुपमा उच्च प्रदर्शन गरे पनि उनले कुनैपनि उपाधि जित्न भने सकेनन्।

कीर्तिमानी मूल्यमा रियल मड्रिड

६ वर्ष टोटनहममा बिताएका बेल सन् २०१३ सेप्टेम्बर १ मा त्यो बेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन युरोमा स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्धित भएका थिए। बेलको आगमनले रियल मड्रिडमा नयाँ अट्याकिङ लाइनअपको सुरुवात भयो र सुरु भयो बीबीसी अर्थात बेल, बेन्जेमा र क्रिस्टियानोको ट्रियो। यी तीन खेलाडीले रियल मड्रिडलाई सफलताको बाटोमा हिँडाए। बेल रियलमा अनुबन्ध भएको ६ वर्षमा क्लबले चारवटा च्याम्पियन्स जित्न सफल भएको थियो। बेलले सन् २०१४ मा पहिलो पटक च्याम्पियन्स लिगको उपाधिको स्वाद चाखेका थिए। यस्तै रियलले सन् २०१६, १७ र १८ मा गरी च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको थियो। जुन सफलतामा बेल टिमका महत्वपूर्ण हिस्सा थिए। रियलमा बेल, बेन्जेमा र रोनाल्डोको ट्रियोले ४०० गोल गर्‍यो। जसमध्ये रोनाल्डोले २२५, बेन्जेमाले ९९ र बेलले ७६ गोल गरेका थिए। यी तीन खेलाडीले पाँच  वर्ष यूरोपियन फुटबलमा तरंग ल्याइदिएका थिए। 

बेल सन् २०२०/२१ को सिजनमामा पूर्वक्लब टोटेनहम लोनमा गए। जहाँ उनले ११ गोल गरे। एक वर्षको लन्डन बसाईपछि उनी स्पेनिस राजधानी नै फर्किए। उनले रियल मड्रिडका लागि २५८ खेलमा १०६ गोल गरेका छन्।

खेल जीवनको अविस्मरणिय पल

सन् २०१४ मा स्पेनिस कोपा डेल रे को फाइनलमा चिरप्रतिद्वन्दी बार्सिलोना विरुद्ध गरेको बेलको गोल अहिले पनि फुटबलप्रेमीहरुले सम्झिने गर्छन्। उनले खेलको अन्तिम समयमा गरेको गोल नै रियल मड्रिडलाई उपाधि जित्न पर्याप्त बन्यो। उक्त खेलमा रियलले बार्सिलोनालाई २-१ ले  पराजित गर्यो। सहकर्मी फबियो कन्ट्राओको असिस्टमा मैदानको बिच भागबाट तिव्र गतिमा बल लिएर दौडिने क्रममा मैदानको रेखा बाहिर समेत पुगेका थिए। तर उनले बार्सिलोनाका दुईजना खेलाडीलाई छल्दै उनले खेलको ८५औ मिनेटमा गोल गरेका थिए। 

त्यस्तै दर्शकहरुले बेललाई सन् २०१८ मा च्याम्पियन्स लिगको फाइनलमा गरेको प्रदर्शनलाई समेत उनले सम्झने गर्छन्। लिभरपूल विरुद्ध खेलको ६१औ मिनेटमा इस्कोलाई प्रतिस्थापन गर्दै मैदान छिरेका बेलले खेललाई परिवर्तन नै गरिदिएका थिए। उनी मैदान छिर्दासम्म खेल १-१ को बराबरीमा थियो। तर बेलले मैदान छिरेको तीन मिनेटमै  मार्सेलोको पासमा ठुलो डिबक्स छेउबाट बेलले सानदार बाइसाइकल गोल गर्दै टिमलाई २-१ को स्तिथिमा पुर्‍याएका थिए। बेलको यो गोल च्याम्पियन्स लिग इतिहासकै उत्कृष्ट गोल मध्येको एक हो। त्यसपछि खेलको ८३औ मिनेटमा फेरि बेलले आफ्नो जादु चलाए। डिबक्स बाहिरैबाट गरेको प्रहार गोलकिपरको हातमा लागेर गोल पोष्ट भित्र छिरेको थियो। बेल प्रेरित खेलमा लिभरपुललाई ३-१ गोल अन्तरले हराँउदै रियल मड्रिडले लगातार तीन पटक सहित कुल १३ वटा च्याम्पियन्स लिग जितेको थियो। 

च्याम्पियन्स लिगमा इन्टर मिलान विरुद्ध बेलले टोटनहमबाट गरेको ह्याट्रिकलाई पनि दर्शकहरुले भुलेका छैनन्। यहि प्रदर्शनबाट रियल मड्रिडलाई अनुबन्ध गर्न प्रेरित गरेको थियो। 

लस एन्जलसमा खेल्न उत्साही

लस एन्जलसमा अनुबन्ध भएसँगै बेलले आफू खेल्नका लागि उत्साहित रहेको बताएका छन् । ‘म लस एन्जलसमा आबद्ध हुँदा एकदमै उत्साहित छु,’ उनले भने। लस एन्जलस आफू र आफ्नो परिवारका लागि सही ठाउँ भएको उनी बताउँछन्। त्यसो त बेलको तलब अन्य खेलाडीको भन्दा कम रहेको बताइन्छ। अमेरिकामा खेल्ने चिकागो फायरका जेर्दान शाकिरी, लस एन्जलस ग्यालेक्सीका ज्याभिएर हर्नान्डेज, टोरोन्टो एफसीका नयाँ खेलाडी लरेन्जो इनसिग्ने भन्दा बेलको पारिश्रमिक कम रहेको उनीहरुको भनाइ छ ।

लस एन्जलस टाइम्सका अनुसार बेलको तलब १.६ मिलियन अमेरिकन डलर छ । जुन रियलमा उनले पाएको भन्दा धेरै कम रकम हो । लस एन्जलससँगको सम्झौताअनुसार बेलले एक वर्षको सम्झौता नवीकरण गर्न सक्ने विकल्प पनि छ । मेजर सकर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडी लरेन्जो इनसिग्ने हुन्। उनले १२.४२ मिलियन अमेरिकन डलर प्राप्त गर्नेछन् ।

- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा




प्रकाशित: June 30, 2022 | 11:53:28 काठमाडौं, बिहीबार, असार १६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
फुटबल

एन्फा अध्यक्षले संघको गाडी नचढ्ने, बिक्रीवापतको रकम खेलाडी अक्षयकोषमा राख्‍ने

एन्फाले जारी गरेको विज्ञप्तिको ८ नम्बरमा भनिएको छ, 'एन्फाको स्वामित्वमा रहेको गाडीहरु (अध्यक्ष चढ्ने फर्चुनर र बस) सम्बन्धमा विकास श्रेष्ठ, रविन्द्र चन्द र मनिष जोशी सम्मिलित एक कमिटी बनाइ आवश्यक प्रक्रिया पुर्‍याएर लिलामी गरी सोबाट प्राप्त रकम खेलाडी अक्षयकोषमा राख्‍ने निर्णय पारित गरियो।'
नेपाल समय
फुटबल

सहिद स्मारक लिग र एनएसएलको मिति निर्धारण, साफको टिकट मूल्य तोकियो

अखिल नेपाल फुटबल संघको दोस्रो कार्यसमिति बैठकले तय गरेको विभिन्न २२ एजेन्डाबारे छलफल गर्दै महिला साफ, एनएसएल, सहिद स्मारक लिगको विषयमा निर्णय गरेको जानकारी दिएको छ।
नेपाल समय
फुटबल

विश्वकप फुटबल एक दिनअघि नै सुरु हुँदै

आउँदो नोभेम्बर २१ बाट कतारमा सुरु हुने फिफा विश्वकप एक दिनअघि नोभेम्बर २० बाटै सुरु हुने भएको छ।
नेपाल समय
फुटबल

सुपर कपको उपाधि रियल मड्रिडलाई, बालेन डि’ओरको नजिकै बेञ्जिमा

युरोपेली सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। बुधबार राति फिनल्यान्डको राजधानी हेलेसिन्की नजिकै रहेको हेलेसिन्की ओलम्पिक रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रांकफर्टलाई हराउँदै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

जसको एकै सिजनमा करोड जर्सी बिक्छ

खेलाडी फेरबदल तथा तिनको सर्वाधिक जर्सी बिक्ने विषयलाई पनि निकै चासोका साथ हेरिन्छ। यो सिजनको सुरुआत हुँदै गर्दा खेलाडीको जर्सी बिक्ने क्रम बाक्लिँदै छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना