मंगलबार, माघ ११, २०७८
  • गृहपृष्ठ
  • फुटबल
  • बिबिसीसँग कहिल्यै नहारेको आर्मीलाई पहिलो पूर्ण अंक जोड्ने अवसर

बिबिसीसँग कहिल्यै नहारेको आर्मीलाई पहिलो पूर्ण अंक जोड्ने अवसर

नेपाल समय  |  काठमाडौं, आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८, काठमाडौं

नेपाल समय
null

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दिउँसो त्रिभुवन आर्मी क्लबले ब्रिगेड बोइज क्लब (बिबिसी)को सामना गर्दैछ। त्रिपुेश्वरस्थित दशरथ रंगशालामा दिउँसो पौने ५ बाट सुरु हुने खेलमा बिबिसी आर्मीविरुद्ध लामो समयपछि जित निकाल्ने  दाउमा हुनेछ।

त्यो किनभने बिबिसीले पछिल्ला पाँच खेलमा आर्मीविरुद्ध गोल गर्न सकेको छैन। पत्रकार हिमेश रत्न बज्राचार्यका अनुसार लिगमा आर्मी र बिबिसीबीच अहिलेसम्म आठ खेल भएका छन्। ती सबै खेलमा आर्मी विजयी भएको छ।

लिगका पछिल्ला पाँच संस्करणमा त बिबिसीले आर्मीविरुद्ध गोल पनि गर्न सकेको छैन। जहाँ २०६८ मा २–०, २०७५ मा १–० र पछिल्ला सिजनमा २–० अन्तरले आर्मीले जित निकालेको थियो।

यद्यपि आजको खेलमा बिबिसी आर्मीविरुद्ध जितको लक्ष्यका साथ मैदानमा उत्रने छ। बिबिसीका अफिसियल राजु श्रेष्ठ भन्छन्, ‘पहिलो खेल त राम्रो नै भयो। दोस्रो चाहिँ बराबरी। तेस्रो खेलमा आर्मीसँग भिड्दैछौं। आर्मीको टिममा शारीरिक रूपमा निकै बलिया खेलाडी छन्। उनीहरू डोमिनेट छन्। त्यसैले उनीहरूको फिजिकालिटी हेरेर हामीले एक हप्ताको विशेष अभ्यास गरेका छौं।’

तर बिबिसीका सिनियर खेलाडी रहेका अनिल गुरुङ खेलिरहेका छैनन्। त्यो किनभने उनी पहिलो खेलमा बाहिर थिए भने दोस्रो खेलमा सब्टिच्युटमा थिए। तर उनले खेल्न पाएका छैनन्।

‘टिममा युवा खेलाडीहरू छन्। उनीहरूले खेलिरहेका छन्, तर पनि हामी आर्मीविरुद्ध जितका लागि खेल्छौं। त्यही अनुसारको अभ्यास भइरहेको छ। पछिल्लो खेलमा पनि गोलकिपर इन्ज्युर्ड भएका। तर उनी ठिक भएका छन्। तर केही खेलाडी अझै अनफिट छन्। अर्को ती खेलाडी अर्को चरणमा ठिक हुन्छन्,’ उनले भने।

यता आर्मीका सहायक राजु तामाङ कुनै हालतमा जित निकाल्ने पक्ष्यमा छन्। उनको टिमले सुरुआति दुवै खेलमा जित निकाल्न सकेको छैन। अब जित निकाल्नु पर्ने दबाब आर्मीलाई छ। उनी प्रशिक्षक तामाङ भन्छन्, ‘हामी विनिङ मेन्टालिटीमा छौं, तीन अंक लिने लक्ष्य छ। पछिल्लो दुई खेलमा बलिया प्रतिद्वन्द्वीसँग खेलेका छौं। त्यसैले जित निकाल्न सकेको छैन।’  अहिले आर्मीको टिममा स्ट्राइकरको अभाव रहेका छ।। त्यसलाई उनी स्विकार्छन्। भन्छन्, ‘हो, टिमलाई ट्राइकिङको अभाव छ। तर पछिल्लो प्रदर्शनको तुलनामा अब आउने खेलमा सुधार गर्ने हो। हामी खेलमा अभागी बनेका छौं। त्यसलाई भाग्यमानीमा परिणत गर्ने कोसिसमा छौं।’

आर्मीको टिममा सुदिल राई आजको खेलमा हुनेछैनन्। चोटको कारण उनको शल्यक्रिया गर्नुपर्ने भएको छ। यद्यपि प्ल्यर बिबिसीसँग आर्मीका भन्दा कमजोर खेलाडी छन्। तर, अंकतालिकामा बिबिसी आर्मीभन्दा माथि छ।

आर्मीको २ अंक हुँदा बिबिसीको ४ अंक छ। तर आर्मी टिम आफूलाई बिबिसीभन्दा पछिको ठान्दैन। तामाङले भने, ‘हामी बलिया छौं। स्पष्ट तीन अंकका लागि नै खेल्ने हो। फरवार्डको अभावले दबाब सुरुबाटै छ। तर हामीसँग जति खेलाडी छन् ती सबै खेलाडी पोटेन्सियल भएका खेलाडी छन्।’

‘अवसर नपाएर आफ्नो क्षमता प्रदर्शन गर्न नसकेका खेलाडी पनि छन्। उनीहरूले राम्रो गर्नसक्छन्। त्यो कुरालाई मध्यनजर गरेर हामी लिग खेलाउँछौं,’ प्रशिक्षक तामाङले भने।


प्रकाशित: December 5, 2021 | 12:33:26 काठमाडौं, आइतबार, मंसिर १९, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, मंसिर १९, २०७८

थप समाचार

मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो मोरिससको फुटबल टिम

मोरिससको राष्ट्रिय फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगेको छ। यही माघ १५ र १८ गते आयोजित दुई खेलका लागि मोरिससको टिम नेपाल आइपुगेको हो।

मछिन्द्रसँग हार बेहोर्दै बाहिरियो डिफेन्डिङ च्याम्पियन संकटा क्लब

डिफेन्डिङ च्याम्पियन संकटा क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलमा मछिन्द्रसँग पराजित हुँदै बाहिरिएको छ।

रिम्समाथि पीएसजीको चार गोल

फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानको लिगलिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्समाथि प्रभावशाली जित दर्ता गरेको छ। आइतबार राति सम्पन्न खेलमा पीएसजीले ४-० को जित निकालेको हो।

ला लिगा : बार्सिलोनालाई जितले राहत, रियल हारबाट जोगियो

स्पेनिस फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। अलाभेसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले लेट गोल गर्दै १-० को जित निकालेको हो।

ईपीएलमा लिभरपुल र चेल्सीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले क्रिस्टिल प्यालेसविरुद्ध ३-१ को सहज जित निकालेको छ। आइतबार राति क्रिस्टलकै मैदानमा सम्पन्न खेलमा लिभरपुलले जित निकालेको हो।

पुलिसलाई हराउँदै मनाङ आहा राराको अन्तिम चारमा

पोखरामा जारी २०औं संकरणको आहा रारा गोल्डकपको सर्वाधिक विजेता दुई टिम हुन मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लब।

ट्रेंडिंग

नेपाल समय
राजनीति

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा सुधारको छाँट देखिएन,’ ती पदाधिकारी भन्छन्, ‘प्रश्न उठाउँदा झपार्नुहुन्छ। बोल्न दिनुहुन्‍न, अनि कसरी सुधारको अपेक्षा राख्‍ने?’
नेपाल समय
समाज

काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

'घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं। गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'
नेपाल समय
समाज

काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो।
नेपाल समय
समाज

इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय
राजनीति

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C