मंगलबार, माघ ११, २०७८

फरक रणनीतिमा थ्रिस्टारको तीन फरक नतिजा : जित, हार र बराबरी

नेपाल समय  |  काठमाडौं, शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- पहिलो खेलमा सानदार जित निकालेर दोस्रो खेलमा हार बेहोरेपछि तेस्रो खेलअघि थ्रिस्टार क्लबका लागि फ्रेन्ड्विरुद्धको खेलमा जिन निकाल्ने दबाब थियो। राष्ट्रिय टिमका आयुष घलान, अनन्त थापा, संजोक राई तथा उत्कृष्ट डिफेन्डर विक्रम थापासहितको टिम तेस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको थियो।

तर एक गोलले पछि परेको अवस्थामा गोल गर्दै थ्रिस्टार बरबरीमै रोकियो। थ्रिस्टारका प्रशिक्षक रवीन्द्र सिलाकरले टिमको फर्मेसन परिवर्तन गरेर खेलेको कारण बराबरीमै रोकिनु परेको बताएका छन्। उनले भने, ‘फर्मेसन परिवर्तन गराएर मिडफिल्डरलाई खेलाएर गोल गर्नुपर्ने थियो। हाम्रो अवसर निस्कियो। तर गोल भए। एक दुई बल फ्रेममा लागेर पनि फर्किएको हो।’

उपाधि लक्ष्यका साथ लिगमा होमिएको थ्रिस्टारविरुद्ध फ्रेन्ड्स क्लबले सुरुआतमा दबाब बनाउँदै गोलको प्रयास गरेको थियो। चौथो मिनेटमा प्रिजेन तामाङले सेन्टर लाइनबाट गरेको प्रहार बचाउन थ्रिस्टारका गोलकिपर गुलियम एनजंगाले डाइभ गरेका थिए। तर बल पोस्टको नजिकैबाट बाहिरियो।

‘आज हामी जित्नु थियो। हामीले अस्तिको भन्दा राम्रो खेलेको हो। दोस्रो हाफमा पछि गोल खायौँ। जित्ने लक्ष्य थियो। दुई खेलमा लिड गरेर जोगाउन सकिएन। आज दुवै टिमले बराबरी खेल्यो। जित्न मन थियो,’ फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले खेलपछि भने।

त्यसपछि अधिकांश समय बल मैदानको बीचमै गुडे पनि २५औं मिनेटमा थ्रिस्टारले अट्याकिङ थर्डमा राम्रो अवसर खेर फाल्यो। हेमन्त थापा मगरले दिएको पासलाई संजोकले क्रस गरे पनि गोल गर्न पोस्टअघि खेलाडी उपस्थित थिएनन्।

यता ३४ औं मिनेटमा नाथनल गर्सिर्याको लामो प्रहार पोस्टको टप राइट कर्नरबाट बाहिरिएको थियो। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा रोकियो।

‘युवा खेलाडी लिएर उत्रिएको हो। अनुभव खेलाडी थोरै मात्र छन्। यसपालि प्रशिक्षक पनि नयाँ भएका कारण प्रशिक्षकको रणनीतिमा भिज्न गाह्रो परेको हो,’ सिलाकारले भने।

के थ्रिस्टारलाई अझ राम्रो प्रशिक्षक चाहिन्छ होला भन्न लााग्छ? जवाफमा सिलाकर भन्छन्, ‘थ्रिस्टारलाई अझै राम्रो प्रशिक्षक चाहिन्छ होला। तर हामीले धेरै लगानी गरेका छौं। धेरै महेनेत गरिरहेका छौं।’

पहिलो हाफमा गोल नभए पनि तर दोस्रो हाफमा दुवै टिमबाट समान १–१ गोल भयो।

खेलको ५० औं मिनेटमा सन्जोकबाट पाएको बललाई रितिकले पोस्टमा प्रहार गरेका थिए। तर त्यो प्रहारलाई गोलकिपर राउल रामचन्द्र यादवले सहजै बचाएका थिए। त्यसपछिको काउन्टर मुभवमा फ्रेन्ड्सले गोल निकाल्यो। कप्तान विश्वास बुढाथोकीले बायाँ कुनाबाट दिएको पासलाई अफ्रिक खेलाडी गर्सिर्याले पोस्ट नजिकैबाट हेडमार्फत गरेका प्रहार गोल भएको थियो। गर्सिया खेलको म्यान अफ दी म्याचसमेत बने।

गोलसँर्ग फ्रेन्ड्सले खेलमा दबाब बनाएको थियो। त्यसपछि थ्रिस्टारले केही असफल प्रयास गर्‍यो। ७० औं मिनेटमा थ्रिस्टारका दुई प्रहार गोलकिपर यादवले बचाएका थिए। त्यस्तै ७५ औं मिनेटमा सन्जोकको प्रहार पोस्टको बारमा लागेर फर्कियो।

तर ७८ औं मिनेटका अवसर भने थ्रिस्टारले गुमाएन। रितिकले प्रहार गरेको क्रसलाई थ्रिस्टारका खेलाडीले भेट नसकेपछि बल फ्रेन्ड्सको पोस्ट नजिकै पुगेर फर्किएको थियो। 

तर फर्किएको बेललाई रितिकले नै पुन क्रस गरे। यसपटक मिडफिल्डर मिक्छेन तामाङले छ यार्ड बक्सभित्रबाट गोल गरे। यो गोलसँगै थ्रिस्टारले फ्रेन्डसँग बराबरी खेलेको हो।

‘म पहिला थ्रिस्टारमा पनि थिएँ। अहिले फ्रेन्ड्मा छु। फ्रेन्ड्सबाट त खेलेको पनि हो नि, दुवै मेरै क्लब हो। त्यसैले होला भगावनले बराबरी बनाइदिए,’ फ्रेन्ड्का प्रशिक्षक मृगेन्द्र मिश्रले भने, ‘हाम्रो कप्तानले पुरा खेल्न सकेको छैन। उसको इन्ज्युरी पनि छ। अर्को खेल मनाङ हुँदा गाह्रो पर्न सक्छ।’

थ्रिस्टारले तीन खेलबाट चार अंक बनाएको छ। यता फ्रेन्ड्सले तीन खेलबाट दुई अंक जोडेको छ। पहिलो खेलका सातदोबाटोसँग गोलरहित बराबरीमा रोकिएको फ्रेन्ड्सले दोस्रो खेलमा संकटासँग २–१ गोलको हार बेहोरेको थियो।

लिग समग्रमा कस्तो भइरहेको छ त? जवाफमा थ्रिस्टारका सहायक प्रशिक्षक सिलाकारल भने भने, ‘यसपालि हरेक खेलमा फरक फरक रणनीतिका साथ खेलिरहेका छौं। आजको खेलमा पनि हामीले ४–२–३–१ फर्मेसनमा खेलाएका थियौँ। यो फर्मेसनमा मुभ धेरै बनाउँदा खेलाडी इन्ज्युरी धेरै हुने भएकाले पछि मात्र मुभ राम्रो भएको हो।’

उनले यससँगै थ्रिस्टारको प्रशिक्षाको टिम तीन खेलसम्म फेल भएको बताएका छन्।  उनले भने ‘हामी फेल भएका छौं। आजको खेलमा मिडफिल्डमा सक्रिय छौं। खेलाडीले मन लगाएर खेलेका छन्। त्यसैले एक जित, एक हार र एक बराबरी भए पनि हाम्रो लक्ष्य भनेको उपाधि नै हो। हामी उपाधिको बाटोमा छन्। त्यसका लागि फरवार्डको समस्या समाधान गर्नुपर्छ।  हामीले खेलाडी छ। एयरपोर्ट बन्द हुने अवस्था आइसकेको छ त्यसैले यो काम छिटो गर्नुपर्ने छ।’


प्रकाशित: December 4, 2021 | 07:37:40 काठमाडौं, शनिबार, मंसिर १८, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शनिबार, मंसिर १८, २०७८

थप समाचार

मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आइपुग्यो मोरिससको फुटबल टिम

मोरिससको राष्ट्रिय फुटबल टिम दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुगेको छ। यही माघ १५ र १८ गते आयोजित दुई खेलका लागि मोरिससको टिम नेपाल आइपुगेको हो।

मछिन्द्रसँग हार बेहोर्दै बाहिरियो डिफेन्डिङ च्याम्पियन संकटा क्लब

डिफेन्डिङ च्याम्पियन संकटा क्लब २० औं संस्करणको आहा रारा गोल्डकपको पहिलो खेलमा मछिन्द्रसँग पराजित हुँदै बाहिरिएको छ।

रिम्समाथि पीएसजीको चार गोल

फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानको लिगलिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्समाथि प्रभावशाली जित दर्ता गरेको छ। आइतबार राति सम्पन्न खेलमा पीएसजीले ४-० को जित निकालेको हो।

ला लिगा : बार्सिलोनालाई जितले राहत, रियल हारबाट जोगियो

स्पेनिस फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। अलाभेसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले लेट गोल गर्दै १-० को जित निकालेको हो।

ईपीएलमा लिभरपुल र चेल्सीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले क्रिस्टिल प्यालेसविरुद्ध ३-१ को सहज जित निकालेको छ। आइतबार राति क्रिस्टलकै मैदानमा सम्पन्न खेलमा लिभरपुलले जित निकालेको हो।

पुलिसलाई हराउँदै मनाङ आहा राराको अन्तिम चारमा

पोखरामा जारी २०औं संकरणको आहा रारा गोल्डकपको सर्वाधिक विजेता दुई टिम हुन मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल पुलिस क्लब।

ट्रेंडिंग

नेपाल समय
राजनीति

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा सुधारको छाँट देखिएन,’ ती पदाधिकारी भन्छन्, ‘प्रश्न उठाउँदा झपार्नुहुन्छ। बोल्न दिनुहुन्‍न, अनि कसरी सुधारको अपेक्षा राख्‍ने?’
नेपाल समय
समाज

काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

'घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं। गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'
नेपाल समय
समाज

काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो।
नेपाल समय
समाज

इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय
राजनीति

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C