सोमबार, माघ ३, २०७८
  • गृहपृष्ठ
  • फुटबल
  • 'ए' डिभिजनमा उपाधिका दाबेदारबीच टक्कर : आज मच्छिन्द्र र आर्मीको भिडन्त

'ए' डिभिजनमा उपाधिका दाबेदारबीच टक्कर : आज मच्छिन्द्र र आर्मीको भिडन्त

नेपाल समय  |  काठमाडौं, सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार दुई खेल हुँदैछन्। जसमध्येको दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र र साविक उपविजेता त्रिभुवन आर्मी क्लब भिड्दैछन्। पछिल्लो सिजनको अन्तिम तथा निर्णायक खेलमा प्रतिस्पर्धा गरेका यी दुई टिम आज पनि जितको लक्ष्यका साथ मैदान छिर्नेछन्।

विगतमा पनि उनीहरु बीचको त्यो खेल दशरथ रंगशालामा निकै रोमाञ्चक बनेको थियो। लिग अवधिभर दर्शकको खडेरी रहेका अवस्थामा उक्त खेलमा तीन हजार समर्थक दरशथ रंगशालामा ओइरिएका थिए। उक्त खेलमा आत्मघाति गोलको सहयोगमा मच्छिन्द्र क्लबले उपाधि जितेको थियो।

मच्छिन्द्र्र क्लबका प्रवेश कटुवालले पछिल्लो लिगको अन्तिम खेलमा टिमलाई जित दिलाउन आफ्नो टिमले एक गोल गरेपछि नै डिफेन्सिभ खेलाएर सो अग्रता रक्षा गर्दै उपाधि जितेका थिए।

उपाधिका लागि त्यो जित निकै महत्वपूर्ण थियो। तर यो संस्करणमा भने दुई उपाधि विजेता दोस्रो चरणमै भिड्दैछन्।

‘पछिल्लो सिजनमा हाम्रो अन्तिम खेल थियो। त्यो जितेर उपाधि जित्यौं। यो वर्ष आर्मीको टिम उपाधि दबेदार हो। त्यस हिसाबले निकै महत्वपूर्ण खेल छ। सुरुमै बिग टिमसँग पर्दा चाहिँ गाह्रो हुन्छ,’ मच्छिन्द्रका प्रशिक्षक कटुवालले खेलअघि बताएका छन्, ‘तर हामीले सुरुमै जित्यौं भने उपाधिका लागि सहज हुन्छ। हामीले सबै टिमलाई रेस्पेक्ट गरेर हेर्नुपर्छ। अझ आर्मीको सेट टिम छ।’

त्यसैले प्रशिक्षक कटुवाललाई लाग्छ आजको खेल निकै पेचिलो हुनेछ। तर, टिमसँग स्टार खेलाडी हुँदा नियन्त्रणका लागि गाह्रो पर्ला कि भन्ने प्रश्नमा उनले भने, ‘पछिल्लो सिजन पनि यस्तै टिम थियो, खेलाडीमा नियन्त्रण नै भएर लिग जितिएको हो। यो  वर्ष पनि त्यही नै छ। जो राम्रो छ उसैले खेल्छ। खेलाडीले गुनासो गर्न मिल्दैन। टिम जित्न राम्रा स्क्वाड हुनुपर्छ।’

टिम राम्रो भए पनि विभागीय क्लबको तुलनामा आफ्नो अभ्यास कम भएको प्रशिक्षक कटुवाल स्वीकार्छन्। उनले भने, ‘अभ्यासको सयम छोटो रह्यो। अभिषेक रिजाल र मनिष डाँगी यु–२३ खेलेर तिहारपछि मात्रै आए।’

लिगको पहिलो खेलमा मच्छिन्द्र्रले न्युरोड टिम एनआरटीलाई एक १–० गोलले हराएको थियो। यति धेरै फरवार्ड भएर पनि धेरै गोल नभएको प्रश्नमा उनले पहिलो खेल भएर टिम सेट नभएको बताए। ‘त्यो पहिलो खेल भएर पनि हो। यद्यपी पहिलो खेलबाट म निकै खुसी छु। डिफेन्डर अघि बढ्न सकेको थिएनन्। तर अब तेस्तो गाह्रो हुँदैन,’ उनले आसन्न खेलको सम्भावना बताए।

यता, नेपालका उत्कृष्ट फरवार्ड विमल घर्तीमगर कतारमा घुँडाको शल्यक्रिया गरेर फर्किएका छन्। ‘घुँडाको शल्यक्रियापछि विमललाई पूर्ण रुपमा खेल्न आत्मविश्वास आएको छैन। मनिष डाँगीको पनि इन्ज्युरीको समस्या छ। ग्रोइन पेन छ उसको,’ कटुवालले भने।

यता आर्मी पनि आजकै खेलमा जित निकाल्दै लिगमा पछिल्लो बराबरीमा मलम लगाउन चाहन्छ। यदी आजको खेलमा आर्मीले जित निकाल्न नसके उसको लिग सुरुवात राम्रो हुनेछैन। किनेभने ऊ पहिलो खेलमा नै पुलिस क्लसँग बराबरीमा रोकिएको छ।

त्यसैले अंक तालिकामा सुरुबाटै माथि रहन उसलाई आजको जित अत्यावश्यक छ। तर स्वास्थ्यमा समस्या आएपछि मुख्य प्रशिक्षक नविन न्यौपाने खेलस्थल आउन पाएका थिएनन्। ‘मुख्य प्रशिक्षक अर्को खेलबाट आउनु होला,’ सहायक प्रशिक्षक राजु तामाङले पहिलो खेलपछि भनेका थिए। यद्यपि आजको खेलमा दुवै प्रशिक्षकलाई बलियो रणनीतिको आवश्यकता छ। आर्मीलाई त पछिल्लो खेलमा बेहोरेको हारको बदला लिनुपर्नेछ।

मच्छिन्द्र्रलाई त आफू बलियो देखाउनु पर्ने छँदैछ। त्यसैले आज पौने ५ बजे दशरथ रंगशालामा सुरु हुने खेल निकै रोमाञ्चक हुनेछ।

त्यस्तै, आजै हुने अर्को खेलमा एनरआटीले ब्रिगेड बोइज क्लबको सामना गर्नेछ। यो खेल दिउँसो १ बजे सुरु हुनेछ। यदि पहिलो खेल हेरिसकेर रंथशालाबाट बाहिर ननिस्कने हो भने दोस्रो खेल हेर्नका लागि छुट्टै टिकट खरिद गर्नु नपर्ने एन्फाले जनाएको छ।


प्रकाशित: November 29, 2021 | 10:33:35 काठमाडौं, सोमबार, मंसिर १३, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, सोमबार, मंसिर १३, २०७८

थप समाचार

विमलको दोहोरो गोलमा मछिन्द्रको सानदार जित

सहिद स्मारक ए डिभिजन लिगको ६१ औं खेलमा मछिन्द्र फुटबल क्लबले ब्रिगेड व्याइज क्लबमाथि ४–० गोलको जित निकालेको छ।

च्यासलका १९ खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित

च्यासल युथ क्लब र नेपाल पुलिस क्लब (एनपीसी) बीचको सहिद स्मारक ‘ए’ डिभिजन खेल कोभिड–१९ को सङ्क्रमणका कारण च्यासल युथ क्लबका खेलाडीहरुबीचको खेल स्थगित भएको छ।

मनाङ हारेपछि मछिन्द्रलाई अंकदूरी बढाउने अवसर

सहिद स्मारक ए डिभिजन लिगको ६१औं र ६२औं खेल आइतबार दशरथ रंगशालामा हुँदैछन्।

पीएसजीलाई शीर्षस्थानमा ११ अंकको अग्रता

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको शनिबार राति समपन्न खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले ब्रिस्टलाई २–० गोलअन्तरले हराएको छ।

प्रिमियर लिगमा सिटीसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल) को शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

काउटिन्होको डेब्यू गोलमा युनाइटेडसँग हारबाट जोगियो एस्टन भिल्ला

जारी जनवरी विन्डोमा मात्र स्पेनिस क्लब बार्सिलोनाबाट इंग्लिस क्लब एस्टन भिल्लामा पुगेका एट्याकिङ मिडफिल्डर फिलिप काउटिन्होले डेब्यू गोल गरेका छन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C