मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • फुटबल
  • नेपाल नफर्कने घोषणा गर्दै अलमुताइरीले भने, अब मेरो नाममा कसैले पैसा कमाउन पाउने छैन

नेपाल नफर्कने घोषणा गर्दै अलमुताइरीले भने, अब मेरो नाममा कसैले पैसा कमाउन पाउने छैन

नेपाल समय  |  काठमाडौं, बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८, काठमाडौं

नेपाल समय
नेपाल र बंगलादेशबीच खेल सकिएपछि माल्दिभ्सको मालेमा आयोजित पत्रकार सम्मेलनमा नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी। तस्बिर सौजन्य : एन्फा

काठमाडौं – गत वर्ष चैतमा नेपाली राष्ट्यि फुटबल टिमको प्रशिक्षक बनेपछि अब्दुल्लाह अलमुताइरीले टिमसँग आफ्ना सपना व्यक्त गरेका थिए– हाम्रो स्तरको प्रतियोगिता साफ च्याम्पियनसिप हो। अब मेरो पहिलो उद्देश्य साफ च्याम्पियनसिपको फाइनलमा पुग्नु हो। र, त्यो प्रतियोगिता जित्नु हो।’

नेपाली फुटबल टिमले अलमुताइरीको पहिलो सपना पूरा गरिदिएको छ। अर्थात्, उनले तयार गरको नेपाली टिम साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। माल्दिभ्सस्थित राष्ट्यि फुटबल रंगशालामा बुधबार भएको खेलमा नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनलको यात्रा सुरक्षित गरेको हो। 

लिग चरणमा नेपालले दुई खेलमा जित, एक बराबरी र एक हार बेहोर्दै ७ अंक बनाएर इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ।

‘आज नेपाली टिमको खेल हेरेर पूरा दक्षिण एसियामा चर्चा छ। तर, अब हामी फाइनल खेल्न गइरहेका छौं। त्यो नेपालको राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ।

लगत्तै प्रशिक्षक अलमुताइरीले पहिलो पटक पत्रकारसामु पद त्यागको घोषणा गरेका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा अलमुताइरीले भने, ‘आज नेपाली टिमको खेल हेरेर पूरा दक्षिण एसियामा चर्चा छ। तर, अब हामी फाइनल खेल्न गइरहेका छौं। त्यो नेपालको राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ।'

उनले अब नेपाल नफर्किने पनि घोषणा गरे। अलमुताइरीले भने, ‘अब म नेपाल फर्किएर आउने छैन। कसैले मेरो नाम प्रयोग गरेर पैसा कमाउन पाउने छैन। मेरो नाम प्रयोग गरेर पैसा कमाउनेले नै राष्ट्रिय टोली चलाओस्।

उनले नेपाल बसाइका क्रममा आफ्नो परिवारलाई असर गरेको पनि बताएका छन्। ‘यो हर्कतले मलाई असर गरेको छ। त्यसैले आज मैले कुनै प्रश्नको अपेक्षा गरेको छैन’, उनले भने। उनले नैतिकता नभएको मानिसले माफी नपाउने पनि बताए।

उनले एक महिनाअघि नै राजीनामा दिइसकेको पनि स्पष्ट पारे। उनले भने, अब यो प्रतियोगिता अन्तिम हो। साफ कप नसकिएसम्म छोड्दा असर पर्ने भएकाले टिमलाई सम्हालेको हुँ।’

उनले मंगलबार पत्रकार सम्मेलनमा उपस्थित नहुनुको कारण पनि बताए। अलमुताइरीले भने, ‘यसका लागि हिजो हामीले तीन बजेसम्म अभ्यास ग¥यौं। त्यसैले म र कप्तान पत्रकार सम्मेलनमा आउन पाएनौं। कतिले मेरो बारेमा नराम्रो लेखेको थाहा पाएँ।’

उनले थपे, ‘त्यसलाई नै आधार बनाएर मिडियाले मेरो बारेमा रमाइलोका लागि समाचार छाप्यो। कोच पनि मानिस हुन्। फुटबलमा लागेका मानिस एकै परिवारका हुन्।’

उनले म्याच फिक्सिङबारे उठेको प्रश्नको जवाफ दिँदै भने, ‘यो कुरा कसरी आयो? कसरी सम्भव छ यस्तो? मेरो छोराले पनि मलाई प्रश्न गरेको छ कि ती सबै प्रतिकृयाको अर्थ के हो? अब मैले उत्तर के दिने होला?’ विज्ञापनबाट पैसा कमाउन कसैले गलत लेखेका छन्। त्यो राम्रो होइन। म नाम त भन्दिनँ तर त्यो कुरा सम्बन्धित मानिसले थाहा पाउनुपर्छ।’

उनले नेपाली फुटबलको स्तर उकास्न आफूले प्रशिक्षकको जिम्मेवारी लिएको पनि बताए। उनले जारी साफ कपको इतिहास रच्ने पनि दाबी गरे।

‘आजको खेल निकै महत्त्वपूर्ण रह्यो। हामी दुवै टिमले जितका लागि खेल्यौं। अन्तिममा एक अंक जितेर हामी फाइनलमा पुग्यौं। हामी साफ च्याम्पियनसिपमै पहिलो पटक फाइनलमा पुगेका हौं,’ डिफेन्डर रोहित चन्दले भने।

‘म साफमा इतिहास रच्ने दाउमा छु। म यो टिमलाई एसिया कपमा छनोट गराउने तयारीमा छु। म यो टिमलाई यस्तो बनाउनेछु जसले सबै नेपालीलाई गौरवान्वित बनाउनेछ,’ पोस्टम्याच कन्फरेन्समा अलमुताइरीले भने।

उनले आजको खेलमा लागि बंगलादेशका खेलाडी र प्रशिक्षकलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘धन्यवाद यसकारण कि उनीहरुले निकै राम्रो खेले। सायद त्यो एउटा पल थियो जसले खेलको माहोल परिवर्तन गरिदियो। गोलकिपर बाहिरिनुपर्‍यो। लकले कहिले फेवर गर्छ कहिले गर्दैन। तर, यो नतिजाले आज म अति खुसी छु।’

खेलाडी रोहित चन्दले पनि आजको खेल निकै पेचिलो रहेको बताएका छन्। उनले यो समय निकै खुसीको रहेको पनि बताए। ‘आजको खेल निकै महत्त्वपूर्ण रह्यो। हामी दुवै टिमले जितका लागि खेल्यौं। अन्तिममा एक अंक जितेर हामी फाइनलमा पुग्यौं। हामी साफ च्याम्पियनसिपमै पहिलो पटक फाइनलमा पुगेका हौं,’ डिफेन्डर रोहित चन्दले भने।



प्रकाशित: October 13, 2021 | 20:52:27 काठमाडौं, बुधबार, असोज २७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, असोज २७, २०७८

थप समाचार

साफमा उपविजेता बनेकाे नेपाली फुटबल टोली स्वदेश फिर्ता

साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली सोमबार बिहान स्वदेश आइपुगेको छ।

यू–२३ एसिया कप छनोट खेल्ने टिम घोषणा

नेपाली यू–२३ को राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। यू–२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले एसिया कप छनोट खेल्ने टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

साफ उपविजेता नेपाली टोली आज स्वदेश फर्किँदै

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज सोमबार स्वदेश फर्किँदैछ।

लेवान्डोस्की र गन्याब्री चम्किँदा ७ मिनेटमै चार गोल

जर्मनीको शीर्ष डिभिजन फुटबल लिग बुन्डेसलिगामा रोबर्ड लेवान्डोस्की र सर्ज गन्याब्री चम्किँदा बायर्न म्युनिखले लिभरकुसनविरुद्ध सानदार जित निकालेको छ।

बार्सिलोनामा अग्युरोको डेब्यू, काउटिन्होले ११ महिनापछि गरे गोल

अर्जेन्टिनी फरवार्ड सर्जियो अग्युरोले स्पेनिस क्लब बार्सिलोनाबाट डेब्यू गरेका छन्। उनले आइतबार रातिको खेलमा भ्यालेन्सियाविरुद्ध खेल्दै स्पेनिस क्लबबाट डेब्यु गरेका हुन्।

टोटेनहमसँग पराजित न्युकासलको नयाँ युगमा दुखद् सुरुवात

इंग्लिस प्रिमियर लिग क्लब न्युकासललाई भर्खरै मात्र अरबी कम्पनीले खरिद गरेको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C