‘अतरङ्गी रे’ फिल्म रिलिजअघि पत्रकारसँगको कुराकानीमा दक्षिण भारतका कलाकार धनुषले भारतीय फिल्म उद्योगले मनोरञ्जनको क्षेत्रमा देशलाई स्वस्थ बनाएको बताएका छन्। मानिसमा मनोरञ्जन प्रदान गर्दै फिल्म क्षेत्रले मानसिक रुपमा स्वस्थता प्रदान गरेको उनको भनाइ थियो।
चर्चित छायांकार विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो फिल्म ‘गड्ज बफ्यालो’ अर्थात् भगवानको भैंसीले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९औं संस्करणमा एक हजार अमेरिकी डलर नगदसहित सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड जितेको छ।
निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमुख अभिनय रहेको छ। मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा काम गरेका थिए।