मंगलबार, माघ २४, २०७९

शवाना आजमी भन्छिन्- रंगमञ्चका लागि यो कठिन समय

नेपाल समय  |  काठमाडौं, आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९, काठमाडौं

नेपाल समय
साबना आजमीका साथ कवि विप्लव प्रतीक।

काठमाडौं- नेपालमा कलाकार मिलेर आफैँ नाटकघर निर्माण गर्नु र नियमित नाटक मञ्चन हुनु, यस्तो महोत्सव आँट्नु आश्चर्यजस्तो लागेको छ भारतीय समानान्तर फिल्मकी चर्चित अभिनेत्री शबाना आजमीलाई। नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई सम्बोधन गर्दै आजमीले शनिबार माष्टर क्लास नै दिइन्।

दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आएकी आजमीले दिल खोलेर नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गरिन्। पत्रकारसँगको भेटघाटमा उनले भनिन्, ‘नेपालको कला, संस्कृतिको म सदैव प्रशंसक हुँ। नेपाल संस्कृति र कलामा धनी छ।’ 

नेपालसँग कला संस्कृतिको लामो इतिहास रहेको उनको भनाइ थियो। नेपालको रंगमञ्चमाथि उनी निकै उत्साहित देखिएकी थिइन्। ‘नेपाली रंगमञ्चको विस्तार देखेर साह्रै खुशी लागेको छ,’ उनले भनिन्।

भारतीय रंगमञ्च अहिले पनि बलिउडको ओझेलमा परेको सुनाँउदै रंगमन्चको संघर्ष र रंगमञ्चले समाजलाई बलियो व्यक्तित्वको विकासमा भूमिका खेल्ने उनले बताइन्। ‘थिएटरका लागि यो कठिन समय हो। तर, पनि यसलाईअघि बढाउनुपर्छ,’ उनी भन्छिन्।

'सामाजिक रूपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव' भन्ने नाराका साथ सुरु भएको नाटक महोत्सवमा आज्मीले ‘मास्टरक्लास’ दिएकी हुन्। कार्यक्रममा रंगमञ्चसँगै नेपाली चलचित्रको पनि अन्तर्राष्ट्रियकरण हुनुपर्नेमा उनको जोड थियो। ‘नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको छैन। जसले गर्दा मैले नेपाली फिल्म अहिलेसम्म पनि हेरेकी छैन। बरु, बंगाली फिल्म हेर्न थालेको छु। जुन अन्तर्राष्ट्रिय तहमै बन्न थालेका छन्,’ उनले भनिन्।

सेन्ट जेभियर्स कलेज मुम्बईबाट मनोविज्ञानमा स्नातक डिग्री पूरा गरेर फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआइ) पुणेमा अभिनय पढेकी आजमीले बलिउडमा थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेकी छन्। 

उनको पहिलो रिलीज, सन् १९७४ मा श्याम बेनेगल निर्देशित पहिलो अंकुर थियो। नव–यथार्थवादी फिल्महरूको आर्ट–हाउस विधासँग सम्बन्धित, अंकुर हैदराबादमा घटेको सत्य कथामा आधारित थियो । क्रमश अर्थ, फायर, मासुम, गाँड मदर, खण्डहर, पार, जस्ता यथार्थपरक कयौं फिल्म खेलेकी छन्। 

आजमी बाल्यकालदेखि नै रंगमञ्चसँगन नजिक थिइन्। भारतीय जन नाट्य संघमा उनका परिवारका सदस्य जोडिएका थिए। त्यसैले रंगमञ्च हुँदै सिनेमा प्रवेश गरेकी आज्मीले नेपाली सिनेमा नहेरे पनि नेपाली संगीतसँग भने निकै परिचित भएको बताइन्। उनले नाटकमार्फत आफू नेपाली अभिनेता दयाहाङ राई र अभिनेत्री रेणुनाथ योगीसँग परिचित भएको प्रसंग उल्लेख गरिन्।

अभिनयमा भविष्य बनाउन चाहने युवापुस्तालाई उनी केही सुझाव पनि दिन्छिन्। ‘वास्तवमा असल अभिनय मनभित्रैदेखि आउँछ,’ उनले भनिन्, ‘भावनामा महसुस गरेर अभिनय गर्नूस्। त्यो नै अभिनयको महत्त्वपूर्ण पक्ष हो।’

असल र यथार्थपरक चलचित्रमा अभिनयपछि अब नेगेटिभ चरित्रमा आफू देखिन चाहेको उनले बताइन् । भारतकी मेरिल स्ट्रिपलाई कस्तो भूमिका गर्ने इच्छा छ त? भन्ने सञ्चारकर्मीको जिज्ञासमा उनले भनिन्, ‘मेरो घरमै राम्रो फिल्म लेखक श्रीमान् (जावेद अख्तर) हुनुहुन्छ, उहाँलाई नै सोध्नुपर्छ।’

सबानाले हालै हलिउड निर्देशक स्टिभन स्पिलवर्गको पछिल्लो फिल्म ‘हेलो’मा नकारात्मक चरित्रमा अभिनय गरेकी छन्।

भारतीय फिल्ममा नारी पात्रको विकासमा महत्त्वपूर्ण योगदान दिएकी आजमीले मीनाकुमारीदेखि आलिया भट्टको गंगुबाई कठियावडीसम्म आइपुग्दा नारीप्रधान फिल्मको विकास भएको बताइन्।

गम्भीर विषयवस्तुमा सिनेमा खेल्ने र सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउने रुचाउने आजमीले महिला चरित्रको विषयमा पनि आफ्ना अनुभव बाँडिन्। भारतमा पछिल्लो समय धमाधम बनिरहेका धार्मिक फिल्मबारे सोधिएको प्रश्नमा उनले जवाफ दिइनन्।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्री मध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन्। 

विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो।


प्रकाशित: November 27, 2022 | 12:07:50 काठमाडौं, आइतबार, मंसिर ११, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
फिल्म

नयाँ वर्षमा चार फिल्म धान्ला बजारले?

आउँदो नयाँ वर्षमा पनि चार फिल्मले प्रदर्शनको मिति तय गरेका छन्। ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ ले प्रदर्शनको मिति घोषणा गर्दा नेपाली बजारले धान्ने या नधान्ने बहस सुरू भएको छ।
नेपाल समय
फिल्म

सलमान र शाहरुखलाई सँगै देखाउन कैयौंपटक पुनर्लेखन गरिएको थियो 'पठान'

फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ।
नेपाल समय
फिल्म

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।
नेपाल समय
फिल्म

सात सय करोड नाघ्यो ‘पठान’को कमाइ, छैन सुस्त हुने छाँट

फिल्मले २५ जनवरीमा ५५ करोड भारुको ओपनिङ गरेको थियो।
नेपाल समय
फिल्म

नेपालमा पनि राम्रो छ कमाइ 'पठान'को, शुक्रबारदेखि 'ह्यारीकी प्यारी' सँग प्रतिस्पर्धा

नेपालमा मनोज राठीले पठान ल्याएका हुन्। फिल्मले १ सातामा नेपालबाट ६ करोड रूपैयाँ कमाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना