काठमाडौं- भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको शुक्रबार मृत्यु भएको छ।
४६ वर्षीय सिद्धान्तको जिममा वर्कआउट गर्दै गर्दा हृदयघातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनलाई तुरुन्तै अस्पताल पुर्याइए पनि करिब ४५ मिनेट उपचार गरेपछि डाक्टरले मृत घोषणा गरेका थिए।
सिद्धान्तका श्रीमती र दुई छोराछोरी छन्। सानैदेखि फिटनेसका सौखिन सिद्धान्त सामाजिक सञ्जालमा आफ्नो वर्कआउट भिडिओ पोस्ट गरिरहन्थे। उनले कुसुम, कसौटी जिन्दगी की, कृष्ण अर्जुन, आसमान तक क्या दिल मे हे, गृहस्थीजस्ता टेलिशृंखलामा काम गरेका छन्।