शुक्रबार, मंसिर १६, २०७९

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

नवभारत टाइम्स  |  काठमाडौं, आइतबार, असोज १६, २०७९

नवभारत टाइम्स

नवभारत टाइम्स

आइतबार, असोज १६, २०७९, काठमाडौं

नेपाल समय
दक्षिण एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम/तस्बिर : नवभारत टाइम्स

हलिउडमा दशकौंदेखि एक्सन-एड्भेन्चर र भिएफएक्सले भरिएका फिल्महरु बनिरहेका छन्। हलिउडमा विज्ञानसँग सम्बन्धित  पहिलो फिल्म १९०२ मै बनाइएको थियो। तर भारतीय सिनेमामा पहिलो 'भीएफएक्स' भरिएको फिल्म कहिले बनेको थियो? भारतीय सिनेमामा 'भीएफएक्स' को प्रयोग कसले गर्यो?

उनी हुन् फातमा बेगम, जो दक्षिण एसियाकै पहिलो महिला निर्देशक थिइन्। फातमा बेगमले ९६ वर्षअघि भारतीय फिल्म उद्योगलाई 'भीएफएक्स' र विज्ञानका कुराहरूसँग परिचित गराएकी थिइन्।

फातमा बेगमले त्यतिबेला निकै ठूलो बजेटको फिल्म बनाएकी थिइन्, जतिबेला सामान्य फिल्म बनाउन निर्माताको पसिना छुट्ने गर्थ्यो।

फातमा बेगम, जसले समाजको रूढिवादी सोचलाई तोडेर फिल्मी दुनियाँमा मात्रै होइन, भारतीय सिनेमालाई विदेशी भीएफएक्स र फोटोग्राफीको प्रविधिसँग पनि परिचित गराउन सफल भइन्।

फातमा अभिनेत्री पनि थिइन्

नेपाल समय
फातमा बेगम/तस्बिर : नवभारत टाइम्स

फातमा बेगम निर्देशक मात्र नभई अभिनेत्री र पटकथा लेखक पनि थिइन्। सन् १८९२ मा मुस्लिम परिवारमा जन्मेकी फातमा बेगमले थिएटर र उर्दूको अध्ययन गरेकी थिइन्। यसपछि उनले फिल्मको दुनियाँमा पाइला टेकेकी थिइन्।

फातमा बेगमले सन् १९२२ मा अर्दाशिर इरानीको मूक फिल्म 'वीर अभिमन्यू' बाट डेब्यु गरेकी थिइन्। त्यो मौन चलचित्रको जमानामा महिलालाई अभिनय गर्न प्रतिबन्ध लगाइएको थियो।

त्यसैले त्यतिबेला धेरैजसो फिल्ममा पुरुषले मात्र महिलाको लुगा लगाएर नायिकाको भूमिका निर्वाह गर्थे। तर फातमा बेगमले यो परम्परा तोडिन्। पहिलो फिल्मबाटै फातमा बेगम ठूलो महिला स्टार भइन्।

फातमा अभिनेत्री मात्रै रहन चाहिनन्। उनी चलचित्रको दुनियाँमा केही फरक गर्न चाहन्थिन्। नायिका बनेर फातमा बेगमले अन्य महिलाका लागि फिल्मी संसारको ढोका खोलिदिएकी थिइन् साथसाथै महिलाहरुले फिल्ममा अभिनय गर्न हुन्न भन्ने सोचाइ राख्नेहरुको पनि आँखा खोलिदिएकी थिइन्।

फातमा बेगमले फिल्ममा पाइला टेक्दा भारतीय सिनेमामा एउटै पनि महिला निर्देशक थिएनन्। फातमाले महिलाले पनि फिल्म निर्देशक गर्न सक्छन् भन्ने कुरालाई साबित गरिन्।

यही कारण थियो कि आफ्नो डेब्यूको चार वर्षपछि अर्थात् १९२६ मा फातमा बेगमले आफ्नो पहिलो फिल्म निर्देशन गरिन्, जसको नाम थियो 'बुलबुल-ए-पेरिस्तान'। यसरी उनी भारतीय सिनेमाका साथै दक्षिण एसियाकै पहिलो महिला निर्देशक बनिन्।

'बुलबुल-ए-पेरिस्तान' -१९२६ को 'भीएफएक्स'सहित सबैभन्दा महँगो फिल्म

नेपाल समय
फातमा बेगम/तस्बिर : नवभारत टाइम्स

यो फिल्मबाटै फातमा बेगमले आफ्नो प्रोडक्सन हाउस 'फातमा फिल्म्स'को नाम राखिन्।

सन् १९२८ मा फातमा बेगमले आफ्नो प्रोडक्सन हाउसको नाम 'भिक्टोरिया फातमा फिल्म्स' राखिन्। फातमा बेगमको डेब्यू फिल्म 'बुलबुल-ए-पेरिस्तान' रिलिज हुनेबित्तिकै हलचल मच्चाएको थियो।

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।

'बुलबुल-ए-पेरिस्तान' भारतीय सिनेमाको पहिलो विज्ञानसँग सम्बन्धित फिल्म पनि थियो। ९६ वर्षअघि बनेको यो फिल्ममा फातमा बेगमले धेरै खर्च गरेको बताइएको छ। यो फिल्म बनाउन लाखौं रुपैयाँ लागेको थियो। 

यस फिल्ममा फातमा बेगमले विदेशी भीएफएक्स प्रविधि प्रयोग गरेकी छिन्। ट्रिक फोटोग्राफीको सहयोगमा फिल्मको स्पेसल इफेक्ट्स फातमा बेगम आफैंले डिजाइन गरेको बताइएको छ। यति मात्र होइन, यसको पटकथा पनि उनले आफैंले लेखेकी हुन्।

फातमा बेगमले जे गरेकी थिइन्, त्यसले सबैलाई स्तब्ध बनाएको थियो। फातमा बेगमले आफ्नो निर्माणमा बनेका फिल्महरूको कथा मात्रै लेखेकी छैनन्, निर्माण र निर्देशन पनि गरेकी छन्।

उनले आफ्नो निर्माणका चलचित्रमा पनि अभिनय गरेकी छिन्। फातमा बेगमले तीनै छोरी जुबैदा, सुल्ताना र शहजादीलाई पनि चलचित्रमा लन्च गरिन्। तीनै जना साइलेन्ट फिल्म युगका सुपरस्टार थिए।

फातमा बेगमले सन् १९२९ सम्म फिल्ममा काम गरिन्। उनले निर्देशन गरेको अन्तिम फिल्म सन् १९२९ मा रिलिज भएको थियो। यसको नाम 'गड्स अफ लक' थियो। फातमा बेगमको सन् १९८३ मा निधन भएको थियो, त्यतिबेला उनी ९१ वर्षकी थिइन्।   


प्रकाशित: October 2, 2022 | 08:08:41 काठमाडौं, आइतबार, असोज १६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
फिल्म

शुक्रबारदेखि प्रदर्शनमा आउँदै पासो

दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा बोल्छ।
नेपाल समय
फिल्म

इजरायली फिल्म निर्माता नदाव लपिडले भने–कश्मीर फाइल्स भद्दा प्रोपोगान्डा हो

सन् १९९० दशकमा कश्मीरी पण्डितको पलायन र हत्यामा आधारित कश्मीर फाइल्सलाई भारतको गोवामा सञ्चालन भइरहेको ५३औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा जुरी अध्यक्ष तथा इजरायली फिल्म निर्माता नदाव लपिडले प्रोपोगान्डा भनेपछि विश्वव्यापी तरंग।
नेपाल समय
फिल्म

महजोडीको फिल्म 'महापुरूष'ले कमायो १० करोड

यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ। नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ।
नेपाल समय
फिल्म

शवाना आजमी भन्छिन्- रंगमञ्चका लागि यो कठिन समय

दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आएकी आजमीले दिल खोलेर नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गरिन्। पत्रकारसँगको भेटघाटमा उनले भनिन्, ‘नेपालको कला, संस्कृतिको म सदैव प्रशंसक हुँ। नेपाल संस्कृति र कलामा धनी छ।’
नेपाल समय
फिल्म

पर्यटनले बोर्डले हेऱ्यो ‘उचाइ’, नेपाललाई छायांकन हब बनाउन सहकार्य गर्ने प्रतिबद्धता

पर्यटन बोर्डका व्यस्थापक सूर्य थपलियाले चलचित्र र पर्यटन क्षेत्रको सहकार्यको ढोका खोल्ने प्रयासस्वरुप प्रदर्शनी आयोजना गरिएको बताए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना