काठमाडौं- आफ्नै बोलीका कारण विवादमा तानिने गर्छिन्, अभिनेत्री पूजा शर्मा। कहिले चलचित्र चलाउने स्टण्ट गर्छिन् त कहिले चलचित्रकर्मीलाई साथ र सहयोगका लागि सामाजिक सञ्जालमा टिकाटिप्पणी गरिरहन्छिन्। तर, ‘समालिन्छ कहिले यो मन’ चलचित्र प्रदर्शनमा आए यता पूजा शर्मा सामाजिक सञ्जालमा निस्क्रिय भएकी छन्।
शर्मा सामाजिक सञ्जालबाट टाढा भएकोमा उनका शुभचिन्तकले विभिन्न माध्यमबाट दुःख व्यक्त गरेका छन्। कतिपयले उनका सामाजिक सञ्जालका अकाउन्ट ह्याक भएको आशंका गरेका छन्।
पल प्रकरणमा एक आरोपीलाई साथ दिएको भन्दै उनीविरुद्ध सामाजिक सञ्जाल खनिएका थिए भने ‘ऋषि धमलाको’ धमलाको हमलामा बालेनप्रति दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो। उनको उक्त क्लिक फेसबुक, टिकटक लगायतमा भाइरल बनेको थियो।
उक्त क्लिप भाइरल भएपछि उनीप्रति थुप्रै मानिसहरूले आलोचना गरेका थिए। शनिबार अन्तिम पोस्ट राख्दै नायिका पूजा शर्मा सामाजिक सञ्जालबाट गायब भएकी हुन्।
उनले सामाजिक सञ्जालमा अन्तिममा पोस्ट गरेको लेख यस्तो छ, 'यही कुरा मेरो नि मनमा आइरहन्छ। मलाई थाहा छैन किन यति पछि लाग्छ मेरो। न मैंले फेरि कसैको केही बिगारेकी छु। राम्रो सोचले केही गर्छु भनेर यो इन्डस्ट्रीमा आएँ तर...।’