सोमबार, असोज १०, २०७९

अनुपको आँखामा परेकी रेनु

राज सरगम  |  काठमाडौं, बुधबार, भदौ १, २०७९

राज सरगम

राज सरगम

बुधबार, भदौ १, २०७९, काठमाडौं

नेपाल समय

२०७१ साउन। राजधानीको अकासमा लागेको बादलको मैलो निरन्तरको झरीले पखालिरहेको थियो। त्यही झरीको पर्वाह नगरी अभिनेत्री रेनु योगी साथी रञ्जना वलीसँगै सिनेमा हेर्न जान तयार हुँदै थिए ।  

‘सिनेमा होइन, नाटक हेर्न जाऔं’, रेनुकी साथी वलीका बुबाले भनेपछि रेनु खिन्न भइन् । किनभने, सानैबाट फिल्म हेर्दै आएकी रेनुलाई नाटकको रस थाहा थिएन। फिल्मको चस्का भने बिर्सिएकी थिइनन्। 

आफ्नै बाबा समानका साथीका बुबाले नाटक हेर्न जाऔं भनेपछि रेनु र रञ्जना तयार भए। झरीसँग ओत लाग्दै रञ्जना र रेनु नाटक हेर्न अनामनगरको मण्डला थिएटर पुगे। 

जीवनमा पहिलो पटक रंगमञ्च देखेकी रेनुलाई मण्डला पुग्दा दिक्क लागेको थियो। कारण, फिल्म हेर्न छुटेको थियो। मण्डला अगाडि नाटक ‘चरणदास चोर’को  पोस्टर देखेर झनै दिक्क मानिन्। फिल्मको पोस्टर ठूलो र कलाकार स्पष्ट चिनिने हुन्थे। तर नाटक हेर्न आएपछि फर्किने कुरा पनि भएन। 

सन् १९७५ मा छत्तीसगढ रायपुर भारतका  एक प्रख्यात नाटककार हबीव तनवीरले लेखेको नाटकको नेपाली अनुवाद ‘चरणदास चोर’ हेर्न भित्र पसिन्, रेनु। रंगकर्मी राजन खतिवडाले निर्देशन गरेका नाटक हेर्दाहेर्दै दिक्दारिएको अनुहार बदलिएको सम्झिइन्, ‘नाटक मञ्चन भइरहँदा थिएटरको अध्याँरोमा आफू मात्रै भएझैं लागेको थियो।’ 

आफ्नै बाबा समानका साथीका बुबाले नाटक हेर्न जाऔं भनेपछि रेनु र रञ्जना तयार भए। झरीसँग ओत लाग्दै रञ्जना र रेनु नाटक हेर्न अनामनगरको मण्डला थिएटर पुगे। 

राजन खतिवडा, सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल, विकाश जोशी, उमेश तामाङ, सुलक्ष्मण भारती, सिर्जना अधिकारी, मोहमद नाजिर हुसेनलगायतको अभिनय रहेको नाटक हेरेर रेनुलाई ‘म्याजिक’ लाग्यो। 

आफ्नै आँखा अगाडि कलाकारले अभिनय गरेको देखेर उनी उत्साहित मात्रै भइनन्, कुतूहल पनि भइन्। फ्रेस नै भइन्।  ‘त्यो क्षण मलाई सपनाजस्तो भएको थियो। कलाकार आँखा अघिल्तिरै थिए। त्यो म्याजिक मेरो जीवनको मार्ग थियो सायद’, चरनदास चोर नाटक हेर्दाको अनुभव सुनाइन्। 

नाटक हेरेर फर्किएको रात निदाउनै सकिनन्, उनी। त्यो नाटकमा पात्रले गरेको भूमिकामा आफूलाई देख्न थालिन्। नाटकमा कलाकारले गरेको अभिनयलाई नक्कल गर्न थालिन्। रञ्जना र रेनुले एकअर्कालाई अभिनय नै गरेर देखाए। फिल्मले भन्दा कैयौं गुणा आनन्द दिएको महसुस गरेकी रेनु विद्यार्थी बनेर मण्डला थिएटरतिरै फर्किइन्। उनको साथमा रञ्जना पनि मण्डलासँग जोडिइन्। तीन महिने कार्यशालाले उनको अभिनय करियरमै बदलाव आयो। 

मण्डला थिएटरको दोस्रो ब्याचको रूपमा प्रवेश गरेकी रेनु ठीक ९ वर्षपछि १० भदौमा प्रदर्शनमा आउन लागेको ‘प्रकाश’ चलचित्रले चर्चामा छन्। तर प्रकाश चलचित्र संयोगले जुरेको भने होइन। चलचित्र उनको बाल्यकालदेखिकै सपना थियो। उनी भन्छिन्, ‘म सिनेमा नै खेल्न पुग्छु होला भन्ने लागेको थिएन। तर कलाकार बन्ने हुटहुटी भने सानैदेखि थियो।’

कर्णालीको कालीकोटमा जन्मिएकी रेनु भारतको नैनीतालमा हुर्किइन्। गाउँमा माओवादीको सशस्त्र द्वन्द्व छिरेसँगै उनका बुबाआमा भारत पसे। अलिकति द्वन्द्वबाट बच्न र अलिकति अभाव टार्न उनका बुबाआमा रोजगारीका लागि भारततिर लागेका थिए। बुबाको काँधमा बसेर नैनीताल लागेकी रेनुले कक्षा ६ सम्म उतै  पढिन्। 

सुन्दर सहर नैनीतालमै हुर्किएकी रेनुका आँखामा आज पनि रामलीला नाटक हटेका छैनन्। ठूलो मेलाको तामझामसहित रामलीला सुरु हुन्थ्यो। उनले नाटकमा रामसीता र अन्य कलाकारको अभिनय नजिकबाट देख्न पाएकी थिइन्। रेनु भन्छिन्, ‘नैनीतालमा रामलीला नाटक र टिभीमा सिरियल तथा फिल्म निरन्तर हेर्न पाउँथें। त्यो बेलादेखि नै ममा कलाकारिताको भूत सवार भएको हो।’

नेपाल समय

२५ औं वसन्तमा हिँड्दै गरी रेनु कक्षा ६ पढ्दै गर्दा नैनीतालबाट आफ्नी माइजूसँग काठमाडौं आइन्। उनका बुबाआमाले भने कैलालीको घोडाघोडी ताल नजिक सुक्कडमा घर बनाएर स्थायी बसोबास गर्न थाले। 

काठमाडौं र सुक्कड आउजाउ हुन थालेसँगै मामा–माइजूको घरमै बसेर पढ्ने वातावरण मिल्यो, उनलाई।  काठमाडौं गर्जुधाराको एक विद्यालयमा भर्ना भइन्। नैनीतालमा कक्षा ६ उत्तीर्ण गरेर आएकी रेनुले नेपाली स्पष्ट बोल्न नजान्दा एक कक्षा घटेर कक्षा ५ मा भर्ना हुनुपरेको थियो। एसएलसीपछि उनले पद्मकन्या कलेज डिल्लीबजारबाट मुख्य विषय अंग्रेजी र पत्रकारितामा स्नातक गरिन्। स्नातक सिध्याएर करियर बनाउने सोच गरिरहेकी रेनुलाई मण्डलाको चरनदास चोर नाटकले बाटो नै बदलिदियो। त्यही बाटोमा हिँडेकी रेनुले मण्डला थिएटरबाट तीन महिने कक्षा लिइन्। 

वरिष्ठ रंगकर्मी सुनील पोखरेलसँग ज्ञ थिएटरबाट तीन महिनाको थप कक्षा लिइन्। थप एक्टर स्टुडियोमा अनुप बरालबाट तीन महिने कक्षा लिइन्। नाटकमा सिक्दै, काम गर्दै गइन्, रेनु।  

रंगमञ्चको यात्रामा सन् २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नाटक खेलिन् । हालसम्म १० बढी नाटक, सर्ट मुभी र ‘एसिड काण्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन्, उनले। नाटक ‘तीनकुने’ मा अभिनय गरेर राम्रै चर्चा बटुलेकी थिइन्। आफ्नै अभिनय रहेको ‘माथापञ्चर’ उनलाई अत्यधिक मन पर्ने नाटक हो। 

वरिष्ठ रंगकर्मी सुनील पोखरेलसँग ज्ञ थिएटरबाट तीन महिनाको थप कक्षा लिइन्। थप एक्टर स्टुडियोमा अनुप बरालबाट तीन महिने कक्षा लिइन्। नाटकमा सिक्दै, काम गर्दै गइन्, रेनु।  

बिलगेट्स पण्डित, कथा एक्सप्रेस, सुनकेशरी, चरनदास चोर, स्वान लेक, प्लस टु द स्कुल लाइफ, राजेन्द्रलक्ष्मीजस्ता नाटकमा उनले अभिनय गरेकी छन्। 

रंगमञ्चमा लागेर पाएको सफलताबारे उनी खिस्स हाँस्छिन्। कुनै क्षेत्रमा लाग्न पाउनुजस्तो लाग्दैन उनलाई। बरु आफूले रोजेको बाटोमा सन्तुष्टि मिल्ने र लगावका साथ काम गर्न सकिने सुनाउँछिन्। भन्छ्न्,‘मेरो चाहना र रोजेको काम भएरै होला, एक किसिमको आत्मसन्तुष्टि मिलेको महसुस भने हुन्छ।’

अंग्रेजी साहित्यले कथा र पात्रबारे बुझ्न सक्ने बनाएको ठान्छिन्, रेनु। कलाचेत बुझेर मात्रै रंगमञ्चमा होमिएको बताउँछिन्, उनी। जिज्ञासु स्वभावकी रेनु आफ्ना काममा सधैं इमानदार लाग्छिन्। 

सामाजिक सञ्जालमा समेत केही फरक कलाशैलीका फोटा पोस्ट्याइरहन्छिन् उनी। यस्तो किन? उनी भन्छिन्, ‘यो विषयमा एक लेखकले कथा, उपन्यास लेख्नुहुन्छ, कविले कविता र एउटा चित्रकारले चित्र बनाउनुहुन्छ। अझ यसमा विविध विधा पनि हुन्छन्। मेरो विषयमा पनि त्यही नै हो। सामाजिक सञ्जालमा फोटा राखेर फोटामार्फत मेरा कुरा व्यक्त गर्ने कोसिस गर्छु।’  

नेपाल समय

सिर्जनात्मक क्षमता अभिवृद्धिमा सधैं तल्लीन हुने रेनुका लागि चलचित्र प्रकाश अर्को छलाङ बन्यो। 

संघर्षका दिनमा फिल्ममा रुचि भए पनि अवसर दिन कसले पत्याउने! तर उनी अभिनय कौशलमा निपुण भए अवसर आफैं आउँदो रहेछ भन्ने सुनाउँछिन्। भन्छिन्, ‘म अडिसन दिएर पास भएकी हुँ। कामै गर्न नजानेको भए त्यो अवसर आउँदैन थियो होला।’

प्रकाश चलचित्रको सेटिङ कर्णाली हो । भाषाका हिसाबले पनि प्रकाश कर्णालीको मौलिकतासँग नजिक छ। कास्टिङ डाइरेक्टर अनुप बरालले प्रकाशकी नायिका रेनु उचित देखे। रेनु आफैंमा कर्णालीका मौलिकतासँग नजिक छन्। अथवा उनी कर्णालीको भाषासँग परिचित छन्। उनको लुक्सले पनि साथ दियो। 

अभिनेत्री रेनुका लागि अर्को आश्चर्य हो प्रकाशको प्रमुख पात्र प्रदीप खड्काको विपरीत भूमिका। निर्देशक दिनेश राउत आफ्ना चलचित्रमा प्रायः नम्रता श्रेष्ठ छुटाउँदैनन्। तर चलचित्र प्रकाशमा आएर उनले कथा मात्रै बदलेनन्, कलाकार पनि फेरिदिए। प्रकाशको कास्टिङ डाइरेक्टरको जिम्मा नै अनुप बराललाई दिए। अनुपबाटै शिक्षा पाएकी रेनु कर्णालीको ग्रामीण नायिका बन्न उचित भइन्। 

रेनुको डेब्यू फिल्म हो, प्रकाश। स्टारडमको छवि बनाएका प्रदीपको अपोजिट भूमिकामा छन् उनी। प्रदीपको अपोजिटमा देखा पर्न लागेको कुराले रेनु कैयौं रात निदाउनै सकिनन्। वर्कसप पनि धेरै पटक सपनाजस्तो लाग्थ्यो, उनलाई। भन्छिन्, ‘आफूले सिनेमामा देख्दै आएको पपुलर अभिनेतासँग डेब्यूमै एकसाथ काम गर्न पाउँदा अलिकति नर्भस भएँ। अलिकति उत्साहित भएँ। अलिकति डर पनि लाग्यो।’

पात्रमा विविधता खोज्न रुचाउने रेनु लिड चरित्रभन्दा पनि पात्रको चरित्र चित्रणमा चासो राख्छिन्। छोटो भूमिका किन नहोस् तर पात्र बलियो हुनुपर्छ भन्ने लाग्छ उनलाई। नाटक र सिनेमा समूहमा हुने काम भएकाले सबैले मिहिनेत गर्नुपर्ने बुझाइ छ, उनको। 

दयाहाङ राई, राजन खतिवडा, सुनील पोखरेल, अनुप बरालजस्ता दिग्गज रंगकर्मीबाट नाटकको कक्षा मात्रै लिइनन्, उनले अनुशासनका पाठ पनि सिकिन्। निर्देशक राउतका अनुसार रेनु आफैंमा दक्ष र अनुशासित एक्टर हो। प्रकाशमा रेनुजस्तो पात्र चाहिएकै कारण उनलाई डेब्यू गराइएको हो।


प्रकाशित: August 17, 2022 | 21:08:56 काठमाडौं, बुधबार, भदौ १, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
फिल्म

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।
नेपाल समय
फिल्म

पुरुषलाई नै नायिका बनाएर निर्माण गरिएको 'राजा हरिशचन्द्र'

सन् १९१३ मे ३ लाई भारतको इतिहासमा सुनौलो दिनको रुपमा लिने गरिन्छ। त्यसै दिन देशकै पहिलो फिचर फिल्म 'राजा हरिशचन्द्र' रिलिज भएको थियो।
नेपाल समय
फिल्म

भुटानबाट नेपाल आइन् ‘२ नम्बरी’ नायिका उगेन

२ नम्बरीमा मुख्य भूमिका वहन गरेकी भुटानी नायिका उगेन फिल्म प्रमोसनका लागि नेपाल आएकी हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना