बिहीबार, भदौ २, २०७९

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

बीबीसी  |  काठमाडौं, शनिबार, साउन २१, २०७९

बीबीसी

बीबीसी

शनिबार, साउन २१, २०७९, काठमाडौं

नेपाल समय
तस्बिर : गुरुदत्त र वहीदा रहमान/वल्ड इन्डियन फोटोज

गुरुदत्तलाई खासै बोलिरहन मन लाग्दैनथ्यो। वहिदा रहमानले एक पटक उनको बारेमा भनेकी थिइन्, 'जब हामी उहाँको छेउमा बसेर तेस्रो व्यक्तिसँग कुरा गर्थ्यौं, प्रायः उहाँले हाम्रो कुरा सुनिरहनु भएको छैन भन्ने आभास गर्थ्यौं, उहाँ आफ्नै विचारमा डुबिरहनुहुन्थ्यो।'

प्यासा फिल्मप्रति गुरुदत्त एकचित्त बनेकाे समय थियो। यसका लागि उनले त्यतिबेला कहलिएका दिलीप कुमारलाई लिन चाहे। जब गुरुदत्तले प्यासाको स्क्रिप्ट दिलीप कुमारलाई सुनाए, उनी फिल्ममा काम गर्न राजी भए। भोलिपल्ट उनले फिल्मको सुटिङमा आउने वाचा पनि गरे। पूरै युनिट दिलीप कुमारलाई पर्खिरह्यो तर पनि उनी सुटिङमा आएनन्।

गुरुदत्तका कान्छा भाइ देवीदत्त सम्झिन्छन्, 'दिलीप कुमारले करदार स्टुडियोमा मुहूर्तमा सहभागी हुनुपर्ने थियो। संयोगवश बीआर चोपडाको कार्यालय पनि त्यही परिसरमा थियो। दिलीप कुमार उनलाई भेट्न त्यहाँ गएका थिए। बीआर चोपडासँग त्यहाँ एक भेटघाट भएको थियो। गुरुदत्त र चोपडा मौन प्रतिद्वन्द्वन्दी थिए। दिलीपकुमारले त्यो भेटमा चोपडासँग 'नया दौर'को स्क्रिप्टको चर्चा गरिरहेका थिए। यसैबीच 'प्यासा' मुहूर्तको समय सकिनै लाग्दा गुरुदत्तले छिटो आउन खबर पठाए पनि दिलीप कुमारले १० मिनेटमा आउँछु भने तर आएनन्।'

नेपाल समय
तस्बिर : अभिषेककुमार तिवारी/आईनेक्स्टलाईभ

'प्यासा'का लागि प्यासी देखिएनन् दिलीप कुमार
गुरुदत्तले सधैं आफूलाई अभिनेता कम र निर्देशक बढी मान्थे। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे। सत्य सरनले आफ्नो पुस्तक 'टेन इयर्स विथ गुरुदत्त अबरार अल्वीज जर्नी' मा गुरुदत्तका सिनेम्याटोग्राफर वीके मूर्तिलाई भनेका छन्, 'गुरुदत्त एक अभिनेताको रूपमा क्यामेराको सामना गर्न हिचकिचाउँथे। उनले आफ्नो अभिनयको उचित समीक्षा गर्न नसकेकाले म वा अबरारले यो काम गर्नुपर्‍यो।'


पछि दिलीप कुमारले एक अन्तर्वार्तामा प्यासा साइन नगरेको कारण खुलकाएका छन्। भनेका छन्-  प्चयासाको चरित्र उनको अर्को फिल्म देवदाससँग मिल्दोजुल्दो थियो। दिलीप कुमारको इन्कारपछि, गुरुदत्तले प्यासाको मूल पात्रको भूमीका निभाउने साहसी निर्णय गरे। त्यसपछि मुख्य अभिनेत्रीको खोजी सुरु भयो।

नेपाल समय

गुरुदत्तको कार हैदरावादमा दुर्घटना 
नसरीन मुन्नी कबीरले आफ्नो पुस्तक 'कन्भर्सेसन विथ वहीदा रहमान' मा भनेकी छन्, 'नरगिस र मधुबाला दुबै जना 'प्यासा'मा काम गर्न चाहन्थे, तर मीनाको भुमिका निर्वाह गर्न कोही पनि चाहँदैनथे। पछि उक्त भुमिका माला सिन्हाले निभाएकी थिइन्।'

गुरुदत्तले वहिदा रहमानलाई भेटेको एउटा रोचक किस्सा पनि छ। वहीदाले रामकृष्ण प्रसादको फिल्म 'रोजुलु मराई' मा पहिलो भूमिका गरेकी थिइन्। उक्त फिल्ममा उनीमाथि खिचेका गीतका कारण उनी रातारात स्टार बनिन्। यसैबीच गुरुदत्तका दक्षिण भारतीय वितरकले उनलाई तेलुगु फिल्म 'मिसियाम्मा'को हिन्दी रिमेक बनाउन सुझाव दिएका थिए। उनले गुरुदत्तलाई हैदरावाद आएर फिल्म हेर्न प्रस्ताव गरे जुन त्यतिबेला हाउसफुल भैरहेको थियो।

गुरुदत्त अबरार अल्वी र गुरुस्वामीसँग हैदरावाद जाने निर्णय भएसँगै रातारात गाडी चलाएर हैदरावाद पुगेपछि गाडी दुर्घटना भयो। भैंसीसँग ठोक्किएर उनको कार नराम्ररी क्षतिग्रस्त भएको थियो। मेकानिकले गाडी बनाउन तीन दिन लाग्ने बताएका थिए। समय बिताउनका लागि उनी आफ्नो एक चलचित्र वितरकलाई भेट्न गए। 

नेपाल समय
तस्बिर : अमरउजाला

गुरुदत्त र वहिदा रहमानबीच भेट 
गुरुदत्त र अबरार अल्वी फिल्म वितरकको कार्यालयमा बसिरहेका थिए। उनीहरूले बाहिर आवाज सुने। त्यहाँ रोकिएको गाडीलाई केही युवाले घेरा हालेका थिए। गाडीको ढोका खोल्दा एउटी युवती गाडीबाट निस्किन्। वितरकले गुरुदत्तलाई उनी वहीदा रहमान भएको बताए। फिल्म 'रोजुल मराई' मा वहिदाको डान्स सनसनी बनेसँगै उनले चर्चा बटुलेकी थिइन्।

गुरुदत्तले भनेका थिए 'वहिदा रहमान? यो त मुस्लिम नाम हो। के उनी उर्दू बोल्छिन्?' उनले वितरकलाई वहिदासँग भेटघाटको व्यवस्था गर्न आग्रह गरे। भोलिपल्ट वहिदा आफ्नी आमासँगै गुरुदत्तलाई भेट्न आइन्।

गुरुदत्तसँग उनको यो पहिलो भेट थियो। उनी एकदमै साधारण पोशाकमा थिइन् र कमै बोलिरहेकी थिइन्। पछि वहिदाले त्यो भेटवार्ता सम्झेर भनेकीछिन् 'गुरुदत्तले त्यो भेटमा मुस्किलले एक वा दुई वाक्य बोलेका थिए होलान्। तर नियतिलाई नै थाहा थियो होला र मेरा दिन बदलिने वाला छन् भनेर।'

नेपाल समय

जब गुरुदत्तले सीआईडीमा वहिदालाई साइड रोल दिए
वितरकले गुरुदत्तलाई मुम्बई (तत्कालिन बम्बई) जानुअघि रोजुलु मराईमा वहिदाको डान्स हेर्नुपर्ने सुझाब दिए। डान्स हेर्ने  व्यवस्था पनि मिलाइयो। अबरार अल्वीले सत्य शरणको पुस्तक टेन इयर्स विथ गुरुदत्तमा भनेका थिए, 'प्रोजेक्शन रुममा पुग्दा हामीले बियरका ६ बोतल सकिसकेका थियौं। हामीलाई रिलमा देखाइएको नृत्य द्रुत गतिमा र राम्रोसँग सम्पादन गरिएको थियो तर क्लोज-अपमा वहिदा रहमानको एक पनि सट थिएन। गुरुदत्तले मलाई सोधे' उनी कस्तो लाग्छ?' मैले जवाफ दिएँ 'बहुत फोटोजेनिक।' गुरुदत्तले भने, 'मलाई पनि त्यस्तै लाग्छ।' गुरुदत्तको कार ठीक भएपछि उनी मुम्बई फर्किए।

वहिदाले पछि एक अन्तर्वार्तामा भनेकी थिइन्, 'मैले त्यो भेटलाई त्यति महत्व दिएकी थिइनँ र बिर्सिसकेको थिएँ।' तर गुरुदत्तले वहिदा रहमानलाई बिर्सेका थिएनन्। केही महिनापछि उनले आफ्नो फिल्म 'सीआईडी'मा साइड रोल दिएर ब्रेक दिए। यस फिल्ममा उनको 'कहीँ पे निगाहेँ, कहाँ पे निशान' डान्स निकै हिट भयो र फिल्मकी नायिका शकिलाभन्दा वहिदाको चर्चा धेरै भयो। त्यसको लगत्तै गुरुदत्तले उनलाई 'प्यासा'का लागि साइन गराए।

नेपाल समय
तस्बिर : हेयर जिन्दगी/हिन्दी वेबसाइट

'प्यासा'को नाम पहिले 'प्यास' राखिएको थियो 
फिल्म 'प्यासा'मा हरेक कलाकारले राम्रो अभिनय गरे पनि गुलाबोको भूमिकाको सबैभन्दा बढी प्रशंसा भयो। गुलाबो एउटी यस्ती महिला थिइन् जसलाई अबरार अल्वीले व्यक्तिगत रुपमा पहिल्यैदेखि चिनेका थिए ।

आज पनि वहिदा रहमानले अभिनेत्रीका रुपमा आफ्ना उत्कृष्ट फिल्महरु गुरुदत्तको 'प्यासा' र 'कागज के फूल' र देवानन्दको 'गाइड' हुन् भन्ने गर्छिन्। अल्वीले पहिले फिल्मको नाम 'प्यास' सुझाव दिएकी थिइन्। शीर्षकले प्रसिद्धि र सफलताको लागि हिरोको तिर्खाएको एक पहिचान दिन्थ्यो। तर हिरोको चरित्र अनुभूति गर्न सकुन् भनेर नाम 'प्यासा' राख्न सल्लाह दिएको अल्वीले बताए। गुरुदत्तले सल्लाह स्वीकार गरे।'

नेपाल समय
तस्बिर : पेन्गुइन

गुरुदत्त पहिलो पटक कोठीमा गएका थिए
'प्यासा' को छायांकनको तयारी भइरहेका बेला पुरै फिल्मको पृष्ठभूमि कोठी होला भन्ने लागेको थियो। सत्य सरन अल्वीलाई भन्छन्, 'समस्या यो थियो कि गुरुदत्त आफ्नो जीवनमा कहिल्यै कोठीमा पुगेका थिएनन्। हैदरावादमा एकपटक मर्देश्वर रावले उनलाई मनोरञ्जनको लागि एउटा कोठीमा लैजान खोजेका थिए।

गुरुदत्त कोठीमा जान धेरै हिचकिचाउँथे किनभने उनको अनुहार परिचित थियो। तर, रावले कुनै न कुनै तरिकाले उनीहरूलाई कारमा बस्न मनाए र हामी केटीहरु नाचिरहेको हेर्न एउटा कोठीमा गयौँ। जब त्यो कोठी संचालक अगाडि आएपछि रावले कानमा तेलुगुमा केही भने। गुरुदत्तले एक शब्द पनि बोलेनन् र सबै कुरा गर्ने जिम्मेवारी मलाई दिइयो।

त्यहाँ बसेका दुई केटीले गाउन थाले। 'कभी आर कभी पर' गाउन थालेपछि हामीलाई लाग्यो गुरु दत्तलाई चिनिसके। हामी आफ्नो पहिचान गोप्य राख्न चाहन्थ्यौं तर सफल भएनौं।

नेपाल समय
तस्बिर : एबीपी न्युज

मालिश गर्नेबाट मिल्यो जनी वाकरको भूमिकाको प्रेरणा
गुरुदत्तले अबरार अल्वीलाई जोनी वाकरको लागि हास्य भूमिका लेख्न फिल्म सुटिङको अन्तिम समयमा भनेका थिए र उनले यो भूमिका धेरै छोटो समयमा लेख्नु परेको थियो। अल्वीको छोटो समयमा समस्या समाधान गरे पनि।

सत्य शरण लेख्छिन्, 'युनिटले कलकत्तामा फिल्मको लोकेसन खोजिरहेको थियो। गुरुदत्तलाई सहरका दुईवटा चिज धेरै मन पर्थ्यो, एउटा फुचका (गोलगप्पालाई कलकत्तामा फुचका भनिन्छ) र अर्को थियो झल मुडी। उनी प्रायः भिक्टोरिया मेमोरियलको लनमा बसेर खाँदै गर्दा उनको आँखा एक मसाजमा पर्यो।

उनले चरखाराना लुंगी, टोपी र बनियान लगाएका थिए र हातमा धेरै तेलका सीसी थिए। यहीँबाट जोनी वाकरको चरित्र र 'सर जो तेरा चक्राये गीत'को उदय भयो। गुरु दत्तलाई हलिउड फिल्म 'ह्यारी ब्ल्याक एन्ड द टाइगर'को एउटा धुन मन पर्यो। उनले फिल्मका संगीतकार एसडी बर्मनलाई धुन कपी गर्न आग्रह गरे। गुरुदत्तको यो आग्रहबाट बर्मन खासै खुसी थिएनन्। तर उनले यस धुनमा सानातिना परिवर्तन गरेर गुरुदत्तको मन राखे।'

नेपाल समय
तस्बिर : अमरउजाला

जब मोहम्मद रफीले साहिरको नज्म गुनगुनाए
कलेज रियुनियनको दृश्यका लागि साहिर लुधियानवीको एउटा गीत प्रयोग गर्ने निर्णय गरियो र बर्मन दालाई यसको धुन बनाउन आग्रह गरियो। रफी पूर्व निर्धारित मितिमा बैठकको लागि समयमै गुरुदत्तको घर पुगे तर केही कारणले बर्मन त्यहाँ पुग्न सकेनन्।

सत्य सरन लेख्छन्, 'अल्वीले रफीलाई भने कि तपाईं संगीतको मास्टर हुनुहुन्छ। यो गीत बिना संगीत किन गुनगुनाउनु हुन्न? रफीले एक मिनेट सोचे र त्यसपछि स्पष्ट र मधुर स्वरमा त्यो गीत गाउन थाले। हामीले त्यसलाई गुरु दत्तको टेप रेकर्डरमा एकै समयमा रेकर्ड गर्यौं। आवाज यति स्पष्ट थियो कि हामीले स्टुडियोमा रेकर्ड गर्न आवश्यक ठानेनौं र फिल्ममा प्रयोग गर्यौं।

नेपाल समय
तस्बिर : पेन्गुइन

हेमन्त कुमारलाई गीत गाउन लगाइयो
अर्को गीत, 'जाने वो कैसै लोग थे' रवीन्द्रनाथ ट्यागोरको रचनाबाट एसडी बर्मनले रचना गरेका थिए र फिल्मका बाँकी गीतहरुसँगै रफीले गाएका थिए। तर एक दिन गुरु दत्त र अबरार अल्वी कारबाट कतै जाँदै थिए। गुरुदत्त पत्नी गीता दत्तसँग पछाडिको सिटमा बसेका थिए भने अल्वी चालकसँगै अगाडिको सिटमा थिए।

सत्य सरन लेख्छन्, 'अल्वीले गुरुदत्तलाई हेमन्त कुमारको आवाजमा यो गीत राम्रो हुने सल्लाह दिए। गुरुदत्त अचम्म मानेर भने, 'तिमी पागल भयौ? एउटै चलचित्रमा एक व्यक्ति दुई फरक आवाजमा कसरी गाउन सक्छ?  मेरो लागि पहिले नै रफीको स्वर प्रयोग गरिएको छ। गुरुदत्त गीता दत्ततिर फर्किएर उनको सल्लाह मागे।

गीता दत्तले आश्चर्यजनक रुपले मेरो कुराको समर्थन गरिन्। हेमन्तको स्वरको आधार कम भएकोले गीतलाई सुहाउने उनले बताइन्। त्यसबेला गुरुदत्तले केही भनेनन्। गीताको सल्लाहले कति प्रभाव पार्यो थाहा छैन, तर अन्त्यमा हेमन्तकुमारले त्यो गीत गाए।'

नेपाल समय
तस्बिर : एबीपी न्युज

गुरुदत्तले वहिदालाई सहायक अभिनेत्रीको अवार्ड लिन दिएनन्
'प्यासा' रिलिज भएको ६५ वर्ष पूरा भइसकेको छ र विश्वका कैयौं फिल्म फेस्टिभलमा प्रदर्शन भएको छ। फिल्मको लोकप्रियता वर्षौंमा यति बढेको छ कि टाइम म्यागजिनले यसलाई विश्वमा बनेका १०० उत्कृष्ट फिल्महरुको सूचीमा राखेको छ। अभिनेत्री वहिदा रहमानलाई यस फिल्मको लागि फिल्मफेयरले सर्वश्रेष्ठ सह-अभिनेत्रीको लागि मनोनीत गरेको थियो।

नसरीन मुन्नी कबीरले आफ्नो पुस्तक 'कन्भर्सेसन विथ वहीदा रहमान' मा वहीदालाई भनेकी छन्, 'मलाई फिल्मफेयरका प्रकाशक जेसी जैनको फोन आयो उहाँले मलाई बधाई दिनुभयो र भन्नुभयो तपाईं धेरै भाग्यशाली हुनुहुन्छ कि तपाईलाई 'बेस्ट सपोर्टिङ एक्ट्रेस'को लागि मनोनयन गरिएको छ। जब गुरुदत्तलाई यो कुरा थाहा भयो, उनले भने, 'वहिदाको भूमिका माला सिन्हाको बराबर छ। उनी मेरो दोस्रो नायिका हुन्। जैनले भने, 'माला सिन्हा उहाँको सिनियर हुनुहुन्छ भने वहिदाको यो दोस्रो फिल्म हो।'

गुरुदत्तले उनलाई 'बेस्ट सपोर्टिङ एक्ट्रेस'को अवार्ड दिए भने म यो अवार्ड लिन दिन्न भन्नुभयो।' यसबाट म अलि निराश भएँ तर मैले पछि बुझें गुरुदत्त दुनियाँलाई बताउन चाहन्छन् कि मलाई सपोर्टिङ एक्ट्रेस मान्न हुँदैन। अन्ततः श्यामालाई यो अवार्ड फिल्म 'शारदा'का लागि दिइयो।

(रेहान फजलले बीबीसी हिन्दीका लागि तयार पारेको सामग्री पवन घिमिरेले भावानुवाद गरेका हुन्।)


प्रकाशित: August 6, 2022 | 07:31:47 काठमाडौं, शनिबार, साउन २१, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
फिल्म

फागुन १९ मा आँचल र विवेकको ‘बर एन्ड बधु’

मिलन चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्र ‘बर एन्ड बधु’को प्रदर्शन मिति तय गरिएको छ।
नेपाल समय
फिल्म

'कृष्ण लीला' टिमले झुमायो चितवनबासीलाई

कन्सर्टमा पुष्प र श्रद्धालाई भीडबाट जोगाउन सेक्युरिटीलाई हम्मे हम्मे परेको थियो। हजारौं दर्शकले पुष्प,श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए।
नेपाल समय
फिल्म

अनुपको आँखामा परेकी रेनु

रंगमञ्चमा झन्डै १० नाटक, सर्ट मुभी र ‘एसिड काण्ड’ नामक डकुमेन्ट्रीमा काम गरेकी रेनुले 'प्रकाश'मार्फत चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन्।
नेपाल समय
फिल्म

राज कपूरलाई नेहरुजत्तिकै लोकप्रिय बनाउने 'आवारा'

सोभियत संघमा फिल्म 'आवारा' रिलिज हुँदा त्यहाँको माहोल नै अलग बनायो। फिल्मको गीत 'आवारा हुँ' सोभियतका सबैजसोको जिब्रोमा झुण्डिएको थियो। सन् १९५४ मा मात्रै ६ करोड ४० जनाले 'आवारा' को टिकट किनेका थिए, जसमा अधिकांश युवा थिए।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को ट्रेलर सार्वजनिक

ऐना झ्यालको पुतलीको ट्रेलरमा स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरेर कथा बुनिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना