शुक्रबार, साउन २७, २०७९

'विजुवा लाउने' चौरमा 'दोख'लाई लागेको दोष

राज सरगम  |  काठमाडौं, शनिबार, असार १८, २०७९

राज सरगम

राज सरगम

शनिबार, असार १८, २०७९, काठमाडौं

नेपाल समय

‘दोख’ नमिठो सपनाको बान्की हो। आक्षेप हो। टाइफाइड बिग्रिएपछि कहिल्यै निको नहुने बिमार पनि हो, जसलाई गाउँघरतिर ‘कुखत’ पर्‍यो भन्छन्। एउटा डरलाग्दो शब्द दोखलाई चलचित्रको शीर्षक दिएर डरलाग्दो कालखण्डको कथा भन्न खोजेका छन्, अभिनेता तथा निर्देशक अनुप बराल।

‘दोख निको नहुने बिमार रहेछ, त्यस्तै खत भएर बस्यो जनयुद्ध पनि। त्यही कालखण्ड बुझाउनलाई बिम्बको रूपमा ल्याएको हो’, उनले भने ।

असार २४ गतेदेखि देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र ‘दोख’मा माओवादी सशस्त्र द्वन्द्वका कारण गाउँघरमा परेको प्रभावलाई मिहीन चित्रण गर्न खोजिएको बताउँछन् बराल। भन्छन्, ‘माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा फुटबल खेल र सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँलेबीच हुने किचलो फिल्मको कथावस्तु हो। गाउँलेबीचको झगडा र द्वन्द्वको त्रासदीले समाजमा परेको असरलाई चलचित्रमा देखाउन खोजिएको छ।’

रंगमञ्च हुँदै अभिनय र फिल्म निर्देशनलाई सँगै लिएर अघि बढिरहेका बरालले ‘दोख’को छायांकनका दिनमा पाएका दुःखलाई अझै बिर्सिन सकेका छैनन्। भन्छन्, ‘सुटिङमा दुःख पाउनुको पहिलो कारण त ‘दोख’ले मागेको लोकेसन खोज्नु नै हो।’  

लोकेसनकै कारण दुःख पाउनु कथालाई न्याय गर्न खोज्नु पनि हो। त्यस्तो कथा कसरी हात पर्‍यो त?

वैकल्पिक फिल्मबारे छलफल गराउँदै आएको फोरम ‘न्यू नेपाली सिनेमा’ले सन् २०१३ तिर स्क्रिप्ट लेखन प्रतिस्पर्धा आयोजना गरेको थियो। त्यही प्रतिस्पर्धामा निर्णायकको भूमिका निर्वाह गर्न अनुपलाई अनुरोध गरे, आयोजकले । अनुपले निर्णायक बन्नु अगाडि एउटा सर्त राखे, ‘तपाईंहरूले मलाई निर्णायक बनेबापत पारिश्रमिक नदिए पनि प्रतिस्पर्धाबाट छानिएका दस स्क्रिप्टमध्ये मलाई मन पर्ने एक स्क्रिप्टमा फिल्म बनाउन दिनुपर्छ।’

आयोजकले यो सर्त मन्जुर गरे। प्रतिस्पर्धाका लागि सयौं स्क्रिप्ट पढे, अनुपले। अन्तिममा दस स्क्रिप्ट छानिए। त्यसमध्येबाट राजन कठेतद्वारा लिखित स्क्रिप्टले अनुपको मन छोयो, जुन स्क्रिप्ट प्रथम हुन सकेको थियो। यसले २ लाख २५ हजार जितेको थियो।

‘राजनको कथाले नै मलाई फिल्म बनाउन कन्भिन्स गरेको हो’, उनले स्क्रिप्ट हातमा लिएको दिन सम्झिए, ‘पैसा लगानी गर्नेलाई कन्भिन्स गर्न सक्दिनँ कि भन्ने थियो तर आयोजक नै लगानी गर्न तयार भएपछि पछाडि हटिनँ।’

द्वन्द्वकालीन समयको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘दोख’को लोकेसनका लागि राजन कठेतकै गाउँ खोटाङ गयो, अनुपको टोली । उनी भन्छन्, ‘केही दिन लोकेसन हेर्यौं तर खोटाङमा भनेजस्तो लोकेसन नभेटेपछि हामी फर्किएका थियौं। फर्किंदा धरानमा अचानक गायक दीप श्रेष्ठ भेटिनुभयो। भोजपुरका दुर्गम गाउँ हेर्न सुझाव दिनुभयो।’

गायक श्रेष्ठले भनेको जिल्लाको पहाड गाउँमा अनुपको टोली लोकेसन हेर्न पुग्यो। साँझ निराश भएर होटलमा फर्किए उनीहरू। कथाले मागेको चौर नजिकै गाउँ, दुई गाउँलाई जोड्न वन चाहिएको थियो। यस्तै सोचेर निराश भएका अनुपले एक साँझ गुगलमा आफू बसेको लोकेसन हेरे। स्याटलाइट म्याप हेर्दाहेर्दै अचानक उनले एउटा खाली जग्गा देखे। चारैतिर वन तर बीचमा खाली (स्याटलाइट म्यापमा सेतो धब्बाजस्तो ठाउँ) देखेर होटल साहुनीलाई चौर वरपरका गाउँबारे सोध्दै चौरका बारे पनि सोधे। साहुनीले यो खाली चौर हो भनिन्।

‘कस्तो चौर?’ अनुपले प्रश्न गरे।

‘केटाहरू फुटबल खेल्छन्’, साहुनीले सजिलै भनिदिइन्। निराश भएका अनुपको अनुहारमा उज्यालो फर्कियो। हौसिए। रात छिट्टै कटिदिए हुन्थ्योजस्तो भयो उनलाई।  

भोलिपल्ट उनीहरू भोजपुरको धनसुरे पुगे। यो ठाउँ भोजपुर नगरपालिका–१० डेलीखर्क महभीर भैंसीपंखामा पर्छ। यो गाउँको जंगलको बीचमा फुटबल मैदान छ। त्यहाँ पुग्न बाटो आफैंमा अप्ठेरो थियो। कच्ची र साह्रै घुमाउरो बाटो भएकाले लोकेसन हेर्न जान साह्रै गाह्रो भएको थियो।

धनसुरे गाउँको त्यो चौरमा पुगेपछि अनुप मुस्कुराएका थिए। भनेजस्तो लोकेसन पाएपछि सिनेमा छायांकनमा छिट्टै आउने सोच बनाए। काठमाडौं आएर दोखको छायांकन टोली फेरि भोजपुरतिर लाग्यो। उनी भन्छन्, ‘सुटिङ टोलीसहित आउँदा त्यो चौर पुग्नै गाह्रो भयो। पहिलो, बाटोको समस्या थियो। दोस्रो, धेरै कुरा अभाव।’

‘दोख’को कथालाई जनआन्दोलनको पृष्ठभूमिमा फरक माटोको सुगन्ध आउने गरी लेखिएको थियो। यही कथालाई न्याय गर्ने हुटहुटीमा लागेको अनुपको टिम २०७२ मा भोजपुर पुगेको थियो। करिब एक साता सुटिङ भएको थियो। यस्तैमा नेपालमा ठूलो भूकम्प आयो। २०७२ को महाभूकम्पले ‘दोख’को टोलीलाई धनजनमा क्षति नपुर्‍याए पनि सुटिङ भने रोकियो। बारम्बारको परकम्पले टोली भयभीत भयो। उनीहरू निराश भएर काठमाडौं फर्किए।

भूकम्पपछिको जनजीवन सामान्य भएसँगै अनुपले तितरबितर भएका प्राविधिक टोली र कलाकारलाई बटुल्न लागे। फेरि उही भोजपुर जान कस्सिए। फेरि भारतको नाकाबन्दीले असर गर्‍यो। उनले सजिलै टोलीलाई परिचालन गराउन सकेनन्। सोचेको जति बजेटले ‘दोख’को छायांकन होलाजस्तो लागेन उनलाई। अब सिनेमा छायांकन नै  रोकिने हो कि भन्ने पीरमा परेका अनुपले जसोतसो पुनः लगानीको जोहो गरेर भोजपुर निस्किए।  

माओवादी द्वन्द्वका बाछिटालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘दोख’ चलचित्र प्रदर्शनमा आउँदासम्म अनुपले भोगेका हैरानीको फेहरिस्तले जोकसैलाई स्तब्ध बनाउँछ।

‘५० हजारदेखि १ लाखसम्म बारम्बार खोजेर काम गरेको फिल्म हो, यो। मेरो आफ्नै पैसा पनि धेरै लागिसक्यो’, हरेश खाएरै निर्माण सम्पन्न भएको ‘दोख’बारेको अनुभव सुनाए उनले।

सुटिङमा पुगेपछि लोकेसन २५ सय मिटरको उचाइमा थियो। त्यो उचाइमा सुन्दर वनले घेरेको फुटबल चौर निकै लोभलाग्दो थियो। तर नमजाको अन्धविश्वास त्यो चौरसँग जोडिएको थाहा पाएपछि अनुपको मात्रै नभएर ‘दोख’को सम्पूर्ण टिमको सातो गएछ।

तीन वटा क्यामेरा लगाएर फुटबल खेलेको दृश्य कैद गरेका थिए। यस्तैमा मुख्य पात्र र अर्को पात्रबीच खुकुरी हानाहान गर्नुपर्ने दृश्य थियो। अभिनयका साथ चलाएको खुकुरी अचानक चिप्लिएर मुख्य पात्रको हात काटियो। हातको औंलाको नसा काटिएसँगै रगत बग्यो। सुटिङका मानिसहरू आत्तिए। निर्देशक स्वयं डराए। हतारहतार गाडीमा राखेर उपचार गर्न लगियो।

स्थानीय भाषामा त्यो चौरमा ‘विजुवा लाउने’ भनिँदो रहेछ । पुर्खाको पालामा मरेका मानिसको लाश जलाउने र गाड्ने गरिएकाले त्यहाँ केही भूतप्रेत र आस्थाका कारण भय थियो। तर ‘दोख’को टिमले त्यो परम्परागत पूजालाई अन्धविश्वास भनेर टार्न खोजेको थियो। नायकको हात काटिएपछि भने अन्धविश्वास विश्वासमा फेरिन लागेको रहेछ।  

‘अन्धविश्वास नमान्दा पनि विश्वास गर्न थालिएको थियो। अरूलाई अन्धविश्वास हो भनेर बुझाउने ‘दोख’को टिमले आफूलाई पर्दा पूजा लगाउन थाल्यो। निर्माता नै एकाबिहानै फूल लिएर चौरमा पुग्थे। पूजा गर्थे। पछि विस्तारै पूजा नगरी मन नै सफा नहुनेजस्तो भयो’, सुटिङका क्रममा आइपरेका दुःख सम्झिए उनले।

‘त्यो क्षण निकै डराएको थिएँ। घाइतेको उपचारका लागि दुई जना साथै पठाएपछि  सुटिङ रोकियो।’

डाक्टरसँग कुरा भएअनुसार बिरामीलाई काठमाडौं लैजानु नपर्ने भएपछि अलिकति सास आएको सम्झिन्छन् उनी। भन्छन्, ‘पहिला त हेलिकोप्टरको जोहो गरेर काठमाडौं लैजाने सोचमा थिएँ। डाक्टरले यही राम्रो उपचार हुन सक्ने भनेपछि हामीले उनलाई फर्कायौं।’

सुटिङ रोकिएपछि कलाकारहरू दिक्क भए। टिमलाई समय बिताउनै गाह्रो भयो। त्यो ठाउँमा मोबाइल नेटवर्क पनि नटिप्ने। कहीँ जानु परे लामो बाटो हिँड्नुपथ्र्यो। उकाली–ओराली गर्नुपथ्र्यो। सुटिङ नभएपछि दिक्क मानेका कलाकारलाई अल्झाउन अनुपले दिनमा अलिअलि सुटिङ गर्न थाले । मुख्य पात्रबाहेक अन्य कलाकारको सिन खिच्न थाले। भन्छन्, ‘फिल्मको मुख्य कलाकार नै घाइते भएपछि अन्य कलाकारको सिन खिच्न पनि सकिँदो रहेनछ। तर भएका कलाकारलाई पनि निरास बनाउन सकिएन।’

४५ दिनमा सकिने भनेको सुटिङ लम्बिने देखियो। फुटबल खेलको सिन मात्रै १४ दिनको सेड्युल थियो। तर अनुपले तीन दिनमा सकाए। केही सातामा सन्चो भएर फर्किएका कलाकारको हातमा केही स्टिल या तार थियो, जुन हातभन्दा लामो थियो। क्यामेरामा कैद गर्न झनै गाह्रो। कलाकारले अभिनय गर्न खोजे पनि हातमा राखिएको तारले निक्कै अल्झायो। त्यस्तो बेला सिनेमाटोग्राफको चलाखीले काम गरेको सम्झिन्छन्, उनी।

चौरमा सुटिङ सकेर साँझ होटल फर्किंदै थियो ‘दोख’को टिम। त्यो दिन स्कुले विद्यार्थीको पनि केही दृश्य भएकाले उनीहरू गाडीमै बसेर फर्किएका थिए। साँझको समय थियो। चौरबाट हिँडेको केही दूरीमा अपत्यारिलो घटना भयो। अभिनेत्री दिया मास्के गुडिरहेको गाडीबाट खसिन्। यो खबरले ‘दोख’को युनिटमा भय पैदा गरिदियो।

अघिल्लो गाडीमा निर्देशकलगायत प्राविधिक थिए। पछिल्लो गाडीमा अभिनेत्री दिया मास्केलगायतका कलाकार थिए। यस्तैमा पछाडिबाट आवाज आयो, ‘गाडीबाट दिया खस्नुभयो।’

अनुपको सातो गयो। गाडी रोकिन नपाउँदै अनुप गाडीको ढोका खोलेर झर्न हतारिए। उनी कुदेर पछाडि गाडी भएको ठाउँ पुगे। भुइँमा लडेकी दिया धुलाम्य थिइन्। उनलाई अनुपले सम्हाल्दै झकझकाए। दिया अलिकति सम्हालिइन्।

‘गाडीको पछाडि ढोका आफैं खोलिन पुग्दा अचानक पछाडि सिटमा बसेकी दिया झर्न पुगेकी थिइन्। धन्न उनलाई गहिरो चोट लागेन। अस्पताल लैजानुपर्ने अवस्था आएन। त्यो क्षण निकै हक्कानिएको रहेछु म’, उनले त्यो दिन सम्झिँदै भने’, ‘हिरो र हिरोइनलाई अपत्यारिलो चोटपटक लाग्न थालेपछि हामीले हरेक रात पूजा गर्‍यौं। हाम्रो हिरोलाई सन्चो होस् भनेर प्रार्थना गर्‍यौं। फूल चढायौं।’

०७२ भूकम्प, नाकाबन्दी र कोरोना जितेर उनिएको ‘दोख’ले खाली विद्यालय, विधुवा महिला, टुहुरा बालबालिका, रित्तो गाउँ र पलायन युवा पुस्ता रित्तिएको गाउँमा भएका द्वन्द्वको नालीबेलीलाई सचित्र उतारेको छ।

एक दिन माथि लेकमा दृश्य खिच्नु थियो। जहाँ खर्क हुन्छन्, जहाँ गाईगोठाला बस्छन्, जहाँ पैदल जानुपथ्र्यो। सुटिङ युनिट घामको आश गरेर त्यो दिन त्यो खर्कको आसपास पर्ने हाइटमा पुग्यो। तर बादल लागिदियो। एकछिनपछि घाम लाग्ने आश गरेर पर्खिए तर पानी पर्‍यो। खिच्न लागेको सिनमा न झरी थियो, न बादल थियो, न पानीको रिमझिम भिज्नुपर्ने कलाकार नै थिए। तर उनले त्यो पानीलाई कैद गरिदिए। पानीसँगै कलाकारलाई पनि खेलाए। डराई–डराई खिचेको दृश्य सम्पादनमा बस्दा सबैभन्दा राम्रो दृश्य कैद गरेको सम्झिए, ‘त्यो क्षण निकै गाह्रो भएको थियो। सुटिङ रोकौं, फेरि फर्किएर आउन गाह्रो थियो। त्यसैले पानीबाट क्यामेरा बचाएर सुटिङ गरेको थिएँ। त्यो सिनमा खिचेका दृश्य सबैभन्दा राम्रा भएका रहेछन्।’

१५ वर्षअघिको जनयुद्धको समयलाई सिनेमाटोग्राफ गर्न निकै मिहिनेत गर्नुपर्‍यो, टिमलाई । त्यसबेलाको कस्टम, लोकेसन, घर, यहाँसम्म  कि त्यतिखेर चुरोट तान्नेले त्यसको धुवाँ कति डिग्रीमा उडाउँछन् होला भन्नेसमेत चिन्ता थियो। त्यसबेलाका रेडियो भट्टी, वनपाखा र नबनेका बाटाहरू निकै बलिया पात्रहरू थिए, जसलाई जीवन्त सिनेमामा देखाउनु थियो। उनी भन्छन्, ‘हामीलाई बन्दुक बनाउन अझ मिहिनेत लागेको थियो। सैनिकका केही कस्टम (लुगाकपडा) र बन्दुक माग्दा सेनाका अधिकारीले गरेको सोधपुछ पनि झेल्नुपर्‍यो, उनले। भन्छन्, ‘केही अवरोध चिर्न नसकेको भए ‘दोख’ यहाँसम्म पुग्थेन।’

भूकम्प, नाकाबन्दी मात्रै होइन, कोरोनाको सकस पनि झेल्नुपर्‍यो, ‘दोख’ले। सात वर्ष छिचोलेर बनेको ‘दोख’ बारम्बार तुहिएको थियो र जोडिएको थियो। उनी भन्छन्, ‘यो फिल्म लन्च भएपछि अलिकति हलुका महसुस हुनेछ।’

‘दोख’ भनेरै सात वर्ष हिँडे, बराल। सिनेमामा मुख्य पात्र उनकै जहान दिया मास्के छन्। सिनेमा छायांकनका क्रममा उनले आफैंसँग भएकी श्रीमती अभिनेत्री मास्केलाई अन्य कलाकारको जस्तो व्यवहार गरे। समय दिन सकेनन्। श्रीमतीका गुनासाका चाङ अनुपले मनमै राखेर हिँडिरहे।

‘दोख’का लागि यति लागें कि घरको थोरै पैसा मात्रै सकिनँ, घरायसी समस्या पनि आइलागे। एक दिन दियाले तपाईंको जीवनमा ‘दोख’ मात्रै छ, हामी छैनौ भनेर रिसाएको अझै सम्झना छ। सायद अलिकति एकलकाँटे नभएको भए ‘दोख’ मेरो जीवनमा पनि एउटा घाउ बनेर बस्थ्यो,’ अनुप भन्छन्।

दियालाई श्रीमती कम, कलाकार बढी सम्झिएर अन्य कलाकारका माझमा गरेको समान व्यवहार उनले सम्झिए, ‘सुटिङमा म निर्देशक हुन्थें, उनी विशुद्ध कलाकार। ठाउँ पनि टाढा थियो । हामी २०–२५ मिटर टाढा हुन्थ्यौं। सेटमा पनि भेट हुन्थेन। त्यहाँ पति–पत्नीको सम्बन्धलाई पनि टाढै राखेका थियौं। श्रीमान्ले निर्देशन गरेको फिल्म भएकाले कास्ट गरिएको होला भन्थे तर म दियाको अभिनयलाई राम्रोसँग चिन्छु। ‘कागबेनी’, ‘दलन’जस्ता फिल्म र टिभी सिरिजमा काम गर्ने जुन शक्ति छ, त्यो अझै आउन सकेको छैनजस्तो लाग्छ।’
‘दोख’मा काम गर्दा पनि अडिसन लिएरै गरेका थिए, उनले। अडिसन लिँदा पनि दियाभन्दा अन्य उपयुक्त पात्र भेटेनन्, अनुपले। पात्र छनोटमा पनि गम्भीर छन्, अनुप। आफूलाई कथाले मागेको पात्रमा कहिल्यै ‘कम्परमाइज’ गरेनन् । त्यसो हुँदा पनि दिया ‘दोख’मा जोडिएकी हुन्।

anup baral
दोख चलचित्रका निर्देशक अनुप बराल।

निको नहुने घाउको नाम ‘दोख’ राखेर बनाएको चलचित्र अनुपको जीवनमा पनि ‘दोख’ बनेर रहला कि भन्ने चिन्तैचिन्ताले फिल्मलाई दर्शकमाझ ल्याउने नै भए। अनेक बाधा चिरेर यहाँसम्म आइपुग्दा सबै टिम सम्झिन्छन्, उनी। अझै बढी ती पात्र सम्झिन्छन् जहाँ खाली विद्यालय, विधुवा महिला, टुहुरा बालबालिका, रित्तो गाउँ र पलायन युवा पुस्ता। रित्तिएको गाउँमा ‘दोख’ झैं पसेको द्वन्द्व साँच्चै सोझासीधा जनताका लागि काल बनेर आइदियो। त्यसैले त कथाकै भाव झल्किने गरी कवि/गीतकार श्रवण मुकारुङ गीत लेख्छन्–

यै साल यस्तो खडेरी
यो साल यस्तो अनिकाल
कसुरी बाँचू बरिलै
यै साल गाउँमा पल्क्यो काल

दस वर्षे जनयुद्धले धेरै कुरा परिवर्तन भएको छ। तर जुन खालको अपेक्षा जनतामा थियो, यसले आमूल परिवर्तन ल्याउन भने नसकेकै हो। अग्रगामी छलाङ भनिए पनि जनतासम्म त्यो छलाङ पुगेन। जसले बलिदान दिए र युद्ध लडे, जसलाई राज्य पक्षबाट धेरै दमन गरियो, कतिपय मरे र त्रासदी व्याप्त थियो। त्यहाँबाट आउनुपर्ने विषय झन् ठूलो भएर जानुपथ्र्यो। तर पछिल्लो समय त्यो नदेखिएको ठान्छन् उनी ।

भोजपुरको कथालाई न्याय गर्न दिएको लोकेसनमा मात्रै पसिना बगाएका छैनन् अनुपले। उनले यो चलचित्रले भन्न खोजेको माटोको कथाले बोकेको मौलिक गीत–संगीत पनि समेटेका छन्। कवि श्रवण मुकारुङले तीन वटा गीत लेखिदिएका छन्, जसमा गायक अमृत गुरुङ, संगीतकार आभास, रैथाने गायिका झुमा लिम्बू जोडिएका छन्। मौलिक गीत–संगीतका कारण पनि चलचित्र ‘दोख’ थप कुतूहल बनेको छ।

नेपाली सिनेमा अझै संक्रमणकालीन अवस्थामा रहेको बुझ्ने अनुपले ‘दोख’बाट धेरै आशा राखेका छन् । फिल्म हिट नभए पनि सिनेमाको भाषालाई बुझिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई। ‘दोख’मा पात्रलाई भन्दा बढी सिनेमाटोग्राफमार्फत बोल्न खोजेको बताउँछन्, अनुप।

केही कुरालाई ‘ड्रामाटाइज’ गर्न क्यामेराको लेन्सलाई साँघुरो बनाएको बताउँछन् उनी।  उनी भन्छन्, ‘यसले स्पेस सानो देखिन्छ र समयको प्रतिविम्ब पनि देखिन्छ। हामी खुम्चिएका थियौं। खुला भएर बोल्न सकिरहेका थिएनौं।’

‘दोख’मा छोटो समय प्रभावकारी ढंगले कथा भन्न ‘एक्सप्रेसिज्म’जस्ता शैलीलाई पनि उपयोग गरिएको छ। अनुप भन्छन्, ‘जस्तै द्वन्द्वको बेला हामी साँघुरो घेरामा थियौं। चौतर्फीबाट छेकिएका थियौं। यस्तो बेला फराकिलो आशा गर्न पाइँदैन। त्यसैले छायांकनमा पनि क्यामेराको भाषाबाट धेरै कुरा बुझाउने कोसिस गरेको छु।’

भनिन्छ, कोसिस नै पहिलो सफलताको कडी हो। उनै बराल रंगमञ्चका ब्रान्ड हुन्। नेपाली रंगमञ्चमा ‘म्याथोड एक्टिङ’ भित्र्याएसँगै आज सिनेमा जगत्मा रंगकर्मीको ठूलो भीड देख्न सकिन्छ। उनले निर्देशन गरेको चलचित्र ‘फिटकिरी’ले अपेक्षा गरेजस्तो सफलता नपाए पनि सिनेमामा केही नयाँ काम गर्न रुचाउने पात्र हुन्, बराल ।

गम्भीर कथा भन्न रुचाउने बराल ‘दोख’को स्थान भन्न सक्दैनन्। तर समयलाई विम्ब बनाएर भनिएको कथाको दृष्टिकोण निर्माण हुनेमा ढुक्क छन्। यसलाई उनी कसैसँग तुलना गर्न चाहँदैनन्।

‘दोख’को न्यारेटिभमा विशेष गुण के छ भनिए उनी मानक बनाउन गाह्रो छ भन्छन् । बरु मानवीय संवेदनासँग जोडिएको हरेक कुराले दर्शकलाई जोड्ने विश्वास सुनाउँछन्। उनी भन्छन्, ‘यही समाजमा बाँचिराख्दा पनि हामीसँग कन्जुमर सोसाइटी हुँदाहुँदै पनि केही मान्छेको चेतना बाँचिराखेको होला नि! त्यो चेतनालाई यसले हिट गर्छ किनभने स–साना चीजमा सुन्दरता हुन्छजस्तो लाग्छ मलाई। त्यो सुन्दरता नै यो फिल्मको विशेषता हो।’

पहिलो फिचर फिल्म ‘फिटकिरी’ त्यति धेरै चलेन। त्यो चलचित्रमा निराश भएर फर्किएका दर्शकले ‘दोख’ हेरेर आहा ! नभने पनि फिल्ममाथि दर्शक, समीक्षक गम्भीर हुनेमा ढुक्क छन्।


प्रकाशित: July 2, 2022 | 17:58:59 काठमाडौं, शनिबार, असार १८, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
फिल्म

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

शैक्षिक योग्यता नपुगेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
नेपाल समय
फिल्म

कलाकार बनाएको फिल्म 'प्रकाश' छाडेर ‘हिरोइजम’मै फर्किए प्रदीप

१० भदौमा प्रदर्शनमा आउने चलचित्र प्रकाशको प्रचार–प्रसारका लागि कलाकारले नेपालका सहर घुमिरहे पनि प्रदीपले टोलीलाई बीच बाटैमा छाडिदिएका छन्।
नेपाल समय
फिल्म

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।
नेपाल समय
फिल्म

‘सायरा’बाट आर्यनले खस्किएको करियरलाई छलाङ लाउन सक्लान्

पछिल्लो समय कुनै पनि हिट फिल्म दिन नसकेका आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन्।
नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना