बिहीबार, भदौ २, २०७९

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- केही दिनदेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अहिलेसम्म सात जना फिल्मकर्मीले आवेदन दिएका छन्। सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

सातमध्ये सबैभन्दा सुरुमा निर्देशक रौनियारले आवेदन दिएकी थिइन्। दरखास्त आह्वान भएको ५ दिनपछि असार १० गते उनी आवेदन लिएर मन्त्रालय पुगेकी थिइन्।  त्यसपछि क्रमशः प्रधान, पण्डित, पौड्याल, पोखरेल, केसी र कार्कीले आवेदन दिएका छन्। 

भूवन केसीले आवेदन दिए पनि उनका लागि उमेर र शैक्षिक योग्यता बाधक बनेको छ। सञ्चार मन्त्रालयले मागेका दरखास्त आह्वानको विज्ञापनमा शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको वा सम्बन्धित् क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएको हुनुपर्ने उल्लेख छ। सोहीअनुसार भुवनले केही दिनअघि रत्नराज्य क्याम्पसबाट प्रमाणपत्र तहको क्यारेक्टर सर्टिफिकेट निकालेका थिए। 

भुवन केसी आफैंमा विवादित पात्र हुन् । उनले दुईवटा विवाह गरे, तर दुवै असफल भए। जेठी श्रीमती विजया केसी र उनबाट जन्मिएका सन्तान विवेक केसी र काजल केसी अमेरिकामा छन्। त्यसैगरी उमेर हद ६५ वर्ष हुनुपर्ने भनिए पनि उनको उमेर पनि बढी भएको स्रोतले दाबी गरेको छ। एमालेबाट सांसद उठ्ने चर्चा गरेका केसी हालैमात्र नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। बोर्ड अध्यक्ष बनाउने आश्वासन पाएपछि नै उनी कांग्रेस प्रवेश गरेको केसी निकट श्रोतको दाबी छ। 

त्यसैगरी अध्यक्षका लागि दुई महिलाहरु रौनियार र कार्की प्रतिस्पर्धामा छन्। त्यस्तै चलचित्र विकास बोर्डको बक्सअफिस कन्सल्टेन्ट भएर काम गरिसकेका मनिष पण्डितको पनि सत्ता पक्षसँग राम्रो सम्बन्ध रहेको बुझिएको छ। बुझिएअनुसार बोर्ड अध्यक्षका लागि अहिले सबै उम्मेद्वारहरु दौडधुपमा व्यस्त छन्। 

‘कांग्रेसले सेलिब्रेटी फेसलाई अध्यक्ष बनाउन चाह्यो भने भूवन केसी पहिलो रोजाइमा छन् तर भर्खरै पार्टीमा प्रवेश गरेकालाई अध्यक्ष बनाउँदा पुराना कार्यकर्ताको अपमान हुन्छ भन्‍ने आवाज पनि चर्कै उठिरहेको छ,’ नेपाली कांग्रेस निकट एक कलाकारले भने।  केही चलचित्रकर्मीले केसीको दाबेदारीविरुद्ध उजुरी दिने तयारी गरिरहेका छन्। 

विकास बोर्ड अध्यक्षका लागि असार २० गतेसम्म आवेदन दिन सकिने बताइएको छ। त्यसैले अझै उम्मेद्वारहरु थपिन सक्छन्। अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।

यस्तै, आवेदकले स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा २० वर्ष काम गरेको हुनुपर्नेछ। यसअघि निर्देशक दयाराम दाहाल बोर्डका अध्यक्ष थिए।


प्रकाशित: July 1, 2022 | 18:10:59 काठमाडौं, शुक्रबार, असार १७, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
फिल्म

फागुन १९ मा आँचल र विवेकको ‘बर एन्ड बधु’

मिलन चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्र ‘बर एन्ड बधु’को प्रदर्शन मिति तय गरिएको छ।
नेपाल समय
फिल्म

'कृष्ण लीला' टिमले झुमायो चितवनबासीलाई

कन्सर्टमा पुष्प र श्रद्धालाई भीडबाट जोगाउन सेक्युरिटीलाई हम्मे हम्मे परेको थियो। हजारौं दर्शकले पुष्प,श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए।
नेपाल समय
फिल्म

अनुपको आँखामा परेकी रेनु

रंगमञ्चमा झन्डै १० नाटक, सर्ट मुभी र ‘एसिड काण्ड’ नामक डकुमेन्ट्रीमा काम गरेकी रेनुले 'प्रकाश'मार्फत चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन्।
नेपाल समय
फिल्म

राज कपूरलाई नेहरुजत्तिकै लोकप्रिय बनाउने 'आवारा'

सोभियत संघमा फिल्म 'आवारा' रिलिज हुँदा त्यहाँको माहोल नै अलग बनायो। फिल्मको गीत 'आवारा हुँ' सोभियतका सबैजसोको जिब्रोमा झुण्डिएको थियो। सन् १९५४ मा मात्रै ६ करोड ४० जनाले 'आवारा' को टिकट किनेका थिए, जसमा अधिकांश युवा थिए।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को ट्रेलर सार्वजनिक

ऐना झ्यालको पुतलीको ट्रेलरमा स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरेर कथा बुनिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना