मंगलबार, असार १४, २०७९

'हिरो' को हो फिल्ममा?

राज सरगम  |  काठमाडौं, शनिबार, असार ४, २०७९

राज सरगम

राज सरगम

शनिबार, असार ४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– चलचित्रका पोष्टरमा जसरी नायकको फोटो ठूलो हुन्छ, त्यसैगरी तिनको भूमिका पनि ठूलो हुन्छ। अर्थात् चलचित्रको केन्द्रीय पात्र नायक हुन्छ। यही मनोविज्ञानबाट स्थापित भएको दर्शकले सोध्छ, ‘हिरो को हो?’

चलचित्रको नामसँगै प्रमुख पात्र (हिरो) खोजिने परम्परा अझै पनि छ। र, नेपाली दर्शकले त ‘हिरोइन’ को हो भनेर सोध्ने गरेको दुर्लभ सुन्न पाइन्छ। कि हिरोको बारेमा थाहा पाइसकेपछि ‘अपोजिट’मा को छ भनेको चाहिँ सुन्न पाइन्छ। 

तर, अहिले आएर नेपाली चलचित्रमा केन्द्रीय पात्र नायक मात्रै हुन्छन् भन्ने विश्वास विस्तारै भत्किँदै गएको छ। त्यो विश्वास दिलाउने आधार प्रदर्शनमा आएका केही चलचित्र र प्रदर्शनमा आउन बाँकी रहेका थप चलचित्रका पोष्टरमा एक्लै देखिएका अभिनेत्री हुन्। 

नेपाली सिनेमा उद्योगको ६ दशक यात्रामा नायकको मात्रै पोष्टर फोटो बेचिएको अवस्थामा एकाध फिल्ममा अभिनेत्रीको मात्रै पोष्टर सार्वजनिक हुनुले महिला पात्रको चरित्र निर्माण केन्द्रीय हो कि भन्ने लाग्छ। त्यसो भए के अभिनेत्रीको चरित्र निर्माण सोचेजस्तो बलियो बनेको छ त? 

फिल्म समिक्षक अनुभव अजीतका अनुसार पोष्टरमा देखाइने अभिनेत्रीको चरित्र चित्रण अझै परम्परागत छ। उनी भन्छन्, ‘दक्षिण एसियामै बनेका चलचित्रमा अभिनेत्रीको चरित्र निर्माण व्यक्तिगत स्वतन्त्रताका लागि समेत खुलेर विद्रोह गर्न सक्ने भएका छैनन्।’ 

अभिनेत्रीको चरित्र चित्रण  

घाँटीमा रातो सानीमाला, पहेंलो ठूलीमाला (पोते) गोलो बुलाकी, चोलो र कालो झोला सहितको हुलियामा देखिने नारी पात्र (स्वस्तिमा खड्का) लाई चलचित्र ‘चिसो मान्छे’को पहिलो पोष्टरमा एक्लै राखिएको थियो। नारी पात्रलाई एक्लो उभ्याएर सार्वजनिक गरेको चिसो मान्छेको पहिलो पोष्टरले राम्रै प्रशंसा बटुल्यो भने अभिनेत्री स्वस्तिमा खड्काको भूमिकामाथि कौतहूलता पनि जगायो।

केन्द्रीय पात्र भनेर पोष्टरमा देखाए पनि महिला चरित्र चित्रणमा बहुआयामिक भने देखिँदैन। गाउनु, नाच्नु, पुरूषको विलासिताको वस्तु बन्नु, उत्पीडनमा पर्नु जस्ता भूमिकामा सीमित हुनुपर्छ। यसर्थ, महिला पात्र प्रमुख भूमिकामै देखिए पनि अभिनेता भन्दा अभिनेत्री सहानुभूतिका पात्र बनाइनु अथवा रुढीवादी ‘स्टोरी न्यारेसन’मा सीमित राखिनुको कारण के हो? महिला कलाकारको भूमिकामा विविधता खोज्न किन सकिएको छैन? चलचित्र निर्देशक मनोज पण्डितका अनुसार महिलाको आँसु बेच्ने कोसिस नै महिला पात्रको चरित्र चित्रण कमजोर हुनु हो। उनले भने, ‘हामी कथामा दुःख मात्रै बेच्छौं किनकी त्यसले राम्रो व्यवसाय गर्छ।’

जतिनै सुन्दर भए पनि महिला संवेदनशिल हुन्छन्, जति नै बौद्धिक भए पनि स्वाभावैले रून्चे हुन्छन् जस्ता परम्परागत सोचका कारण हाँस्दा–बोल्दा मात्रै होइन, रूँदा पनि अभिनेत्रीको सौन्दर्य खोजिन्छ। 

अहिले आएर नेपाली चलचित्रमा केन्द्रीय पात्र नायक मात्रै हुन्छन् भन्ने विश्वास विस्तारै भत्किँदै गएको छ। त्यो विश्वास दिलाउने आधार प्रदर्शनमा आएका केही चलचित्र र प्रदर्शनमा आउन बाँकी रहेका थप चलचित्रका पोष्टरमा एक्लै देखिएका अभिनेत्री हुन्।

चिसो मान्छेकी अभिनेत्री स्वस्तिमा खड्काका अनुसार अभिनेत्रीले बोल्दा पनि ‘चट्ट’ देखिनुपर्छ। सबै मिलेको, अर्थात् ‘कन्टेन्ट बेस’मा बनेका चलचित्रमा पनि अभिनेत्री ‘उचित’ हुनुपर्छ। 

‘चिसो मान्छेमा भूमिकालाई थप बलियो बनाउन चरित्र चित्रणमा केही आनीबानी थपेको थिएँ मैले,’ चिसो मान्छे छायांकनको पहिलो दिनको अनुभव सुनाइन् उनले। विमानस्थलको लोकेसनमा छायांकन गर्दा खड्काले डराई–डराई आँखा झिमिक्क–झिमिक्क गरेर सट दिइन्, जुन चिसो मान्छेको स्क्रिप्टमा थिएन। आफ्नो चरित्रमा केही नयाँपन ल्याउने चलाखी थियो उनको। त्यो सट दिइरहँदा निर्देशकले प्रश्न गर्छन् कि भन्ने लागेको थियो उनलाई। धेरैपटक डराइन् उनी। 

अभिनेत्री स्वस्तिमा खड्का
अभिनेत्री खड्काले गरेको ‘एक्स्ट्रा’ हाउभाउलाई निरन्तरता दिन निर्देशक दिपेन्द्र के खनालले पछि अनुरोध नै गरे। त्यसपछि आफ्नो चरित्रमाथि थप विश्वास बढेको बताउँछिन् उनी। भन्छिन्, ‘निर्देशकलाई मन पर्दैन कि भन्ने डरैडरमा केही मिहीन हाउभाउ गरेको थिएँ। पछि मन पराइदिनु भयो र ढुक्क भएँ।’

‘दर्शकलाई खुशी बनाउने काम अभिनेत्रीको मात्रै हो जस्तो भो। गाउन, नाच्नु, रुनु, विलासिताको वस्तु बन्नु मात्रै महिलाले सक्छन् भन्ने भो। नायकले विद्रोह गर्न सक्ने नायिकाले विद्रोह गर्न नसक्ने हुन्छ? हुँदैन। गीतमा नायकसँग नाच्नु या सिनेमामा नायकसँग प्रेम गर्ने रटान अभिनेत्रीले मात्रै लाउनुपर्छ। सानो संंवेदनशिल भूमिकाले पनि दर्शकसँग नजिक भइन्छ भन्ने बुझाइँदैन। ‘पहिला नाच्नु नै सबैथोकजस्तो लाग्थ्यो, अहिले सानो इमोसनसँग दर्शकलाई कनेक्ट गराउन सकियो भने कत्ति मज्जा हुन्छ जस्तो लाग्छ,’ अभिनेत्री खड्काले आफ्नो अनुभव सुनाइन्। 

‘कबड्डी ४’ कि नायिका मिरुना मगरले सिभिल मल चलचित्र हेर्ने क्रममा फुर्वा तामाङ नामका एक बौद्ध भिक्षुले आफूमाथि अभद्र व्यवहार गर्यो भनेर थप्पड हानिन् र प्रहरीलाई जिम्मा लगाइन्। आफूमाथि दुर्व्यवहार गर्नेलाई सार्वजनिक ठाउँमा प्रतिकार गर्न सक्ने आँटिली अभिनेत्रीलाई चलचित्र ‘कबड्डी ४’ का लेखक निर्देशकले निरीह चरित्र निर्माण गरेको रहेछन् भन्ने चलचित्र हेरेपछि थाहा भयो। 

पढेलेखेकी र शिक्षिकासमेत रहेकी शान्ति (मिरुना मगर) आफूलाई अपरहण गरेर विवाह गर्न खोज्ने बमकाजीको अघि निरीह बनेर आँसु खसालेकी छिन्, तर तिनै अभिनेत्री ‘ब्याड टच’ भयो भनेर थप्पड हान्ने हिम्मत राख्छिन्। 

अपहरण शैलीमा विवाह गर्न दबाब दिने बमकाजीको विरुद्ध प्रतिरोध गर्ने प्रशस्त ठाउँ हुँदा–हुँदा पनि शान्तिको चरित्र निर्माण कमजोर हुनु महिलामाथि उदार नुहुनु हो। 

राजनीतिक विश्लेषक तथा फिल्मका जानकार रघुजी पन्त एक लेखमा लेख्छन्, ‘म तिमीलाई मन पराउन्न, तिमीले मलाई यसरी बलजफ्ती थुनेर राख्नु हुँदैन । यो कानुनी रूपमा पनि अपराध हो । म तिमीलाई आफ्नो जीवनसाथी मान्न सक्दिन’ भनेर विद्रोहका शब्द बोल्न सक्ने र बमकाजीविरुद्ध बोलीले भए पनि प्रतिरोध गर्न सक्ने प्रशस्त ठाउँ हुँदाहुँदै यो स्पेसलाई ठीक ढंगले चित्रण र प्रयोग गर्न पटकथाकार, संवाद लेखक र निर्देशक चुकेका छन्। शान्तिको व्यक्तित्व, उसको आत्मबल, प्रेमप्रतिको दृढता, सिनेमाको सन्देश र सामयिक चेतना प्रवाह गर्ने महत्त्वपूर्ण अवसर यहीँनेर थियो।’

अभिनेत्री केन्द्रीय पात्र

अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको एउटा रातो बाकस पहाड जाने जिपमा राखिन्छ। बाकसमा रहेको शवको आफन्त (श्रीमती र बुबा), जिपको अगाडि सिटमा बस्छन्। र गाडी चालक गन्तव्यका लागि गाडी गुडाउँछन्। 

शव बोकेर फर्किएको गाडीको चालक (अर्पण थापा) र बाजुरेली महिला (स्वस्तिमा खड्का) बीच यात्रामा चिनजान हुन्छ। आइपर्ने समस्यासँग दुवै सँगै भिड्छन्। र, एकअर्काको सहयोगी बन्छन्। जिपको ड्राइभरसँग मन बसेको थाहा पाएपछि ससुरा (देशभक्त खनाल) ले ती महिलामाथि औंला ठड्याएर प्रश्न गर्छन्, ‘छिः छिः कली बौलाएको, उहिलेका जुग भए सती जान पड्डो हो।’ 

‘सति त अहिले पनि जाँदा छौं, तर पहिले तन डड्थ्यो अहिले मन,’ असार ३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘चिसो मान्छे’को टे«लरमा देखिएको दृष्य र संवाद हो यो। 

मृत लोग्ने (चिसो मान्छे) लाई बिर्सिएर नयाँ जीवन बाँच्न चाहने नारी इच्छाशक्तिले अघिल्लो पुस्ता (ससुरा)सँग गरेको ‘विद्रोह’ हो यो। आफ्नो अतीत सम्झिदै, गाउँ फर्किंदै गरेकी बाजुरेली महिलाले श्रीमानको दाहसंस्कार नहुँदै एकल महिला हुन बहिस्कार गरेकी छिन्। तर चिसो मान्छेमा स्वस्तिमाको कमजोर चरित्र चित्रणका कारण आफूले नारीप्रधान सिनेमा बनाएको निर्देशक खनालको दाबी पुष्टि हुने देखिँदैन। एकल महिला भएकी बाजुरेली महिलाले स्वतन्त्रताका लागि सम्पूर्ण महिलाहरूको प्रतिनिधित्व गरेकी छिन्। छाउपडी र बालविवाह भोग्नुका दुःख लिएर हिँडेकी बाजुरेली महिलाले आफूलाई बदल्नु पनि परिवर्तन हो।

‘कबड्डी ४’ कि नायिका मिरुना मगरले सिभिल मल चलचित्र हेर्ने क्रममा फुर्वा तामाङ नामका एक बौद्ध भिक्षुले आफूमाथि अभद्र व्यवहार गर्यो भनेर थप्पड हानिन् र प्रहरीलाई जिम्मा लगाइन्। आफूमाथि दुर्व्यवहार गर्नेलाई सार्वजनिक ठाउँमा प्रतिकार गर्न सक्ने आँटिली अभिनेत्रीलाई चलचित्र ‘कबड्डी ४’ का लेखक निर्देशकले निरीह चरित्र निर्माण गरेको रहेछन् भन्ने चलचित्र हेरेपछि थाहा भयो। 

चिसो मान्छेको केन्द्रीय पात्रले महिलाको स्वतन्त्रताका लागि विद्रोह गरेको बताउँछन् चिसो मान्छे चलचित्रका लेखक तथा निर्देशक दिपेन्द्र के खनाल। उनी भन्छन्, ‘चिसो मान्छेको केन्द्रीय पात्र महिला हो। र आजको समाजमा महिलाले खोजेको स्वतन्त्रताका लागि पितृसत्तात्मक समाजको विरूद्ध विद्रोह गरेको छ।’

नेपाली समाज आज पनि सम्बन्धका कारण अनेक दुःख भोग्न बाध्य छ। मानवीय संवेदनासँग एकदम नजिक रहेको नेपाली दिदीबहिनी आफ्ना कथा अझै रोएर भन्छन्। मौन बसेर भन्छन्। अथवा आत्माहत्याको बाटो रोजेर सकिन्छन्। 

निर्देशक दिपेन्द्र के खनाल
निर्देशक खनाल चिसो मान्छे चलचित्रमा मानवीय संवेदना र सम्बन्धको कारण महिलालाई कति दुःख दिइन्छ भन्ने सामाजिक मनोविज्ञानलाई देखाउन खोजेको बताउँछन्। भन्छन्, ‘समाज आधुनिक भए पनि महिला दिदीबहिनी अझैपनि खुम्चिनु परेको छ। आफ्नो चलचित्र चिसो मान्छेले महिलालाई खुलेर बोल्न हौसाउने जिकिर गर्छन् खनाल। 

चिसो मान्छे नारी प्रधान चलचित्र भए पनि निर्देशक खनाल चलचित्रको केन्द्रीय पात्रलाई नरूवाई महिलाको कथामा प्रवेश गर्न भने सकेका छैनन्। एउटा पुरुष जब विदेश जान्छ, उसले आफूले पठाउने रेमिट्यान्सको मात्रै हिसाब गर्छ। तर, एउटी महिलाले गाउँघरमा बाँच्नु छ। रेमिट्यान्सले मात्रै महिला पक्कै खुशी हुँदिनन्। गाउँमा पनि घामपानी छ। हावापानी हुरी, बाढी, पहिरो, नाता, सम्बन्ध, परिवार, सामाजिक परिवन्दहरू, विभेद र जालझेल छ। यत्तिका बाबजुद पनि महिलाभित्र हाँस्ने रहर छ। बाँच्ने स्वतन्त्रताको महसुस गर्छे ऊ। के एयरपोर्टमा श्रीमान् छोड्न र श्रीमान् लिन जाने खुशी मात्रै हो? के यही उसको जीवन हो? के त्यो भन्दा अर्को दुनियाँ हेर्ने रहन छैन महिलालाई? खनाल केन्द्रीय पात्रलाई सकेसम्म रुवाएर आँसुको व्यापार गर्छन्। 

हुन त उनले निर्देशन गरेको चलचित्र ‘आमा’ पनि रुन्चे चलचित्र हो। दुई पुस्ताका महिला पात्रको संघर्ष छ त्यसमा। रोगी बाको उपचारका क्रममा अस्पतालमा आमाले पाएको दुःख र वैदेशिक रोजगारीमा गएको दाजु बुवाको दाहसंस्कारमा सहभागी हुन नसकेपछि आफैं किरिया बसेकी छोरीको कथा भनेका छन् खनालले। 

चिसो मान्छे नारी प्रधान चलचित्र भए पनि निर्देशक खनाल चलचित्रको केन्द्रीय पात्रलाई नरूवाई महिलाको कथामा प्रवेश गर्न भने सकेका छैनन्। एउटा पुरुष जब विदेश जान्छ, उसले आफूले पठाउने रेमिट्यान्सको मात्रै हिसाब गर्छ। तर, एउटी महिलाले गाउँघरमा बाँच्नु छ। 

अजीत अनुभवका अनुसार आमा चलचित्रमा पुरुष सत्ताले स्थापना गरेको कर्मकाण्डमा समर्पित हुन पुगेकी एक महिलाको कथा जोड्न खोजिए पनि विद्रोह भने होइन। उनी भन्छन्, ‘आजको समयमा छोरीले बाउको किरिया बसालेर विद्रोही महिलाको चरित्र निर्माण गरिनु भनेको ‘पोलिटिकल इन्करेज’ मात्र हो।’

व्यावसायिक सफलता पाएको चलचित्र ‘आमा’ले अस्पतालमा हुने रोनाधोनाको कथा मात्रै समायो तर निर्देशक खनाल आफ्नो चलचित्रको ‘कन्टेन्ट’ बलियो रहेको दावी गर्छन्। उनी भन्छन्, ‘पहिला स्टारका चलचित्रहरू चल्थे, अहिले ‘कन्टेन्ट’ बलियो भएका चलचित्रलाई दर्शकहरूले मन पराउन थालेका छन्।’

‘सिनेमाको कन्टेन्ट’ महिलामैत्री छ त!

पछिल्लो समय मौलिक चलचित्र निर्माण गर्ने होड चलेको छ। मौलिक सिनेमा बनाउने भनेर मेकरहरू गाउँगाउँ पसेका छन्। ग्रामिण समाजको कथा टिप्न खोजेका छन्। समाजमा निरीह पात्र बालबालिका तथा महिलाको मुद्दालाई कन्टेन्ट बनाएर क्यामेराको फ्रेममा कैद गरेका छन्। 

आखिर मौलिक सिनेमा बनाउने खोज किन चल्यो त? राष्ट्रवाद कमजोर नहोस् भनेर। जब ग्रामिण समाजमा भेटिने परिवार र सम्बन्धको कथालाई मौलिकता भन्न थालियो तब महिलाको चरित्र निर्माण रुन्चे बनाइयो। ग्रामिण भेषभुषामा देखाएर महिलाको कन्टेन्ट र मौलिकता भन्न थालियो। तर, ग्रामिण महिलाहरू आफ्नो छोरा, दाजुभाइ, श्रीमानलाई छोड्न अन्तर्राष्ट्रिय विमानस्थल आउन सक्छन्। विदेशबाट कमाएर पठाएको रेमिट्यान्स लिन सहर झर्न सक्छन्। मोबाइलमा भिडियो कल गरेर इन्स्टाग्राममा फोटो अपलोड गर्न सक्छन्। होटलमा बस्न सक्छन् र क्याफे या रेष्टुराँमा बसेर चियाकफी पिउन हिचकिचाउँदैनन्। तर कन्टेन्टको नाममा ग्रामीण महिलालाई घरमै सीमित राखेर कस्टम र लोकेसनबाट महिलाको चरित्र निर्माण गर्न खोज्दैछौं। समीक्षक अजीत भन्छन्, ‘प्रकाश थापा र शिव रेग्मी ट्रेन्डबाट बाहिर हट्न सकेका छैनौं। वास्तविक विद्रोहका आवाज अझै कन्टेन्ट बन्न सकेन।’

अजीतका अनुसार यस्तो हुनुमा चलचित्र लेखक, निर्देशक र निर्माता आफ्नै हुर्काइको कथाबाट पर सोच्न नसकेको ठान्छन्। ‘नेपाली सिनेमामा महिला चरित्रलाई सबैभन्दा बढी अवमूल्यन गरेको चलचित्र ‘छक्कापन्जा’ हो,’ उनले भने, ‘छक्कापन्जामा महिलाको चरित्रलाई सहअस्तित्व नै छैन भनेर प्रस्तुत गरिएको छ। अथवा व्यक्तिगत इच्छा आकांक्षा भन्ने नै छैन। आत्मनिर्भर छैन। महिलाले मात्रै इज्जत धान्दिनुपर्छ। महिलाका संवेदनशिलतामाथि गलत चरित्र निर्माण गरिएको छ छक्कापन्जामा।’ 

पछिल्लो समय मौलिक चलचित्र निर्माण गर्ने होड चलेको छ। मौलिक सिनेमा बनाउने भनेर मेकरहरू गाउँगाउँ पसेका छन्। ग्रामिण समाजको कथा टिप्न खोजेका छन्। समाजमा निरीह पात्र बालबालिका तथा महिलाको मुद्दालाई कन्टेन्ट बनाएर क्यामेराको फ्रेममा कैद गरेका छन्। 

मौलिक कन्टेन्ट भनेर स्थानीय भाषा, भेषभुषा र जीवनशैलीसँगै एउटा वर्ग, समुदाय, जात र लिंगका कथा सिनेमाले टिपे पनि महिलाको चरित्र निर्माणमा गम्भीर छैनन् मेकर। अभिनेत्री दिया मास्केले ‘प्रकाश’ चलचित्रमा जुम्ली महिलाको पहिरनमा काँधमा हलो र जुवा बोकेकी छिन्। हातमा लौरो समाएकी छिन्, एउटा गोरू अगाडि छ। ग्रामिण महिलाको चरित्र निर्वाह गरेकी दिया आफूले गरेको भूमिकामाथि गर्व गर्छिन्। तर, उनले गर्व गरेजस्तो चलचित्र ‘प्रकाश’मा उनको भूमिकामा चरित्र निर्माण बलियो होला त? 

चलचित्र 'प्रकाश' मा दिया मास्के र प्रदीप खड्का
चलचित्र निर्देशक दिनेश राउत ‘प्रकाश’मा अभिनेत्री दिया मास्के केन्द्रीय पात्रको रूपमा नभए पनि महिला चरित्रमा सीताको भूमिका केन्द्रीय रहेको बताउँछन्, ‘लिड क्यारेक्टर’ भएकै कारण पोष्टरमा सिंगल देखाइएको होे,’ उनले भने, ‘जुम्ली महिलाको प्रतिनिधि पात्र हो सीता, जसले आफ्नै परम्परागत जीवनशैलीलाई परिवर्तन गर्दै समाजमा स्थापित हुन संघर्ष गर्छिन्।’ 

निर्देशक राउतले सहरिया युवाको प्रेम र संघर्षका कथा भन्दै आएका थिए। यसपालि विकास सुवेदीको लेखनमा पश्चिम पहाड जुम्लाको कथा भन्न खोजेका हुन्। प्रकाशको पोष्टर सार्वजनिक भएसँगै अभिनेता प्रदीप खड्का र अभिनेत्री दिया मास्केलाई चिन्नै गाह्रो भयो। दुवैको लुक्स र पहिरनमा जुम्लाको झल्को थियो। प्रकाशको तेस्रो पोष्टर असार १ गते सार्वजनिक गरिन् अभिनेत्री दिया मास्केले। पोष्टरमा उनी मात्रै छिन्।

दिया आजका चलचित्रमा साहित्यिक चेत बढेको भने देख्छिन्। उनका अनुसार चलचित्रमा साहित्य चेत बढेसँगै अभिनयमा पनि एक प्रकारको गहिराइ आउन थालेको छ। उनी भन्छिन्, ‘महिला पात्रहरू विस्तारै उपस्थिति जनाउने तत्वहरू मात्रै नभएर ‘चलचित्र न्यारेटिभ’को अभिन्न अंग बन्न थालेका छन्।’

दियाबाट सीता बनिरहँदा स्थानीय भाषा, रहनसहन, आनीबानी आफ्नो बनाउन पक्कै सजिलो त थिएन तर कठिन भएको महसुस पनि कहिल्यै नगरेको अनुभव सुनाइन् उनले। सीता आफैंमा पौराणिक पात्र हो। र, आदर्श नारी पात्र हुन्। के आजका नारीका दुुःख सीताका जस्ता छन्? छैनन्, तर दुःखका अवतार भने पक्कै फरक छन्।

चलचित्र निर्देशक दिनेश राउत ‘प्रकाश’मा अभिनेत्री दिया मास्के केन्द्रीय पात्रको रूपमा नभए पनि महिला चरित्रमा सीताको भूमिका केन्द्रीय रहेको बताउँछन्, ‘लिड क्यारेक्टर’ भएकै कारण पोष्टरमा सिंगल देखाइएको होे,’ उनले भने, ‘जुम्ली महिलाको प्रतिनिधि पात्र हो सीता, जसले आफ्नै परम्परागत जीवनशैलीलाई परिवर्तन गर्दै समाजमा स्थापित हुन संघर्ष गर्छिन्।’ 

‘टिपिकल कन्टेन्ट’लाई लोकेसन, कस्टम र जीवनशैलीमा देखाउन खोजे पनि पिँधमा परेको ग्रामिण महिलाको चरित्र चित्रणमा सशक्त बदलाव आएको भने देखिँदैन। ‘नेपाली चलचित्रमा महिला र किशोरीहरूको प्रतिनिधित्व’ शीर्षकमा गरिएको एक अध्ययनले चलचित्रमा देखाइने महिलाको भूमिका अझै रूढिवादी छ भन्छ। रुढीवादी भूमिकामै सीमित भएका महिला अभिनेत्रीलाई प्रायः सिनेमामा सहनशिल पात्र बनाइन्छ। महिलाले विद्रोह गर्न सक्दैनन् भन्ने सोचले महिला चरित्र निर्माण गरिन्छ। महिलाहरू आफ्नो निर्णय लिन पुरुष पात्रमा नै निर्भर भएको तथा महिला पात्रको निर्णयमाथि पुरुषले प्रश्न उठाउने वा पुरुष पात्रको निर्णयको शिकार महिला नै हुनुपर्ने चरित्र सिनेमामा भेटिन्छ। 

फिल्म समिक्षक अनुभव अजीत 
चलचित्रमा महिला पात्रलाई दोस्रो पात्रको रूपमा देखाउनु महिला अभिनेत्रीमाथि पुरुष निर्देशक उदार नहुनु पनि हो। र पनि, पुरूष निर्देशकले नेपाली सिनेमामा महिला पात्रलाई मुख्य पात्र नबनाएका भने होइनन्। 

कथा छनोटमै महिला पात्र त्यतिखेर मात्रै बलियो देखाइन्छ जब ऊ शोषणमा पर्छे, बलात्कृत हुन्छे, या अपहेलित हुन्छे। लामो रुवाइको आलाप दिएपछि उसको विद्रोह सुरु हुन्छ। ‘कथा छनोट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी, झन् पात्र छनोट र चरित्र निर्माणमा त पटक्क ध्यान दिदैनौं,’ दिया भन्छिन्, ‘अझ हाम्रा चलचित्रमा महिला पात्रलाई केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरू जस्तो मात्र प्रतीत हुन्छ।’

महिला पात्रको चारित्रिक विशेषता खोज्न समय दिँदैनौं। प्रकाश चलचित्रको पोष्टर सार्वजनिक गरेसँगै उनले सकारात्मक प्रतिक्रिया पाएकी छिन्। आफ्नो कामलाई लिएर उत्साहित भएकी दिया भन्छिन्, ‘समय बदलिएको छ र अहिले सिनेमामा एकपछि अर्को सशक्त भूमिकाद्धारा सिनेमालाई नै धान्ने शक्तिका रूपमा महिला पात्रहरूलाई सिनेमा आख्यानमा स्थापित गर्न थालिएको महशुस गरेको छु।’ 

तर, अनुभव अजीत भन्छन्, ‘पुरुषले नै निर्माण गरेका कन्टेन्टमा महिलाको बीचमा महिला नै दरार बनेका छन्। महिलाको कन्फ्लिक्ट महिलासँगै देखाइरहेका छौं ‘सास भी कभि बहु थी’ जस्तो। यस्ता कन्टेन्टमा बनेको चलचित्रमा महिलाको चरित्र निर्माण महिलामैत्री छ भनेर कसरी बुझ्नु।’

निर्देशक राउत यसअघि निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा महिलाको चरित्र चित्रणमा मात्रै नभएर एउटा जातिको चरित्र चित्रणमा चुकेका थिए। दर्शकले मन पराए पनि चलचित्र प्रसादमा एउटा समुदायलाई नै आँच आउने खालको सामुदायिक चरित्र निर्माण गरेका छन्, जसले गलत नजिर बसाउन सघाउँछ। यो परिवर्तन होइन। परम्परागत मानसिकतालाई थप स्थापित गर्न सघाउँछ। अजित भन्छन्, ‘महिलाको चरित्र चित्रणसँगै जातिगत चरित्र निर्माणमा चुकेका छन् उनी।’ 

चलचित्रमा महिला पात्रलाई दोस्रो पात्रको रूपमा देखाउनु महिला अभिनेत्रीमाथि पुरुष निर्देशक उदार नहुनु पनि हो। र पनि, पुरूष निर्देशकले नेपाली सिनेमामा महिला पात्रलाई मुख्य पात्र नबनाएका भने होइनन्। 

काखमा दूधे बालक लिएर उभिएकी अभिनेत्री सृष्टी श्रेष्ट ‘द सेक्रेट अफ राधा’को पोष्टरमा एक्लै छिन्। महिला पात्रले सम्बन्ध टिकाउन र परिवारलाई बचाइराख्न गरेको संघर्षको कथा हो द सेक्रेट अफ राधा। केन्द्रीय पात्र महिला रहेको फिल्म राधामा उनी चर्को बोल्दिनन्, झगडा गर्दिनन्, नारा जुलुस निकालेर घर घेराउ गर्दिनन् तर न्यायका लागि लड्छिन्। स्वतन्त्रताका लागि लड्छिन्। निर्देशक सुवर्ण थापाका अनुसार समाजमा कुनै कुनै महिलाको लडाइँ स्वयंलाई न्याय दिलाउनका लागि हुन्छ, जुन मौन हुन्छ। उनी भन्छन्, 'महिलाले गर्ने मौन विद्रोह झनै शक्तिशाली हुन्छ।’

नारीलाई मुख्य पात्र बनाएर सिनेमा बनाउन रूची राख्छन् सुवर्ण। उनले यो चलचित्रमा आफ्नै जन्म दिने आमाको ‘रिफ्लेक्ट’ भएको बताए। भन्छन्, ‘५० वर्ष अगाडिका आमा र अहिलेका आमाले गर्नुपर्ने संघर्ष अझै उस्तै छ।’

आजको समाजमा आफूमाथि भएको दुर्व्यवहारको विरुद्ध महिलाहरू बोल्छन्। र पनि, कैयौं महिलाहरू सम्झौता गरेका छन्। समलिंगी महिलामाथि ‘सुनगाभा’ नामक चलचित्र बनाएर राम्रै प्रशंसा बटुलेका थापा भन्छन्, ‘द सेक्रेट अफ राधाकी पात्र पौराणिक राधा होइनन्, बरू आधुनिक समाजमा सम्पूर्ण महिलाहरूको प्रतिनिधि पात्र हो, जसले विद्रोह गर्छन्। आफ्नै लागि भएपनि विद्रोह गर भन्न प्रेरणा दिन्छन्।’

समाज जति शिक्षित र आत्मनिर्भर भयो, त्यति नै नारीले गर्नुपर्ने संघर्षका कथा मार्मिक छन् र अत्यन्तै दुखान्त छन्। मौलिक समाजमा मौलिक कथाको प्रमुख पात्र नारी नै भए। सुवर्णका लागि ती महिला पात्र आत्माविश्वासी लाग्छन्, ‘आधुनिक दिदीबहिनीहरु ‘डिफेन्स’ लिन सक्छन्।’ 

फिल्म समीक्षक अनुभव अजीतका अनुसार महिलाको चरित्र चित्रणमा हामी सजग हुनुको साटो राजनीतिक अस्पष्टताबाट गुज्रिरहेका छौं। उनी भन्छन्, ‘महिलाको संवेदनशील पक्षलाई कहिल्यै ख्याल राख्न सकिएन।’

फुर्वा छिरिङ लामाले निर्देशन गरेको चलचित्र ‘जार’मा गिताञ्जली थापा पोष्टरमा हाइलाइट छिन्। बलिउड चलचित्रमा राम्रै प्रशंसा बटुलेकी गिताञ्जलीको मुख्य भूमिका भनिएको चलचित्रमा सौगात र अनुप क्यारेक्टर लुक्समा देखिएका छन्। 

‘अबको सिनेमामा महिला पात्र प्रमुख हुनुपर्छ,’ निर्देशक थापाले भनेझैं ‘लिड क्यारेक्टर’ महिला पात्रलाई बलियो बनाउन तिनको चरित्र निर्माणमा गरिने मेहनतमा पनि गम्भीर हुन जरुरी छ। आमा, माइतीघर, कुमारी जस्ता नारीप्रधान फिल्म बनेको ६ दशक भयो। यो ६ दशकमा अझै पनि नारीको वेदना र विलौनाका कथा नै भनिरहेको छ। एकाध महिला निर्देशकले चलचित्र निर्देशनमा व्यावसायिक सफलता पाए पनि महिलाको चरित्र निर्माणमा उनीहरु झन् चुकेका छन्। त्यसको गतिलो उदाहरण छक्कापन्जालाई लिन सकिन्छ। 

आजको समयमा नेपाली फिल्मले महिलालाई महिला निर्देशकले पनि पुरुषसत्ताकै नजरबाट फ्रेमिङ गरेका छन्। सन् २०२० नेपाली ‘रेप्रिजेन्टेसन्स अफ वुमन एन्ड गर्ल्स इन नेपाली सिनेमा’ शीर्षकमा एक अध्ययन भएको थियो। उक्त अध्ययनको सार छ, ‘उपस्थितिले मात्र होइन, भूमिकाको हिसाबले पनि नेपाली सिनेमामा महिलाहरु हेपिएका छन्।’

महिला पात्रको अभिनयमा विविधता ‘रोना–धोना’ मात्रै हो भन्दा फरक खालको चरित्र निर्माण गर्न अभिनेत्री स्वयम् पनि चलाख हुनुपर्छ। अथवा चलचित्रको कन्टेन्टदेखि चरित्र निर्माणमा समेत अभिनेत्रीको गम्भीर हस्तक्षेप हुन सक्यो भने महिला पात्रको चरित्र निर्माणमा बदलाव नआउला भन्न सकिन्न। 


प्रकाशित: June 18, 2022 | 08:43:16 काठमाडौं, शनिबार, असार ४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
फिल्म

'दोख'को ट्रेलर रिलिज गर्दै निर्देशक बरालले भने– युद्धका कथा अझै भन्न बाँकी छ

एक दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा दुई गाउँबीचको झगडाको विषयवस्तुलाई लिएर निर्माण गरिएको चलचित्र ‘दोख’ को ट्रेलर रिलिज भएको छ।
नेपाल समय
फिल्म

तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

अरमान कोहलीले छाडेको ‘दिवाना’ फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।
नेपाल समय
फिल्म

त्यसैले साउथ रिमेकको जादू चल्न छाड्यो बलिउडमा

अहिले भारतभरि साउथका स्टारहरू चर्को स्वरमा बोलिरहेका बेला तमिल–तेलुगु–मलयालम–कन्नडका ओरिजिनल सुपरहिट फिल्महरू हिन्दी शैलीमा हेर्दा के अनौठो होला भन्ने प्रश्न उठिरहेको छ।
नेपाल समय
फिल्म

राधाको नयाँ पोस्टर सार्वजनिक

फिल्ममा सृष्टिले एकल आमाको भूमिका निर्वाह गरेकी छन्। सार्वजनिक पोस्टरमा उनी हराएका पतिको खोजीमा निस्किएको देखिन्छ।
नेपाल समय
फिल्म

चलचित्र विकास बोर्डको अध्यक्षका लागि भुवन र सम्झनाबीच मुख्य प्रतिस्पर्धा

चलचित्र विकास बोर्डमा रिक्त रहेको पद अध्यक्षका लागि १७ जना आकांक्षी भए पनि मुख्य प्रतिस्पर्धा भुवन केसी र सम्झना उप्रेती रौनियारबीच हुने देखिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना