सोमबार, साउन २३, २०७९

पृथ्वीराजले बलिउडमा रोपेको 'कपुर रुख' र फैलिएका हाँगाहरू

नेपाल समय  |  काठमाडौं, शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– बहुप्रतिक्षित फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर हालैमात्र सार्वजनिक भएको छ। फिल्मको मुख्य भूमिकामा छन् रणवीर कपुर र आलिया भट्ट। रणवीर कपुर खानदानका पाँचौं पुस्ता हुन्, जो बलिउडमा राज गर्दैछन्। पृथ्वीराज कपुरबाट सुरु भएको कपुर खानदानको बलिउड यात्रा निकै रोचक र संघर्षपूर्ण छ। 

प्रस्तुत छ, बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद

कपुर खानदान फिल्म संसारका सम्राट, जसको अभिनय पाकिस्तानको ल्यालपुरबाट सुरु भएको थियो

राज कपुरले आफ्नो फिल्मको माध्यमबाट सोभियत संघको फलामको पर्खाल भत्काइदिए र त्यही समाजका नायक बने। उनले आफ्नो फिल्मलाई उद्देश्यपूर्ण बनाएका थिए। उनका नायकनायिका तल्लो जातका थिए भने खलनायक उच्च जातका।

एकजना विदेशी पत्रकारले उनलाई तिम्रो उमेर कति भयो भनेर सोध्दा राज कपुरले भनेका थिए, 'अहिले मेरो उमेर भनेकै सातवटा फिल्म हो।' राज कपुरको जीवन र मृत्यु फिल्म बराबर थियो। 'मेरा नाम जोकर' फिल्ममा उनले 'यहीँ जिउने, यहीँ मर्ने, अन्त कहाँ जाने' भन्दै आफ्नो जीवनको एजेन्डा नै डाइलग बनाएका छन्।

भारतीय उपमहाद्वीपको फिल्म उद्योगसँग कपुर खानदानको सम्बन्ध फिल्मको इतिहास जत्तिकै पुरानो छ। राज कपुरका पिता सरस्वतीराज कपुर उर्फ ​​पृथ्वीराज कपुर सन् १९३१ मा रिलिज भएको संयुक्त भारतको पहिलो डाइलगयुक्त फिल्म 'आलम आरा'का सहायक नायक थिए।

उनले अभिनयको पहिलो प्रस्तुति ल्यालपुर नजिकैको गल्लीबाट गरेका थिए। ल्यालपुर अहिले पाकिस्तानमा पर्छ। अहिले यसलाई फैसलाबादले चिनिन्छ। पृथ्वीराजले ल्यालपुरको खालसा कलेजमा आफ्नो सोख जारी राखे। पछि उनी आफ्नो परिवारसँग पेशावर गए, जहाँ उनी कानुनी शिक्षा लिन एडवर्ड्स कलेजमा भर्ना भए।

पृथ्वीराज कपुरको डेब्यु


पृथ्वीराज कपुरको औपचारिक थिएटर डेब्यु एडवर्ड्स कलेज पेशावरमा भएको थियो। तर उनले मुम्बई सर्नुअघि पेशावर र ल्यालपुरमा आफ्नो कलाको प्रदर्शन जारी राखे।

सन् १९२८ मा कसैसँग ऋण लिएर अभिनयमा आफ्नो भविष्य बनाउन मुम्बई पुगे उनी। अचम्मको कुरा यो छ कि अहिले फैसलाबादको तहसिल बनेको ठाउँ एउटा यस्तो ग्रामीण इलाका हो, जहाँ आज पनि कला र संस्कृतिको न कुनै अवस्था छ न भविष्य नै।

एक शताब्दीअघि युवा पृथ्वीराज अभिनयमा कोबाट प्रभावित भएका थिए, त्यो एउटा रहस्य हो किनभने उनका बुबा दिवान विश्वेश्वर नाथ कपुर भारतीय इम्पेरियल पुलिसमा अफिसर थिए र हजुरबुबा केशवमल कपुर समुद्रका तहसीलदार थिए। पृथ्वीराज कसैको विरासतमा टेकेर आएका थिएनन्।

रोचक कुरा के छ भने पृथ्वीराज कपुरका बुबा व्यावसायिक अभिनेता नभए पनि सन् १९५१ मा रिलिज भएको राज कपुरको चर्चित फिल्म 'आवारा'मा उनले जजको भूमिका निकै राम्रोसँग निभाएका थिए। यसरी हेर्दा कपुर परिवार पाँच पुस्ता फिल्म क्षेत्रसँग जोडिएको परिवार हो।

विश्वेश्वरनाथ कपुर बलिउडमा पहिलो, पृथ्वीराज कपुर दोस्रो, राज कपुर तेस्रो, ऋषि कपुर चौथो र रणवीर कपुर पाँचौं पुस्ताका रुपमा राज गर्दै आएका छन्। 'मुगल-ए-आजम' जस्तो कालजयी फिल्मका कारण पृथ्वीराज कपुर धेरै पुस्तासम्म प्रिय अभिनेता बने। 

जब राज कपुरको जीवन एक थप्पडले परिवर्तन गर्‍यो


राज कपुरले केदार शर्माको प्रोडक्सनमा 'क्लापरब्वाइ'को रुपमा काम गर्न थाले। यहाँबाट उनको क्यामेरा पछाडिको करियर सुरु भयो। यसरी क्यामेरा पछाडि काम गर्नु कपुर परिवारको चलन बन्यो।

राज कपुरदेखि रणवीर कपुरसम्म यस परिवारको कोही पनि सदस्य छैनन् जसले फिल्म उद्योगमा सहायक वा प्राविधिकको रुपमा काम नगरेको होस्।

एकपटक राज कपुर सुटिङका क्रममा कपाल मिलाउँदै थिए। उनले राम्ररी क्लाप राम्रोसँग क्लाप गर्न नसकेपछि निर्देशक केदार शर्माले प्रहार गरेको एक थप्पडले राज कपुरको भाग्य बदलियो भन्ने कुरा कमैलाई थाहा छ।

केदार शर्माले राज कपुरलाई उनको अर्को फिल्म 'नीलकमल'मा नायकको रुपमा कास्ट गरेर उनको थप्पडको क्षतिपूर्ति दिए जसमा उनको नायिका मधुबाला थिइन्। यसरी राज कपुरले एकै समयमा अभिनेता, निर्देशक र निर्माताको रूपमा काम गर्न थाले।

फेरी त्यही भयो जुन कुराको डर थियो


आवारा, श्री ४२०, चोरी-चोरी, बरसात, अंदाज र आग जस्ता फिल्मले राज कपुरलाई प्रसिद्धिको उचाइमा पुर्‍याउन सफल भयो।

होम प्रोडक्सन अघि 'अन्दाज' बाहेक राज कपुरका सबै फिल्मलाई मिडियोकर फिल्म भनिन्थ्यो। 'अन्दाज' एक ब्लकबस्टर फिल्म थियो जसमा राज कपुरको अगाडि नरगिस र दिलीप कुमार ठूला कलाकार थिए। 

त्यतिबेला भारतीय सिनेमाका सबैभन्दा ठूला त्रिमूर्ती थिए राज कपुर, नरगिस र दीलिप कुमार। केही सफल फिल्मपछि राज कपुरले फर्मुला फिल्म बनाउनुको सट्टा प्रयोग गर्न रुचाए र उनले फिल्ममा नयाँ विषयहरू ल्याए। बुट पॉलिश, जागते रहो, जिस देश मे गंगा बेहती है र अब दिल्ली दूर नही जस्ता फिल्महरू यस्तै प्रयोगको श्रृंखलामा बने।

६० को दशकमा जब राज कपुरले धेरै सफलता हासिल गरेका थिए। उनले आफ्नो जीवनलाई चित्रण गर्ने फिल्म बनाउने सोचेका थिए र त्यो फिल्म थियो 'मेरा नाम जोकर'। 'मेरा नाम जोकर' फिल्म मात्रै होइन, राज कपुरको टाइटानिकलाई नै डुबाउने बराबरको ठूलो जोखिम थियो।

उनले जोखिमको डर नमानी उच्च बजेटको यो आयोजना सुरु गरे। आफ्नो सम्बन्धको फाइदा उठाउँदै उनले चीन र रुसबाट सर्कस टोली बोलाए र ठूलो क्यानभासमा फिल्म खिचे।

यो फिल्ममा त्यतिबेलाका सबै सुपरस्टार देखिएका थिए। फिल्मको बजेट र समय बढे पनि यो एक परियोजना थियो जुन संकुचित हुनुको सट्टा बिस्तार भयो। अनि जे कुराको डर थियो त्यही भयो। बक्स अफिसमा हिट हुनुको सट्टा फिल्म फ्लप हुन पुग्यो र आरके प्रोडक्सनले ठूलो घाटा बेहोरेको थियो।

कुन फिल्मले राज कपुरको घाटा बेहोर्‍यो?


आलोचक र फिल्म विशेषज्ञहरूले राज कपुर फेरि कहिल्यै आफ्नो खुट्टामा उभिन सक्ने छैनन् भन्ने महसुस गरेका थिए तर फिल्मको घाटाले राज कपुरको वास्तविक क्षमतालाई उजागर गर्‍यो।

राज कपुरको सफलताको एउटा प्रमुख कारण थियो कि उनी एक टिमको रुपमा काम गर्थे। आरके फिल्म्सको प्रत्येक विभागमा उनीहरूको कामका 'साथी कारिगर' समावेश थिए। संगीत विभाग शंकर जयकिशनले सम्हालेका थिए भने गीतकारमा शालान्द्र र हसरत जयपुरी थिए। गायकमा मुकेश, मन्ना डे, लता मंगेशकर र लेखक टोलीमा ख्वाजा अहमद अब्बास र वीपी साठे थिए।

'मेरा नाम जोकर' बक्स अफिसमा असफल भएपछि तुरुन्तै उनले आफ्नो टिमलाई जम्मा गरेर अर्को फिल्मको 'टास्क' दिए। राज कपुरले यो फिल्मको लागि यस्तो तयारी गरे कि यो उनको ब्याकअप योजना हो।

यो फिल्ममा एक युवा प्रेमको कथा थियो जसमा उनले छोरा ऋषि कपुरलाई लन्च गर्न लागेका थिए। फिल्मको नाम 'बबी' थियो र यही फिल्मबाट डिम्पल कपाडियाको सफल करियर सुरु भएको थियो।

यो फिल्म १९७३ मा रिलिज भएको थियो। यो फिल्मले यति धेरै व्यापार गर्‍यो कि कम्पनीको सबै घाटाबाट माथि उठाएको थियो। यो फिल्म ब्लकबस्टर मात्र नभएर एक ट्रेन्ड सेटर पनि साबित भयो जसले रोमान्समा आधारित फिल्मको नक्सा नै बदलिदियो।

'मेरा नाम जोकर' फिल्म बक्स अफिसमा हिट हुन सकेको छैन तर यो फिल्म आजसम्मका कलाकार र फिल्ममेकरका लागि पाठ जस्तै छ। हेर्ने हो भने राज कपुरको हरेक फिल्म रिस्क थियो। उनी प्रगतिशील व्यक्ति थिए। जुन संवेदनशील विषयलाई उनले सिल्वर स्क्रिनमा ल्याएका थिए। त्यो त्यतिबेला कसैले कल्पना पनि गर्न सकेका थिएनन्।

राज कपुरलाई रुसमा के भनेका थिए नेहरुले?

राज कपुरले फिल्मलाई धन र नाम कमाउने माध्यम मात्र बनाएनन् यसबाट भारतीय समाजलाई परिवर्तन गर्ने प्रयास पनि गरे। सोभियत समाजको वरिपरि उभिएको फलामको पर्खाल काटेर आफ्नो फिल्मबाट राज कपुर त्यही समाजको नायक बने।

६० को दशकमा भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू रुसमा गएपछि त्यहाँ सयौं मानिसले उनलाई राज कपुरको बारेमा प्रश्न गरेका थिए। जब नेहरू भारत फर्के, तब उनले पृथ्वीराजलाई यो कुरा भने, 'तपाईको छोरा राज कपुरले भारतको नाम बुलन्द गरेको छ, जसमा हामीलाई गर्व छ।'

राज कपुरले भारतीय फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा संसारसँग जोडेका थिए र रुस, हंगेरी, पोल्याण्ड, क्युबा, चीन, जापान र अमेरिकालगायत अन्य देशहरूमा भारतीय फिल्महरु प्रस्तुत गरेका थिए।

किन राज कपुरका नायकनायिका तल्लो जात र खलनायक उच्च जातका थिए?

राज कपुरका फिल्मका विषयहरु निर्दोष थिए र तिनको जरा आफ्नै समाजसँग सम्बन्धित थियो। उनका नायक-नायिका दलित वर्गका थिए भने खलनायकहरू उच्च जातका थिए।

सत्यम् शिवम सुन्दरम्, राम तेरी गंगा मैली र प्रेम रोगबाट उनले धेरै प्रशंसा र आलोचना पनि कमाए। स्क्रिप्टिङ होस्, फिल्मिङ, संगीत वा प्रशोधन, राज कपुर आफैंले ग्रीन जोनको सुपरिवेक्षण गरेका थिए।

कडा परिश्रमको सन्दर्भमा उनको मापदण्ड उनका बुबाको भन्दा कडा थियो। उनले आफ्ना छोराछोरीका लागि आरके स्टुडियोमा एउटा नियम बनाएका थिए कि पहिले अरू कुनै स्टुडियोमा काम सिक त्यसपछिमात्र आरके स्टुडियोमा जाउ।

राज कपुरले आफ्नै काकाकी छोरी कृष्ण कपुरसँग विवाह गरेका थिए जसबाट उनका पाँच सन्तान थिए। तीन छोराहरु रणधीर कपुर, ऋषि कपुर र राजीव कपुर छन् र दुई छोरी रीमा कपुर र रितु कपुर।

रीमा कपुर विवाहपछि रीमा जैन र रितु कपुर विवाहपछि रितु नन्दा बनेकी थिइन्। पछि रितु नन्दा अमिताभ बच्चनकी साथी भइन्।  

राज कपुर र कृष्णा कुपरको विवाहले बलिउडमा केही नयाँ कलाकारहरूको उदय देखियो। जसमा राजेन्द्र नाथ, प्रेम नाथ र नरेन्द्र नाथ, जो कृष्ण कपुरका भाइ थिए।

शम्मी कपुरलाई भारतको 'एल्विस प्रेस्ली' पनि भन्ने गरिन्छ

राज कपुरका भाइ शम्मी कपुर फरक शैलीका साथ फिल्म उद्योगमा प्रवेश गरे। उनले गीत छायांकनको नयाँ प्रवृति ल्याए।

उनले आफ्नो लचिलो शरीरलाई धुनमा यसरी मिसाए कि सबैजना उनको मायामा परे र उनलाई भारतको 'एल्विस प्रेस्ली' भनियो। शम्मी कपुर अन्तिम पटक सन् २०११ मा रिलिज भएको ब्लकबस्टर फिल्म 'रक स्टार'मा देखिएका थिए।

गीता बाली र शम्मी कपुरका दुई सन्तान थिए, छोरी कञ्चन र छोरा आदित्य राज कपुर। केही फिल्ममा अभिनय गरेपछि आदित्य राज कपुर फिल्म निर्माताको रुपमा काम गरिरहेका छन्।

शशी कपुरलाई 'ह्याण्डसम कपुर' पनि भनिन्थ्यो


पृथ्वीराज कपुरका तेस्रो छोरा बलबीर राज कपुर थिए, जसको फिल्मी नाम शशी कपुर थियो। परिवारमा उनलाई 'ह्याण्डसम कपुर' पनि भनिन्थ्यो।

चाखलाग्दो कुरा के छ भने शशी कपुरलाई आरके फिल्मबाट नभई यश चोपडाले नायकको रुपमा लन्च गरेका थिए। शम्मी कपुर जस्तै शशी कपुरले पनि प्रारम्भिक फिल्महरुमा धेरै आलोचनाको सामना गर्नुपरेको थियो।

फिल्म 'जब जब फूल खिले' शशी कपुरको पहिलो सफल फिल्म थियो। त्यसपछि हिट फिल्महरूको लाइन लाग्यो र त्यसपछि समय आयो जब शशी कपुरको कामको लागि हलिउडबाट फोन आउन थाल्यो।

धेरैलाई थाहा नहुन पनि सक्छ शशी कपुर हलिउडमा काम गर्ने पहिलो भारतीय अभिनेता थिए। उनले बेलायती अभिनेत्री जेनिफर केन्डलसँग विवाह गरे जसबाट उनका दुई छोरा कुणाल कपुर र किरण कपुर अनि एउटी छोरी सञ्जना कपुर छन्।

यी तीन दिदीबहिनीले चलचित्रमा अभिनयको प्रतीभा देखाएका छन्। शशी कपुरको नाममा 'सत्यम् शिवम् सुन्दरम्', 'दिवार', 'कभी कभी' जस्ता धेरै सम्झिरहने फिल्महरु छन्।

राज कपुरका छोराहरुको सफलता/असफलता


पृथ्वीराज कपुरले रोपेको बोट ठूलो रुख बनेको थियो र अहिले त्यसका हाँगाहरु फैलिन थालेका छन्। कपुर परिवारको चौथो पुस्ता राज कपुरको छोराबाट सुरु भएको थियो। राज कपुरका तीन छोराहरुमध्ये रणधीर कपुर र ऋषि कपुर अभिनयमा सफल थिए भने तेस्रो छोरा राजीव कपुर सफल अभिनेताभन्दा पनि राम्रो फिल्म निर्माता साबित भए।

रणधीर कपुरले आफ्नो बुवाको सुपरहिट फिल्म 'श्री ४२०' मा बाल कलाकारको रुपमा काम गरेका थिए। जीत, कल आज और कल, हीरा लाल र हाथ की सफाइ जस्ता धेरै सुपरहिट फिल्महरु रणधीर कपुरको नाममा छन्।

उनले आफ्नो समयकी सुन्दर नायिका बबिता कपुरसँग विवाह गरे। जसबाट उनका दुई छोरीहरु छन्- करिश्मा कपुर र करीना कपुर। उनीहरु पनि उत्कृष्ट अभिनेत्रीमा गनिन्छन्।

'मेरा नाम जोकर'को कास्टिङका ​​क्रममा राज कपुरले ऋषि कपुरलाई आफ्नी श्रीमतीसँग कास्ट गर्ने इच्छा व्यक्त गर्दा ऋषि कपुर अर्को कोठामा बसेर यो कुराकानी सुनिरहेका थिए। उनी तुरुन्तै उठे र कागज र कलम समातेर अटोग्राफ दिने अभ्यास सुरु गरे।

राज कपुरका दोस्रो छोरा ऋषि कपुर उत्कृष्ट र सफल अभिनेता साबित भए। फिल्म विज्ञहरुका अनुसार राज कपुरपछि कपुर परिवारमा अभिनय गर्ने सबैभन्दा बढी जोश कसैलाई थियो भने त्यो ऋषि कपुरमा थियो।

'मेरा नाम जोकर'को कास्टिङका ​​क्रममा राज कपुरले ऋषि कपुरलाई आफ्नी श्रीमतीसँग कास्ट गर्ने इच्छा व्यक्त गर्दा ऋषि कपुर अर्को कोठामा बसेर यो कुराकानी सुनिरहेका थिए। उनी तुरुन्तै उठे र कागज र कलम समातेर अटोग्राफ दिने अभ्यास सुरु गरे।

उनको आत्मविश्वासको स्तर यस्तो थियो। उनले बाल कलाकारको रुपमा आफ्नो करियर आफ्नो बुबाको ड्रिम प्रोजेक्ट 'मेरा नाम जोकर' बाट सुरु गरेका थिए। नायकको रुपमा उनको पहिलो फिल्म 'बबी' थियो।

यो फिल्म ब्लकबस्टर भयो। यसबाट ऋषि कपुरले उत्कृष्ट अभिनेताको अवार्ड पनि पाएका थिए। ऋषि कपुरको विवाह अभिनेत्री नीतु सिंहसँग भएको थियो र उनीहरुबाट दुई सन्तान रणवीर कपुर र रिद्धिमा कपुरको जन्म भएको थियो।

उनको नाममा खेल-खेल मे, अमर अकबर एन्थोनी, हम किसीसे कम नही, दिवाना र बोल राधा बोल जस्ता विर्सनै नसकिने फिल्म छन्। ऋषि कपुरले आफ्नो करियरको अन्तिम चरणमा अग्निपथ २, १०२ नट आउट र मुल्क जस्ता फिल्महरूमा उत्कृष्ट प्रदर्शनको लागि आलोचकहरुको प्रशंसा कमाए।

राज कपुरका तेस्रो छोरा राजीव कपुरको एक अभिनेताको फिल्मी करियर खास थिएन। जसका कारण उनी चाँडै नै अभिनयबाट टाढिए र फिल्म निर्माता बने। उनले दर्जनौं चलचित्रमा अभिनय गरेका थिए जसमध्ये 'राम तेरी गंगा मैली' मात्र उनको उल्लेखनीय चलचित्र हो।

हिना फिल्मको निर्माणका क्रममा राज कपुरको निधन भएको थियो। जसलाई पछि राजीव कपुरले पूरा गरेका थिए। राज कपुरकी छोरी रीमा जैनका छोराहरु अरमान जैन र आधार जैन पनि अभिनयमा संलग्न थिए।

कपुर परिवारको पाँचौं पुस्ताको सुरुवात


कपुर परिवारको पाँचौं पुस्ता करिश्मा, करिना र रणवीर कपुर हुन्। यो पुस्ता रणधीर कपुरकी जेठी छोरी करिश्मा कपुरबाट सुरु भएको थियो। करिश्मा कपुरको फिल्म इन्डस्ट्रीमा प्रवेशले हलचल नै मच्चाएको थियो।

बबिता र नीतु सिंह लगायत कपुर परिवारमा विवाह गरेका नायिकाहरु फेरि फिल्मी पर्दामा नायिकाको रुपमा देखा परेनन्। त्यसैले कपुर परिवारले आफ्ना महिलालाई फिल्ममा काम गर्न नदिने भन्ने आम धारणा बन्न पुग्यो।

करिश्मा कपुरलाई लन्च गर्दा यो सुझाव गलत साबित भयो। उनी प्रतिभाशाली अभिनेत्री मात्रै नभई माधुरी दीक्षितजस्ता नायिकालाई नृत्यमा राम्रो चुनौती पनि दिइन्। उनले ६० भन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् जसमध्ये अधिकांश सफल भएका छन्।  

उनलाई आजको सफल कलाकारमा गनिन्छ। कपुर परिवारको पाँच पुस्तामा एकभन्दा बढी सफल अभिनेता र फिल्म निर्माता थिए तर कोही पनि 'शोम्यान'को हैसियतमा पुग्न सकेनन्।

अहिले उनी विभिन्न रियालिटी शोमा जजको काम गरिरहेकी छन्। करिश्मापछि उनकी कान्छी बहिनी करिना कपुर फिल्म 'रिफ्युजी'बाट चम्किएकी थिइन्। सन् २००० देखि आजसम्म उनी पहिलो पङ्क्तिकी नायिकामा गनिन्छिन्। उनी बलिउडका केही नायिका मध्येकी एक हुन् जसको बक्स अफिसमा विवाहपछि पनि कुनै असर परेन।

ऋषि कपुरपछि फ्यानहरु लामो समयदेखि कपुर परिवारको एक नायकको लागि प्रतीक्षा गर्दै थिए र यो प्रतिक्षा रणवीर कपुरको प्रवेशसँगै समाप्त भयो। रणवीर कपुरको प्रतीभा देख्दा उनी सबै कुराको फ्युजन हुन् भन्ने लाग्छ।

उनलाई आजको सफल कलाकारमा गनिन्छ। कपुर परिवारको पाँच पुस्तामा एकभन्दा बढी सफल अभिनेता र फिल्म निर्माता थिए तर कोही पनि 'शोम्यान'को हैसियतमा पुग्न सकेनन्।

(ताहिर सरुर मीरको सामग्री पवन घिमिरेले भावानुवाद गरेका हुन्।)


प्रकाशित: June 18, 2022 | 06:26:21 काठमाडौं, शनिबार, असार ४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय
फिल्म

'बा' बन्न किन अनकनाइरहेछन् राजेश हमाल?

बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि हुन पुगेका हमाललाई सञ्चारकर्मीले बाउको भूमिका किन गर्नुहुन्न तपाईं भनेर सोधे। जवाफमा हमालले खुलेर भने– बाबु हुने उमेर हो मेरो? अलिकति लाइट कम र अध्याँरो भएर हो। मलाई तलबाट माथिसम्म हेर्नुस् त।’
नेपाल समय
फिल्म

भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’चलचित्र १२ भदौदेखि सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ मिरिकसँगै उत्तर भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै।
नेपाल समय
फिल्म

के नायकले अभिनय गर्नुपर्दैन?

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप खड्का पछिल्लो चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै वास्तविक कलाकार भएको प्रतिक्रिया दिएपछि विवादमा परेका छन्।
नेपाल समय
फिल्म

बेलायतबाट पर्दा उघार्दै गोर्खा : बिनिथ द ब्रेभरी

भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना