काठमाडौं– ‘प्रसाद’को सिक्वेल ‘प्रसाद–२’ लाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन्। प्रेमकथामा आधारित फिल्म निर्देशनमा सफल निर्देशक थापा अनुबन्धित हुनु अगाडि सौरभ थापाले निर्देशन गर्ने भनिएको थियो।
हाल आएर सुदर्शन ‘प्रसाद २’मा निर्देशकका रूपमा भित्रिएका हुन्। प्रसाद २ मा पनि विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत नै दोहोरिँदैछन्। असार १५ गतेदेखि छायांकनमा जाने भनिएको प्रसाद–२ लाई सुवास थापाले निर्माण गर्नेछन् भने लेखन पत्रकार सुशील पौडेलकै रहेको छ।
प्रसादको पहिलो श्रृंखला जहाँ सकिएको थियो, त्यहीबाट प्रसाद २ सुरु हुने लेखक पौडेलको भनाइ छ। जातीय छुवाछुतलाई मुख्य विषय बनाएर निर्माण गरिएको चलचित्र ‘प्रसाद’ले बक्स अफिसमा राम्रै गरेको थियो, जसलाई दिनेश राउतले निर्देशन गरेका थिए।