सोमबार, साउन २३, २०७९

'रजतपट अंकल' प्रकाशका तीन कार्यक्रम बन्द हुने

नेपाल समय  |  काठमाडौं, मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– एपिवान टेलिभिजनबाट चलचित्र सम्बन्धी प्रसारण हुँदै आएका तीनवटा टेलिभिजन कार्यक्रम बन्द हुने भएका छन्। रंग पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्दै आएका कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ कार्यक्रम बन्द हुने भएको हो।

चलचित्र तथा गीतसंगीत क्षेत्रमा लागेका स्रष्टासँग संवाद गरिने कार्यक्रम बेलाबेला विवादमा पनि आउने गरेको थियो। रजतपट अंकल भनेर चिनिने कार्यक्रम सञ्चालक प्रकाशका प्रश्नका कारण नै ती कार्यक्रम विवादमा आउने गरेका थिए। यी तीनै कार्यक्रम आफैंले बन्द गर्न लागेको प्रकाशले बताए। उनले भने, ‘कार्यक्रमका कारण धेरै विवादमा पनि परियो र संख्यात्मक पनि धेरै भएकाले बन्द गर्न लागेको हो।’ 

उनका अनुसार तीनै कार्यक्रम बन्द गरेर नयाँ एक कायक्रम ‘द प्रकाश सुवेदी शो’ सञ्चालनमा ल्याउने छन्। शो असार २ गतेदेखि प्रसारणमा आउने बताए प्रकाशले। तीनैवटा कार्यक्रमको समिश्रण कार्यक्रममा रहने उनको भनाइ छ।



प्रकाशित: June 7, 2022 | 15:06:18 काठमाडौं, मंगलबार, जेठ २४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय
फिल्म

'बा' बन्न किन अनकनाइरहेछन् राजेश हमाल?

बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि हुन पुगेका हमाललाई सञ्चारकर्मीले बाउको भूमिका किन गर्नुहुन्न तपाईं भनेर सोधे। जवाफमा हमालले खुलेर भने– बाबु हुने उमेर हो मेरो? अलिकति लाइट कम र अध्याँरो भएर हो। मलाई तलबाट माथिसम्म हेर्नुस् त।’
नेपाल समय
फिल्म

भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’चलचित्र १२ भदौदेखि सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ मिरिकसँगै उत्तर भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै।
नेपाल समय
फिल्म

के नायकले अभिनय गर्नुपर्दैन?

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप खड्का पछिल्लो चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै वास्तविक कलाकार भएको प्रतिक्रिया दिएपछि विवादमा परेका छन्।
नेपाल समय
फिल्म

बेलायतबाट पर्दा उघार्दै गोर्खा : बिनिथ द ब्रेभरी

भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना