सोमबार, साउन २३, २०७९

सरोज खनालले निर्देशन गर्ने फिल्म 'बगान' घोषणासँगै गीत रिलिज

नेपाल समय  |  काठमाडौं, सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन्। आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मको बारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो। 

नयाँ र पुराना कलाकारको समिश्रण रहेको फिल्ममा सरोज खनालसँगै नीर शाह, वसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ।

सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर भरेका छन्। रोमान्टिक थिमको गीतको भिडियोमा आकाश र प्रमिला फिचर छन्। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको अडियो र भिडियो बलियो बनेको छ। गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालको भनाइ छ।

निर्देशक खनालले आफ्नो जीवनकालमा फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताए। उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। खनालले भने, ‘मेरो फिल्मले व्यापारमा रेकर्ड नराख्ला तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व गर्न लायक फिल्म चाहिँ बनाएको छु। फिल्म मनोरञ्जनको माध्यम हो। तर, हामीहरू जस्तो मान्छेले समाजलाई केही सन्देश पनि दिनुपर्छ जस्तो लाग्छ। फिल्ममा मैले त्यही कोसिस गरेको छु। फिल्म हेरेर हलबाट निस्कँदा एकपटक मान्छेहरू सोच्न बाध्य हुनेछन्।’

आफू कलाकार भएकाले अरू कलाकारले पनि आफ्नो जस्तै शैलीमा अभिनय गर्दियोस् भन्ने सोच हुने गरेको भए पनि त्यसबाट टाढै बसेर आफूले फिल्म निर्देशन गरेको खनालको भनाइ छ। ‘कलाकार भएपछि निर्देशक भएर कलाकारलाई एक्सन–कट गर्दा आफ्नो ढंगबाट अभिनय गर्दियोस् भन्ने हुँदो रहेछ। तर, मैले पहिलो पटक गरेको काममा त्यो कुरा हाबी नहोस् भन्नेमा सक्दो कोशिस गरेको छु। तथापि, कहिलेकाहिँ कलाकार सरोज खनाल हाबी भइहाल्ने रहेछ,’ उनले भने।

फिल्ममा गौरीशंकर धुजुको डीओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्सन रहेको छ। साउन्ड मिक्सिङ मुकेश शाह र ब्याकग्राउण्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ।

नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन्। नेपालअघि नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ।



प्रकाशित: June 6, 2022 | 11:58:45 काठमाडौं, सोमबार, जेठ २३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय
फिल्म

'बा' बन्न किन अनकनाइरहेछन् राजेश हमाल?

बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि हुन पुगेका हमाललाई सञ्चारकर्मीले बाउको भूमिका किन गर्नुहुन्न तपाईं भनेर सोधे। जवाफमा हमालले खुलेर भने– बाबु हुने उमेर हो मेरो? अलिकति लाइट कम र अध्याँरो भएर हो। मलाई तलबाट माथिसम्म हेर्नुस् त।’
नेपाल समय
फिल्म

भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’चलचित्र १२ भदौदेखि सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ मिरिकसँगै उत्तर भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै।
नेपाल समय
फिल्म

के नायकले अभिनय गर्नुपर्दैन?

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप खड्का पछिल्लो चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै वास्तविक कलाकार भएको प्रतिक्रिया दिएपछि विवादमा परेका छन्।
नेपाल समय
फिल्म

बेलायतबाट पर्दा उघार्दै गोर्खा : बिनिथ द ब्रेभरी

भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना