काठमाडौं- नेपाली सिनेमा घरमा छुट्टै इतिहास बोकेको सिनेमा घर हो, विश्वज्योति सिनेमा घर। जमलमा २०१७ सालमा स्थापना भएको विश्वज्योति हल आमदर्शकका लागि सहज थियो।
जेठ २ गते उद्घाटनमा पुगेका महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हल संचालक श्री मोहन सराफ तथा रोहन सिंघ सराफलाई बधाई दिएका थिए।
बधाईका क्रममा हरिवंश आचार्यले हिजोको दिनमा जस्तै नेपाली सिनेमाले पहिलो प्राथमिकता पाउनुपर्ने बताए। आचार्यले भने, 'यो सिनेमा घरले नेपाली सिनेमालाई पहिलो प्राथमिकतामा राखोस्।'
चलचित्र निर्देशक समाजका अध्यक्ष आकाश अधिकारीले स्वदेशी चलचित्रकर्मीका लागि थप हौसला थपिएका बताए। उनले भने, 'विश्वज्योति सिनेप्याक्सले स्वदेशी चलचित्रकर्मीका लागि आत्मासम्मान र व्यवसायका दृष्टिकोणले पनि केन्द्रविन्दुमा रहेको थियो र यसले थप निरन्तरता पाओस भन्ने आशा गर्छु।'
उद्घाटनका क्रममा हाँस्यकलाकार तथा निर्देशक शिवहरि पौडेलको चलचित्र ‘लक्का जवान’ प्रदर्शनसँगै विश्वज्योति सिनेप्याक्स सञ्चालनमा ल्याएको छ।