काठमाडौं- दक्षिण भारतीय फिल्म कोलार गोल्ड फिल्ड्स (केजिएफ) च्याप्टर-२ को चर्चा अझै घटेको छैन। हिन्दीमा डब भएर आएको केजिएफ-२ ले उत्तरमा गतिलै प्रभाव पारेको छ।
किनकि हिन्दीमा स्वराङ्कन गरिएको केजिएफ च्याप्टर-२ ले बक्स अफिसमा आमिर खानको 'दंगल'लाई पछाडि पारेको छ।केजिएफ-२ बुधबार मात्रै सर्वाधिक कलेक्सन गर्ने दोस्रो फिल्म बनेको छ।
हिन्दीमा आमिर खानको 'दंगल' सबैभन्दा बढी कमाउने सूचीमा थियो। दंगलको कमाइलाई पछि पारेको दक्षिण भारतीय फिल्म बाहुबली-२ पछि केजिएफ-२ दोस्रोमा प्रवेश गरेको छ।
केजिएफले गत बुधबारमात्रै ८.७५ करोड कलेक्सन गरेको थियो। यसरी हेर्दा फिल्मको कूल कलेक्सन ३९१.६५ करोड रुपैयाँ पुगेको छ। पहिलो बाहुबाली-२ (डब) दोस्रो केजिएफ-२ (डब) र तेस्रोमा दंगल हुनपुगेका छन्।
केजिएफले दर्शक अझैँ तानिरहे पनि बाहुबली-२ भन्दा अगाडि जाने सम्भव भने न्यून रहेको छ। किनकि बाहुबाली-२ हिन्दी भर्जनमा मात्रै बक्स अफिस कलेक्सन पाँच सय करोडभन्दा बढी थियो। तर, केजिएफ-२ को चार सय करोड क्लबमा सहभागी हुने आकलन गरिएको छ।
सय करोड बजेटमा बनेको फिल्म तमिल, मलयालम, तेलगु, हिन्दी र कन्नड गरी पाँच भाषामा प्रदर्शन भइरहेको केजिएफ-२ ले कयौं कृतिमान कायम गरेको छ।
‘केजिएफः च्याप्टर-२’ पिरियड ड्रामा सन् २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ’ को सिक्वेल हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्। प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्।