सन् २०१६ मा इण्डिया टिभीले दुई पुस्ताका हस्तीसँग संवाद गरेको थियो, आमिर खान र रनविर सिंह। 'पद्मावत'मा अलुद्धिन खिल्जीको भूमिकाका निम्ति रनविरले कपाल र जुँगा बढाएका थिए। आफ्नो चरित्रबारे उनी भन्दै थिए, ‘अलुद्धिन खिल्जीको लवज उतार्न निकै मुस्किल भइरहेको छ।’
उनले संवाद जारी राख्दा कार्यक्रमस्थलमा आइपुग्छन् आमिर खान। त्यसबेला आमिर 'दंगल'मा व्यस्त थिए। आमिरको आँखाको प्रशंसा गर्दै तडभडकका साथ रनविरले उनका उत्कृष्ट अभिनयको कुरा कोट्ट्याए। असजिलो मान्दै आमिरले उत्तर पनि दिए र रनविनरले 'ब्याण्ड बाजा बारात', 'दिल धडक्ने दो', 'बाजिराओ मस्तानी'मा निर्वाह गरेको चरित्रको चर्चा पनि गरिदिए। उनीहरुबीचको संवाद गुरु र शिष्यझैँ सुनिन्थ्यो।
सन् २०१८ मा आमिर र रनविर बक्स अफिसमा निकट प्रतिस्पर्धामा आए। त्यही वर्षदेखि आयुस्मान खुराना, विक्की कौशल, साहिद कपुर, रनविर कपुरले उत्कृष्ट फिल्म दिन थाले। बक्स अफिसमा पनि उनीहरुका चलचित्रले गतिलै कारोबार गरे। जब यी पुस्ताले दर्शकको मन जिते, निर्माताका निम्ति पनि अब विकल्प आउन थाले। क वर्गका कलाकारलाई पैसा दिएर लगानीको १० प्रतिशत प्रतिफल मात्रै पाउने निर्मातालाई अब चलचित्रमा खानलाई मात्रै अनुबन्ध गर्नुपर्ने बाध्यता हट्यो।
सन् २०२० को उतरार्धमा आइपुग्दा तीन खानको चर्चामा शून्यता छायो। यो शून्यता सन् १९८८ यताकै पहिलो थियो। शाहरुख खानको 'जिरो' दुर्भाग्यवश नामजस्तै बन्न पुग्यो। आमिर खानको 'लालसिंह चड्डा'ले पनि चर्चा बटुल्न सकेन। सलमान खानको 'राधे'ले पनि सफलता पाएन।
बलिउडमा खान साम्राज्य ढल्दै गर्द भारत आफूलाई नयाँ रुपले परिभाषित गर्दै थियो। बहुलवाद र बहुसंस्कृतिका पुराना मान्यताप्रति धैर्य राख्दै आएको भारतमा यो मान्यता परिवर्तन हुँदै आएको छ।
सन् १९६५ मा जन्मिएका तीन खानले ३ दशकसम्म बलिउड र प्रवासीलाई मनोरञ्जन दिलाएको युग एकैपटक समाप्तझैँ भयो। सधैँ राम्रो चरित्रको खोजीमा रहने आमिर खान 'ठग्स अफ हिन्दुस्तान'पछि सेलाए। साहरुख खान नेटफ्लिक्समा आउने डेभिड लेटरम्यानको 'माइ नेक्स्ट गेस्ट निड्स नो इन्ट्रडक्सन'मा आफ्नो यात्रा सम्झँदै थिए। यता सलमान खान बिग बोसका प्रतिस्पर्धीलाई कट्रिनासँग मजाक गरेकोमा झपार्दै थिए भने छोरी भन्न सुहाउने 'दबङ ३' की कलाकार साजी मन्जर्करको कपडा मिलाइदिएको दृश्यका कारण चर्चामा थिए। तीन खानमध्ये आमिर खानले त फिल्म सम्बन्धी गतिविधिबाटै संन्यास घोषणा गरिसकेका छन्। २७ मार्चमा संन्यास घोषणा गर्दै उनले भनेका छन्, 'मेरो परिवार र सन्तान मबाट के चाहन्छन् भन्ने ठम्याउन नसक्नु नै मेरो सबैभन्दा ठूलो गल्ती हो। म मैदेखि र चलचलित्रप्रति निकै आक्रोशित छु। चलचित्रमै व्यस्तता बढ्दा नै म र मेरो परिवारबीच असमझदारी बढ्यो। त्यसैले मैले चलचित्रका सबै गतिविधि त्याग्ने निर्णय लिएँ। मैले मेरो परिवारलाई भनेको छु अबदेखि न त कुनै चलचित्र उत्पादन गर्नेछु न त अभिनय नै।'
बलिउडमा खान साम्राज्य ढल्दै गर्द भारत आफूलाई नयाँ रुपले परिभाषित गर्दै थियो। बहुलवाद र बहुसंस्कृतिका पुराना मान्यताप्रति धैर्य राख्दै आएको भारतमा यो मान्यता परिवर्तन हुँदै आएको छ। विगतमा विशेषाधिकारका विषय अहिले आवश्यकता बनिसकेका छन्। भारतीय युवाको परिकल्पनालाई पहिले खानहरुले निर्देशित गर्थे। अहिले त प्रधानमन्त्री नरेन्द्र मोदी नै त्यस स्थानमा आइसकेका छन्। अहिले मोदीले नै खानहरुलाई प्रयोग गर्छन्। खानहरुलाई मोदीले स्वच्छ भारतदेखि विभिन्न परियोजनामा उपयोग गरिसके। तीन दशकदेखि चम्केका तीन खानको चमक मधुरो बनेको तथ्य उनीहरु कस्ता विषयमा सहभागी भइरेहका छन् भन्नेबाटै थाहा हुन्छ। यसबारे भारतका समाजशास्त्री शिव विश्वनाथन भन्छन्, 'समकालीन खानको त्रिकोणलाई नायकहरुको अन्य वंशसँगै बुझ्नुपर्छ। ५० को दशकमा देवानन्द, दिलीप कुमार, राज कपुरको दबदबा थियो। ६० को दशकको उत्तरार्धमा राजेश खन्ना र अमिताभ बचनको दबदबा चल्यो। त्यसपछि आएका खानहरुलाई आफ्नो दबदबा बनाउन समय लाग्यो। तीनैले आआफ्नो पृथक पहिचान बनाए।'

विश्वनाथनको मूल्यांकनमा सलमान अनन्त समयसम्म किशोर रहिरहे। यता आमिर परिपक्व बनिरहे। शाहरुख युवा र वयश्कको दोधारमै रुमलिरहे। बूढो हुनुको स्वीकारोक्ति शाहरुखका निम्ति सबैभन्दा कठिन थियो। विश्वनाथन भन्छन्, 'शाहरुखका चलचित्र हेरेका दर्शक भन्थे यो मानिसलाई मैले कसरी मन पराएँ? जे होस्, शाहरुख युवादेखि अधवैशैँहरुको मनमा राज गर्न सफल थिए।'
सन् २०२० पछि शाहरुख, सलमान र आमिर ब्लकबस्टर लिएर आउने अपेक्षा गरिएको थियो तर कोभिड १९ का कारण सम्भव भएन। त्यसबेला सुशान्त सिंह राजपूतको मृत्यु भयो। त्यसपछि सुशान्तप्रति नै धेरैको सहानुभूति जाग्यो। उनको निधनपछि बलिउडमा नातावादको बहस चर्कियो। चलचित्रमा सिन्डिकेटको कुरा उठ्यो। सुशान्तको मृत्यु प्रकरण सम्पत्ति शुद्धिकरण देखि लागु औषधसम्म जोडियो। धेरै स्टारहरुलाई जोड्दै बदनाम गराउने काम पनि भयो। यो विषयमा खानहरु मौन रहे।
विवादका बीच बलिउडमा कथाका विषयमा पनि बहस भयो। मुम्बईमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिनेमा र राष्ट्र निर्माण विषयमा छलफल भयो। भारतीय संस्थापनसँग निकट अक्षय कुमारले बलिउडभित्रका आफ्न कमजोरी सुधार गरेर अघि बढ्नुपर्ने धारणा राखे। विश्वनाथन भन्छन्, 'बलिउडले आफैँलाई सच्याउनु पर्नेछ। अब विगतका मिथकले काम गर्नेवाला छैनन्। द्वन्द्व र नायकत्वले मात्रै अब चलचित्र चल्नेवाला छैनन्।'
बलिउड चित्तबुझ्दो रोमाञ्चकता प्रस्तुत गर्न असफलझैँ देखिन्छ। फिल्म हलको विकल्पमा अहिले स्ट्रिमिङ सेवाहरु बढिरहेका छन्। बलिउडलाई त्यस प्रतिस्पर्धामा खरो उत्रिनुपर्ने देखिन्छ।
बलिउडले दर्शक र आफैँबीचको सम्बन्ध विच्छेदको स्थिति समाधानका निम्ति ऐतिहासिक विषयमा चलचित्र निर्माण गर्न थाल्यो। सन्जय लीला भन्सालीले यस विषयवस्तुमा चलचित्र निर्माण गर्न थाले। भन्सालीले विर्सिएका कथालाई लाइमलाइटमा ल्याउन खोजे पनि भाँती नपुर्याएको भन्दै आलोचना पनि व्यहोरे। प्रविधि र कथामा भन्दा पनि बलिउड गीतकै कारणले बलियो देखिन्छ। अचेल एकल कथाकार, गीतकार हुँदैन। कथा र गीतमा समेत सामूहिक काम हुन्छ। यदि स्क्रिप्टले न्याय गर्न सकेन भने अभिनेताहरुले पनि दर्शकमा रोमाञ्चकता ल्याउन सक्दैनन्।
बलिउड चित्तबुझ्दो रोमाञ्चकता प्रस्तुत गर्न असफलझैँ देखिन्छ। फिल्म हलको विकल्पमा अहिले स्ट्रिमिङ सेवाहरु बढिरहेका छन्। बलिउडलाई त्यस प्रतिस्पर्धामा खरो उत्रिनुपर्ने देखिन्छ। कोभिडका कारण दर्शकको स्वाद समेत परिवर्तन भइसकेको छ। बलिउडमा गीत नै निर्णायक मानिन्छ। शाहरुखले एकपछि अर्को ब्लकबस्टर दिएपछि आफूलाई अमिताभ बच्चनसँग तुलना गर्ने तरखरमा थिए। सन् १९९४ को फिल्मफेयर अवार्डमा उनी भन्थे, 'जब चलचित्रमा मद्यपान गर्नुपर्ने हुन्थ्यो, म अमिताभ बच्चनलाई सम्झन्थेँ।' सन् १९९५ मा अन्तर्वार्ता दिँदै उनले भनेका छन्, 'तर म कुरिरहेको छु दर्शकहरुले भनुन् कि पिउनु त शाहरुखको झैँ पिउनु।'
शाहरुख र बच्चन सन् २००० मा रिलिज भएको 'मोहबतें'मा सँगै देखापरे। त्यसमा बच्चनले प्रधानाध्यापकको भूमिका निर्वाह गरे भने शाहरुख खान प्रगतिशील शिक्षकका रुपमा देखा परे। अनस्क्रिन देखि अफ स्क्रिनसम्म उनीहरुको द्वन्द्व देखिन्थ्यो। सालिम जावेद र यस चोपडाले अमिताभलाई एङ्ग्री यङ म्यान देखाउनका निम्ति 'दिवार', 'त्रिशूल' र 'कालापत्थर'मा कास्ट गरे। यश चोपडाका छोरा आदित्य चोपडाले 'दिलवाले दुल्हनियाँ ले जायेंगे'मा शारुखलाई प्रतिष्ठित भूमिकामा कास्ट गरे। त्यहीँबाट शाहरुखको स्टारडम बलियो बन्यो।
'अशोका' टोरन्टोमा स्क्रिनिङ भएपछि शाहरुखले ग्लोबल स्टेजमा डेब्यु गरेका थिए। यता आमिरको 'लगान'ले ओस्करसम्मको यात्रा तय गरिसकेको थियो। ओस्करमा लगान विदेशी भाषाको चलचित्रमा उत्कृष्टको सूचीमा मनोनित भएको थियो।
सलमान र शाहरुख विवादले नै सिद्धिए। आमिरले बलिउडको व्यस्तताले घरबार बिग्रिएको भन्दै संन्यास लिए।
शाहरुख र सलमानबीच 'चलते चलते'को छायांकनपछि पानी बारबारको स्थिति आइपर्यो। उनीहरुको पुनर्मिलनका निम्ति फराह खानको विवाह नै आउनुपर्यो। सन् २००४ मा फराह खानको विवाहमा मित्रतालाई पुनर्ताजगी गरेका सलमानले आफूहरुबीच सम्बन्ध ठीकठाक चलिरहेको सन्देश पनि दिए। कट्रिना सहित शाहरुखले चलाएको कौन बनेगा करोडपतिमा उनले उपस्थिति जनाए। उनीहरुबीच फेरि २००८ मा विवाद भयो। 'ओम शान्ति ओम'को गीतमा सलमानको उपस्थितिलाई शाहरुखले नरुचाएपछि उनीहरुबीच विवाद चर्कियो। सन् २०१० मा संवादका क्रममा शाहरुखले भनेका छन्, 'समानान्तर रेखाहरु एक विन्दुमा भेट्दैनन्। हामीबीच समान धरातल छैन। मैले उनको परिवारसँग धेरै प्रेमिल समय बिताएको छु। उनको परिवारले मलाई धेरै स्नेह दिएको छ। तर म बिरामी हुँदा पनि सलमानले सहानुभूति दर्शाउँदैनन्।'

सलमानले पनि ब्लगमा लेखेका थिए, 'म शेर हुँ र बाँदरले शेरलाई चोट पुर्याउन सक्दैन।' उनले सन् २०१४ मा भनेका छन्, 'म उसको सोचाइमा प्रश्न गर्छु, ऊ मेरो सोचाइमा प्रश्न गर्छ। तर मैले शाहरुखलाई सधैँ मेरो भाइझैँ माया गरेको छु।'
एक सहयोग संकलन कार्यक्रममा तीन खानलाई सँगै उभ्याउने कोसिस कट्रिनाले गरेकी थिइन्। त्यसमा शाहरुखले सकारात्मक संकेत नजनाएपछि समस्या फेरि बल्झियो। त्यस कार्यक्रममा सलमानले शाहरुखसँग छेडखानी गरे- 'मेरो परिवारले शाहरुखको करियर निर्माणका निम्ति धेरै सहयोग गर्यो तर सलमानले मेरो क्षमताको सधैँ अवमूल्यन गरे।' सलमान त्यतिमै रोकिएनन्। उनले भने,'शाहरुख मर्द भन्न लायक नै छैनन्।'
तनावपूर्ण स्थिति उत्पन्न हुने देखेपछि करण जोहर र गौरी खानले शाहरुखलाई धकेल्दै कारसम्म पुर्याउनु परेको थियो। आक्रोशित सलमानसँगै कट्रिना रुँदै उभिएको दृश्य पनि सार्वजनिक भएको थियो। आक्रोशमा जे जस्तो गरे पनि शाहरुख एक कुरा सहर्ष स्वीकार गर्छन्, 'भलै मलाई अन्तर्राष्ट्रिय रुपमा स्टार मान्छन् तर घरेलु बजारमा सलमानलाई भाइका रुपमा मलाई भन्दा बढी माया दिन्छन्।'
सलमान र शाहरुख विवादले नै सिद्धिए। आमिरले बलिउडको व्यस्तताले घरबार बिग्रिएको भन्दै संन्यास लिए। सलमान र शाहरुखले संन्यास घोषणा नगरे पनि यी यिनका निम्ति पनि बलिउडको बजार अस्ताइसकेको छ। - ओपन द म्यागेजिनबाट