सोमबार, साउन २३, २०७९

'आरआरआर'का क्रान्तिकारी पात्र भीम र राजू, जसलाई आदिवासीले भगवान् मान्छन्

बीबीसी  |  काठमाडौं, बिहीबार, चैत १७, २०७८

बीबीसी

बीबीसी

बिहीबार, चैत १७, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– गत साता विश्वव्यापी रिलिज भएको दक्षिण भारतीय फिल्म आरआरआरले धुम मच्चाइरहेको छ। व्यापार र विश्लेषण दुवैमा फिल्मले कमाल गरेको छ। 

फिल्मले राम्रो प्रतिक्रिया पाइरहँदा मुख्य पात्र कुमारम भीम र अल्लुरी सीताराम राजुको चर्चा पनि बढ्दो छ। चलचित्रले बजार तताएपछि दर्शकको मनमा यी दुई पात्रको बारेमा जान्ने उत्सुकता पनि उत्तिकै पाइएको छ।

सीताराम राजूलाई आन्ध्र प्रदेशमा र कुमारम भीमलाई तेलंगनामा मानिसहरु भगवान् नै मान्छन्। विशेषगरी त्यहाँका आदिवासीका प्रिय पात्र हुन् यी। इतिहास खोज्ने हो भने यी दुवैले आ–आफ्ना ठाउँका आदिवासीलाई एकजुट गरेर न्यायको माग गर्दै तत्कालीन प्रशासनविरुद्ध लडेका रहेछन्। 


आरआरआरका निर्देशक एसएस राजमौलीले दुवै क्रान्तिकारी पात्रलाई फिल्ममा घनिष्ठ मित्रका रुपमा प्रस्तुत गरेका छन्। निर्देशकले यी दुई ऐतिहासिक पात्रलाई जोडेर अन्य चरित्रहरुको कद बढाउने कोसिस पनि गरेका छन्।

कुमारम भीम

१९०२ अक्टोबर २२ का दिन भारतको संकेपल्ली गाउँमा जन्मिएका ‘गोंड’ आदिवासी परिवारका कुमारम भीमको शालिक।
कुमारम भीमको जन्म सन् १९०२ अक्टोबर २२ का दिन भारतको संकेपल्ली गाउँमा भएको थियो। उनको जन्म ‘गोंड’ आदिवासी परिवारमा भएको थियो। उनका पिताको नाम कुमारम चिमना थियो।

१८औँ र १९औँ शताब्दीमा भारतका थुप्रै गाउँका आदिवासी जनताहरुले नयाँ किसिमको समस्या झेलिरहनु परेको थियो। ‘जंगलको संरक्षण’का नाममा आदिवासी जनताबाट उनीहरुको जमिन खोसिइरहेको थियो। तत्कालीन समयमा हैदरावाद राज्यका जनताले स्थानीय शासकका साथै अंग्रेजहरुको दमनको पनि शिकार हुनुपरेको थियो।

यस्तै मुस्किलको सामना कुमारम भीमको परिवारले पनि गर्नुपरेको थियो। भीम करिब १५ वर्षका हुँदा संकेपल्ली गाउँका वन अधिकारीका साथै व्यवसायीका कारण उनको परिवारले पनि निकै दुःख भोग्नुपरेको थियो।

फिल्मले राम्रो प्रतिक्रिया पाइरहँदा मुख्य पात्र कुमारम भीम र अल्लुरी सीताराम राजुको चर्चा पनि बढ्दो छ। चलचित्रले बजार तताएपछि दर्शकको मनमा यी दुई पात्रको बारेमा जान्ने उत्सुकता पनि उत्तिकै पाइएको छ।

‘भीमका पिताको देहान्तपछि उनको परिवार शुद्रपुर सर्यो। त्यहाँ उनीहरुले खेतीपाती सुरु गरे। बाली पाकिसकेपछि जमिनमा सादिक नाम गरेका व्यक्तिले आफ्नो हक दाबी गरे। उसले जमिनको कागजात आफूसँग रहेको पनि दाबी गरे। त्यतिबेला भीमले सादिकमाथि आक्रमण गरे। त्यस घटनालाई लिएर हंगामा मच्चिएपछि भीम आसाम भागे। आसामका चिया बगानमा मजदुरी गर्न थाले। त्यहिँ भीमले पढ्न–लेख्न सिके। राजनीति  र आन्दोलनका बारेमा बुझे,’ लेखकद्वय अल्लम रजैया र साहुले आफ्नो किताब ‘कोमुरम भीम’मा लेखेका छन्।

आसामको मजदुर आन्दोलनमा पनि भीम सक्रिय रहे। त्यही निहुँमा आसाम प्रहरीले उनलाई हिरासतमा लिएको थियो। तर भीम आसाम प्रहरीलाई छलेर भागे अनि आसिफाबाद नजिकै कन्कनघाट पुगे। कन्कनघाटमा भीमले लच्छु पटेलको निर्देशनमा काम गर्न थाले। पछि भीमले सोम बाईसँग विवाह गरे।

वनको अधिकारका लागि संघर्ष

आरआरआर फिल्म सुटिङका क्रममा अजय देवगन र निर्देशक एसएस राजामौली (दायाँ)
भीमका काकाहरुले अन्य आदिवासीसँग मिलेर बाबेझारी नजिकै ‘बाह्र गाउँ’ नजिकैको वन फाँडे। अनि त्यहिँ खेती गर्न सुरु गरे। प्रहरीको अत्याचार औधी बढ्यो। प्रहरीले गाउँ नै ध्वस्त पारिदियो।

प्रशासनसँग कुरा गर्नलाई बाह्र गाउँको प्रतिनिधिका रुपमा भीमलाई चुनियो। भीमलगायत अन्य आदिवासीहरुले दिनहुँ सरकारी अधिकारीको अत्याचार सहनुपर्थ्यो। उनीहरु आफ्नो बाली घरमा भित्र्याउन पाउँदैनथे। उनीहरुबाट वनको अधिकार खोसिइरहेको थियो। यी सबै कुराबाट आक्रोशित भीमले बाह्र गाउँका जनतालाई एकताबद्ध गराइ आन्दोलन सुरु गरे। भीमको अडान थियो– त्यहाँका वन तथा जमिन अनि नदीमा आदिवासीकै हक हुनुपर्छ। 

यसका लागि भीमले ‘जल, जंगल अनि जमिन’ भन्ने नारा सुरु गरे। आदिवासी जनताले पनि यी श्रोतहरुमा आफ्नै हक हुनुपर्ने भन्दै भीमको नेतृत्वमा आन्दोलन सुरु गरे। स्थानीय भाषामा ‘मावा जमिन मावा राज’, यानी ‘हाम्रो जमिन, हाम्रो राज’ भन्दै आन्दोलन उर्लियो।

लेखक अल्लम रजैया भन्छन्, ‘जब निजामको सरकारलाई अवस्था आफ्नो हातबाट फुस्किएको महसुस भयो, तब उप–जिल्लाधिकारीलाई आदिवासीसँग छलफलका लागि पठाइयो। आन्दोलन गरिरहेका आदिवासीलाई जमिनको स्वामित्वको  दस्तावेज प्रदान गरिने वाचा गरियो। ऋण माफी हुने वाचा गरियो। तर भीमले बाह्र गाउँका आदिवासीको स्वराज माग गरेका थिए, जुन उप–जिल्लाधिकारीले अस्वीकार गरे।’

आदिवासीसँग प्रशासनको वार्ता असफल भएपछि निजामबाट प्रहरीको खास टोली पठाइयो। भीमको नेतृत्वमा गोंड आदिवासीले लगभग ७ महिना प्रहरीसँग लडे। अन्त्यमा सन् १९४० को सेप्टेम्बर १ का दिन प्रहरीले भीमको गोली हानी हत्या गर्यो। भीमको हत्या भएको दिन अश्वायुजु महिनमको अन्तिम दिन अश्वायुजु पूर्णिमा थियो। कुमारम भीमको हत्या भएको स्थान हालको ‘कुमारम भीम आसिफाबाद जिल्ला’को जोदेनघाट गाउँ हो। सो दिन आदिवासीहरुलाई तयार हुन नदिने हिसाबले ३०० भन्दा बढी प्रहरी अचानक गाउँ प्रवेश गरेका थिए।

कुर्दु पटेल नाम गरेको जासुसको जानकारीको आधारमा प्रहरीले त्यस दिन छापा मारेको थियो।

प्रहरीले भीम लगायतको टोलीलाई पछाडिबाट हमला गरेको थियो। मौका पर्नासाथ भीम अनि अन्य १५ जनालाई गोली हानियो। बाँकीलाई गिरफ्तार गरियो। अनि, त्यसै क्षण भीमको विद्रोह समाप्त भयो।

सन् १९४६ को संघर्षका दौरान सशस्त्र किसान विद्रोहीले भीमको हत्याका लागि प्रमुख जिम्मेवार ठहरिएका सुराकी कुर्दू पटेलको गोली हानी हत्या गरेका थिए। आदिवासीका लागि भीम नायक होइन, ईश्वर बने। बाँकी दुनियाँका लागि भीम एक क्रान्तिकारीमै सीमित भए होलान्, तर गोंड आदिवासीका लागि उनी कुनै भगवान भन्दा कम छैनन्।

आसिफाबाद जिल्लाका आदिवासी आजभोलि पनि हरेक साल अश्वायुजु पूर्णिमाका दिन भीमको सम्झनामा गीत गाउँछन्। उनको पूजा गर्छन्। उनीहरु भन्छन्, ‘कुमारम भीमसँग जादूयी शक्ति थियो। कुनै पत्थर वा गोलीले उनलाई चोट लाग्दैनथ्यो।’ आज पनि गोंड आदिवासी यो कुरामा विश्वास गर्छन्। सिदम अर्जुले बीबीसीसँग भनिन्, ‘गोंडहरुमा विश्वास छ– सामान्य हालतमा कुनै पनि गोलीले भीमलाई चोट लाग्दैनथ्यो। उनलाई पानीमा डुबाउन सकिँदैनथ्यो। चट्टानले घाउ लाग्दैनथ्यो। त्यसैले उनलाई मार्नका लागि महिलाले महिनावारीमा प्रयोग गरेको कपडाको झत्तो बन्दुकमा बाँधिएको थियो। तब मात्र गोलीले उनको शरीर छेडेको थियो।’ 

अल्लुरी सीताराम राजू

अल्लुरी सीता रामा राजूको स्मारक
अल्लुरी सिताराम राजू भारतको तेलुगू प्रदेशमा अंग्रेजको शासनका विरुद्ध संघर्ष गर्ने ‘स्वतन्त्रता’ क्रान्तिकारी थिए। उनले मनयमका आदिवासीलाई एकताबद्ध गरेर अंग्रेजका विरुद्ध सशस्त्र विद्रोह गरेका थिए। अन्त्यमा अंग्रेजहरुले उनको हत्या गरिदिए। महात्मा गान्धीले आफ्नो पत्रिका ‘यङ इन्डियन’मा अल्लुरीको तारिफ गरेका थिए।

अल्लुरीको जन्म सन् १८९७, जुलाई ४ का दिन विशाखापतनम जिल्लाको पांडरंगी भन्ने गाउँमा भएको थियो। उनको पुर्ख्यौली स्थान भने ‘वेस्ट गोदावरी’ जिल्लाको मोगल्लु थियो। उनका पिताको नाम वेंका रामा राजू थियो। 

सन् १९४६ को संघर्षका दौरान सशस्त्र किसान विद्रोहीले भीमको हत्याका लागि प्रमुख जिम्मेवार ठहरिएका सुराकी कुर्दू पटेलको गोली हानी हत्या गरेका थिए।

अल्लुरीका पिता पेशाले ‘फोटोग्राफर’ थिए। उनकी आमाको नाम सुर्या नारायणम्मा थियो। उनीहरु निम्न मध्यम परिवारका थिए। अल्लुरीले आफ्नो पढाइ गोदावरीकै विभिन्न ठाउँहरुबाट पूरा गरेका थिए।

सन् १९०८ मा हैजाका कारण अल्लुरीका पिताको मृत्यु भयो। त्यसपछि अल्लुरीले आफ्नो औपचारिक शिक्षालाई निरन्तरता दिन असक्षम भए। सन् १९१६ मा ध्यान गर्नका लागि अल्लुरीले उत्तर प्रदेश भ्रमण गरे। सन् १९१८मा आफ्नो आध्यात्मिक यात्रा पूरा भएछि आफ्नो गाउँ फर्केका अल्लुरीलाई सन् १९१९ ताका आदिवासीहरुमाथि भइरहेको नाइंसाफी महसुस हुन थाल्यो।

उनी आदिवासी जनजातिलाई न्याय दिलाउन लडाइँमा उत्रिए। अल्लुरीले आदिवासीका उब्जाउ माथि हुने कब्जा, मजदुरी गरेबापत नदिइने ज्याला आदि विषयमा आवाज उठाए। सरकारमाथि घेरा हाल्न सुरु गरे। आदिवासीलाई संगठित गरेर आन्दोलन अघि बढाए। 

मनयम एजेन्सीमा तीन वर्षसम्म सशस्त्र संघर्ष

अंग्रेजहरुको दमनको विरुद्ध विद्रोह गर्दा अल्लुरी मात्र २० वर्षका थिए। तब स्थानीय जमिन्दारहरुसँग मिलेर अंग्रेज आदिवासीमाथि शोषण गर्दथे।

यहि कुराले अल्लुरी रिसले चुर भए। स्थानीय साहु तथा ठेकेदारहरुबाट आदिवासीहरुमाथि भइरहेको दमन र हिंसा देखेर बिचलित भएका अल्लुरीले विद्रोहको शंख फुकेका थिए।

अल्लुरी सितारामा राजूको नेतृत्वमा मनयम एजेन्सीका क्रान्तिकारीहरुले प्रहरी चौकीमा हमला गरेर हतियार लुटे। उनीहरुले राजावोम्मांगी अद्दाततीगाला, देवीपट्टनम, चिंतापल्ली, कृष्णा देवी पेटा साथै अन्य थुप्रै थानाहरुमा हमला गरे।

सयौं किलोमिटरको क्षेत्रमा फैलिएका यी चौकीहरुमा आदिवासीद्वारा एकै दिन एकै साथ यसरी हमला भएपछि पूरै इलाकामा सनसनी फैलियो। आम जनताका माझ अल्लुरी निकै प्रिय बने। कतिलाई त अल्लुरीसँग कुनै जादूयी शक्ति छ भन्ने पनि लागेको थियो।

तत्कालीन सरकारले आदिवासीहरुको त्यो आन्दोलनलाई ‘मनयम पिथूरी’को नाम दियो। यो सशस्त्र विद्रोह लगभग ३ वर्ष लगातार चल्यो। उक्त आन्दोलन नियन्त्रणमा लिन तत्कालीन सरकारले मालाबार विशेष प्रहरी परिचालन गरेको थियो। तर स्थिति झन् बिग्रिएपछि ‘आसाम राइफल्स’ खटाइयो। जसले अल्लुरीलाई गिरफ्तार गर्यो।

सरकारी दस्तावेजमा रेकर्ड गरिएको जानकारी अनुसार कोयुरु नजिकै माम्पाको एक नदिमा आफ्नो घाउ सफा गरिरहेका घाइते अल्लुरीलाई गिरफ्तार गरिएको थियो। गिरफ्तार गरेर उनलाई सरासर चौकी लगिनुपर्ने थियो। तर त्यस्तो नभई अल्लुरीले भाग्ने प्रयत्न गर्दा प्रहरी जवानले चलाएको गोली लागी उनको मृत्यु भएको इतिहासकारको भनाइ छ।

सयौं किलोमिटरको क्षेत्रमा फैलिएका यी चौकीहरुमा आदिवासीद्वारा एकै दिन एकै साथ यसरी हमला भएपछि पूरै इलाकामा सनसनी फैलियो। आम जनताका माझ अल्लुरी निकै प्रिय बने। कतिलाई त अल्लुरीसँग कुनै जादूयी शक्ति छ भन्ने पनि लागेको थियो।

मेजर गुडाल नाम गरेका एक अधिकारीले लेखेको रिपोर्ट अनुसार ७ मे सन् १९२४ मा प्रहरी जवानसँग अल्लुरी लड्न थालेपछि आत्मरक्षाका निमित्त ती जवानले गोली चलाएका थिए। त्यसपछि अल्लुरीको शवलाई कृष्णा देवी पेट्टा लगिएको थियो। जहाँ उनको अन्तिम संस्कार गरियो। हाल सो स्थानलाई ‘अल्लुरी स्मृति पार्क’मा बदलिएको छ।

अंग्रेजसँग लड्ने अल्लुरी सितारामा राजूको मृत्यु २७ वर्षको कलिको उमेरमै भयो। उनलाई मनयमका क्रान्तिकारीका नामले याद गरिन्छ। उनलाई श्रद्धान्जली दिन वर्षेनी मानिसहरु अल्लुरी स्मृति पार्क पुग्छन्।

अल्लुरीको मृत्यु पश्चात अंग्रेज सरकारले उनीसँगै विरोधमा संलग्न अन्य १७ जनालाई गिरफ्तार गरेको थियो। उनीहरुलाई देशका विभिन्न जेलहरुमा थुनिएको थियो। यस आन्दोलनमा अल्लुरीका धेरै साथीहरुले पनि ज्यान गुमाएका थिए।

अल्लुरीको मृत्युसँगै उनको विद्रोह पनि समाप्त भयो। तर, त्यो जोश अहिले पनि त्यहाँका मानिसमा जीवितै रहेको आभाष गर्न सकिन्छ।

(बीबीसी हिन्दीमा प्रकाशित यो सामग्रीको भावानुवाद विनायक कार्कीले गरेका हुन्।)


प्रकाशित: March 31, 2022 | 14:01:52 काठमाडौं, बिहीबार, चैत १७, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय
फिल्म

'बा' बन्न किन अनकनाइरहेछन् राजेश हमाल?

बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि हुन पुगेका हमाललाई सञ्चारकर्मीले बाउको भूमिका किन गर्नुहुन्न तपाईं भनेर सोधे। जवाफमा हमालले खुलेर भने– बाबु हुने उमेर हो मेरो? अलिकति लाइट कम र अध्याँरो भएर हो। मलाई तलबाट माथिसम्म हेर्नुस् त।’
नेपाल समय
फिल्म

भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’चलचित्र १२ भदौदेखि सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ मिरिकसँगै उत्तर भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै।
नेपाल समय
फिल्म

के नायकले अभिनय गर्नुपर्दैन?

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप खड्का पछिल्लो चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै वास्तविक कलाकार भएको प्रतिक्रिया दिएपछि विवादमा परेका छन्।
नेपाल समय
फिल्म

बेलायतबाट पर्दा उघार्दै गोर्खा : बिनिथ द ब्रेभरी

भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना