मंगलबार, असोज ११, २०७९

चार वर्ष लगाएर 'चिसो एष्ट्रे' को स्क्रिप्ट 'पोस्टमार्टम' गरेका निर्देशक दिनेश पाल्पाली

राज सरगम  |  काठमाडौं, मंगलबार, फागुन १७, २०७८

राज सरगम

राज सरगम

मंगलबार, फागुन १७, २०७८, काठमाडौं

नेपाल समय

यहाँ जो आउँछन् 

मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्। 

यहाँ जो बस्छन् 

हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन् 

र यहाँबाट जो जान्छन्

पोल्टाभरि निभेका विश्वासहरु र सपनाहरु सोहोरेर जान्छन्

यस्तो छ यो चारभञ्ज्याङ खाल्टो 

एउटा चिसो एष्ट्रे जस्तो छ।

भूपी शेरचनको ‘चिसो एष्ट्रे’ कविता कक्षा १२ को विद्यार्थी छँदा पढेका थिए दिनेश पाल्पाली उर्फ ‘दिन्स’ले। कञ्चनपुरको महेन्द्रनगरस्थित बाल जागृति माध्यमिक विद्यालयमा अध्ययन गरिरहँदा पढेको कविताले दिनेशको मथिङ्गल घुमाइदिएको थियो। एकपटक पढेर चित्त नबुझेपछि उनले बारम्बार पढे। कविता कण्ठ नै गरे। 

यहाँ जो आउँछन्– एउटा पात्र देखियो, 

यहाँ जो बस्छन्– अर्को पात्र देखियो। 

कवितामा भेटिएका पात्रले उनको दिमाग खान्थे। कही न कहीँ ती पात्रहरु दिनेशसँग नजिकिन्थे। फिल्मी दुनियाँ देखाउँथे। तर, ती दिनहरुमा उनलाई फिल्मको कुनै ‘आइडिया’ थिएन। चिसो एष्ट्रेबाट प्रभावित भएका दिनेशले फिल्म बनाउँला भन्ने सोचेका पनि थिएनन्। भन्छन्, ‘यसमा फिल्म छ भन्ने लाग्थ्यो तर आइडिया कत्ति पनि थिएन।’ बाल्यकालमा चिसो एष्ट्रे कविताले बालिदिएको झिल्को दुई दशकपछि ‘चिसो एष्टे«’ चलचित्र भएर आयो उनको जिन्दगीमा। 

पचासको दशकमा, उनको बाल्यकालको एक साँझ। डडेल्धुरा गृह जिल्लामा भिडियो फिल्म हेर्न बजार गएका थिए दिनेश। प्राविधिक कारणले फिल्म त हेर्न पाएनन् तर टिभीको स्क्रिनमा देखिएको झ्यार–झ्यारले उनको मनमा रंगिन दुनियाँ बसेको थियो, जसलाई उनले कहिल्यै बिर्सिन सकेनन्। वर्गकार लाग्ने बक्समा देखिएको झ्यार–झ्यार उनलाई ‘म्याजिकल’ लागेको थियो। भन्छन्, ‘टिभी स्क्रिनमा देखेको झल्याकझुलुकले म सानैमा आकर्षित भएको रहेछु। त्यही रुचीले निरन्तरता पायो। तर ती दिनहरुमा काम कसरी गर्छन् केही थाहा थिएन।’ 

१२ वर्षअघि मनमा फिल्मी दुनियाँ बोकेर स्नातक पढ्न जब राजधानी झरे, सहरका चोक र गल्लीहरुमा कवितामा भेटेका पात्रहरु छ्यापछ्याप्ती भेट्न थाले उनले। चिसो एष्ट्रेको ‘यहाँ जो आउँछन्’ पात्र पहिला आफैलाई भेटे। यो सहरको लागि उनी पनि आगन्तुक थिए। सहरका गल्लीहरुमा उनका तिता–मिठा अनभुव छन्। ठमेल र असन, पाटन, भक्तपुरका साँघुरा गल्लीहरुमा उनी बाँच्न थाले। हिँड्दाहिँड्दै उनले अंग्रेजी साहित्यमा स्नातक पनि पास गरे।

‘लेनकाउ’ नाम संस्थामा जागिरे भएर टेलिभिजन कार्यक्रम ‘पैरवी’ लाई निर्देशन गरे। त्यही कामको सिलसिलामा उनले जातीय छुवाछूतलाई मुख्य कथा बनाएर २०६८ तिर ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन पनि गरे। बाल कलाकारलाई मुख्य पात्र बनाएर निर्माण गरेको उक्त फिल्म काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्याण्ड, अमेरिकाा, चीन आदि देशका फिल्म महोत्सवमा छनोटमा पर्यो। विभिन्न अवार्ड जित्यो पनि। दिनेश भन्छन्, ‘चिसो एष्ट्रे’ विभिन्न कामको सिकाइले बनेको हो।’ 

बालकृष्ण सम निर्देशन गर्दाका दिनहरुमा उनले केही साथी बनाएका थिए। ती साथीहरुबाटै उनले हौसाला पाए–फिल्म बनाउने। अहिले पनि ती साथीहरु ‘एसी कलेक्टिभ्स’ नामको समूहबाट चिसो एष्ट्रेसँग जोडिएका छन्। भन्छन्, ‘साथीहरुकै साथ सहयोगबाट चिसो एष्ट्रेको पटकथा लेख्न ऊर्जा पाएँ।’

‘बालकृष्ण सम’को पटकथा–निर्देशन दिनेशकै थियो। तर बिग बजेटमा ठूलो फिल्म बनाउन मूल रुपमा कथा नै बलियो चाहिन्थ्यो। उनीसँग तत्काल कथा थिएन। गतिलो स्क्रिप्ट थिएन। उनले केही कथाहरु ‘स्क्रिनप्ले’ गर्ने कोसिस पनि नगरेका होइनन् तर आफैंले चित्त बुझाउन सकेनन्। लेख्दालेख्दै गरेका स्क्रिप्टको ड्राफ्टलाई च्यातेर डस्टबिनमा फ्याँकिदिए। आफूलाई रोके। भन्छन्, ‘इमान्दार भएर भन्नुपर्दा सुरुवातमा लेखेका केही स्क्रिप्टले आफूलाई गिज्याए। लेख्नै रोकें।’

कवितामा भेटिएका पात्रले उनको दिमाग खान्थे। कही न कहीँ ती पात्रहरु दिनेशसँग नजिकिन्थे। फिल्मी दुनियाँ देखाउँथे। तर, ती दिनहरुमा उनलाई फिल्मको कुनै ‘आइडिया’ थिएन।

अनि, उनी सहर निस्किए कथा खोज्न। सहरका गल्लीहरुमा उनी कथा खोज्दाखोज्दै पुगे बाल्यकलामा पढेको कविता चिसो एष्ट्रेमै। आफू स्वयम्लाई उनले चिसो एष्ट्रेको पात्र देख्न थाले। ‘वान लाइन स्टोरी’ त उनले चिसो एष्ट्रेमै भेटे। 

‘कथाको खोजीमा चिसो एष्ट्रे नै भेटें,’ उनले भने। एक साँझ २० रुपैयाँ पर्ने ‘रफ कपी’ लिएर कोठामा छिरे र लेख्न बसे। उनले धाराप्रवाह लेखे। ४८ घण्टामा स्क्रिप्टको पहिलो ड्राफ्ट (खाका) तयार पारे। त्यही ड्राफ्ट बोकेर साथीहरु माझ पुगे। आफ्नो वानलाइन आइडिया सुनाए। साथीहरु हौसिए। पहिलो ड्राफ्ट सबैलाई मन पर्यो। भन्छन् ‘लेखक भएर लेखें तर जब निर्देशकको नजरबाट हेरे थाहा पाएँ कमजोरी। यो स्क्रिनप्ले होइन भन्ने ठम्याएँ।’ 

कथाले उनलाई कन्भिन्स गरे पनि पटकथामा उनी कन्भिन्स हुन सकेनन्। अनि सुरु गरे, पहिलो ड्राफ्ट स्क्रिप्टको पोस्टमार्टम। स्क्रिप्टमा हुने भित्री कमजोरी खोज्न थाले। एकएक गरेर पटकथामा लुकेको झुटहरु खुल्न थाल्यो। कतिपय कुराहरु उनैलाई थाहा पनि थिएन। भन्छन्, ‘के छ त कमजोरी भनेर विद्यार्थीको हिसाबले खोज्न थालें।’ स्क्रिप्ट राइटिङ उनले विषय होइन। तर, ‘नेचुरल वे अफ स्टोरी टेलिङ’ आउँथ्यो उनलाई। डेब्यु फिल्म भएकोले ‘रिस्क’ पनि लिन चाहेनन्। पहिला केही बुझौं न भनेर उनी दत्तचित्तका साथ पटकथा लेखनमा लागे। 

हुन त, पहिलो ड्राफ्टमै फिल्म बनाउन सक्थे उनी। बाँकी साथीहरुलाई भुलभुलैयामा राख्न सक्थे तर आफूलाई झुट बोल्न सकेनन्। पहिलो गाँसमै ढुंगा लाग्नु हुँदैन सचेत थिए। केही चिज नपुगेको हो कि या कमजोरी पहिल्याउन नसकेको हो कि भन्ने लागेर धेरै समय लगाए। 

‘राम्रो लेख्नका लागि होइन कि बेसिक लेबलमा सामान्य ‘एचिभमेन्ट’ पाउन पाए पनि हुन्थ्यो भन्ने हो। एक्स्ट्रा अर्डिनरी अर्को ठाउँमा छ’, कुराकानीका क्रममा उनले भने। 

‘नेपाली सिनेमामा प्रायः ओपनिङ सिनबाटै समस्या देखिन थाल्छ। यसो हुनुको कारण कथालाई भावनामा मात्रै बगाउने कोसिस गर्नु हो। केही फिल्म लेखक अपवाद बाहेक फिल्मलाई सीपको रुपमा लिँदैनन्। स्क्रिनप्लेलाई कतिपयले भावनाको रूपमा लिन्छन् तर, भावनाले फिल्म गतिलो बन्दैन,’ दिनेश भन्छन्।

४८ घण्टामा तयार पारेको पहिलो ड्राफ्टलाई परिमार्जन गर्न २ वर्ष लगाए उनले। यो दुई वर्षमा चौथो ड्राफ्टको काम गरे। काम र सिकाइलाई सँगसँगै लैजाँदै गरेका दिनेश भन्छन्, ‘जम्मा नौ ड्राफ्ट गरें। स्क्रिनप्लेमा मात्रै चार वर्ष लगाएँ।’

चिसो एष्ट्रेको पटकथा (स्क्रिनप्ले) तयार पार्न मात्रै चार वर्ष लगाएका दिनेशले चिसो एष्ट्रेको ‘प्रि प्रोडक्सन’ र ‘पोष्ट प्रोडक्सन’मा अरु तीन वर्ष खर्चिए। सात वर्ष लगाएर निर्माण गरेको ‘चिसो एष्ट्रे चलचित्रले चैत चार गतेका लागि प्रदर्शनको मिति पाएको छ। चार ‘च’ समाएर हिँडेका दिनेश चिसो एष्ट्रेले दर्शकको चित्त दुखाउँदैन भन्नेमा ढुक्क छन्। भन्छन्, ‘बेसिक लाइनमा कम्प्याक्ट फिल्म हेरियो भने पनि चित्त दुख्दैन। राम्रो नराम्रो पछिको कुरा भयो तर चित्तचाहिँ झट्ट दुखाइ हाल्दैन।’ 

पटकथा लेखनमा बजेट पनि राम्रै लगाए उनले। छड्के फिल्मका निर्देशक निगम श्रेष्ठ र विक्रम थारु स्क्रिप्ट एनलाइसिसमा थिए। स्क्रिप्टको सुपरभिजनमा प्रतीक प्रधान थिए। सुपरभिजन र स्क्रिप्ट एनलाइसिसमा थप आठजना खटिएका थिए।

कथा सबैसँग हुन्छ। मान्छेको जीवनमा केही न केही घटना घटिरहेका हुन्छन्। केही देखिरहेका हुन्छन्। विगतका सबै घटना कथाचाहिँ बन्न सक्दैनन्। चित्र हुन्छ, ध्वनि हुन्छ, भावना हुन्छ, कथा हुन्छ। धेरैलाई त्यही कथा हो जस्तो लाग्छ तर त्यो भावना हो। जब उनले निर्देशक भएर आफ्नै कथालाई हेरे, भावना बाहेक केही भेटेनन्। भन्छन्, ‘जब निर्देशक भएर हेरें, मेरो कथामा भावनाबाहेक केही रहेनछ भन्ने लाग्यो। भावनै–भावनालाई कसरी खिच्ने त? स्क्रिन राइटिङ खै? पर्दामा जे दिखाउन खोजेको हो त्यो लेखिएकै छैन। भावनाले कसरी फिल्म बनाउने? मलाई महसुस भयो कि, पट छैन कथा मात्रै भएर भएन। पटकथा चाहियो। कथा र पट फरक हो।’ 

‘नेपाली सिनेमामा प्रायः ओपनिङ सिनबाटै समस्या देखिन थाल्छ। यसो हुनुको कारण कथालाई भावनामा मात्रै बगाउने कोसिस गर्नु हो। केही फिल्म लेखक अपवाद बाहेक फिल्मलाई सीपको रुपमा लिँदैनन्। स्क्रिनप्लेलाई कतिपयले भावनाको रूपमा लिन्छन् तर, भावनाले फिल्म गतिलो बन्दैन,’ दिनेश भन्छन्।

उनी संसारले भिजुअल आर्टमा मारेको फड्को सम्झिँदै फिल्म लेखन नै बलियो हुनुपर्नेमा जोड दिन्छन्। फिल्मसँग निर्देशक दिनेश निकै आशावादी छन्। मल्टी स्टार कास्टका साथ उनले पहिलो फिल्म निर्देशन गर्नु व्यक्तिगत जीवनमा फड्को मारे पनि चलचित्र निर्माणमा भने चुनौती मोलेको लाग्छ उनलाई। र चिसो एष्ट्रेमाथि फिल्म बनाउनुको कारण भूपिको चिसो एष्ट्रे कवितालाई जस दिन्छन्। 

मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई भन्ने कोसिस गरेका छन् उनले। सहरमा झरेपछि मानिसहरु आफूलाई स्थापित गर्ने होडमा हुन्छन् नै आधुनिक बन्न खोज्ने युवाहरुको यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा भन्न खोजेका छन्।

भूपिको चिसो एष्ट्रे कविताले पाठकको मन जितेझैं दिनेशको चिसो एष्ट्रे फिल्मले दर्शकको मन जित्ला? यादगार बन्ला चिसो एष्ट्रे फिल्म? यसको जिम्मा दर्शकलाई नै छोडिदिएका छन् उनले।


प्रकाशित: March 1, 2022 | 12:04:09 काठमाडौं, मंगलबार, फागुन १७, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
फिल्म

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।
नेपाल समय
फिल्म

पुरुषलाई नै नायिका बनाएर निर्माण गरिएको 'राजा हरिशचन्द्र'

सन् १९१३ मे ३ लाई भारतको इतिहासमा सुनौलो दिनको रुपमा लिने गरिन्छ। त्यसै दिन देशकै पहिलो फिचर फिल्म 'राजा हरिशचन्द्र' रिलिज भएको थियो।
नेपाल समय
फिल्म

भुटानबाट नेपाल आइन् ‘२ नम्बरी’ नायिका उगेन

२ नम्बरीमा मुख्य भूमिका वहन गरेकी भुटानी नायिका उगेन फिल्म प्रमोसनका लागि नेपाल आएकी हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना