बिहीबार, मंसिर २२, २०७९

पोखरामा ‘पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ सुरु

नेपाल समय  |  काठमाडौं, सोमबार, पुष १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुष १२, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- पोखरामा आयोजना हुँदै आएको ’पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आज सोमबारदेखि सुरु हुँदैछ। पाँच दिन चल्ने महोत्सवको पाँचौँ संस्करणमा २० देशका लामा–छोटा गरी ९४ बढी फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुने छन्।

निर्देशक इयान स्कट क्लिमेन्टको ’बासेन्जी’ फिल्म प्रदर्शनसँगै महोत्सव सुरु हुने छ। करिब १ घण्टा २१ मिनेटको फिल्ममा असीम निरौला, सुप्रिम राई र सरिता गिरीको मुख्य भूमिका छ। 

फिल्म प्रदर्शनीसँगै महोत्सवमा मास्टर क्लास, वर्कसप, ल्याब, फोटो प्रदर्शनी, चित्रकला, साहित्यिक प्रस्तुतिहरू छन्। यसबाहेक लोक तथा परम्परागत गीत–संगीत, नाचलगायत मौलिक प्रस्तुतिहरू पनि महोत्सवको आकर्षणका रूपमा रहने बताइएको छ।

साउथ एसियाका डकुमेन्ट्री, महिला निर्देशक तथा फिल्म पढेका विद्यार्थी लक्षित फिल्म र गतिविधि पनि समावेश छन्।यसबाहेक झुमा लिम्बूले नेतृत्व गरेको रैथाने संगीत समूहले संगीत प्रस्तुत र अन्तक्रियात्मक कार्यक्रम पनि महोत्सवको आकर्षण हुने छ।

फेस्टिभल प्रोग्रामिङ प्रमुख नवनिधि दाहालले भने, ’पामे फिल्म फेस्टिभललाई सिनेमा र कला क्षेत्रका विभिन्न विधाका सर्जक र यसलाई मन पराउने मानिसहरूलाई जोड्ने उद्देश्य राखी फेस्टिभल सुरु भएको हो। यस पटक पहिलाभन्दा धेरै फिल्म र गतिविधि समेट्न पाउँदा उत्साहित छौं।’

महोत्सवको मुख्य कार्यक्रम पोखराको फेवाताल किनारमा हुनेछ भने अन्य गतिविधि विभिन्न हल तथा होटेलमा हुने छन्।

महोत्सवले पर्यटकीय नगरी पोखराको पर्यटन उद्योगमा सिनेमा र कलाका माध्यमबाट योगदानसमेत दिने महोत्सव निर्देशक दाहालले जोड दिए।

भारतीय निर्देशक अजितपाल सिंहको ‘फायर इन दि माउन्टेन’ प्रदर्शनसँगै समापन हुने महोत्सवमा निर्देशक मोहन राईको ’महानगर’ को नेपाल प्रिमियर हुँदैछ। फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका छ।

फेस्टिभलका महासचिव नवराज सुवेदीले पामे महोत्सवलाई नवीतम प्रविधि र ज्ञानको आदानप्रदान थलो भन्छन्। ’महोत्सवले अन्तर्राष्ट्रिय कथा तथा फिल्म निर्माणका विभिन्न पाटोबारे सिक्ने, सिकाउने र उत्सव मनाउने अवसर दिँदै आएको छ’, महासचिव सुवेदीले भने।

महोत्सवका संयोजक प्रवीण कार्की ’टक्की’ राजधानीबाहिर सिनेमा महोत्सवलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताउँदै भन्छन्, ’फिल्मका माध्यमबाट कलाका विविध विधा र पर्यटन उद्योगलाई समेत जोड्ने यो महोत्सव हाम्रा लागि औपचारिक र अनौपचारिक दुवै खालका सिकाइको थलो बन्ने विश्वास लिएका छौं।’

विविध विधाका ९४ फिल्मबीच प्रतिस्पर्धा हुने महोत्सवमा सर्ट फिल्म, डकुमेन्ट्री, स्टुडेन्ट फिल्म, क्रिटिक्स र अडियन्स च्वाइस अवार्डसमेत प्रदान गरिने कार्यक्रम छ। महोत्सव डिसेम्बर ३१ सम्म चल्ने छ।


प्रकाशित: December 27, 2021 | 09:35:00 काठमाडौं, सोमबार, पुष १२, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
फिल्म

चुनाव र विश्वकपले सुस्ताएको नेपाली चलचित्र बजार

फिल्म निर्माणको अफ सिजन, आमनिर्वाचन, विश्वकपका कारण चलचित्र क्षेत्रमा ठूला ब्यानरका चलचित्र बनेका छैनन्।
नेपाल समय
फिल्म

विदेशमा अवार्ड गर्नु चुनौतीपूर्ण रहेको अभिनेता राजेश हमालको धारणा

यूएस खबर, फेम नेपाल, ८४ मिडिया र आर्यन फिल्म्सले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन्।
नेपाल समय
फिल्म

चलचित्र निर्माता संघको कार्यसमितिमा थपिए गिरी र बानियाँ

चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताको छाता संस्था हो।
नेपाल समय
फिल्म

शुक्रबारदेखि प्रदर्शनमा आउँदै पासो

दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा बोल्छ।
नेपाल समय
फिल्म

इजरायली फिल्म निर्माता नदाव लपिडले भने–कश्मीर फाइल्स भद्दा प्रोपोगान्डा हो

सन् १९९० दशकमा कश्मीरी पण्डितको पलायन र हत्यामा आधारित कश्मीर फाइल्सलाई भारतको गोवामा सञ्चालन भइरहेको ५३औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा जुरी अध्यक्ष तथा इजरायली फिल्म निर्माता नदाव लपिडले प्रोपोगान्डा भनेपछि विश्वव्यापी तरंग।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना