सोमबार, असोज १७, २०७९

पौडेलले घोषणा गरे 'दि प्रेमपूजा–२'

नेपाल समय  |  काठमाडौं, मंगलबार, पुष ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुष ६, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ घोषणा गरेका छन्। मंगलबार पत्रकार सम्मेलन आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायांकन हुने जानकारीसहित कलाकार तथा प्राविधिक टिम घोषणा गरेका हुन्। 

‘बि कम्पनी’को निर्माण तथा ‘क्याराभान नेपाल’को प्रस्तुति रहेको चलचित्रमा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीको मुख्य भूमिका रहेको छ। अन्य कलाकारहरूमा सुवास गजुरेल, बबि रोजा ढकाल, सविता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल रहेका छन्। यस्तै गीत–संगीत दयाराम दाहाल र हरि भूषालको रहेको छ भने छायांकनमा महेन्द्र थापा तथा सहनिर्देशकको रुपमा विनय गौतम रहेका छन्।

‘तीन दशकपछि आफ्नो पुरानो टोली र नयाँ कलाकारसहित दी प्रेमपूजा–२ घोषणा गरेको छु,’ लेखक तथा निर्देशक दुवैको भूमिकामा रहेका पौडेलले भने, ‘कोभिड महामारीले गर्दा संकटमा परेको चलचित्र क्षेत्रमा नयाँ उर्जा र आधार दिने उद्देश्यले यो चलचित्र बनाउन लागेको हुँ।’ 

कलाकार सुवास गजुरेलले दी प्रेमपूजा–२ विदेशमा छायांकन गर्ने भनिए पनि मूल कथावस्तु नेपाली समाज र संस्कृति रहेको बताए। उनले भने, ‘मौलिक नेपाली स्वादको स्तरीय सिनेमा बनाउन सक्यो भने नेपाली सिनेमाको उत्थान हुन्छ। प्रेमपूजाले त्यो पूरा गरोस् भन्ने शुभकामना दिन चाहन्छु।’ तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय विमल पौडेलको निर्देशनमा यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायत चलचित्र प्रदर्शन भइसकेका छन्। 


प्रकाशित: December 21, 2021 | 15:15:00 काठमाडौं, मंगलबार, पुष ६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
फिल्म

ऐतिहासिक कथामा बनेको ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए। फिल्मले नेपाली विरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ-संस्था तथा राज्यसँग अपिल गरेका छन्। उनले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
फिल्म

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना