सोमबार, असोज १७, २०७९

मेलम्चीको त्रासदी सम्झाउने ‘गड्ज बफ्यालो’ किम्फमा सर्वोत्कृष्ट

नेपाल समय  |  काठमाडौं, मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- असार १ गते राती सिन्धुपाल्चोक चनौटेमा उर्लिएको बाढीले होमनसिंह शिवभक्तीको भैंसी बगायो। आफूले माया र पूजा गर्ने भैंसी आँखैअघि इन्द्रावतीको बाढीमा बेपत्तापछि शिवभक्तीले के सोचे? 

हेलम्बु–२ किउलबाट बगेको त्यो भैंसी चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्ची, बाहुनेपाटीका गल्छेँडाहरु पार गर्दै कसरी सीमावर्ती काभ्रेपलाञ्चोकको फड्केश्वर पुग्यो? कसरी उद्धारकर्ताले यो गर्भिणी भैंसीलाई उद्धार गरे? 

चर्चित छायांकार विष्णु कल्पितले निर्देशन गरेको १४ मिनेट २० सेकेन्ड लामो फिल्म ‘गड्ज बफ्यालो’ अर्थात् भगवानको भैंसीले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को १९औं संस्करणमा एक हजार अमेरिकी डलर नगदसहित सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड जितेको छ। 

यही फिल्मले नेपाल पानोरमा विधातर्फ सर्वोत्कृष्ट डकुमेन्ट्री विधा समेत जित्दै ७५ हजार रुपैयाँ हासिल गर्‍यो। ‘निकै सरल तर, शक्तिशाली कथावाचन’ फिल्मका जुरी मारियो कसेलाले फिल्मको नाम घोषणा गर्दै स्वीटजरल्यान्डबाट भर्चुअल माध्यमबाट भने, ‘यसले ग्रामिण जीवनलाई काव्य शैलीमा भनेको छ र मर्मस्पर्शी कथा बोकेको छ।’

निर्देशक तथा छायाकार कल्पितले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालबाट पुरस्कार ग्रहण गरे। फिल्म निर्देशक समेत रहेका दाहालसँग आफूले दुईवटा फिल्ममा काम गरेको अनुभव सुनाउँदै कल्पितले उनकै हातबाट पुरस्कार लिन पाउँदा खुशी लागेको बताए।

बोर्ड अध्यक्ष दाहालले पनि कल्पित निर्देशित फिल्मको कथा सरल भएपनि सशक्त रहेको भन्दै प्रशंसा गरे। 

नेपाल पानोरमा खण्डमा किरण श्रेष्ठ निर्देशित फिल्म ‘येट एनादर विन्टर’ उत्कृष्ट आख्यान फिल्म बन्यो। जितसहित यो फिल्मले १ लाख रुपैयाँ नगद जित्यो। ग्रामीण महिलाको मनोवैज्ञानिक यात्राको कथा भन्ने यो फिल्मले पितृसत्तात्मक समाज र अन्धविश्वासबीचको द्वन्द्वको कथा पनि भन्छ। फिल्मका जुरी अनुप बरालले मनोवैज्ञानिक थ्रीलरको रुपमा यसलाई परिभाषित गरे। 

नेपाल पानोरमा खण्डमै विभूषण बस्नेत र पूजा गुरुङ निर्देशित ३८ मिनेट लामो फिल्म ‘द बिग हेडेड ब्वाइ, स्यामन्स एन्ड सामुरिज’ले स्पेसल मेन्सन अवार्ड जित्यो। बाल कलाकार खोज्दै गाउँ हिँडेका दुई जना फिल्म निर्माताको भोगाइको कथा यसले चित्रण गर्छ। यी दुई जना निर्देशित फिल्म ‘डम्बरे डेन्ड्राइट’ र ‘दाद्या’ यसअघि किम्फमा देखाइएका छन् भने ‘होलटाइमर’ उनीहरुको आगामी फिचर फिल्म हो। 

अन्तर्राष्ट्रिय खण्डतर्फ पाभ्लो बारबास निर्देशित ५४ मिनेट लामो फिल्म ‘एभरेस्ट : द हार्ड वे’ सर्वोत्कृष्ट बन्दै दुई लाख रुपैयाँ पुरस्कार जित्यो। सन् १९८५ मा १८ सदस्यीय बेलायती आरोही दलले कसरी सीमित अक्सिजन र डोरीको सहायताबिनै दक्षिण–पश्चिम मोहडाबाट सगरमाथाको सफल आरोहण गरे भन्ने चित्रण यसले गर्छ। क्रिस बोनिङ्टन लिखित सोही नामको पुस्तकमा यो फिल्म आधारित छ।

कोलम्बियाली निर्देशक भिभियाना गोमेज निर्देशित ९२ मिनेट लामो फिल्म ‘बिट्विन फायर एन्ड वाटर’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खण्डतर्फ दोस्रो बनेको छ। फिल्मले डेढ लाख रुपैयाँ जित्यो। जनजाति अभिभावकबाट आश्रित र हुर्काइएको मुख्य पात्र क्यामिलोले आफ्नो सही पहिचानको लागि गरेको संघर्ष यसको मुख्य कथ्य हो। 

१०५ मिनेट लामो अमेरिकी फिल्म ‘आफ्टर अन्टार्कटिका’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा तेस्रो बन्दै १ लाख रुपैयाँ जित्यो। तासा भान ज्यान्डट निर्देशित फिल्मले ध्रुवीय अनुसन्धानकर्ता विल स्टिगरले अन्टार्कटिका पुगेर फर्किएपछि पृथ्वीका दुई ध्रवमा आएको वातावरणीय परिवर्तनको चित्रण यसले गर्छ। उनले अन्टार्कटिकमा अनुसन्धान र भ्रमण गर्दा डरलाग्दा चुनौती र जोखिम यसमा निहित छ। 

अन्तर्राष्ट्रिय विधातर्फ अरमेनियाली निर्देशक तामारा स्टेफनयान निर्देशित ‘भिलेज अफ वुमन’ले स्पेसल मेन्सन अवार्ड जित्यो। ८३ मिनेट लामो यो फिल्मले पुरुषबिनाका ९ महिना कसरी महिला, बालबालिका र वृद्धवृद्धाले गाउँमा जीवन बिताउँछन् भन्ने चित्रण यसले गर्छ। 

५ दिनसम्म चलचित्र विकास बोर्डमा आयोजना भएको किम्फको समापनमा डोमिनिक बुस र जोन पोर्टर निर्देशित फिल्म ‘एभरेस्ट : बाइ दोज हु वेयर दियर –१९२१, १९२२, १९२४’ प्रदर्शन गरियो। सगरमाथा आरोहणको शताब्दी पूरा भएपनि त्यससँग गाँसिएको सम्बन्ध यसमा चित्रण छ। 

फेस्टिभलको अन्तिम दिन सोमबार दिगो आरोहण विषयमा छलफल कार्यक्रम समेत गरियो। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले दिगो आरोहणका लागि हिमालय पर्वतलाई संरक्षण गर्नुपर्ने र सरकार तथा सम्बन्धित निकाय सचेत हुनुपर्ने बताइन्। जलवायु संकटविरुद्ध लड्न नेपाललाई बेलायतले सघाउने प्रतिबद्धता उनले जनाइन्। 

फेस्टिभलमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र १३ फिल्म नेपाली पानोरमा विधामा सहभागी थिए। यसपटक भौतिक उपस्थिति र अनलाइन माध्यमबाट हाइब्रिड शैलीमा किम्फ आयोजना गरिएको थियो। कोरोना महामारीको जोखिमको बाबजुद पनि फेस्टिभलमा देखिएको उत्साहजनक सहभागिताप्रति किम्फ फेस्टिभल निर्देशक रम्यता लिम्बु खुशी देखिइन्। किम्फको अफिसियल वेबसाइटमा राखिएका फिल्महरु अझै एकसाता हेर्न पाइने भएको छ। 

हिमाल एसोसियसनले आयोजना गरेको फेस्टिभलमा जलवायु परिवर्तन, लैंगिकता, महिनावारी तथा स्वास्थ्यजस्ता मुद्दामा छलफल समेत आयोजना गरिएको थियो। फेस्टिभलको शुभारम्भ चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले गरेका थिए। 

यस संस्करणमा फिल्म निर्देशक अनुप बराल, स्वीस फिल्ममेकर क्यारोलिन फिंक र स्वीस लेखक मारियो कासेला जुरी थिए। फेस्टिभलको प्रिमियर चाहिँ काइल रुडिक निर्देशित फिल्म ‘ड्रीम माउन्टेन’द्वारा गरिएको थियो। फेस्टिभलको अन्तिम दिन किम्फले फिल्ममेकर र विदेशी पाहुनाको लागि रात्रीभोज समेत आयोजना गरिएको थियो। 



प्रकाशित: December 14, 2021 | 06:30:00 काठमाडौं, मंगलबार, मंसिर २८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
फिल्म

ऐतिहासिक कथामा बनेको ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए। फिल्मले नेपाली विरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ-संस्था तथा राज्यसँग अपिल गरेका छन्। उनले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
फिल्म

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना