सोमबार, असोज १७, २०७९

जन्मदिनमा आफ्नै भव्य निवास भत्काउने फिल्मकर्मी

नेपाल समय  |  काठमाडौं, मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– ‘साहेब बिबी और गुलाम’ फिल्मको प्रारम्भिक दृश्यमा मजदुरहरुले ठूलो दरबारझैं लाग्ने घर भत्काउँदै गरेको देख्न सकिन्छ। भवन भत्काउँदै गरेका मजदुरलाई खाना खाने समयको सूचना दिइन्छ। सबै मजदुर खाना खान निस्किन्छन्। सुकिला कपडा लगाएका एक व्यक्तिले नक्सा र टोपी हातमा लिएर मजदुरका मुहार निर्निमेष हेर्छन्। ती कलाकार हुन्, गुरुदत्त।

‘साहेब बिबी और गुलाम’ फिल्मको ओपनिङ दृष्यकै कथा गुरुदत्तले आफ्नो वास्तविक जीवनमा पनि भोग्नुपरेको थियो। उनले ‘रिल लाइफ’को कथालाई ‘रियल लाइफ’मा किन भोग्नुपरेको थियो होला? यसका लागि ५८ वर्ष पछाडि अर्थात् सन् १९६३ तिर फर्किनुपर्छ। सन् १९६३ को कुनै एक साँझ गुरुदत्त बर्लिन फिल्म फेस्टिबलबाट बम्बई फर्किएका थिए। त्यो समय निकै उदास थिए उनी। हप्तौंसम्म सुत्न सक्दैनथे। निदाउनका लागि औषधी खानुपर्थ्यो। यसो हुनुको कारण वहीदा रहमानसँग उनको टुटेको सम्बन्ध थियो।   

सन् १९२५ जुलाई ९ का दिन बैंगलोरमा जन्मिएका गुरुदत्त (वसन्त कुमार शिवशंकर पादुकोणे) ले १९५० देखि १९६० को बीचमा निकै हिट फिल्म दिए। उनी अभिनेता मात्रै थिएनन्, फिल्म निर्देशक र निर्माता पनि थिए। फिल्म क्षेत्रमा लागेर नाम र दाम दुवै कमाएका गुरुदत्त सन् १९६३ तिर बम्बईको पाली हिलमा बस्थे। त्यहीँ उनको भव्य दरबारजस्तो घर थियो। सपनाको दरबारजस्तो लाग्ने त्यो घर गुरुदत्तको लागि भने नराम्रो सपनाजस्तो भइदियो।

गुरुदत्तकी बहिनी ललिता लाजमी त्यो घरलाई भूतको घर भन्थिन्। उनले भनेकी थिइन्, ‘गीता (गुरु दत्तकी श्रीमती गीता दत्त) लाई त्यो घर भूतको घरजस्तो लाग्थ्यो। त्यो घरमा एउटा रुख थियो। रुखमा भूत बस्छ भन्थे। भूतले अपशकुन ल्याउँछ । त्यसकारण गुरु दत्तको वैवाहिक जीवन जिन्दगी बिग्रिँदै गयो। यहाँसम्म कि बैठक कोठामा राखिएको बुद्ध भगवानको मूर्तिमाथि पनि गीता भूतको शंका गर्थिन्।’ आफ्नै निवासभित्र परिवार डराउनु, गुरु दत्त र गीताबीचको सम्बन्ध चिसिनु अनि वहीदा रहमान र उनीबीचको प्रेममा दरार आउनुका कारण उनी पूर्ण रुपमा मानसिक समस्यामा परेका थिए। मानसिक समस्याका कारण नै उनले दुई पटक आत्महत्या गर्ने कोसिस पनि गरे तर, दुवैपटक बाँचे। 

प्यासा, सुहागन, कागजके फूल, भरोसा जस्ता कैयांै हिट फिल्म दिएका गुरुदत्तलाई एकदिन उनका मित्रले भेटेर सोधे, ‘तिमी किन आत्महत्या गर्न चाहन्छौ? तिमीसँग त सबथोक छ। धनसम्पत्ति, परिवार, आफ्ना आफन्त सबथोक छ र पनि जिन्दगीसँग किन असन्तुष्ट छौ?’ 

गुरुदत्तले जवाफमा भने, ‘म जिन्दगीदेखि होइन, स्वयम्देखि असन्तुष्ट छु। मेरो दरबारजस्तो घर, सुख र सम्पत्ति जोड्ने सपना कैयांैले देख्छन्। तर, मसँग शान्तिले बस्ने सानो कुनो छैन। त्यो कुनो यदि मिल्थ्यो भने म चैनले बाँकी जिन्दगी गुजारिदिन्थें।’

सन् १९६३ जुलाई ९ का दिन गुरु दत्तको जन्मदिन थियो। यो दिनलाई उनी सम्झिनै चाहँदैनथे। आफ्नो जन्मदिन र घर बिर्सनका लागि उनले आफ्नै शानदार दरबारजस्तो घरलाई भत्काउन मजदुर लगाए।

‘साहेब बिबी और गुलाम’को ओपनिङ दृष्यलाई उनले आफ्नो वास्तविक जिन्दगीमा दोहोर्याए संसारलाई चकित पारिदिएका थिए। गुरु दत्तको जिन्दगी नै फिल्म थियो र फिल्म नै जिन्दगी थियो। 

एकदिन उनका मित्र फिल्म लेखक विमल बम्बई आएको बेला गुरु दत्तले उनलाई आफ्नो नयाँ फ्ल्याटमा बोलाउँछन्। त्यो भाडाको फ्ल्याट थियो। उनले आफ्नो भव्य आलिशान घरलाई भत्काउनुको अनेक कारणहरु सोधेका थिए। तब गुरुदत्तले मित्रलाई भत्काइँदै गरेको दरबार देखाउन पाली हिल लिएर गएका थिए। उनका मित्रले आलिशान भवन भताभुंग देखेर आश्चर्य मानेका थिए। तर, गुरु दत्त मौन थिए। उनको आँखाको चेपमा आँसु थियो। मनभरि पीडा थियो। भत्किएको दरबार हेरिसकेर उनीहरु कारमा फर्किए। फर्किंदा उनका मित्रले सोधे, ‘किन यस्तो गरेको?’ गुरुदत्तले भने, गीताका कारणले। 

श्रीमतीका कारण भव्य घर भत्काएको थाहा पाएर आश्चर्यमा परेका उनका मित्रले सोधे, ‘यो त कुनै कारण नै भएन।’ गुरु दत्तले खल्तीबाट चुरोट निकालेर सल्काउँदै लामो कस ताने। धुवाँ उडाएपछि उनले भने, ‘घर नहुनुको पीडा भन्दा घर भएर हुनुको पीडा अत्यन्तै भयंकर हुँदोरहेछ।’

–द ललनटपका लागि अविनाश आर्यनले लेखेको सामग्रीको भावानुवाद



प्रकाशित: December 7, 2021 | 21:10:00 काठमाडौं, मंगलबार, मंसिर २१, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
फिल्म

ऐतिहासिक कथामा बनेको ‘नालापानी’को ट्रेलर सार्वजनिक (भिडियो)

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक अधिकारीले लामो समय अध्ययन र अनुसन्धान गरेर ९ वर्ष लगाएर फिल्म निर्माण गरेको बताए। फिल्मले नेपाली विरताको गाथा बोकेकाले सोलो रिलिजको अवसर मिलाइदिन पनि उनले फिल्म सम्बद्ध संघ-संस्था तथा राज्यसँग अपिल गरेका छन्। उनले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले दर्शकलाई एकपटक हेरिदिन पनि आग्रह गरे।
नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को माग डायस्पोरामा पनि

नेपालमा दर्शक र समीक्षकबाट दशककै उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ले विदेश यात्राको तय गरेको छ।
नेपाल समय
फिल्म

कर चुक्ता नगरेका कारण प्रेमगीत-३ को सेन्सर रोकिएको थियो : भुवन केसी

बोर्डले केही दिनसम्म रोकिराखेको सेन्सर अनुमति करचुक्ता प्रमाणपत्र पेस गरेपछि भने सेन्सर पास गर्नका लागि केन्द्रीय चलचित्र जाँच समितिमा सिफारिस गरिएको जानकारीसमेत बोर्डले दिएको छ।
नेपाल समय
फिल्म

'प्रेम गीत-३' को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति

चलचित्र विकास बोर्डले 'प्रेम गीत-३' फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना