शुक्रबार, मंसिर १६, २०७९

तीन वर्षपछि सकियो फिल्म ‘विच्छेद'को छायांकन

नेपाल समय  |  काठमाडौं, आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- विश्वव्यापी महामारी 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘विच्छेद’को तीन वर्षपछि छायांकन सकिएको छ। २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो।

निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमुख अभिनय रहेको छ। मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा काम गरेका थिए।  

राज पण्डित, सुवास राई र सावी बज्राचार्य को लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको बताइएको छ। संकल्प भुजेल छायाकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए। फिल्ममा एसडी योगी र सुरज थापाको संगीत छ।

रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन भएको हो। लकडाउनका कारण फिल्मको छायांकन अवधि तीन वर्ष लम्बिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको निर्देशक चौलागाईं बताउँछन्।


प्रकाशित: December 5, 2021 | 19:34:17 काठमाडौं, आइतबार, मंसिर १९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
फिल्म

शुक्रबारदेखि प्रदर्शनमा आउँदै पासो

दुई नायिका केन्द्रित फिल्मले महिला अपहरण, बलात्कार र विद्रोहको कथा बोल्छ।
नेपाल समय
फिल्म

इजरायली फिल्म निर्माता नदाव लपिडले भने–कश्मीर फाइल्स भद्दा प्रोपोगान्डा हो

सन् १९९० दशकमा कश्मीरी पण्डितको पलायन र हत्यामा आधारित कश्मीर फाइल्सलाई भारतको गोवामा सञ्चालन भइरहेको ५३औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा जुरी अध्यक्ष तथा इजरायली फिल्म निर्माता नदाव लपिडले प्रोपोगान्डा भनेपछि विश्वव्यापी तरंग।
नेपाल समय
फिल्म

महजोडीको फिल्म 'महापुरूष'ले कमायो १० करोड

यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ। नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ।
नेपाल समय
फिल्म

शवाना आजमी भन्छिन्- रंगमञ्चका लागि यो कठिन समय

दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवको लागि काठमाडौं आएकी आजमीले दिल खोलेर नेपाली सौन्दर्य, कला र संस्कृतिको प्रशंसा गरिन्। पत्रकारसँगको भेटघाटमा उनले भनिन्, ‘नेपालको कला, संस्कृतिको म सदैव प्रशंसक हुँ। नेपाल संस्कृति र कलामा धनी छ।’
नेपाल समय
फिल्म

पर्यटनले बोर्डले हेऱ्यो ‘उचाइ’, नेपाललाई छायांकन हब बनाउन सहकार्य गर्ने प्रतिबद्धता

पर्यटन बोर्डका व्यस्थापक सूर्य थपलियाले चलचित्र र पर्यटन क्षेत्रको सहकार्यको ढोका खोल्ने प्रयासस्वरुप प्रदर्शनी आयोजना गरिएको बताए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना