सोमबार, साउन ३०, २०७९

किम्फको १९ औं संस्करण जलवायु परिवर्तनको विषयमा केन्द्रित हुने

नेपाल समय  |  काठमाडौं, आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं-  हिमाल एसोसियसनद्वारा आयोजित काठमाडौं माउन्टेन फिल्म फेस्टिभल(किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ। किम्फको १९औं संस्करण जलवायु परिवर्तनको विषयमा केन्द्रित हुने भएको छ। 

'क्लाइमेट कर्म' उपशिर्षक दिइएको यस संस्करणमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइनेछन्। भर्चुअल र भौतिक दुवै माध्यमबाट आयोजना गरिने फेस्टिभलमा सोनाम वाङचुक  मुख्य आकर्षण हुने आयोजकले जनाएको छ। लद्दाखका पर्यायवरणविद, रोलेक्स पुरस्कार विजेता वाङचुक फेस्टिभलका 'किनोट स्पीकर' हुन्। आयोजकले उनलाई फेस्टिभलका लागि नेपाल नै ल्याउने तयारी गरेको छ। अमेरिकी फिल्मकर्मी काइल रुडिक निर्देशित फिल्म 'ड्रिम माउन्टेन' प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिनेछ।

'क्लाइमेट कर्म'मार्फत् वातवरणसँग मानवको सम्बन्ध र जलवायु परिवर्तनका विषयमा जोड दिँदै नेपालीलाई असर गर्ने मुद्दाहरूबारे अन्तरक्रिया र संवादसमेत गराउने किम्फको तयारी छ।

किम्फ र युरोपेली संघले नेपाली फिल्म मेकरका लागि 'ग्रीन ग्रोथ-ग्रीन रिकभरी' शीर्षकमा लघु फिल्महरूको प्रतियोगिता पनि गर्नेछ। किम्फ र 'सेभ द चिल्ड्रेन'ले वातावरणका लागि 'कल टु एक्सन'मा टिकटक च्यालेन्ज पनि गर्ने भएको छ।

स्विट्जरल्याण्डका पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्राकार तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल फेस्टिभलका निर्णायक हुन्। निर्णायकले अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन्।


प्रकाशित: December 5, 2021 | 18:02:03 काठमाडौं, आइतबार, मंसिर १९, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को ट्रेलर सार्वजनिक

ऐना झ्यालको पुतलीको ट्रेलरमा स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरेर कथा बुनिएको छ।
नेपाल समय
फिल्म

दया अनि सौगातले बदल्न नसकेको कथा, पात्र र चरित्र

रंगमञ्चबाट सिने क्षेत्र प्रवेश गरेका अभिनेताद्वय दयाहाङ र सौगातले चलचित्रको पर्दामा कथा, पात्र र चरित्रअनुसार फरकपन दिन नसकेको आरोप छ।
नेपाल समय
फिल्म

भुवन केसीविरुद्ध सर्वोच्चमा मुद्दा

शैक्षिक योग्यता नपुगेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
नेपाल समय
फिल्म

कलाकार बनाएको फिल्म 'प्रकाश' छाडेर ‘हिरोइजम’मै फर्किए प्रदीप

१० भदौमा प्रदर्शनमा आउने चलचित्र प्रकाशको प्रचार–प्रसारका लागि कलाकारले नेपालका सहर घुमिरहे पनि प्रदीपले टोलीलाई बीच बाटैमा छाडिदिएका छन्।
नेपाल समय
फिल्म

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना