संसारमा ८ हजार मिटरभन्दा अग्ला शिखर १४ वटा छन्। यीमध्ये सबै शिखर चढ्ने कमै छन्। इतिहास केलाउँदा रेनहोल्ड मेस्नरले १६ वर्ष लगाएर १४ शिखर चढेका थिए। आठ हजारमाथिका शिखर चढेको सबैभन्दा कम समय सात वर्षको थियो। तर निम्सले ७ महिनामा १४ वटै शिखर चढ्ने लक्ष्य लिए। निम्स अर्थात् निर्मल पुर्जा। हो, सात महिनामा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर कीर्तिमान राखेका निर्मल र उनको टिममाथि बनेको वृत्तचित्रले अहिले संसारको ध्यान तानेको छ।
निम्ससँगै मिग्मा, ग्याल्जेन, लाक्पा, गोसमान ५ नेपालीको ‘मिसन पोसिबल टिम’ अगाडि बढ्यो। मिसनले आफ्नो लक्ष्य पूरा गर्न तीन चरण छुट्याएको थियो। पहिलो चरणमा नेपालका अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा, सगरमाथा, मकालु, ल्होत्से गरी ६ वटा शिखर चढ्ने योजना बन्यो। दोस्रो चरणमा पाकिस्तानका ५ वटा अग्ला शिखर आरोहण गर्ने, तेस्रो चरणमा मनास्लु तथा तिब्बतका चोयु र सिसापाङका शिखर चढ्ने योजना थियो।
निम्सले ६ महिना ६ दिनमा त्यो असम्भव काम सम्भव बनाएर एउटा प्रेरणादायी काम गरे। उनीसँग सगरमाथा, ल्होत्से र मकालुका शिखर ४८ घण्टामा चढेको कीर्तिमानी रेकर्ड छ भने ६ वटा हिमाल आरोहणको पुरानो रेकर्ड पनि उनले तोडेका छन्।
को हुन् निम्स?
सन् २०१९ को अन्त्यसम्म निम्स नाम सबैका लागि नौलो थियो। नेपालको म्याग्दीको एउटा गरिब परिवारमा जन्मेका निर्मल पुर्जा निम्स दाइका रुपमा चर्चित व्यक्ति हुन्। बाबुआमाका तीन सन्तानमध्ये उनी कान्छा हुन्। सानैदेखि चुनौती स्वीकार गरी त्यसलाई पूर्णतातिर लैजाने उनको बानी थियो। त्यही लगावले उनलाई सफलतामा पुर्याइछाड्यो। उनका बुबा बेलायती गोर्खा सैनिक थिए। बुबालाई मुटुको समस्या देखियो। त्यो समस्याले उनी प्यारालाइज्ड भए। आमा दीर्घरोगी थिइन्। बेलायती गोर्खा सैनिकका सन्तान भएर पनि जीवनका प्रारम्भिक काल त्यति सुखद रहेन।
निम्स सन् २००३ मा बेलायती सेनाको गोर्खा रेजिमेन्टमा भर्ना भए। ६ वर्ष सैनिक सेवा गरेपछि बेलायतको स्पेसल बोर्ड सर्भिसमा छनोटका लागि आवेदन दिए। ती दिन उनी बिहान २ बजे उठेर ३४ किलोको भारी बोकेर २० किलोमिटर दौडिन्थे। दिनभरि काम गर्थे र बेलुका जिम जान्थे। घर फर्कंदा रातको ११ बज्थ्यो।
स्पेसल बोर्ड सर्भिसमा छनोट हुने उनी पहिलो नेलाली थिए। सेनामा सेवारत हुँदा उनले जस्तोसुकै परिस्थितिमा पनि दिमाग शान्त राख्नुपर्छ भन्ने कुरा सिके। अनुभवले कठिन चुनौतीसँग लड्न सिकायो। जीवनमा जे हुन्छ त्यो पहिल्यै तय हुन्छ भन्ने पूर्वीय दर्शनका अनुयायी न थिए उनी पनि।
सन् २०११ एउटा युद्धमा उनी घाइते भए। कुनै स्नाइपरले गर्दनमा ताकेर हानेको गोली उनको बन्दुकमा लागेको थियो। लडाइँमा जिन्दगी र मृत्युबीचको फरक त्यही केही सेन्टिमिटरमा चुकेको गोली थियो। ६ वर्ष बेलायत सैनिकको सेवा बाँकी हुँदा उनी जागिर छोड्ने निर्णयमा पुगे। जसरी ठूला निर्णयलाई सबैले डाउँछन्, पत्याउँदैनन्। सेनाको आडिलो जागिर छोडेर विश्वका ८ हजारमाथिका सबै हिमाल छोटो समयमा आरोहण गरेर कीर्तिमानी कायम गर्ने अपत्यारिलो योजनालाई लगभग सबैले उडाए। ए भाइ! यसो नगर भनेर सम्झाउनेको बगाल लाग्यो।
तर उनी ‘बोलेपछि बोल्यो बोल्यो’ भन्ने जंगे अडानमा रहे। उनले त्यो निर्णय त्यसै लिएका थिएनन्। जोखिमको व्यापक अध्ययन गरेका थिए। कैयौं रात पुनर्विचार गरेका थिए निर्णय गर्नुअघि।
म डराउदिनँ। मलाई खतरामा कामबाहेक केही गर्न आउँदैन। हार मान्नु हाम्रो रगतमा छैन। मलाई हरेक आरोहणमा म आज मर्दिनँ भन्ने विश्वास थियो।
सन् २०१८ मा जागिर छाड्दा उनीसँग आफ्नो योजना पूरा गर्न पुग्ने पैसा थिएन। थियो त मात्र अदम्य साहस। अगाडि कठिनाइका चुचुरा ठडिएका थिए। भनौं आफैंले ठड्याएका थिए। आफ्नो योजना पूरा गर्न कसरी लगानी खोज्ने केही थाहा थिएन। अन्त्यमा उनले आफ्नो घर धितो राखेर ऋण लिए। पैसा जम्मा गरेर शिखर चुम्न निक्ले निम्स।
निम्सले के थाहा भए भने ठूलो सपना देख्न डराउनु हुन्न। उनले भनेका छन्, ‘म डराउदिनँ। मलाई खतरामा कामबाहेक केही गर्न आउँदैन। हार मान्नु हाम्रो रगतमा छैन। मलाई हरेक आरोहणमा म आज मर्दिनँ भन्ने विश्वास थियो। कुनै दिन मर्छु तर आज मर्दिनँ। हिमालमा एउटै नियम हुन्छ हार मान्नु र लतो छाड्नु हँुदैन। जब ज्यान खतरामा हुन्छ तब बाँच्ने कोसिस गरिन्छ। म आरोहण यस कारणले गर्छु कि म हरेक पल बाँच्न चाहन्छु।’
उनी भन्छन्, ‘जब म हिमालका चुचुरा चढ्न संघर्ष गरिरहेको हुन्छ तब म को हुँ भन्ने थाहा हुन्छ। जीवन एउटा खाली पाना हो। यसलाई जोस, खुसी र उत्सवले भर्नुपर्छ।’
बिरामी आमाले सधैं छोरोको हौसला बढाउने काम मात्र गरिरहिन्। ‘छोरा तिमीलाई संसारले चिनोस्’ भनेर शिरमा हात राखेर आशीर्वाद दिइरइन्। छोराको सफलता देखेर मात्रै आमा बितिन्।
निम्सले अन्नपूर्ण आरोहणका क्रममा अर्को टिमका एक आरोहीलाई उद्धार गर्न महत्त्वपूर्ण भूमिका खेले। हार मानेर बसेका डन बैलीलाई हौसला दिएर अन्नपूर्णको चुचुरोमा पु¥याए। पाकिस्ताको के टु हिमालसँग पराजित आरोहीका नैराश्यलाई उत्साहको मलहम लगाएर जोखिम उठाऊ भाग्य र साहसमा विश्वास गर भन्दै चुचुरासम्म पुग्न उत्पे्ररित गरे। एउटा चुचुरोबाट चिप्लिएर सय मिटर तल खसे तर होस र साहससँग डोरी समातेर बाँचे। हेजको सिकार पनि भए।
वृत्तचित्रको सफलता
वृत्तचित्र सजीव छ। साहससँगै हौसला छ। जीवनमरणको बीचको जोखिम थाहा भए पनि श्रीमान्को अठोट, क्षमता र उद्देश्यलाई उनकी श्रीमती सूचीले साथ दिइन्। यो मिसनपछि जिन्दगी बदिलिन्छ भन्ने सूचीलाई विश्वास थियो।
बिरामी आमाले सधैं छोरोको हौसला बढाउने काम मात्र गरिरहिन्। ‘छोरा तिमीलाई संसारले चिनोस्’ भनेर शिरमा हात राखेर आशीर्वाद दिइरइन्। छोराको सफलता देखेर मात्रै आमा बितिन्।
वृत्तचित्रमा आमाको आशीर्वाद, श्रीमतीको माया र दाजुको अभिभावकत्वलाई पनि देखाइएको छ। आरोही टोलीका सदस्यको लगनशीलता, समर्पण र योगदानले गर्दा असम्भव भन्ने केही छैन भन्ने देखाइएको छ।
सिंगो वृत्तचित्रले देशको गौरव, हिमालको सौन्दर्य र नेपालीको बहादुरीको गाथा प्रदर्शन गरेको छ। पर्दापछाडिका योजनाकारको आत्मीयतालाई पनि अगाडि ल्याइएको छ। सय मिनेट बितेको पत्तै नहुने गरेर बनेको वृत्तचित्रमा टोर्किल जोन्सको निर्देशकीय क्षमताको तारिफ नगरी रहन सकिँदैन।
अन्नपूर्ण, धौलागिरी, कञ्चनजंघा, सगरमाथा, मकालु, ल्होत्से, मनास्लुजस्ता हिमाली शृंखलाको मनमोहक दृश्य देख्न पाइन्छ। नेपालकै टिमले यो असम्भव कार्यलाई सम्भव गरेको छ। नेपाली दाजुभाइको नेपाली शब्द कतैकतै सुन्न पाइन्छ।
निम्सले भने जस्तो यो १४ औं संसारका अग्ला चुचुरा युरोपका अथवा पश्चिमको कुनै आरोहीले चढेको भएको यसको प्रचार १० गुणा बढी हुन्थ्यो। हामी नेपालीको विश्वमा पहुँच कम भएर निम्सले यस्तो भनेका होलान्।
अहिले सञ्चार, सोसल मिडिया र अनलाइनले जोडेको संसारमा निम्सको साहस, धैर्य र प्रेरणादायक खोजलाई संसारले कदापि बिर्सने छैन, बरु घरीघरी सम्झन बाध्य हुनेछ। पक्कै पनि नेपाली आरोहीको भविष्यका लागि वृत्तचित्र सफल हुनेछ।