सोमबार, साउन २३, २०७९

वीरताको कथाभित्र लुकेको प्रेम!

नेपाल समय  |  काठमाडौं, शुक्रबार, कार्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कार्तिक १२, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- १५ अगस्टमा रिलिज भएको फिल्म ‘शेरशाह’ले राम्रो प्रतिक्रिया पाइरहेको छ। भारतीय शहीद विक्रम वत्राको जीवनीमा आधारित उक्त फिल्म ओटीटीमा रिलिज भएको हो।

यसलाई भारतीय दर्शकले रुचाइरहेका छन्। यो फिल्म पाकिस्तानी घुसपैठबाट इन्डियाले आफूलाई बचाएको कथामा आधारित छ। यसमा विक्रमको वीरताको कथा देखाइएको छ।

तर , फिल्ममा जति विक्रमको वीरताको चर्चा छ, त्यति नै उनकी प्रेमिका डिम्पल चिमाको पनि। यी दुईको प्रेम कथा पछिल्लो समय उदाहरणीय बनिरहेको छ। सामाजिक संजालमा यिनको प्रेमको चर्चा हुन थालेको छ। वीरताको कथा बोकेको फिल्मको प्रेमकथाले पनि दर्शकहरूको मनमा स्थान बनाएको छ। 

फिल्म रिलिज भएपछि डिम्पलको भूमिका निर्वाह गरिरहेकी कियारा एडवानीको सिन निकै कम रहेको गुनासो दर्शकले गरेका थिए। सामाजिक संजालमा गुनासा देखिएपछि स्क्रिनप्ले लेखेका सन्दीप श्रीवास्तवले यसबारे बोलेका छन्। उनले आफ्नो रिसर्चमा विक्रम र डिम्पलको प्रेमको अवधि निकै कम रहेको खुलाए। ‘मैले फिल्मका लागि डिम्पलसँग पनि गफगाफ गरेँ, जहाँ मैले यी दुईको लभ लाइफ निकै कम रहेको थाहा पाएँ’, उनले भने। 

विक्रम र डिम्पलले एकै कलेजमा अध्ययन गरे तापनि यी दुईले एकअर्कालाई प्रेम व्यक्त गरेपछि ४० दिन मात्र साथ बिताएका थिए। ‘प्रेम व्यक्त भएपछि विक्रमले आफ्नो उद्देश्य परिवर्तन गर्न खोज्यो, यद्यपि, ऊ परिवर्तन हुन सकेन’, सन्दीप भन्छन्, 'यसै कारण यी दुईको प्रेम अवधि ४० दिन मात्र रह्यो।’

सानैदेखि दूरदर्शन च्यानलमा ‘परम वीरचक्र’ हेरेर हुर्किएका विक्रमले आफ्ना भाइ विशाल वत्रासँग आफू सिपाही बन्ने जिकिर गरिरहन्छन्। ठूलो भएपछि पनि उही सोचका साथ अगाडि बढिरहेका विक्रमको योजनालाई डिम्पलको प्रेमले केही अल्मल्याउन खोज्छ। तर, सानैदेखिको योजनाअनुसार नै उनी सेनामा भर्ति हुन्छन्। त्यसपछि घर आउँदा उनले एक पटक गुरुद्वारामा डिम्पलसँग ख्यालख्यालमै विवाहसमेत गरेका हुन्छन्। यसै कारण हुन सक्छ, विक्रमले संसार सन् १९९९ मै छाडे पनि डिम्पल अझै उनकै मायामा छन्।

डिजिटल युगमा पनि डिम्पल विक्रमको प्रेममा छन्। फिल्मको क्यारेक्टरका लागि कियाराले पनि डिम्पलसँग भेट गरेकी थिइन्। एक घण्टाको समय लिएर सुरु भएको कुराकानी चार घण्टासम्म चलेको थियो। उनी एक्लै बस्छिन् र शिक्षण पेसामा छन्। विक्रमको शवलाई ससम्मान घर ल्याउँदा अन्तिम पटक हेर्नसमेत नपाएकी डिम्पलले उनैलाई श्रीमान् मानेकी छन्।

उनी आफूलाई विक्रमकै ‘अंश’ भन्न रुचाउँछिन्। उनी बाहिरी संसारभन्दा छुट्टै दुनियाँमा छन्। ४० दिनको प्रेम सामीप्यतालाई विक्रमको विदाइसँगै बिदा नगरी डिम्पलले अमर बनाएकी छन्।

विक्रमको भूमिका निर्वाह गरेका फौजी सिद्धार्थ मलहोत्राले फिल्ममार्फत वीरताको कथा देखाएका छन्। यद्यपि, एउटा वीरको प्रेम कथाले अहिले सबैको मन जितिरहेको छ। डिजिटल ग्याजेटमा रमाइरहेका पुस्ता पनि विक्रम र डिम्पलको प्रेमको उदाहरण दिन थालेका छन्। निर्माता करण जोहरले समेत एक अन्तर्वार्तामा वीरताको कथाभित्र लुकेको प्रेमलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका थिए। 


प्रकाशित: October 29, 2021 | 03:00:00 काठमाडौं, शुक्रबार, कार्तिक १२, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय
फिल्म

'बा' बन्न किन अनकनाइरहेछन् राजेश हमाल?

बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि हुन पुगेका हमाललाई सञ्चारकर्मीले बाउको भूमिका किन गर्नुहुन्न तपाईं भनेर सोधे। जवाफमा हमालले खुलेर भने– बाबु हुने उमेर हो मेरो? अलिकति लाइट कम र अध्याँरो भएर हो। मलाई तलबाट माथिसम्म हेर्नुस् त।’
नेपाल समय
फिल्म

भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’चलचित्र १२ भदौदेखि सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ मिरिकसँगै उत्तर भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै।
नेपाल समय
फिल्म

के नायकले अभिनय गर्नुपर्दैन?

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप खड्का पछिल्लो चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै वास्तविक कलाकार भएको प्रतिक्रिया दिएपछि विवादमा परेका छन्।
नेपाल समय
फिल्म

बेलायतबाट पर्दा उघार्दै गोर्खा : बिनिथ द ब्रेभरी

भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना