सोमबार, साउन २३, २०७९

'रेस–४' मा सलमानसँगै सैफ अलि खानलाई अफर

नेपाल समय  |  काठमाडौं, मंगलबार, कार्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कार्तिक ९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– बलिउडको हिट थ्रिलर फिल्म ‘रेस’ को चौथो सिरिज बन्ने भएको छ। रमेश तौरानीको निर्माणमा तयार भइरहेको रेस सिरिजको पहिलो र दोस्रो भागलाई अब्बास मस्तानले निर्देशन गरेका थिए, जसलाई दर्शकहरूले पनि रुचाएका थिए।

यसको तेस्रो सिरिजलाई भने रेमो डिसुजाले निर्देशन गरेका थिए, जसमा सलमान खानको इन्ट्री भएको थियो। यसलाई पहिलो र दोस्रो भागको तुलनामा दर्शकले रुचाएनन्।

यतिबेला टिप्स कम्पनीका मालिक रमेश चौथो सिरिजको तयारीमा छन्। फिल्मलाई अघिल्लो तीनै सिरिजको लेखन गरेका शिराज अहमदले लेखिरहेका छन्।

यसपटक फिल्मलाई रमेश आफैंले निर्देशन गर्ने तयारीसमेत थालेका छन्। फिल्ममा तेस्रो भागमार्फत सदस्य बनेका सलमान खान, पहिलो र दोस्रो भागका सदस्य सैफ अलि खान र सुनिल शेट्टीलाई अभिनय गराउने तयारी निर्माण पक्षको छ। यद्यपि यस विषयमा आधिकारिक जानकारी निर्माण पक्षले दिएको छैन। 

रेसको तेस्रो शृंखलाबाट बाहिरिँदा सैफ निर्माण पक्षसँग रिसाएका छन्। किनकि अघिल्ला दुई शृंखलाले एकपछि एक गर्दै दर्शकको मन जितिरहेको थियो। फिल्ममा देखिने सस्पेन्स र थ्रिललाई दर्शकले रुचाउने गरेका छन्। दर्शकले बलिउडको हिट फ्रेन्चाइजहरूको चौथो सिरिजको प्रतीक्षा गरिरहेको सोसल मिडियामा उल्लेख गर्ने गरेका छन्। प्रतिक्षित फिल्महरूमा क्रिस ४, धूम ४ पनि पर्छन्।


प्रकाशित: October 26, 2021 | 16:15:00 काठमाडौं, मंगलबार, कार्तिक ९, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय
फिल्म

'बा' बन्न किन अनकनाइरहेछन् राजेश हमाल?

बुधबार टीभी रियालिटी शो ‘मेरो डान्स कप यूएसए’ सिजन ४ को अतिथि हुन पुगेका हमाललाई सञ्चारकर्मीले बाउको भूमिका किन गर्नुहुन्न तपाईं भनेर सोधे। जवाफमा हमालले खुलेर भने– बाबु हुने उमेर हो मेरो? अलिकति लाइट कम र अध्याँरो भएर हो। मलाई तलबाट माथिसम्म हेर्नुस् त।’
नेपाल समय
फिल्म

भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’चलचित्र १२ भदौदेखि सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ मिरिकसँगै उत्तर भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै।
नेपाल समय
फिल्म

के नायकले अभिनय गर्नुपर्दैन?

दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार प्रदीप खड्का पछिल्लो चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै वास्तविक कलाकार भएको प्रतिक्रिया दिएपछि विवादमा परेका छन्।
नेपाल समय
फिल्म

बेलायतबाट पर्दा उघार्दै गोर्खा : बिनिथ द ब्रेभरी

भिक्टोरिया क्रस प्राप्त कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना