सोमबार, मंसिर २०, २०७८

शाहिद कपुरको 'जर्सी' ३१ डिसेम्बरमा रिलिज हुने

नेपाल समय  |  काठमाडौं, बुधबार, कार्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कार्तिक ३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- पछिल्लो फिल्म ‘कवीर सिंह’को सफलताले बलिउडमा शाहिद कपुरको स्टारडम पुनः एकपटक उचाइमा छ। कवीर सिंहको सफलतापछि शाहिदलाई धेरै फिल्म अफर भए। त्यसमा केही त साउथ इन्डियन फिल्मकै बलिउड रिमेक पनि थियो। अन्ततः उनले रोजे ‘जर्सी’। 

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेसनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन्। त्यसपछि उनी नेसनल टिमसम्म कसरी पुग्छन? भन्ने विषयलाई फिल्ममा देखाइनेछ। यसको ओर्जिनल फिल्ममा नानीले काम गरेका छन्। 

रिमेक फिल्ममा काम गर्ने मनसाय नरहेका शाहिदले ओर्जिनल कथा खोजेका थिए। तर, जर्सीको कथा सुने। ‘मैले कथा सुनेपछि चार पटक फिल्म हेरेँ र जोडिएँ’, शाहिदले भनेका छन्, ‘म सक्कली फिल्म गर्न चाहन्थोँ, मानिसहरूले नसोचुन कि म रिमेक मात्र गर्दैछु। तर, जब मैले यो फिल्म हेरेँ, यसले मेरो हृदय छोयो। चरित्र कवीर सिंह जस्तो छैन। ऊ शान्त, अन्तर्मुखी मानिस हो तर, उसको तीव्रता र यात्रा मेरो लागि प्रेरणादायक छ।’ 

शाहिदले फिल्मकै लागि प्रशिक्षणसमेत लिए। उनी क्यारेक्टरलाई झनै बुलन्द बनाउन हरेक प्रयास गरेका छन्। फिल्ममा शाहिदको को–स्टारको रूपमा मृनाल ठाकुर हुनेछिन्। साउथ फिल्म जर्सीकै निर्देशक गौतमले यसलाई निर्देशन गरेका छन्। फिल्म यसै वर्षको अन्त्य ३१ डिसेम्बरमा रिलिज हुनेछ।    -न्युज कारखाना 


प्रकाशित: October 20, 2021 | 20:16:00 काठमाडौं, बुधबार, कार्तिक ३, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, कार्तिक ३, २०७८

थप समाचार

तीन वर्षपछि सकियो फिल्म ‘विच्छेद'को छायांकन

निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमुख अभिनय रहेको छ। मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा काम गरेका थिए।

किम्फको १९ औं संस्करण जलवायु परिवर्तनको विषयमा केन्द्रित हुने

'क्लाइमेट कर्म' उपशिर्षक दिइएको यस संस्करणमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइनेछन्।

निम्स दाइले सम्भव बनाएको असम्भव कार्य जसले संसारको ध्यान तानेको छ

म डराउदिनँ। मलाई खतरामा कामबाहेक केही गर्न आउँदैन। हार मान्नु हाम्रो रगतमा छैन। मलाई हरेक आरोहणमा म आज मर्दिनँ भन्ने विश्वास थियो।

कट्रिना र विक्कीको विवाहका सहभागीले फोटो खिच्न नपाउने, यस्तो छ कारण

उनीहरुको विवाहलाई लिएर विभिन्न विषयमा बलिवुडमा चर्चा हुन थालेको छ।

चार वर्षपछि फिल्म बनाउँदै छवि ओझा

फिल्म निर्मता छविराज ओझाले आफ्नो ५७ औं जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्।

नियमित कथाको रोचक प्रस्तुति 'अन्तिमः द फाइनल ट्रुथ' [फिल्म समीक्षा]

किसानहरुको पीडालाई पृष्ठभूमिमा राखेर बनाइएको सिनेमा ‘अन्तिमः द फाइनल ट्रुथ’ मा सलमान खानले दबिएको आवाज र भावनालाई अभिव्यक्त गरेका छन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'
नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C