मंगलबार, कार्तिक २, २०७८

पटक-पटक रंगभेद सहेका कलाकार प्रमोदसँग फिल्मका कुरा

राज सरगम  |  काठमाडौं, आइतबार, असोज ३, २०७८

राज सरगम

राज सरगम

आइतबार, असोज ३, २०७८, काठमाडौं

नेपाल समय
तस्बिर : दिनेश श्रेष्ठ

दस वर्षअघि नवलपरासीको परासीबाट एक युवक काठमाडौं उत्रिएपछि आफ्नो गन्तव्यमा पुग्न सार्वजनिक बस चढे। युवकसँगैको सिटमा बसेका मानिसले हिन्दीमा सोध्यो– कहाँ से आया?

त्यो सोधाइ उनलाई बिझ्यो। 

‘नेपाली बुझ्छु र बोल्न पनि आउँछ,’ उनले मन अमिलो पार्दै जवाफ फर्काए।

‘मधेसीजस्तो लागेर नि,’ ती अपरिचित यात्रु खिस्स हाँसे।

तराई मधेसको नेपाली केटो काठमाडौं पुगेकै दिन ‘मधेसी’ हुन पुग्दा प्रमोद अग्रहरीलाई पीडाबोध भयो।

परासीमा जन्मिएका अग्रहरीको ११ किलोमिटर दक्षिणतिर पर्ने भारतसँग पारिवारिक सम्बन्ध छ। दिदीहरुले भारतीयसँगै विवाह गरेका छन्। किनमेल गर्ने सीमा नजिकैको बजार हो। आउजाउ बाक्लै हुन्छ। उनी भन्छन्, ‘त्यहाँ कहिल्यै मधेसी भनेर चिनाउनु परेन। नेपाली भनेर चिनाएँ। काठमाडौं खाल्डोमा आएपछि मधेसी हुन पुगें।’

सानैदेखि खेलमा सक्रिय थिए प्रमोद। मार्सल आर्टस्का ब्ल्याकबेल्ट उनी समयक्रममा अभिनयतर्फ लागे। खेलकुदको सीपले उनको अभिनयलाई थप बल मिल्यो।

यति बेला उनी व्यस्त कलाकारका रूपमा चिनिन्छन्। नेपाली फिल्म क्षेत्रमा पनि भौगोलिक र वर्णका आधारमा निकै भेदभाव रहेको उनी सुनाउँछन्। यस्तो भोगाइका अनेक सन्दर्भ उनीसँग छ।

कस्तो हुन्छ नेपाली अनुहार? के हो मापन? के मधेसी हुनु, कालो हुनु हो? नेपाली नहुनु हो? उनले आफूलाई धेरैपटक सोधे।

केही वर्षअगाडि एउटा फिल्म प्रोमोसनका क्रममा टेलिभिजनको स्टुडियोमा पुगेका थिए उनी। कुराकानीकै सुरुमा उनलाई सोधियो, ‘तपाईंको अनुहार नेपाली होइन।’

प्रमोद अवाक् र आश्चर्यचकित भए। कस्तो हुन्छ नेपाली अनुहार? के हो मापन? के मधेसी हुनु, कालो हुनु हो? नेपाली नहुनु हो? उनले आफूलाई धेरैपटक सोधे।

उनी भन्छन्, ‘गाउँमा कहिल्यै कालो थिइनँ। काठमाडौंले कालो बनायो।’

अलिकति कालो भयो कि मधेसी भनिदिने मानसिकता प्रति उनको गुनासो छ।

‘के अब नागरिकता निधारमा टाँसेर हिँड्नुपर्ने हो? एउटा नेपालीले अर्को नेपालीको नागरिकतामाथि शंका गर्ने?’ उनको प्रश्न छ। 


रमेशरञ्जन झा, कामेश्वर चौरसिया, रवीन्द्र झा, नाजिर हुसैनजस्ता कलाकार देखिन थालेपछि नेपाली फिल्मको स्क्रिप्टमा मधेसी पात्रको चरित्र लेख्न थालिएको हो। यसअघि पहाडी मूलकै कलाकारले मधेसीको अभियन गर्थे। उनलाई त्यस्तो अभिनय निकै कृत्रिम लाग्थ्यो।

अहिलेका सिनेमामा मधेसी पात्र देखिए पनि सिंगो जनजीवन झल्किएको पाउँदैनन् प्रमोद। उनी भन्छन्, ‘सिनेमामा केही मधेसी पात्र देखिन थालेका छन्। तर ‘सेकेन्डरी एक्टर’ का रूपमा।’

सिनेमाको उद्देश्य समाज, कलासंस्कृति, परिवेश र भाषा बुझाउनु हो। तर मधेसी पात्रको भूमिका र संवाद धेरै काँटछाँट हुँदा फिल्मले सही सन्देश दिन नसकेको उनको बुझाइ छ।

उनी भन्छन्, ‘मधेसी पात्रको संवादमाथि सेन्सर हुन्छ। यो त आवाज रोक्न खोजिएको हो।’

फिल्म ‘उमा’, ‘संरक्षण’, ‘एक’ सम्म अभियन गर्दा उनले यस्तै भोगेका छन्। उनको दुःखेसो छ, ‘चित्तै दुख्ने गरी संवाद हटाइएको हुन्छ। दृश्य काटिएको हुन्छ। सेन्सरमा मात्रै होइन। निर्देशक निर्माताले कतिपय संवाद सुटिङ स्पटमै काँटछाँट गर्छन्।’

सिनेमा दृश्यले बोल्ने माध्यम हो। तर कतिपय सिनेमाले ‘कमेडी पन्च’ का नाममा दोस्रो भाषालाई तोडमोड गर्ने गरेको पाइन्छ। भाषाकै कारण दर्जनौं फिल्म छाडेको प्रमोद सुनाउँछन्।

मधेसी पात्रलाई सिनेमामा देखाइँदै प्रयोग गरिने भाषा समाजमा कहिल्यै नसुनेको उनको भनाइ छ। ती सिनेमाले कुन समाजको कथा भनिरहेका छन्, उनी रनभुल्ल पर्छन्। उनी भन्छन्, ‘मेरा ८३ वर्षका बाले समेत यस किसिमको भाषा बोलेको थाहा पाइनँ।’

उनका अनुसार मधेसी पात्रको भूमिका स्क्रिप्टदेखि नै कमजोर हुन्छ। प्रमोद भन्छन्, ‘नेपाली सिनेमामा मधेसी पात्र राख्दैमा मधेसको सुगन्ध आउँदैन।’

वास्तविक मधेसी चरित्र अझै नेपाली सिनेमाले उठान गर्न नसकेको उनको अनुभव छ। उनका अनुसार नेपाली सिनेमाले मधेसको सामाजिक र सांस्कृतिक कथा ससेटेकै छैन। 

मधेसको कथाबिनाको चरित्रमार्फत मधेस झल्किन नसक्ने बताउँछन् उनी। भन्छन्, ‘मधेसी पात्र देखाएर मात्र मधेसको प्रतिनिधित्व हुँदैन, त्यहाँको जनजीवन झल्किनुपर्छ।’

वास्तविक मधेसी चरित्र अझै नेपाली सिनेमाले उठान गर्न नसकेको उनको अनुभव छ। उनका अनुसार नेपाली सिनेमाले मधेसको सामाजिक र सांस्कृतिक कथा ससेटेकै छैन। नेपाली सिनेमामा मधेसी पात्रलाई दलाली, गुण्डा, फुटपाथमा कपडा बेच्ने, पानीपुरी बेच्ने, जुत्ता सिलाउने, कवाड उठाउनेजस्ता चरित्रमा देखाइन्छ।

प्रमोद भन्छन्, ‘यो त फिल्म निर्देशक र निर्माताको संकुचित सोच हो। मधेसलाई गहिरोसँग नबुझ्दाको परिणाम हो।’

सिनेमालाई काठमाडौंको आँखाले मात्रै बनाइँदा यस किसिमको विभेद भइरहने बुझाइ छ प्रमोदको। उनका अनुसार नेपाली सिनेमा निर्माताले मधेसीको कथालाई मूलधारमा ल्याउन सकेका छैनन्। ‘स्थापित मधेसी पात्र त्यतिखेर हुन्छ जब त्यहाँको माटो बुझेको हुन्छ’, उनी भन्छन्, ‘त्यहाँको कलासंस्कृतिको सुगन्ध थाहा पाएको हुन्छ।’


सिनेकर्मी हल्ला गर्छन्– मधेसी कथामा बनाउँदै छौं, मधेसी पात्र बलियो छ, मधेसको संवाद बलियो छ। तर फिल्म तयार भएर आउँदा सबै पक्ष फितलो हुन्छ। कारण अध्ययन र तयारीबिना नै काम सुरु हुन्छ।

प्रमोद भन्छन्, ‘मधेसको कथामाथि सिनेमा बनाउने मधेसी नै आउनुपर्ने हो? निर्माता निर्देशक, लेखक मधेसी नै हुनुपर्ने हो? त्यो पक्कै नहोला। राम्रो फिल्म बनाउन त सम्बन्धित भूगोल र संस्कृति बुझ्नुपर्यो नि!’

पछिल्लो समयमा राजनीतिमा सिनेमाले पनि समावेशीताका नाममा मधेसले ठाउँ पाएको देख्छन् प्रमोद। भन्छन्, ‘मधेसीभन्दा पनि मधेसी कलाकारको अभिनय बलियो भएकाले निरन्तरता पाएको हो।’

उनको अनुभवमा आजसम्म तराईका सिनेमा हललाई नेपाली फिल्मले ‘क्याच’ गर्न सकेको छैन। किनकि नेपाली सिनेमाले मधेसका दर्शकलाई बुझाउन सकेको छैन। त्यसो हुनु मधेस केन्द्रित कथामा सिनेमा बन्ने गरेका पाउँछन् प्रमोद।

पात्र प्रभावकारी नहुनु, मधेसी भावनासँग नजिक नहुुनु, मधेसी समाज र संस्कृति नदेखिनु पनि सिनेमाले गरेको विभेद मान्छन् उनी। प्रमोद भन्छन्, ‘हामीले पहाडी दर्शकलाई मात्रै खोज्यौं। त्यो विभेद हो।’

मधेसका सिनेमा हलमा स्थानीय दर्शक नपुग्नु पनि मूलधारको सिनेमासँग गरेको विद्रोह मान्छन् उनी। भन्छन्, ‘मधेसको भावनासँग बुझ्ने कथा खै?’ उनीहरुको जीवनशैली झल्किने दृश्य खै?’

मधेसका दर्शकले फिल्म हेरिदिएनन्। फिल्म चलेन भन्नु मधेसका दर्शकलाई बुझ्न नसक्नु पनि हो। मधेसका सिनेमा हलमा स्थानीय दर्शक नपुग्नु पनि मूलधारको सिनेमासँग गरेको विद्रोह मान्छन् उनी। भन्छन्, ‘मधेसको भावनासँग बुझ्ने कथा खै?’ उनीहरुको जीवनशैली झल्किने दृश्य खै?’

कथा नै भन्न नचाहेकाले मधेसको कथा सिनेमामा नदेखिएको प्रमोद बताउँछन्। उनलाई लाग्छ– मधेसको कथालाई भन्ने आँट गर्दैनन् मूलधार सिनेमाकर्मी।

उनका अनुसार कतिपय निर्माण टिमले सहज तरिकाले काम गर्न खोज्दा पनि तराईको कथा सिनेमामा आउन सकेको छैन। उनी भन्छन्, ‘दर्शक त पहाडिया मात्रै हुन् जस्तो भयो।’

नेपाली फिल्ममा मुख्य पात्र अझै मधेसी कलाकार हुन सकेको छैन। मधेसी पात्रलाई मुख्य पात्रका रूपमा स्थापित गर्न डराउँछन् निर्माण पक्ष।। उनी भन्छन्, ‘जबसम्म काठमाडौंको आँखाबाट फिल्म बन्छ मधेसी पात्रले ‘सेकेन्डरी क्यारेक्टर’ मै चित्त बुझाउनुपर्ने हुन्छ।’

जबजब राष्ट्रियताको कुरा आउँछ कलाकार पनि बोल्छन्। उनीहरु पनि राष्ट्रको हितको पक्षमा खबरदारी गर्छन्। एउटा कलाकार राष्ट्रप्रति चिन्तित हुन्छ। कलाकारको पनि दायित्व हुन्छ राष्टप्रति।


प्रमोदको दृष्टिमा धेरै कलाकार मधेसको सवालमा मौन बसेको देख्छन्। कोही खुलेर बोल्दैन। मधेस नेपाल होइन जस्तो गरिदिन्छन्। यस्तो हुनु मधेससँग जोडिएको राजनीतिक विभेद हो भन्ने ठान्छन् उनी। भन्छन्, ‘सत्ताले जस्तो सिकायो त्यस्तै समाजले गरेको छ।’

राजनीतिक स्वार्थका कारण मधेस मारमा परेको देख्छन् उनी। मधेसले सही व्यवस्थापन खोजेको हो, तर राम्रो व्यवस्थापन हुन नसकेको बुझाइ छ उनको। प्रमोद प्रश्न गर्छन्– कस्तो समाजको निर्माण गर्न खोजेका छौं? यो राज्य सत्ताले कस्तो मधेसी युवा निर्माण गर्न खोजेको हो?

मधेसको विकासमा राज्य सत्ता मौन बसिदिएझैं लाग्छ उनलाई। आशा मात्रै देखाएको छ। यो बेला कुनै पनि उच्छृंखल समूह आएर भड्काउन सक्छ।

फिल्ल्म ‘एक’ ले पनि यही समस्या देखाउन खोजेको बताउँछन् उनी। भन्छन्, ‘मधेसको राजनीति स्पष्ट भएन। त्यसैले मधेसीहरू पूर्ण विश्वास गर्दैनन्।’

मधेसमाथि उठाउन भुइँमान्छेको प्रतिनिधित्व हुनुपर्ने बताउँछन्। राज्य सत्तामा मधेसको भुइँमान्छेको अवस्था बुझाउन सक्ने प्रतिनिधित्व नभएको तर्क गर्छन् उनी। यसका लागि स्थानीय स्तरबाटै बुद्धिजीवी जुट्नुपर्ने तर्क उनको छ।

सत्तासँग नजिक भएका मान्छे मात्रै छन् जो पहिलेदेखि नै पहुँचमा थिए। तर तीबाट मधेसको समस्या समाधान हुन नसक्नु जनताभन्दा बढी पार्टीप्रति बफादार भएको बुझाइ छ, उनको। भन्छन्, ‘हाम्रो दुर्भाग्य के हो भने मधेसको मुद्दा बोकेर हिँड्ने नेता नै भएनन्। बरु पार्टीका झण्डा बोकेर हिँड्ने व्यक्ति भए। पार्टीको झण्डा बोकेर मात्रै हिँड्दा वास्तविक मुद्दा सधैं छुट्यो।’

असोज २१ गतेदेखि ‘डिजिटल प्लेटफर्म’ मार्फत प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक’ मा प्रमुख भूमिका प्रमोदकै छ। उनले प्रमुख भूमिका पाउनुको रहस्य खोले, ‘एकको कथाले मधेसी पात्रलाई प्रमुख पात्र बनाएको छ।’


प्रकाशित: September 19, 2021 | 09:40:00 काठमाडौं, आइतबार, असोज ३, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, आइतबार, असोज ३, २०७८

थप समाचार

प्रियंका चोपडा : विदेशी गर्ल!

बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा।

बलिउड कलाकारहरुको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस्

कोरोना भाइरसको कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदैछ। पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ।

२० वर्षपछि 'गदर' को सिक्वेल घोषणा

सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर : एक प्रेम कथा’। यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गर्‍यो।

माधुरी दीक्षितको जीवनमा 'तेजाब' कोशेढुंगा

अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूर्ण मानिन्छ। उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन्।

आफ्नो स्टारडमको रक्षामा आर्यन सिग्देल

आर्यन सिग्देल, नेपाली फिल्मका लागि चकलेटी हिरो। उनले फिल्म ‘किस्मत’मार्फत यसक्षेत्रमा डेब्यु गरे। डेब्यु फिल्ममा उनलाई लभरब्वाइकै रूपमा प्रस्तुत गरियो।

दसैँमा दर्शकलाई नयाँ फिल्म धन्दागिरी र डाँडाको वरपीपल

विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन्।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C