आइतबार, कार्तिक ७, २०७८
  • गृहपृष्ठ
  • फिल्म
  • यस्तो फिल्म जसलाई इन्दिरा गान्धीले प्रतिबन्ध लगाएकी थिइन्

यस्तो फिल्म जसलाई इन्दिरा गान्धीले प्रतिबन्ध लगाएकी थिइन्

नेपाल समय  |  काठमाडौं, बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८, काठमाडौं

नेपाल समय

२६ जुन १९७५ को बिहान अल इन्डिया रेडियोले भन्यो– राष्ट्रपतिले इमरजेन्सी लगाउनुभएको छ, केही चिन्ता गर्नु पर्दैन। १९७५ लाई सम्झनुपर्ने अरु पनि केही कारण छन्। इमरजेन्सी लागू भएको २० साताअघि मात्रै त्यस्तो घटना भएको थियो, जुन इमरजेन्सी जत्तिको ठूलो नभए पनि आम मानिसको चासोको विषय बनेको थियो। त्यो थियो १९७५ फेब्रअरी १३ मा रिलिज भएको फिल्म ‘आँधी’।

नामअनुसार फिल्मले आँधी नै ल्यायो। त्यसो हुनुको मुख्य कारण थियो, फिल्मको कथा इन्दिरा गान्धीको जीवनीसँग मिलेको भन्ने हल्ला। हल्ला व्यापक भएपछि कांग्रेस सरकारले फिल्म सेन्सर गर्यो। त्यति मात्रै होइन, हलहरू बन्द गर्ने प्रयाससमेत गर्‍यो।

कांग्रेस सरकारले जब फिल्ममा प्रतिबन्ध लगाउन थाल्यो, त्यसको परिणाम यस्तो भयो कि फिल्म क्लासिक बन्न पुग्यो। यद्यपि फिल्म दुई वर्ष चल्न पाएन।

दुई वर्षपछि पुनः रिलिज गरिएको फिल्म प्रतिबन्ध गरिनुका केही कारण यस्ता थिए:

जब फिल्म चल्न थाल्यो मान्छेहरूले भन्न थाले फिल्मको मुख्य पात्रमा देशकै प्रधानमन्त्री छिन्। गुलजारले निर्देशन गरेको यो फिल्म इन्दिरा गान्धीको जिन्दगीमाथिको कथा हो भन्ने आमधारणा थियो। दक्षिण भारतमा त एउटा यस्तो पोस्टर बन्यो जसमा लेखिएको थियो– आफ्नो प्रधानमन्त्रीलाई ठूलो पर्दामा हेरौं।

दिल्लीबाट प्रकाशित एउटा पत्रिकामा विज्ञापन छापियो– स्वतन्त्र भारतको एक महान् महिला नेत्रीको कथा।

समयक्रममा इन्दिरा गान्धीलाई पनि यस फिल्मको बारेमा थाहा भयो। उनले आफ्ना दुई अधिकारीलाई फिल्म हेर्न पठाइन्। फिल्म हेरेर फर्किएका ती अधिकारीले फिल्मको आलोचना होइन, प्रशंसा गरे। उनीहरूले फिल्ममा कुनै खोट देखाउन सकेनन्।



यी खबरले सनसनी बढाउने काम गर्यो। कांग्रेस पार्टीमा हलचल उत्पन्न भयो। देशको राजनीति पेचिलो बन्दै गएको थियो भने फिल्मले इन्दिरा गान्धीको सरकारलाई असर पार्ला भन्ने डर सत्तारुढ दलका नेताहरूलाई थियो।

समयक्रममा इन्दिरा गान्धीलाई पनि यस फिल्मको बारेमा थाहा भयो। उनले आफ्ना दुई अधिकारीलाई फिल्म हेर्न पठाइन्। फिल्म हेरेर फर्किएका ती अधिकारीले फिल्मको आलोचना होइन प्रशंसा गरे। उनीहरूले फिल्ममा कुनै खोट देखाउन सकेनन्।

फिल्मको छायांकन हुँदा सूचना र प्रसारण मन्त्री थिए, इन्द्रकुमार गुजराल। उनले पनि फिल्म हेरेका थिए। उनलाई पनि फिल्मप्रति कुनै आपत्ति थिएन। उता निर्देशक गुलजार पनि फिल्मको कथा र इन्दिरा गान्धीको कथाको कुनै मेल छैन भनिरहेका थिए।

हल्ला यसरी फैलियो कि त्यसलाई कुनै उपायले रोक्न सकेन। फिल्मको मुख्य पात्र थिइन् सुचित्रा सेन। फिल्ममा उनको पहिरन, बोल्ने शैली, चालढाल, कपालको स्टाइल, कपालको सेतो हिस्सा, इन्दिरा गान्धीको जस्तै देखिएको थियो। आम सर्वसाधारणले इन्दिरा गान्धी र सुचित्रा सेनबीच असमानताभन्दा बढी समानता देखे। त्यो संयोग मात्र हो भन्ने कथन फिल्मवालाको थियो। यद्यपि फिल्म प्रतिबन्ध लगाउनुगर्नुपर्ने अवस्थासम्म पुग्यो। 

धेरै वर्षपछि गुलजारले सो फिल्मबारे भनेका थिए– आँधीकी नायिकाको भूमिकामा इन्दिरा गान्धीबाट प्रेरणा लिइएको थियो। त्यो समय राजनीतिमा इन्दिरा गान्धीजस्तो दमदार महिला नेत्री अर्को कोही थिएन।

आँधीलाई रिलिजको क्रममा कुनै समस्या परेको थिएन। रिलिज भएको २४ हप्तापछि प्रतिबन्ध लगाइएको थियो। त्यतिन्जेल दर्शकले फिल्म हेरिसकेका थिए। दर्शकले फिल्मको गीत पनि कण्ठ पारिसकेका थिए। फिल्मलाई प्रतिबन्ध लगाउनुको खास कारणचाहिँ गुजरातको विधानसभाको चुनाव थियो।

फिल्ममा मुख्य पात्र सुचित्राले चुरोट र मदिरा पिउँदै गरेको दृश्य थियो। गुजरातको विपक्षी पार्टीले फिल्मको सो क्लिप्सलाई इन्दिरा गान्धीको वास्तविक जीवनको दृश्यझैं प्रोपोगान्डा गरेको थियो।

तर इन्दिरा गान्धीको सरकार कुनै जोखिम लिन चाहँदैन्थ्यो। त्यसो हुँदा यो फिल्ममा प्रतिबन्ध लगाउनु नै उचित ठानियो।

जुन समय फिल्म प्रतिबन्धमा परेको थियो, त्यो समय निर्देशक गुलजार मस्को फिल्म फेस्टिबलका लागि रुसमा थिए। भारतमा फिल्म प्रतिबन्ध भएपछि उनले मस्को फिल्म फेस्टिबलमा पनि देखाएनन्। त्यत्तिकै भारत फर्किए।

भारत आउनासाथ सरकारका तर्फबाट उनलाई एउटा आदेश आयो। सो आदेशमा भनिएको थियाे, फिल्ममा मुख्य पात्रले चुरोट र मदिरा पिउँदै गरेको दृश्य हटाउनुपर्ने। साथै फिल्ममा कसैसँग कुनै सम्बन्ध छैन भन्नुपर्ने पनि थियो।

फिल्म निर्माता ओमप्रकाशले प्रतिबन्ध हटाउन निकै कोसिस गरे। तर सरकारले मान्दै मानेन। अनि गुल्जारले एउटा उपाय सुझाए।

फिल्ममा मुख्य पात्र सुचित्राले चुरोट र मदिरा पिउँदै गरेको दृश्य थियो। गुजरातको विपक्षी पार्टीले फिल्मको सो क्लिप्सलाई इन्दिरा गान्धीको वास्तविक जीवनको दृश्यझैं प्रोपोगान्डा गरेको थियो।

चुरोट र मदिरा पिउँदै गरेको दृश्य हटाएर उनले मुख्य पात्र सुचित्रालाई इन्दिरा गान्धीको फोटो अगाडि उभ्याएर आफ्नो प्रेरणाको स्रोत तपाईं नै हो भनेको दृश्य जोडे।

सन् १९७७ मा इमरजेन्सी हट्यो। केन्द्रमा जनता दलको सरकार आएको थियो। गान्धीको सरकारले लगाएको प्रतिबन्धलाई जनता दल सरकारले हटाइदियो। त्यति मात्रै होइन राष्ट्रिय टेलिभिजनमार्फत प्रसारणको अनुमति पनि दियो।

तपाईंको कथा तपाईंलाई नै समर्पित

फिल्मसँग जोडिएको एउटा अर्को किस्सा पनि छ। यस्तो विवादित फिल्म कसले लेख्यो? यसका लेखक थिए भारतीय साहित्य जगतका चर्चित लेखक गुलजार र कमलेश्वर। जसले ‘कितने पाकिस्तान’ जस्तो उपन्यास लेखेका छन्। एनसिआइआरटीको हिन्दी किताबमा एउटा परिच्छेद छ जसले सरकारीतन्त्रमा व्यङ्ग्य गरेको छ। त्यो नाम ‘जार्ज पञ्चमकी नाक’ हो। जसलाई लेखक कमलेश्वरले रचना गरेका थिए।

फेरि आँधीतिर फर्कौं। 

कमलेश्वरले काली आँधी नामको एक उपन्यास लेखेका थिए। फिल्म आँधी त्यसैमा आधारित छ भनिन्थ्यो। तर गुलजारले सो कुराको खण्डन गरेका थिए।

सबा महमुद बसिरको किताब ‘आँधी : इनसाइट्स द फिल्म’मा गुलजारले दिएको अन्तरवार्तामा भनेका छन्– कमलेश्वर मेरा असल साथी हुन्। एक दिन उनले आफूसँग एउटा कथा छ भने। उनले भने- यो कथालाई तिमी निर्देशन गर।

लेखक सचिनले सञ्जीवकुमार र सुचित्रालाई सोचेर फिल्म लेखेका थिए। ओमप्रकाश, गुल्जार सञ्जीवकुमारको अगाडि सचिनले कथा सुनाए। तर गुल्जारलाई कथालाई मन पराएनन्। झुर स्टोरीमा सुचित्रालाई बंगालबाट बम्बइ ल्याउन उचित नभएको सुझाव दिए गुलजारले।

गुल्जारले तुरुन्तै माने। स्क्रिनप्लेमा काम गर्न सुरु नै गरे। उता कमलेश्वरले साउथका फिल्म निर्माता मलिक अर्जुन रावसँग मिटिङ गर्न राजी भए। तर उनको एउटा सर्त थियो- कहानी मन परे मात्रै म फिल्म बनाउनेछु।



कमलेश्वरले कहानी सुनाए। गुल्जारको अनुहारमा खुसी छचल्किँदै थियो। तर अर्जुनले कहानीमा खास दम देखेनन्। मिटिङमा गुल्जारका साथी स्क्रिप्ट राइटर भूषण वनमाली पनि थिए। उनले आफ्ना कुरा जोडे। निर्मातालाई एउटा आइडिया दिए। सुन्नेबित्तिकै अर्जुनले यस्तै चाहिएको हो भने। तब अर्जुन कमलेश्वरको कहानीमा काम गर्न राजी भए। अनि कथालाई केही नयाँ ढंगले अगाडि बढाउने सर्तमा फिल्म बन्ने सहमति भयो।

यो समय गुलजारले आँधी नामको कथा पनि लेखिरहेका थिए। उनले महाबलीपुरम पुगेर कथा सक्ने सोच पनि बनाए। साथमा थिए, भूषण र कमलेश्वर। महाबलिपुरम पुगेर तीनैजनाले भूषणको आइडियामा काम गरे। त्यही समय आँधी पनि लेखिरहेका थिए गुल्जारले।

भूषणको आइडियामा काम गर्दै जाँदा उनीहरूको स्क्रिप्टले ‘मौसम’ फिल्म बन्यो। यसलाई पनि गुलजारले नै निर्देशन गरे। उता गुल्जारले आँधी पनि लेखिरहेका थिए। अन्तिममा तिनैजना मिलेर के निर्णय गरे भने दुवै स्टोरीमाथि उपन्यास लेख्ने।

यसरी मौसम फिल्मको कहानीलाई ‘आगामी अतीत’, र आँधी नामको कथालाई ‘काली आँधी’ राखियो। तर कमलेश्वरले आफ्नो उपन्यास आँधी नै राख्न चाहेका थिए। तर गुल्जारले त्यो नाम फिल्मका लागि सुरक्षित गरिसकेका थिए।

लेखकहरू प्रायः एउटाको कवितामाथि अर्कोले कथा लेखिरहेको हुनसक्छ भनेका छन् गुलजारले। तर दुवैको सहमति भएको खण्डमा भनेर जोेडेका छन् उनले। तर लेखकहरूका बीच यो अभ्यास भइरहन्छ।

कमलेश्वरले उपन्यास नसक्दै गुल्जारले फिल्मको सुटिङ सुरु गरिरहेका थिए। अनि कमलेश्वरले पनि चाँडै उपन्यास सके। ‘काली आँधी’ शीर्षकमा त्यो उपन्यास निस्कियो। एक प्रति गुलजारले पनि पाए। गुलजारले त्यो उपन्यासको प्रति अझै सुरक्षित राखेका छन्।

गुलजारका गीत सदाबहार गुनगुनाइन्छन्। आज पनि उनका गीत गुनगुनाइन्छ। आरडी बर्मनको संगीत पनि याद गरिन्छ। तर फिल्म सफल हुनुको अर्को पनि कारण छ।

त्यो हो, नायिका– सुचित्रा सेन। यस्तो लाग्छ सुचित्रा सेनलाई दमदार राजनीतिक पात्रको भूमिका निर्वाह गराउनकै लागि फिल्म लेखियो नत्र लेखिँदैनथ्यो कि। यस्तो भूमिका सायद सुचित्रा सेनबाहेक अरुले गर्नै सक्दैनन्।

बंगालकी दिग्गज कलाकार आँधीमा कसरी जोडिइन् त्यसको पनि किस्सा छ– निर्माता ओमप्रकाशले एकदिन गुलजारलाई आफ्नो घर बोलाए। उनी चाहन्थे कि, गुलजारले उनको एउटा फिल्म निर्देशन गरुन्। जसलाई लेखेका थिए, सचिन भौमिकले।

फिल्म ‘थ्रिलर स्टोरी’मा आधारित थियो। ओमप्रकाश यस फिल्ममा सञ्जीवकुमार र सुचित्रा सेनलाई साइन गराउन चाहन्थे। र सञ्जिवकुमार पनि सुचित्रासँग काम गर्न इच्छुक थिए।

लेखक सचिनले सञ्जीवकुमार र सुचित्रालाई सोचेर फिल्म लेखेका थिए। ओमप्रकाश, गुल्जार सञ्जीवकुमारको अगाडि सचिनले कथा सुनाए। तर गुल्जारलाई कथालाई मन पराएनन्। झुर स्टोरीमा सुचित्रालाई बंगालबाट बम्बइ ल्याउन उचित नभएको सुझाव दिए गुलजारले।

सचिनलाई पनि कुरा ठिकै लाग्यो। यदि सुचित्रालाई बोलाउने हो भने दमदार कथा चाहिन्छ भन्ने भयो। बिस्तारै सबैको एकै मत भयो। गुलजार ती दिन आँधी फिल्ममा काम गरिरहेका थिए। तर त्यो समय मनमा भने एउटा कथा गमिरहेका थिए। सो बसाइमा उनले आफ्नो उपाय सुनाए।

पतीपत्नीबीचको सम्बन्धको कथा थियो त्यो जहाँ पत्नी राजनीतिमा आउन चाहिन्छन्। सो कारण परिवारमा दरार आउँछ। त्यो समय राजनीतिक कथामाथि सिनेमा बनेको थिएन। राजनीति गर्नेको घर परिवारको कथा देखाउन चाहन्थे गुल्जार।

सबैलाई गुलजारको सो कथा नौलो र राम्रो लाग्यो। यो कथा लेखिसकिएको हो कि बाँकी छ उनलाई सोधे। उनले केही समय मागे। दुई हप्तामा फिल्मको सार लेखेर दिए।

अनि त सबै काम पनि फटाफट हुन थाल्यो। दुई महिनाभित्र सञ्जीवकुमार र सुचित्रा सेन फिल्मको हिस्सा बनिसकेका थिए।

–द लल्लनटपडटकमबाट


प्रकाशित: September 1, 2021 | 11:04:59 काठमाडौं, बुधबार, भदौ १६, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, भदौ १६, २०७८

थप समाचार

'केजीएफ २' मा यशसँग नोरा फतेहीको आइटम डान्स

पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो 'केजिएफ २'।

अस्कर अवार्डमा यसकारण नेपालले भाग नलिने

नेपालले अस्करको ९४औँ संस्करणमा भाग नलिने भएको छ।

प्रचारप्रसार किन मन पराउँदैनन् दयाहाङ राई?

अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन्। उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ।

प्रियंका चोपडा : विदेशी गर्ल!

बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा।

बलिउड कलाकारहरुको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस्

कोरोना भाइरसको कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदैछ। पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ।

२० वर्षपछि 'गदर' को सिक्वेल घोषणा

सनी देओलको सफल फिल्म मध्येको एक हो ‘गदर : एक प्रेम कथा’। यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गर्‍यो।

ट्रेंडिंग

नेपाल समय
समाज

प्रहरीमा अब कसैलाई पनि 'तँ' नभन्‍न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि 'तँ' नभन्‍न निर्देश दिएका छन्।
नेपाल समय
प्रदेश न. २

यसरी कानुनी राज्यको उपहास गर्दैछ सीके राउतको जनमत पार्टी

‘स्वतन्त्र मधेस गठबन्धन’ नारा त्यागेर २०७५ फागुन २४ मा सरकारसँग शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरी गठन भएको जनमत पार्टी अराजक गतिविधिमा उत्रिएको छ।
नेपाल समय
कला/साहित्य

'विभेद गर्ने काठमाडौं अब फर्कन्न'

कुनै बेला बागमती करिडोरमा माछा तार्दै गर्दा मैले कामेश्वरलाई सोधेको थिएँ, ‘के रहेछ त जिन्दगी?’
नेपाल समय
प्रदेश न. २

अराजक बन्दै सीके राउतको दल, खानेपानीका हाकिमलाई अर्धनग्न पारेर नगर घुमाइयो

अविरल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्।
नेपाल समय
शिक्षा

शिक्षक महासंघले २८ कात्तिकदेखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेबाट देश भरिकै शिक्षक कर्मचारीलाई काठमाडौंमा उपस्थित गराई दबाबमूलक सडक आन्दोलन गर्ने जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C