मंगलबार, मंसिर १३, २०७९

कैलालीका किसानलाई दसैंभन्दा खेतीपातीको चिन्ता

नेपाल समय  |  काठमाडौं, मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९, काठमाडौं

नेपाल समय

कैलाली- कैलालीका किसानलाई दसैं मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन्। 

पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको जानकी गाउँपालिकाका किसान रामसुन्दर चौधरीले बताए। ‘गत वर्ष चार बिघा खेतमा रहेको धान बाढीमा मिसियो, यस वर्ष पनि धान पाकेको छ। १० कट्ठा जमिनमा रहेको धान काटिसकेका छौँ, बाँकी काट्न बाँकी छ’, रामसुन्दरले भने, ‘वर्षभरिको मेहनत बारीमा छ, कसरी दशैँ मनाउनु रु अब वर्षा भएमा पाकेको धान नोक्सान हुनेछ।’

मंगलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार १८ गतेदेखि दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो।

प्रशासनको सूचनापछि धान काट्न शुरू गरेका जानकीकै किसान रमेश चौधरीले धान काट्न रोकेका छन्। ‘धान काट्न त रोकियो, तर खल्ला खेत हो। वर्षा भएमा जलमग्न हुन्छ’, उनले भने, ‘पाकेको धान खेतमै सड्ला कि भन्ने चिन्ता बढेको छ। पानी परेपछि एक सातासम्म खेत सुक्न समय लाग्छ। धान पाकेर झर्लाजस्तो भइसकेको छ।’

टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काटेका छैनन्। कृष्णाको गत वर्ष कात्तिक २ गते आएको बाढीले दुई बिघा धान बगाएको थियो। ‘गत वर्ष धान देख्न पाइएन, यस वर्ष पाकेर पहेँलै भएको छ तर काटौँ भने मौसम यस्तो छ। नकाटौँ पानीले नोक्सान गर्ने डर छ’, उनले भनिन्, ‘किसानले केही गरे सुख नपाउने भए। मेहनत गरेर लगाएको बाली स्याहार्न पनि मौसमले नदिने भयो।’

यतिखेर खेतीपाती गर्ने किसान दसैँ मनाउनेभन्दा पनि खेतीपातीमा ध्यान गएको बताउँछन्। जोशीपुरका शिव चौधरीको घरमा यस वर्ष दशैँमा बङ्गुर काटेर रमाइलो गर्ने योजना थियो। घरमै पालेको बङ्गुर काट्ने, रमाइलो गर्ने योजना बनाएको चौधरीको परिवार यतिखेर वर्षा हुने भनेपछि धान काट्न थालेको छ।

‘धान काटेर खेतमै दाउन थालेका छौँ’, उनले भने, ‘पाकेको धान नोक्सान भए वर्षभरि के खाउँला?, दसैं त अर्को वर्ष मनाए पनि हुन्छ भनेर खेतमा पसेका छौँ।’ वर्षाका कारण भूक्षयलगायतका विपद्बाट मानवीय तथा आर्थिक क्षति हुनसक्ने पूर्वानुमान रहेकाले समयमै प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्धार तथा राहतका लागि सचेत र तयारी अवस्थामा रहन भनी गृहमन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट पत्राचार भएको हुँदा सतर्क रहन भन्दै जिल्ला प्रशासन कैलालीले सूचना जारी गरेको छ। 

गत वर्ष समयमै सूचना नपाएर नोक्सानी व्यहोरेका किसान यस वर्ष भने सूचना बस्तीस्तरसम्म पुगाउन थालेका छन्। कैलालीमा सूचना संयन्त्र निर्माण गरिएको छ। यसका साथै स्थानीय तहमा सञ्चालनमा रहेका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले किसानका मोबाइलमा म्यासेज, सामाजिक सञ्जालमा सूचना, बडघरलाई टेलिफोन गरेर सूचना समयमै पुगाउने गरेका छन्।

यसरी समयमै सूचना गर्दा विपद्बाट हुनसक्ने क्षति कम गर्न सहयोग पुग्ने गरेको टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउँछिन्। ‘पछिल्लो समय सूचना सुनेर, हेरेर काम गर्ने बानी विकास हुँदैछ’, उनले भनिन्, ‘यसले विपद्को पूर्वतयारी र हुने क्षति कम गर्न सहयोग पुग्छ।’


प्रकाशित: October 4, 2022 | 12:20:00 काठमाडौं, मंगलबार, असोज १८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
उद्यम-उद्यमी

झापामा धानको उत्पादकत्व बढ्यो

गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यसवर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।
नेपाल समय
उद्यम-उद्यमी

भटमास खेतीबाट राम्रो आम्दानी गर्दै कञ्चनपुरका किसान

गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिब डेढ लाख आम्दानी गरेका थिए। यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार आम्दानी गरेका छन्।
नेपाल समय
उद्यम-उद्यमी

नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
नेपाल समय
उद्यम-उद्यमी

अवकाशपछि बाख्रापालन व्यवसायमा रमाउँदै हमाल

घोराही उपमहानगरपालिका–७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।
नेपाल समय
उद्यम-उद्यमी

व्यावसायिक फूलखेतीमा युवाको आकर्षण बढ्दो

वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा १२ लाख आम्दानी गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना