मंगलबार, मंसिर १३, २०७९

गाउँ फर्केर ड्रागन फल र कागती खेती, वार्षिक १२ लाखसम्म आम्दानी

नेपाल समय  |  काठमाडौं, मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९, काठमाडौं

नेपाल समय

भोजपुर- भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गरेका छन्। उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी गर्दै आएको बताए।

सुख्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन्। दस वर्षअघिबाट व्यावसायिक खेती थालेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका छन्। अहिले तीन सय वटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ।

आठ सय ५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए। त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरिरहेका छन्। फलफूल खेतीबाट वार्षिक बाह्र लाखसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए।

'फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु,' उनले भने, 'वर्षमा बाह्र लाखसम्म आम्दानी हुन्छ। विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ।'

नेपालले अहिले आफ्नो पुर्ख्यौली भूमिमा करिब १७ रोपनी क्षेत्रफलमा ड्रागन फल लगाएका छन्। ड्रागन फल रातो प्रतिकेजी पाँच सय र सेतो प्रतिकेजी चार सय रूपैयाँमा बिक्री हुने गरेको छ। त्यस्तै कागती फार्मबाट प्रति केजी एक सय रूपैयाँमा बिक्री हुने गरेको छ।

यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौं जाने गरेको छ। सडकको कारण बजारसम्म पुर्‍याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ। कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ। 

'मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौं पठाउने गरेको छु,' नेपालले भने, 'बजार माग राम्रो छ। तर सडकको कारणबजारसम्म लैजान समस्या छ। सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो।'

नेपालले 'दानाबोटे फलफूल तथा कृषि फर्म' दर्ता गरेर व्यावसायिक फलफूल खेती थालेका हुन्। जिल्लामा पहिलो पटक व्यावसायिक रूपमा ड्रागनको खेती थालेका नेपाल उदाहरणीय कृषकको रूपमा परिचित छन्। उनले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यावसायिक खेतीमा लागेको सुनाए। व्यवसाय गर्न विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उनको भनाइ छ। 

उनले भने, '२२ वर्ष विराटनगर बसेँ। गाउँ फर्केर व्यावसायिक खेतीमा लागेको छु। गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीहरूले धेरै थरीका कुरा पनि गरे। अहिले म व्यवसायमा सफल बन्दै गएको छु।'

आफैंले यसको बिरुवा उत्पादन थालेको नेपालको भनाइ छ। ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उनले बताए।

पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन। प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ। ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिने नेपालको भनाइ छ। आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको उनको भनाइ छ।  

व्यावसायिक रूपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको उनले गुनासो गरे। आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरे पनि अन्य सहयोग नपाएको उनको भनाइ छ।

कृषक नेपालले भने, 'मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्। सरकारबाट खास सहयोग पाएको छैन। फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु।'

गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको उनको भनाइ छ। 

सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन। यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुन्छ। समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ। कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुख्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन्।   -रासस


प्रकाशित: October 4, 2022 | 11:54:20 काठमाडौं, मंगलबार, असोज १८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
उद्यम-उद्यमी

झापामा धानको उत्पादकत्व बढ्यो

गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यसवर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।
नेपाल समय
उद्यम-उद्यमी

भटमास खेतीबाट राम्रो आम्दानी गर्दै कञ्चनपुरका किसान

गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिब डेढ लाख आम्दानी गरेका थिए। यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार आम्दानी गरेका छन्।
नेपाल समय
उद्यम-उद्यमी

नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
नेपाल समय
उद्यम-उद्यमी

अवकाशपछि बाख्रापालन व्यवसायमा रमाउँदै हमाल

घोराही उपमहानगरपालिका–७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।
नेपाल समय
उद्यम-उद्यमी

व्यावसायिक फूलखेतीमा युवाको आकर्षण बढ्दो

वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा १२ लाख आम्दानी गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना