मंगलबार, मंसिर १३, २०७९

युवापुस्ताले चासो नदिँदा राडीपाखी बुन्ने पेशा संकटमा

नेपाल समय  |  काठमाडौं, सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९, काठमाडौं

नेपाल समय

बागलुङ- ‘आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि २०० हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको रौंबाट हामीहरूले राडीपाखी बुन्ने गर्थ्यौं, अहिले भेडा पाल्नेको संख्या घटेपछि रौं पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए।’

बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उनको सीप तन्नेरीकोभन्दा कम छैन। अहिले पनि उनी हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आएकी छन् तर पहिलेको जस्तो ऊन पाउन छोडेपछि राडीपाखी बुन्ने पेशा संकटमा पर्दै गएको छ।

भेडापालन गर्ने र हातमा सीप भएकाले चासो दिन छोडेपछि गाउँमा राडीपाखी बुन्ने प्रचलन हराउन थालेको उनले बताइन्।

‘पहिला राडीपाखी बेचेरै खान लाउन पुगेको पुग्थ्यो, घर व्यवहार चलाइन्थ्यो, गाउँमा धेरैले राडीपाखी बुन्ने गर्थे, अहिले कसैले पनि बुन्दैन हामी बूढाबूढी भइयो, हातपाखुरा बस्न थाले,’ यमकलाले भनिन्, ‘अहिले त भेडा पनि कम मान्छेले मात्रै पाल्ने गर्छन्, ऊन पनि पाउन मुस्किल हुन्छ, भनेको बेला पाइँदैन, अब विस्तारै यो पेशा हराउँदै जान्छ, अहिले नै धेरै कम भएको छ।’

उनले आफूले बुनेका राडीपाखी देशमा मात्रै नभई विदेशसम्म पुग्ने गरेको जनाउँदै अहिले माग बढे पनि पुर्‍याउन नसकेको उनको भनाइ छ। आफूहरूले अग्रजबाट निकै चासो दिएर सिकेको भन्दै अहिलेका नयाँ पुस्ताले यसप्रति चासोनै नदिँदा राडीखापी बुन्ने पेशा लोप हुँदै गएको उनले बताइन्।

‘अहिलेका पुस्ताले यो काम गर्न झन्झट मान्छन्, यस्तो काम गर्दैनन्, राडीपाखी बुन्न अली झन्झटिलो हुन्छ, त्यही भएर पनि होला सिक्नै चाहँदैनन्, मैले मेरा छोराछोरी र गाउँका अन्य मान्छेलाई पनि सिकाउन कोसिस गरें तर सकिनँ, चासो नै दिएनन्,’ उनले भनिन्, ‘मैले बुन्न छोडे भने त यो गाउँमा मान्छे नै हुन्न होला, अहिले मै मात्रै हुँ यसरी काम गर्ने।’

तमानखोला–३ की टेककुमारी बुढालाई पनि राडीपाखी बुन्ने परम्परा हराउँदै गएकोमा चिन्ता छ। उनले भनिन्, ‘हराउन थाल्यो यो पेशा, अब कसरी बचाउन सकिन्छ र ? अहिलेका युवायुवतीले यसप्रति चासो देखाएनन्, हामी २/४ जना छौं गाउँमा यो बुन्ने, हाम्रो हात बस्यो भने त गाउँमा राडीपाखी बुन्ने कोही हुन्न, अहिलेसम्म त हाम्ले जेनतेन बुनिराखेका छौं।’

राडीखापी बुन्न भेडाको ऊन अतिआवश्यक पर्ने जनाउँदै भेडापालक पनि घट्दै गएको उनको भनाइ छ। पहिले–पहिले राडीपाखी बेच्नका लागि बागलुङको ठाउँठाउँमा मेला लाग्ने गरेको भन्दै अहिले तिमेला समेत नलाग्ने उनको भनाइ छ। नयाँ पुस्ताले सिक्न चाहे आफूले निःशुल्क रूपमा सिकाउने उनी बताउँछिन्। 

‘राडीपाखी बेच्ने मेला पनि लाग्न छोड्यो, पहिले बागलुङ जिल्लाका धेरै ठाउँमा राडीपाखी बेच्ने मेला लाग्थ्यो, अहिले न मेला लाग्छ, न मान्छेले बुन्छन्, यसबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनले भनिन्, ‘यो काम अलि कति झन्झटिलो हुन्छ तर सिकेर बुन्दै गएपछि सजिलो लाग्छ, कोही युवायुवतीले सिक्न चाहे मैले निः शुल्क सिकाउने थिए।’

कला, संस्कृतिमा धनी जिल्ला बागलुङमा पुराना परम्परा र पेशा हराउन थाल्दा जिल्लाको पहिचान नै संकटमा पर्ने देखिन्छ। भेडाको रौंलाई प्रशोधन गरी धागो निर्माण गर्ने र विभिन्न काठका औजारबाट निर्माण गरिने राडीपाखी पछिल्लो केही वर्षयता जिल्लामा कम मात्रैमा देखिन्छ। बागलुङमा उत्पादन हुने राडीपाखी खासगरी गुल्मीको रिडीमा लाग्ने माघेसंक्रान्ति मेलामा बढी बिक्री हुन्थे।

बागलुङबाट यति बेला ठूलो मात्रामा राडीपाखी रिडीमा पुर्‍याउने र राम्रो मूल्य पार्ने गरेको निसीखोला–६ की ६७ वर्षीया पुनिकला घर्तीमगरले बताइन्।

‘रिडीमा माघ १ गते ठूलो मेला लाग्ने गथ्र्यो, अहिले पनित्यो मेला लाग्छ, उति बेला हामीहरू गाउँका १०/१२ जना एक वर्षभरि बुनेको राडीपाखी बोकेर जान्थ्यौं, अहिलेको जस्तो मोटरबाटोको सुविधा थिएन, त्यहाँ पुग्न झण्डै ४ दिन लाग्थ्यो,’ उनले भनिन्, ‘त्यहाँ पुगेपछि राडीपाखीको खोसाखोस हुन्थ्यो, घर फर्किने बेला २/३ लाख रुपैयाँ लिएर आउँथ्यौं, अहिले त बुन्न पनि कम भयो, जान पनि छोडियो।’

उनले एउटा राडी तयार गर्न ५ देखि १० दिनसम्म लाग्ने सुनाइन्। ओढ्न, बिच्याउनका लागि प्रयोग गरिने राडीपाखी विदेशमा समेत निर्यात हुने गरेको भन्दै पछिल्लो समय निकै कम भएको उनको भनाइ छ। घर्तीमगरले एउटा राडीलाई सामान्य ७ हजारदेखि ५० हजारसम्म पर्ने गरेको बताइन्।

राडीपाखी बलियो र वर्षौं टिक्ने हुँदै धेरैको रोजाइमा पर्ने गरेको उनको भनाइ छ।

स्थानीयले विदेशबाट आयातित कपडाको प्रयोग गर्न थालेपछि यसको उत्पादन कमभएको तमानखोला उनले बताइन्। अहिले बजारमा सिरक, डसना लगायत सबै खाले फ्रेन्सी सामान पाइन थालेपछि राडीपाखीको प्रयोग समेत कम हुँदै गएको उनको भनाइ छ। उनले भनिन्, ‘हामी सानो हुँदा सिरक, डसना र कम्बल पाइँदैनथ्यो, मान्छेले ओढ्न बिछ्याउन राडीपाखीको प्रयोग गर्ने गर्थे अहिले सबैथरी कपडा बजारमा पाइन थालेपछि यसको उत्पादन र प्रयोग घट्यो।’

राडीपाखीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय दुर्लभ हुँदै जाँदा बूढापाकाले चिन्ता गर्न थालेका छन्। गाउँले जनजीवन र जीविकापार्जनसँग जोडिएको राडीपाखी बुन्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको तमानखोला–४ का कृष्ण सिर्पाली बताए।

उनले यस्ता कला र सीपको संरक्षणमा स्थानीय पालिकाले चासो दिनुपर्ने सुझाव दिए।

‘राडीपाखी त गाउँले जनजीवनसँग जोडिएको पहिचान हो, अझ बागलुङ जिल्लाकै चिनारी हो, केही वर्षयता यसको प्रयोग र बुन्नेको संख्या नै कम भएको छ, स्थानीय सरकारले बुन्ने सीप भएका मानिसलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई सिक्नतर्फ आकर्षित गर्न सके यो पेशा लोप हुने थिएन,’ उनले भनिन्। – डम्मर बुढामगर/रासस


प्रकाशित: October 3, 2022 | 11:46:50 काठमाडौं, सोमबार, असोज १७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
उद्यम-उद्यमी

झापामा धानको उत्पादकत्व बढ्यो

गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यसवर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए।
नेपाल समय
उद्यम-उद्यमी

भटमास खेतीबाट राम्रो आम्दानी गर्दै कञ्चनपुरका किसान

गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिब डेढ लाख आम्दानी गरेका थिए। यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार आम्दानी गरेका छन्।
नेपाल समय
उद्यम-उद्यमी

नेपालमा छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म सञ्चालनमा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
नेपाल समय
उद्यम-उद्यमी

अवकाशपछि बाख्रापालन व्यवसायमा रमाउँदै हमाल

घोराही उपमहानगरपालिका–७ जवरपुरका ५७ वर्षका हमाल अहिले बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।
नेपाल समय
उद्यम-उद्यमी

व्यावसायिक फूलखेतीमा युवाको आकर्षण बढ्दो

वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका-१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा १२ लाख आम्दानी गरेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना