सोमबार, साउन ३०, २०७९

५० प्रतिशत अनुदान पाएपछि फूलखेतीमा आकर्षण थपियो

नेपाल समय  |  काठमाडौं, मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९, काठमाडौं

नेपाल समय

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन्। फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती थालेकामा यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो।

यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनीमा सयपत्री फूलखेती गरिने गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए।

'गाउँपालिका आफैँले फूलखेती गरेर उत्पादित फूल बिक्रीबाट मनग्य आम्दानी गरेपछि यहाँका अन्य किसानलाई पनि यसको व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका छौँ, उनले भने।

गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनीमा व्यावसायिक फूल खेती गर्नका लागि नर्सरी स्थापना गरिएको उनले बताए। गाउँपालिकाले व्यावसायिकरुपमा फूलखेती गर्नका लागि नर्सरी राखेको विर्घा पुछारमा पालिकाका सबै वडाबाट छनौट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिइएको प्रमुख प्रशासकीय अधिकृत टङ्कराज पाण्डेयले बताए।

'खनजोतदेखि फूल उत्पादन हुँदासम्म गाउँपालिकाले प्रतिरोपनी नौ हजारका दरले अुनदान उपलब्ध गराउने छ,' उनले भने, 'उत्पादित फूल तथा माला कृषक समूह वा कृषकले आफैँ बिक्री गर्न पनि सक्ने तर बिक्री नभएमा गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाउने छ।'

गत वर्ष गाउँपालिकाले परीक्षणकारुपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यसवर्षदेखि कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराईएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए।

पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास (होमस्टे) र कृषक समूह छनौट भएका हुन्। कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनीसम्म जग्गामा व्यावसायिक फूलखेती गर्नेछन्।

'पालिकाले नर्सरी राखेको स्थानमा नै सबै कृषक समूह तथा व्यक्तिलाई बोलाई प्राविधिक ज्ञान, नर्सरी स्थापना, औषधि, बीउ तथा आधुनिक औजार उपलब्ध गराएका छौँ,' उनले भने, 'कृषक समूह तथा व्यक्तिले यहाँ सिकेका सीपलाई आआफ्नो ठाउँमा प्रयोग गरेका छन्, अहिले बीउ राखेर बेर्ना उमारी सकेका छन्।'

बीउ राखेको ९० दिनमा उत्पादन लिन सकिने छ। गाउँपालिका तथा कृषक समूह, कृषकले विशेष गरी दसैँ तिहारलाई लक्षित गरेर फूलखेती सुरु गरेको उनले बताए। गाउँपालिकाले यसवर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ। एउटा बोटबाट ४०० सम्म फूल उत्पादन हुने र विभिन्न चरणमा आगामी चैतसम्म टिप्न सकिने उनको भनाइ छ।

फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने देखिन्छ। कालीगण्डकी गाउँपालिका–४ को बिर्घा पुछारमा व्यावसायिकरुपमा ड्रागन खेतीसमेत परीक्षणका रुपमा गरिँदै आएको छ।


प्रकाशित: July 19, 2022 | 22:05:00 काठमाडौं, मंगलबार, साउन ३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
उद्यम-उद्यमी

च्याउमा आत्मनिर्भर बन्यो झापा

जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
नेपाल समय
उद्यम-उद्यमी

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा...

शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका हुन्।
नेपाल समय
उद्यम-उद्यमी

म्याग्दीमा सुन्तलाका बिरुवा बिक्री नहुँदा कृषक निराश

नयाँ नर्सरी बढे पनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो।
नेपाल समय
उद्यम-उद्यमी

म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए

घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन्।
नेपाल समय
उद्यम-उद्यमी

५० प्रतिशत अनुदान पाएपछि फूलखेतीमा आकर्षण थपियो

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना