सोमबार, साउन ३०, २०७९

जसले भोट बराबर बोट लगाए : हजारको धौधौदेखि लाखौंको कारोबारसम्म

भीम चौधरी  |  काठमाडौं, मंगलबार, साउन ३, २०७९

भीम चौधरी

भीम चौधरी

मंगलबार, साउन ३, २०७९, काठमाडौं

नेपाल समय
बिरुवा रोप्दै प्रेम। उनले गोदावारी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले पाएको मतसंख्या समान बिरुवा रोपेर चुनावअघि गरेको आफ्नो प्रतिबद्धता प्रेमले पूरा गरेका छन्।

धनगढी- कैलालीको गोदावरी नगरपालिका निवासी प्रेमराज भट्टले भोट बराबर बोट लगाएका छन्। स्थानीय तहको निर्वाचनअघि गोदावरी नगरपालिकाको मेयरले पाएको भोट बराबर बोट रोप्ने प्रतिबद्धता गरेका प्रेमराज भट्टले प्रतिबद्धता पूरा गरेका हुन्। 

अघिल्लो निर्वाचनमा मेयर र उपमेयरमा एमालेले जित हासिल गरेको गोदावरी नगरपालिकामा गठबन्धनबाट उठेका नेपाली कांग्रेसका वीरेन्द्र भट्टले जित हासिल गरेका थिए। उनले १५ हजार ५०१ मत ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेस जिल्ला समिति कैलालीका सदस्य प्रेमराज भट्टले मेयरले पाएको मत बराबर बोट रोपेर प्रतिबद्धता पूरा गरेका हुन्। 

युवा व्यवसायी भट्टले नगरपालिकाभित्रका मन्दिर र विद्यालयमा तीन हजार रुद्राक्ष, रक्तचन्दन, गुलमरका ३ हजार बिरुवा रोपेका छन्। 'निर्वाचनमा प्रतिबद्धता गरेको थिएँ, नगर प्रमुखले पाएको भोट बराबरको बिरुवा रोप्छु भनेर,’ प्रेमराज भट्टले भने, ‘मेयरले पाएको भोट बराबर बोट लगाएँ।’ सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको गोदावरी नगरपालिकामा १२ वडा छन्। उनले सबै वडामा आँप, लिची, कागती, अम्बा, अमला, बेल, कपुर गरेर १२ हजार ५०१ बिरुवा व्यक्तिगत खर्चमा लगाएका हुन्। 

कृषि कर्ममा सफल मानिएका भट्ट पछिल्लो समय व्यवसायलाई भन्दा राजनीतिलाई बढी महत्त्व दिएर अगाडि बढेका छन्। ‘स्थानीय चुनावदेखि हालसम्म राजनीतिमा लागेँ। व्यापार व्यवसाय अस्तव्यस्त भयो,’ प्रेमराजले भने, ‘व्यवसाय सबै श्रीमती र परिवारको जिम्मा लगाएर अहिले पूर्ण रूपमा राजनीतिमा लागेको छु। राजनीतिमा लाग्दा व्यापार/व्यवसायलाई समय दिन कहाँ सकिँदो रहेछ र!’

हजारको धौधौ सम्झिएर लाखौँमा खेल्छन्
कक्षा ९ उत्तीर्णपछि थप अध्ययनका लागि कैलाली झरेका प्रेम गोदावरी नगरपालिका-४, बसन्तपुरस्थित दिदीको घरमा बसेर अध्ययनलाई अगाडि बढाए। 

एसएलसी उत्तीर्ण भएपछि कृषि जेटीए अध्ययन गरे। पढाइ अगाडि बढिरहेको थियो। उनलाई आर्थिक समस्याले गाँज्न थाल्यो। उनले पढाइलाई निरन्तरता दिँदै केही आर्थिक आयआर्जनका लागि व्यवसायको योजना बनाए। कम लगानीमा आम्दानी गर्न सकिन्छ भनेर कृषि पेसा रोजे। तर उनीसँग सानो लगानीमा गर्न सक्ने कृषि पेसाका लागि पनि पैसा थिएन। आर्थिक अवस्था कमजोर परिवारका उनलाई त्यही एक हजार जुटाउन पनि सानो श्रम परेन। जसोतसो एक हजार रुपैयाँको जोहो गरे। त्यही पैसाबाट च्याउको बीउ खरिद गरे। आफू बस्ने कोठामा च्याउ उमारेर बजारमा लगे। अनी शुरु भयो च्याउखेती यात्रा। 

कुनै पनि व्यवसाय गर्न ठूलो पुँजी चाहिन्छ भन्ने जरुरी छैन। सानो लगानीबाटै धेरै आम्दानी गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन कैलालीको गोदावरी नगरपालिकामा बसोबास गर्दै आएका प्रेम। थोरै समयमा कृषि कर्ममा अब्बल किसानको पहिचान बनाउन सफल प्रेमराज भट्ट अहिले करोडौँको कारोबार गरिरहेका छन्।

'निर्वाचनमा प्रतिबद्धता गरेको थिएँ, नगर प्रमुखले पाएको भोट बराबरको बिरुवा रोप्छु भनेर,’ प्रेमराज भट्टले भने, ‘मेयरले पाएको भोट बराबर बोट लगाएँ।’

२०६८ सालमा पहिलो पटक च्याउ खेतीबाट कृषि पेसामा प्रवेश गरेका प्रेमराज भट्ट छोटो समयमै कुरिलो खेती, कुखुरापालन, माछापालनसम्म व्यवसायलाई विस्तार गरेका छन्। 

भट्टले अहिले ६ बिघा क्षेत्रफलमा कुरिलो खेती, एक बिघामा माछापालन र १० हजारभन्दा बढी कुखुरापालन समेत गरिरहेका छन्। 'मलाई श्रीमती कृष्णा भट्टले सहयोग गर्दै आएकी छिन्,' प्रेमराज भट्टले भने, 'उनको साथले मलाई प्रगति निरन्तर सहयोग गरिरेहको छ।' 

नेपाल समय

२०७० सालमा घरको पछाडि सानो खोर बनाएर ५ सय कुखुराबाट व्यवसाय थालेका थिए भट्टले। अहिले विभिन्न ठाउँमा गरेर १० हजार बढी कुखुरा पालन गरिरहेका छन्। जेटीए अध्ययन गरेका प्रेमराज शिक्षाशास्त्र संकायमा स्नातकोत्तर हुन्। 'कृषिलाई निरन्तरता दिनकै लागि जेटीए पढेँ,’ उनले भने,‘पछि शिक्षा संकाय पढेँ।’ 

जेटीए पढेका उनलाई जागिरका लागि थुप्रै अवसर पनि आए। तर, उनले जागिर भन्दा पनि आफ्नै व्यवसाय महत्वपूर्ण ठाने। ‘अरुकोमा गएर काम गरेबापत पाउने मासिक तलब भन्दा थोरै भए पनि आफ्नै गर्नुपर्छ भन्ने लाग्थ्यो त्यो बेला,’ उनले भने। 

च्याउ खेतीबाट व्यावसायमा प्रवेश गरेका प्रेमराजले विभिन्न कृषि कर्मसँगै पीके पोल्ट्री एन्ड कृषि सप्लायर्स पनि चलाउँछन्। कुखुरा पालनका लागि चाहिने सम्पूर्ण सामग्री कृषकलाई उपलब्ध गराउँछन्। कृषि सुरु गरेको ६ वर्षमै कुखुराका दाना बिक्री गर्ने थोक पसल सञ्चालन गरिरहेका छन्। 

२०७४ मा १५ लाख रुपैयाँबाट शुरु गरिएको पीकी पोल्ट्री एन्ड कृषि सप्लायर्स अहिले करोडमाथि छ। पीके पोल्ट्री एन्ड कृषि सप्लायर्सबाट मात्र वार्षिक ५ करोडभन्दा बढी कारोबार गरिरहेका प्रेमराजले कृषि पेसाबाट मासिक लाखौँ आर्जन गर्न थालेका छन्।

कृषिमा व्यवसाय थालेदेखि नै जीवन परिवर्तन भएको अनुभव छ प्रेमराजको। जाने कृषिमै पैसा तमाम रहेको प्रेमराजको तर्क छ। कृषि कर्मसँगै कुखुरा पालक, बंगुर पालक तथा च्याउ खेती र कुरिलो खेती गर्न चाहने किसानका लागि समयसमयमा तालिम सञ्चालन गर्दै आइरहेका प्रेमराजले तालिम बापत पैसा भने नलिने बताए। 

२०७४ मा १५ लाख रुपैयाँबाट शुरु गरिएको पीकी पोल्ट्री एन्ड कृषि सप्लायर्स अहिले करोडमाथि छ। पीके पोल्ट्री एन्ड कृषि सप्लायर्सबाट मात्र वार्षिक ५ करोडभन्दा बढी कारोबार गरिरहेका प्रेमराजले कृषि पेसाबाट मासिक लाखौँ आर्जन गर्न थालेका छन्।

एउटा तेघरी र अर्को धनगढीमा गरेर २ ओटा पक्की घर बनाएका भट्टले पछिल्लो समय अत्तरियामा समेत घर खरिद गर्न सफल भएका छन्। 'तराइमा एक घुर जमिन थिएन। अहिले जमिन तथा घडेरी खरिद गर्न सफल भएको छु। सामान ओसारपसारका लागि गाडी छ,' कृषिबाट मासिक चार लाखसम्म आम्दानी गर्ने प्रेमराजले भने, 'काम गर्ने सिप र श्रम भए कृषिमा पैसा रहेछ। मैले ११ जनालाई प्रत्यक्ष र तीन सय बढीलाई अप्रत्यक्ष रोजगारी दिएको छु। सबै खर्च कटाएर मासिक तीन/चार लाख बचत हुन्छ। बचतलाई व्यवसाय विस्तारमा प्रयोग गर्दै आएको छु।' 

स्वदेशमा अवसर छैन भन्ने कुरा सत्य लाग्दैन उनलाई। व्यवसाय सँगै राजनीतिमा पनि तानिएका उनी राजनीतिलाई समाजसेवाको माध्यम बनाउनुपर्ने बताउँछन्। 'सफलताको बाटो सहज त छैन। एक कृषकले कर्मशील भई काममा लागेमा सफलता त्यति टाढा पनि छैन। व्यवसायमा चुनौती आउँछन्। तर दृढ भएर लागे चुनौतीको सामनाको बाटो पनि पहिलिन्छ,' प्रेमले पारिवारिक सहयोग सफलताको महत्वपूर्ण पक्ष भएको बताए। 

स्वदेशमा गरेको श्रम, निरन्तरता, व्यवसाय विस्तार विविधीकरणले प्रेमलाई उपमेय बनाएको छ। उनीबाट प्रभावित भएर कृषिमा आकर्षित हुनेहरू भेटिन थालेका छन्। 

सरकारले कृषिलाई प्राथमिकता दिनका लागि अनुदान दिने गरेको जानकारी प्रेमलाई पनि छ। तर उनले अनुदान लिन खासै चासो दिएका छन्। राज्यका स्रोतको समुचित उपयोग नभएकोमा उनलाई चित्त बुझेको छैन। पहुँचवालाहरू सरकारी सहुलियतमा हाबी भएको उनको गुनासो छ। ‘सरकारले पहुँचवाला र जमिन्दारलाई अनुदान दिने गरेको छ,' पहुँचका आधारमा मात्रै कृषिको अनुदान पाउने प्रावधानले वास्तविक किसान मारमा परेका छन्। 


प्रकाशित: July 19, 2022 | 18:27:49 काठमाडौं, मंगलबार, साउन ३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
उद्यम-उद्यमी

च्याउमा आत्मनिर्भर बन्यो झापा

जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
नेपाल समय
उद्यम-उद्यमी

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा...

शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका हुन्।
नेपाल समय
उद्यम-उद्यमी

म्याग्दीमा सुन्तलाका बिरुवा बिक्री नहुँदा कृषक निराश

नयाँ नर्सरी बढे पनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो।
नेपाल समय
उद्यम-उद्यमी

म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए

घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन्।
नेपाल समय
उद्यम-उद्यमी

५० प्रतिशत अनुदान पाएपछि फूलखेतीमा आकर्षण थपियो

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना