बिहीबार, भदौ २, २०७९

भक्तपुरमा जुजु धौको माग उच्च

नेपाल समय  |  काठमाडौं, बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९, काठमाडौं

नेपाल समय

भक्तपुर- भक्तपुरका दही व्यवसायीलाई 'जुजु धौ' बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ। बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ।

अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर सम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिए।

उनले भने, 'दहीको माग अत्यधिक छ, मंगलबारदेखि नै बिक्री ह्वात्तै बढेको छ। अहिले बिहानैदेखि पसलमा दही लिन आउने सङ्ख्या अत्यधिक छ। माग भएको ठाउँमा पनि पुर्‍याउनै पर्‍यो।' दूधको अभाव र दूध नै पर्याप्त पाउन छाडेपछि माग भए अनुसारको दही बनाउन नसकिएको उनले बताए। भक्तपुरको जुजु धौ अर्थात् दहीको राजा नाम सुन्दै सबैले मुख रसाउने गर्छ।

जिल्लामा राम्रो दही पाइन्छ भनेर उपत्यकाका विभिन्न ठाउँबाट यहाँ दही लिन आउने पनि धेरै हुन्छन्। कतिपय पसलमा १ बजेपछि दही पाइँदैन। माटोको भाँडो अर्थात् कतारो, भिउट र कपमा बनाइने दही स्वादिलो हुने गर्छ।

सगुन जुजु धौका सञ्चालक सगुन सैजुले जिल्ला ग्रामीण क्षेत्र ताथली, बागेश्वरी, सुडाल, नगरकोटलगायतका किसान र डेरीबाट ल्याएको गाई तथा भैँसीको दूध ल्याउने बताए। उनले दूधलाई दाउराको चुलोमा भकभकी उमालेर बाक्लो बनाएपछि त्यसमा चिनी, मसला हालेर माटोको भाँडोमा भुसमाथि राखेर उम्लिएको दूध हालेर माथिबाट माटोको भाडो र त्यसमाथि जुटको बोराले छोपेपछि तीनदेखि चार घण्टामै दही तयार हुने जानकारी दिए।

परम्परागत प्रक्रियाबाट उत्पादन हुने दहीको माग उच्च रहने जनाउँदै उहाँले दहीको माग धेरै आएपछि सबैको माग लिन नसकिएको बताए। जुजु धौ भन्दैमा हुँदैन यो पनि धेरै प्रकारका हुन्छन्, सामान्य दही, मसलादार दही, खुवा हालेको दहीलगायतका फरक–फरक दहीको मूल्य पनि फरक–फरक पर्ने गरेको छ।

अहिलेका कयौँ व्यावसायीले भने जुजु धौकै नाममा फ्रिजमा दही जमाएर बिक्री गर्ने गर्दा जुजु धौको गुणस्तर र महत्व घट्दै गएको सुकुलढोकामा पुस्तौँदेखि जुजु धौ बनाउँदै आएका राम सैजुले जानकारी दिए।

उनले भने, 'जुजु धौ दहीको कतारोलाई घोप्ट्याउँदा पनि दही हल्लिने र पोखिने हुँदैन। अचेल बजारमा पाइने कतारो सामान्य हल्लियो भने पनि दहीबाट पानी आउने एवं स्वाद नै नहुने, फ्रिजमा दही जमाउने र प्लाष्टिकका भाँडोमा बनाएको दहीको स्वाद र गुणस्तर हुँदैन।'

परम्परागत शैलीलाई भुलेर अहिले मानिसहरूले आधुनिक शैलीमा डेरी तथा पाउडर दूधलाई फ्रिजिङ गरेर जमाएको दहीलाई समेत जुजु धौ नाम दिएकाले दहीको गुणस्तरमा ह्रास आएको जुजु धौ कै बदनाम भइरहेको व्यवसायीको गुनासो छ।

‘जुजु धौ भक्तपुरको पहिचान हो, तर अहिले यस्तो दही पाउन पुराना व्यवसायी खोज्दै गएर माग दिनुपर्ने हुन्छ', दही व्यवसाय गर्दै आएका सूर्यमढीका कृष्ण सैँजु भने, ‘दही धेरै प्रकारका हुन्छन्, कुराउनीजस्तो दही पनि भक्तपुरमै पाइन्छ तर दहीको पहिचान नगरी व्यापारीले पसलको फ्रिजमा जमाएको दहीलाई जुजु धौ भनेर बिक्री गर्दा दहीको पहिचान मेटिने डर भएको छ।'

संस्कृतिकर्मी प्रकाशचन्द्र अमात्यले दहीको राजा अर्थात् उत्कृष्ट दही भएकाले मल्लकालमा राजाले समेत यहाँका दही खाने भएकाले भक्तपुरको दहीलाई जुजु धौ भनिएको बताए। जिल्लाका व्यवसायीले ताप सन्तुलन, मौलिक भिउँट र उच्च गुणस्तरयुक्त दूधको प्रयोग गरेर जुजु धौ बनाउने गरेकाले संसारभरिका हरेक ठाउँमा दहीभन्दा उत्कृष्ट दही जिल्लाको दहीलाई लिने गरेको उनको भनाइ छ। -रासस


प्रकाशित: June 29, 2022 | 11:45:39 काठमाडौं, बुधबार, असार १५, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
उद्यम-उद्यमी

च्याउमा आत्मनिर्भर बन्यो झापा

जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
नेपाल समय
उद्यम-उद्यमी

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा...

शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका हुन्।
नेपाल समय
उद्यम-उद्यमी

म्याग्दीमा सुन्तलाका बिरुवा बिक्री नहुँदा कृषक निराश

नयाँ नर्सरी बढे पनि बजार विस्तार हुन नसक्दा बिरुवा बिक्री नभएको हो।
नेपाल समय
उद्यम-उद्यमी

म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए

घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन्।
नेपाल समय
उद्यम-उद्यमी

५० प्रतिशत अनुदान पाएपछि फूलखेतीमा आकर्षण थपियो

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना