आइतबार, असार १९, २०७९

मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

नेपाल समय  |  काठमाडौं, मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९, काठमाडौं

नेपाल समय

बागलुङ- बागलुङ नगरपालिका-४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन्। खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन्। खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्।

म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आएका खत्रीले विसं २०७२ बाट मौरीपालन गर्न थालेका छन्।

सन् २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई गएका खत्री दुई वर्षमै नेपाल आए। पुनः मलेसिया गएका खत्री सन् २००९ मा मलेसियाबाट फर्किए। मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो। वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्री सुन्तला र पछि मौरीपालनमा आकर्षित भएको बताउनुहुन्छ। उनको १० रोपनी जग्गामा रहेका २०० सुन्तलाका बोटले आम्दानी दिइराखेका छन्।  

उनले यस वर्षमात्रै छ लाख सुन्तला बेचेरै भित्र्याएका थिए। सुन्तलामा मनग्य आम्दानी देखेका उनले घर नजिकैको १० रोपनी बाँझो जग्गा भाडामा लिएर अहिले २०० सुन्तलाका नयाँ बिरुवा लगाएका छन्। खत्रीको घर बागलुङ नगरपालिका–४ रमेटारमा समेत छ। रमेटारमा मौरी र सुर्केमेलामा सुन्तला खेती विस्तारमा उनको ध्यान छ। 

स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका खत्रीले दुई वर्षदेखि मौरीपालनको क्षेत्र बागलुङलाई रोजेका छन्। उनले मौरीको महभन्दा मौरीसँगैको घार बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन्। खत्रीले गत वर्षमात्रै ११० मौरीसहितको घार बिक्री गरेर १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट एक लाख १३ हजार आम्दानी गरेको बताए।

'हाम्रो आम्दानी वार्षिक हुन्छ, यही वर्ष सुन्तला, मौरीको घार र मह बिक्री गरेर रु १७ लाखभन्दा बढी आम्दानी गरेको रहेछु', खत्रीले भने, 'मेरो लगानी २० लाख पुग्यो, २०० सुन्तलाका बिरुवाले उत्पादन दिनै बाँकी छ, नयाँ सोचका साथ कृषिमा आएको थिएँ, राम्रो आम्दानी भएको छ, म्याग्दीमा सुन्तलाका लागि राम्रो मानियो भने बागलुङको रमेटारमा मौरीपालन।'

खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट लैजाने गरेको बताए। 'महभन्दा मौरीसहितको घार बिक्रीमा फाइदा छ, मौरीसहितका घारलाई नौ हजार ५०० पर्छ, खाली घारलाई तीन हजार ५०० पर्छ। मह केजीको एक हजार ३०० पर्छ', खत्रीले भने, 'मैले आफैँ घार निर्माण गरेर मौरी व्यवस्थापन गर्दै आएको छु, मौरीसहितका घार र सुन्तला बिक्री नै मेरो मुख्य लक्ष्य हो।' 

खत्रीले १० रोपनी बाँझो पल्टिएको जग्गालाई १५ वर्षका लागि वार्षिक २० हजारका दरले भाडा तिरेर सुन्तला खेती गर्दै आएका छन्। मौरीको चरनका लागि तोरीखेती हुने क्षेत्र उपयुक्त हुने भएकाले रमेटारमा मौरीपालन व्यवसाय फष्टाएको उनको भनाइ छ।

मौरीपालन र सुन्तला खेतीमा श्रीमती खिरादेवी खत्रीले सघाउँदै आएका छन्। श्रीमती रमेटार मौरी व्यवस्थापनमा हुँदा डिलबहादुर सुर्केमेलामा सुन्तला व्यवस्थापन गर्ने कार्यमा जुट्छन्। सुन्तलाको फूल र तोरीको फूलका कारण मौरीपालन राम्रो हुँदै आएको छ।

रमेटारमा भने उनले अर्कैको खेतमा मौरी व्यवस्थापन गर्दै आएका छन्। घारलाई सजिलै स्थानान्तरण गर्न मिल्ने भएकाले चरनका लागि यताउता लैजान मिल्ने उनको भनाइ छ।   रासस


प्रकाशित: April 19, 2022 | 11:57:28 काठमाडौं, मंगलबार, वैशाख ६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।

रवि लामिछानेको दलले सार्वजनिक गर्‍यो १९ केन्द्रीय सदस्यको नाम [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ। रवि लामिछाने सभापति रहेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले १९ केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री वलीले राजीनामा दिएको सूचना प्रवाह गरिएको हो। वलीलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नुको सट्टा आफैँ राजीनामा दिएको सन्देश दिन मुख्यमन्त्री केसीले वलीलाई सुझाएका हुन्।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुँक्कघुँक्क रुन्छिन्।

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

थप समाचार

नेपाल समय
उद्यम-उद्यमी

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

देवान छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन्।
नेपाल समय
उद्यम-उद्यमी

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

वैदेशिक रोजगारमा लामो समय बिताएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउँछन्।
नेपाल समय
उद्यम-उद्यमी

भक्तपुरमा जुजु धौको माग उच्च

अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर सम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिए।
नेपाल समय
उद्यम-उद्यमी

परिवारसँग विद्रोह गरेर खडा गरेको एउटा स्टार्टअप, जसले गर्छ घरको उपचार

नेपाल स्टार्टअप फेस्ट २०२२ मा ३०० कम्पनीबाट स्किल सेवा टप दसमा मात्र पर्न सफल भएन, साढे ८ करोडको लगानी प्रस्तावसमेत पाउन सफल स्टार्टअप कम्पनी बनेको छ।
नेपाल समय
उद्यम-उद्यमी

उद्योगको क्षमता बढाउन आवश्यक छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरूको क्षमता बढाउन आवश्यक रहेको बताएका छन्।आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना