आइतबार, असार १९, २०७९

डिजिटल कारोबार पनि बिजनेस हुन्छ भनेर सिकाउने इसेवा

नेपाल समय  |  काठमाडौं, आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८, काठमाडौं

नेपाल समय
इसेवाका सीईओ सुभास सापकोटा।

काठमाडौं– दक्षिण एसियाकै पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक अर्थात् डिजिटल वालेट हो इसेवा। नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्सन रिलिज भएको इसेवाले २०१० जनवरी २५ बाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो। 

करिब १३ वर्षको यो अवधिमा सूचना–प्रविधिले ठूलै फड्को मारिसकेको छ। आर्थिक कारोबार पूर्ण रुपमा नगदरहित त भइसकेको छैन, तर विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्ने उपभोक्ताको संख्यामा उत्साहजनक वृद्धि भएको छ। सरकारले पनि विभिन्न सरकारी काममा विद्युतीय माध्यमको प्रयोगलाई बढावा दिइरहेको छ।

विद्युतीय कारोबार प्रारम्भिक अवस्थामा रहेकै बेला स्थापना भएको इसेवाले अनलाइन कारोबारको बजारमा एउटा छुट्टै पहिचान स्थापित गरिसकेको छ। अहिले इसेवामा खाता खोल्नेको संख्या करिब ५५ लाख र अप्रत्यक्ष रूपमा इसेवामार्फत सेवा लिनेको संंख्या करिब दुई करोडको हाराहारीमा रहेको कम्पनीको तथ्यांक छ। हाल इसेवाका देशभर करिब १ लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा प्वाइन्ट) रहेका छन्।

इसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या ५० लाखभन्दा बढी रहेको र इसेवामा मर्चेन्टको संख्या दुई लाखभन्दा बढी पुगिसकेको कम्पनीले बताएको छ। देशका सुविधासम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा पनि मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट, स्कुल, कलेजको शुल्कलगायत भुक्तानीका लागि इसेवा प्रयोग हुन्छ। इसेवाबाट ट्राफिक प्रहरीको जरिवाना भुक्तानी तथा वैदेशिक रोजगारीको श्रमस्वीकृतिको शुल्क भुक्तानीसमेत गर्न सकिन्छ। ६० वटा बैंक तथा वित्तीय संस्था इसेवामा जोडिइसकेका छन्।

त्यति सजिलै यो स्थानमा पुगेको भने होइन इसेवा। कम्पनीले सुरुवाती चरणमा थुप्रै कठिनाइ भोग्नुपरेको सम्झिन्छन् कम्पनीका सीईओे सुभास सापकोटा। इसेवा प्रयोगमा ल्याउने समयमा नेपालमा पनि डिजिटल कारोबार सम्भव होला र भनेर नाक खुम्च्याउनेहरु धेरै थिए। सापकोटा भन्छन्, ‘इसेवाले सेवा सुरु गर्दैगर्दा नेपालमा डिजिटल कारोबारका लागि पूर्वाधार नै निकै कम थियो। मोबाइल, कम्प्युटर, ल्यापटप, इन्टरनेट अहिलेजस्तो सहज र सबैको पहुँचमा थिएन। सीमित व्यक्तिको मात्र पहुँचमा थिए यी सेवा। त्यस्तो अवस्थामा डिजिटल भुक्तानी सेवा सुरु गर्नु सहज कुरा थिएन।’ 

करिब १३ वर्षको यो अवधिमा सूचना–प्रविधिले ठूलै फड्को मारिसकेको छ। आर्थिक कारोबार पूर्ण रुपमा नगदरहित त भइसकेको छैन, तर विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्ने उपभोक्ताको संख्यामा उत्साहजनक वृद्धि भएको छ।

विस्तारै पूर्वाधार अभावको समस्याबाट मुलुक अगाडि बढ्यो। धेरैको हातहातमा मोबाइल, घरघरमा कम्प्युटर–ल्यापटक भए। इन्टरनेट सेवा विस्तार हुँदै गयो। प्रतिस्पर्धासँगै शुल्क पनि घट्न थाल्यो। पूर्वाधार विस्तार भए पनि अनलाइन भुक्तानी प्रणालीको लागि कुनै नीति नियम बनेको थिएन, किनकी यो व्यवसाय निकै प्रारम्भिक अवस्थामा थियो। कुनै नीतिनियम नै नहुँदा व्यवसाय विस्तारमा दुविधा भएको अनुभव सुनाउँछन् सापकोटा।

‘कम्पनी ऐनअनुसार दर्ता भएर अन्तर्राष्ट्रिय अभ्यासअनुसार त चलि नै रहेको थियो इसेवा। तर एउटा इसेवाको लागि कसले बनाइदिने नीतिनियम? कसले नियमन गर्ने? कसले लाइसेन्स दिने? अझै महत्वपूर्ण कुरा जनताले कसरी पत्याउने? त्यहाँ राखेको पैसाको सुरक्षा के होे? त्यो पैसा इसेवाले राख्न पाउने कि नपाउने? यस्ता थुप्रै प्रश्नहरु थिए, दुविधाहरु थिए। विस्तारै समस्याहरु समाधान हुँदै गए, नीतिगत स्पष्टता हुँदै गयो।’ आजको दिनमा राज्यले कानुन बनाएर, राष्ट्र बैंकले डिजिटल पेमेन्टको लागि लाइसेन्स जारी गर्ने नीतिसहितको रेगुलेटेड फ्रेमवर्क बन्नु भनेको मुलुकले छोटो समयमा प्रविधिमा फड्को मार्न सफल भएको उनको ठम्याइ छ।

यद्यपि, अहिले पनि चुनौती नै नभएका भने होइनन्। ‘अगाडि बढ्दै गर्दा नयाँ–नयाँ चुनौती थपिँदै जान्छन्– सुरक्षाको चुनौती, प्रतिस्पर्धाको चुनौती, विश्वसनियताको चुनौती आदि। आगामी दिनमा पेमेन्टबाट मात्रै यो बिजनेस अगाडि बढ्न सक्छ कि सक्दैन भन्ने चुनौती पनि छ,’ सीईओ सापकोटा भन्छन्। विगतमा थुप्रै चुनौती भोगेर, पार गरेर आइसकेको इसेवासँग आगामी चुनौतीहरुसँग पनि सामाना गर्न सक्ने क्षमता रहेको सापकोटा दाबी गर्छन्। 

कोभिड महामारीले धेरै क्षेत्रमा असर गरेको छ। कतिपय व्यवसाय त उठ्नै नसक्ने गरी थला परे। तर, डिजिटल पेमेन्टको क्षेत्रमा भने यो महामारी पनि सहयोगी सावित भयो। कोभिडका कारण वित्तीय सेवा भौतिक रुपमा प्रभावित भएपछि डिजिटल कारोबार बढ्न पुग्यो। उपभोक्तादेखि राज्य सञ्चालनको तहमा रहेका व्यक्तिहरुमा पनि डिजिटल पेमेन्टप्रति विश्वास बढ्यो। फलस्वरुप नेपाल राष्ट्र बैंकलगायत सरकारी निकायले नै डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै सहज नीतिहरु ल्याए। ‘अहिले कुनै पनि संंस्था तथा कार्यालयमा भुक्तानीको लागि लाइन छ भने ‘कस्तो होला यति पनि अनलाइन गर्न नसक्ने’ भनेर भन्ने जनमानसको बुझाइमा विस्तार इ–सेवाले गराएको हो,’ सीईओ सापकोटा भन्छन्।

त्यसो त अझै पनि अनलाइन भुक्तानी मुख्य नभई वैकल्पिक प्रणालीकै रुपमा छ। आगामी दिनमा स्थिति परिवर्तन हुने विश्वास सापकोटाको छ। भन्छन्, ‘समयको आवश्यकता र ग्राहकको सहजतालाई मध्यनजर गर्दै अगाडि बढ्छौं। डिजिटल कारोबारको विकल्प नै छैन अब।’


प्रकाशित: April 10, 2022 | 09:22:33 काठमाडौं, आइतबार, चैत २७, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

उपचार खर्च नहुँदा द्वन्द्वकालका घाइते पूर्वजनमुक्ति सेनाका कमाण्डर सेवकको निधन

द्वन्द्वकालमा घाइते भएका पूर्वजनमुक्ति सेनाका कमाण्डर नमराज न्यौपानेको निधन भएको छ। द्वन्द्वकालमा तत्कालीन सत्तापक्षसँगको लडाइँका क्रममा घाइते भएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंका सडक पेटीमै निधन भएको हो।

रवि लामिछानेको दलले सार्वजनिक गर्‍यो १९ केन्द्रीय सदस्यको नाम [सूचीसहित]

राष्ट्रिय स्वतन्त्र पार्टीले १९ केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ। रवि लामिछाने सभापति रहेको पार्टीका प्रवक्ता डा. मुकुल ढकालले १९ केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गरेका हुन्।

अर्थतन्त्रको संगति कहाँनेर खुस्क्यो सरकार?

नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा पुगिसकेको वा उक्त बाटोमा जाँदै जाँदैन भन्‍ने दुबै थरीको तर्क गलत हुन्

बिमला वलीको राजीनामाको भित्री रहस्य

एकातर्फ सरकारलाई आर्थिक वर्ष ०७९-८० को बजेट संसद्‌बाट पारित गर्नुपर्ने बाध्यता थियो भने अर्कोतर्फ सरकारी प्रतिवेदनमै राज्यमन्त्रीको कमजोरी औंल्याउनुपर्ने भएपछि सरकारमाथि थप नैतिक संकट आउन नदिन मुख्यमन्त्री केसीकै सल्लाहमा राज्यमन्त्री वलीले राजीनामा दिएको सूचना प्रवाह गरिएको हो। वलीलाई राज्यमन्त्रीबाट बर्खास्त गर्नुको सट्टा आफैँ राजीनामा दिएको सन्देश दिन मुख्यमन्त्री केसीले वलीलाई सुझाएका हुन्।

चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

राजदूत बन्न चाहन्छन् राजेश हमाल?

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।

निर्वाचन आयोगले दर्ता गर्‍यो रवि लामिछानेको दल, चुनाव चिह्न घण्टी नै

आयोगले उनको दललाई घण्टी चुनाव चिह्न दिएको छ। यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले स्वतन्त्रलाई नै दिने निर्णय गरेको हो।

घर फर्किएकी यान्छी

एमसीसीको विवाद बढ्नुमा चिनियाँ दूतावासको भूमिका रहेको भन्‍ने आरोप लागे पनि चीनसँग सन् २०१७ मा नै सम्झौता भएको बीआरआईका विषयमा भने कुनै पहल हुन सकेन।

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो पीडा उनको अनुहारमा कालोनिलो भएर मडारिन्छ, मुख छोपेर घुँक्कघुँक्क रुन्छिन्।

आफ्नै काकाबाट बलात्कृत भएको भन्दै अर्की युवती रुँदै टिकटकमा, न्यायका लागि लडिदिन आग्रह

‘मैले धेरै प्रयास गरेँ तर यो घटनाबाट भाग्न सकिनँ। यहीकारण परिवारबाट पनि टाढा छु। मलाई कसैको सहयोग छैन। समाजले थाहा पायो भने बिहे कसले गर्छ भनेर परिवारले पनि सहयोग गरेनन्। मेरो पीडा सुनाउने पनि जीवनमा कोही छैनन्,’ टिकटकमा उनले रुँदैरुँदै पीडा पोखेकी छिन् ।

थप समाचार

नेपाल समय
उद्यम-उद्यमी

चरनका लागि धौलागिरि आधार शिविर पुगे भेडाका बथान

देवान छन्त्याल ६०० भेडाका बथानसहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रबार धौलागिरि आधार शिविरको लेकमा पुगेका हुन्।
नेपाल समय
उद्यम-उद्यमी

वैदेशिक रोजगारबाट फर्किएर कुरिलो खेती

वैदेशिक रोजगारमा लामो समय बिताएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउँछन्।
नेपाल समय
उद्यम-उद्यमी

भक्तपुरमा जुजु धौको माग उच्च

अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर सम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिए।
नेपाल समय
उद्यम-उद्यमी

परिवारसँग विद्रोह गरेर खडा गरेको एउटा स्टार्टअप, जसले गर्छ घरको उपचार

नेपाल स्टार्टअप फेस्ट २०२२ मा ३०० कम्पनीबाट स्किल सेवा टप दसमा मात्र पर्न सफल भएन, साढे ८ करोडको लगानी प्रस्तावसमेत पाउन सफल स्टार्टअप कम्पनी बनेको छ।
नेपाल समय
उद्यम-उद्यमी

मौद्रिक नीति : उधारो नतिर्नेलाई कालोसूचीमा राख्न उद्योग संगठन मोरङको सुझाव

आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले बनाउने मौद्रिक नीतिमा उक्त व्यवस्था गर्न संगठनका प्रतिनिधिले सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना