सोमबार, माघ ३, २०७८

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

शिवलाल श्रेष्ठ  |  काठमाडौं, शनिबार, मंसिर ११, २०७८

नेपाल समय

शिवलाल श्रेष्ठ

शनिबार, मंसिर ११, २०७८, काठमाडौं

नेपाल समय

गाउँमा हुर्के पनि कृषि पेसाका बारेमा मलाई कुनै मेसो थिएन। ठूलो छोरा किरण बिरामी परेपछि उसको उपचारका लागि भारत लानुपर्ने भयो। उसलाई उपचारका लागि नयाँदिल्ली लगें। उपचारमा खर्च निकै भयो। पैसा सकिएपछि रिनपान गरेर व्यवहार धान्नुपर्ने बाध्यता आयो।

सोचें - त्यसै घर फर्कनुभन्दा केही काम गरेर पैसा कमाउन सकें भने ऋण तिर्न सकिन्छ, परिवारका लागि थप केही गर्न सकिन्छ। स्वस्थानीको नवराजको जस्तै अवस्था भयो मेरो। 

अनि मैले नयाँदिल्लीमा बस्दा भएको चिनाजानी र सम्पर्कबाट त्यहींको लक्ष्मीनारायण मन्दिरमा काम पाएँ। मन्दिरमा काम गर्दै जाँदा सम्पर्क बढ्दै गयो। कमाइ ठिकै थियो। तर थप केही पाइन्छ कि भनेर पहल गरे‌ं। नभन्दै गाडी बनाउने ग्यारेजमा काम पाएँ। त्यो ग्यारेज निकै ठूलो थियो। ग्यारेजको साहुले मलाई बस्ने कोठा पनि दिए। मन्दिरबाट ग्यारेजमा सहयोगीको काम गर्न थालें। 

मजदुरी गरेर जीवन चल्न थाल्यो। बढी नै व्यस्त हुन थालें। एक दिन बजारमा तरकारी  किन्न गएको थिएँ। तिते करेला निकै सस्तो रहेछ। किलोको ५० पैसा। सस्तोमा पाएकाले चार-पाँच किलो किनेर ल्याएँ। तेत्रो करेला दुई-चार छाकमा सकिने भएन। कोठामा निकै दिन राखिएको एउटा करेला पाकेर पहेंलपुर भएछ। कुहिएको जस्तो करेला के कोठमा राख्नु भनेर धारासँगैको रच्छ्यानमा मिल्काइदिएँ।

दुईचार दिनमा त करेलाका बिरुवा टुसाएर उम्रन खोज्दै रहेछन्। अनि मैले ग्यारेजबाट फलामका झिक्रा ल्याएर टाँड बनाएँ। करेलाको झ्याल मजाले फैलियो। मलाई नै पनि पत्यार लाग्न मुस्किल हुने गरी झण्डै ४० किलो करेला फल्यो।

करेला फलाएको देखेर साहुले मलाई एक सय भारु बक्सिस दिए। एक दिन उनले मलाई सोधे, ‘गाउँमा तिम्रो कति जमिन छ?’ मैले झण्डै ३० रोपनी जति होला भनें। मेरो कुरा सुनेर उनी छक्क परे र भने - यति धेरै जमिन भएको मानिस किन मजदुरी गर्न आएको त? म अक्कनबक्क भएँ। उनले मलाई गाउँमै गएर खेती गर्न सुझाव दिए। अनि म २०५० सालमा आफ्नो गाउँ गोरखा नगरपालिका–२ अर्घौता, तल्लो कोखे फर्किएँ।

'भैंसी त पाल्नुहोला तर भैंसीलाई  ख्वाउने घाँसचाहिँ कति फलाउने गर्नु’भा छ नि।' ओहो ! त्यो कुरा त मैले सोचेकै रहेनछु। केही औपचारिक कुरा गरेर म बैंकबाट फर्किएँ। बैंकका अधिकारीहरुले घाँसको कुरा गरेपछि मलाई भैंसीपालनभन्दा पनि घाँसखेती गर्ने उपाय फुर्‍यो।

मेरो भारतमा बसाइ पाण्डवहरुको १२ वर्ष वनवास र एक वर्षको गुप्तवबास जस्तै भयो। म तेह्र वर्ष भारत बसेर फर्की आएँ। त्यसपछि जाँगर लगाएर खेतीकिसानी गर्न सुरु गरें। गाउँमा मसँग अरु केही गर्ने सीप तथा सम्भावना थिएन। गाउँमा कृषि समूह गठन गर्ने, सहकारी स्थापना गर्नेजस्ता कार्य हुँदै थिए। हामीले पनि कृषि समूह गठन गर्‍यौं। समूहको अध्यक्षका हैसियतमा मैले पनि काम गरें।

हामीले कृषि समूहबाट विभिन्न ठाउँको भ्रमण गर्ने गरेका थियौं। एक पटक भ्रमणका क्रममा हामी कास्कीको लुम्ले पुग्यौं।कृषि विकासको केन्द्रसरह लुम्ले नमुना नै थियो। त्यहाँको हावापानी हाम्रो गाउँको जस्तै थियो। बाटोको दायाँबायाँ खनायोको रुख लहरै थियो। 

गाउँ फर्किएर कृषि पेसा अपनाएँ पनि व्यावसायिक फड्को मार्न सकिरहेको थिइनँ। साथीभाइले कृषि विकास बैंकमा कृषि ऋण पाइने कुरा उठाए। के रहेछ प्रक्रिया भनेर बुझ्न कृषि विकास बैंकको गोरखा शाखामा गएँ। बैंकका अधिकारीहरुसँग 'मलाई भैंसी पाल्ने रहर छ केही सहयोग हुन सक्छ कि' भनेर अनुरोध गरें।

उहाँहरुले भन्नुभयो - 'भैंसी त पाल्नुहोला तर भैंसीलाई  ख्वाउने घाँसचाहिँ कति फलाउने गर्नु’भा छ नि।' ओहो ! त्यो कुरा त मैले सोचेकै रहेनछु। केही औपचारिक कुरा गरेर म बैंकबाट फर्किएँ। बैंकका अधिकारीहरुले घाँसको कुरा गरेपछि मलाई भैंसीपालनभन्दा पनि घाँसखेती गर्ने उपाय फुर्‍यो। मैले वडामा सम्पर्क गरी सहयोगका लागि आग्रह गर्दा दस हजार रुपैयाँ सहयोग पाएँ। अनि मैले घाँसखेती थालें।

कान्छो छोरा दिनेशले यहीं बसेर मलाई सघाइरहेको छ। ऊ पशु विशेषज्ञ पनि हो। त्यसकारण पनि मलाई खेती किसानीमा किट व्यवस्थापन लगायतका काममा सहयोग भएको छ।

एक दिन गोरखाबाट ऋषि रोका सर हाम्रो गाउँमा आउनुभएको थियो। मैले बारीमा सिर्जना जातको गोलभेंडा लगाएका थिएँ। बोटमा लटरम्मै गोलभेंडा फलेको थियो। तर सिँचाइ अभाव थियो। मेरो लगाव देखेर ऋषि सरले प्लास्टिकको पोखरी उपलब्ध गराइदिनुभयो।

आफूले इमानदार भएर लागिपर्ने हो भने संस्थागत सहयोग पनि पाइने रहेछ भन्ने भयो। कृषि विकासमा लागेका संस्थाहरुले पनि सहयोग गर्छन् तर मुख्य काम भनेको हामी किसानले आफ्नो काममा लागिपर्नैपर्ने हुन्छ। मेरो विचारमा स्थानीय तहले कृषि विकासका लागि सानै होस् तर दीर्घकालीन र प्रभावकारी योजना ल्याउनुपर्दछ। सरकारले कृषि विकासका लागि दिइरहेको अनुदानको योजना तथा कार्यक्रम प्रभावकारी हुन सकेको छैन। सरकारी अनुदान वास्तविक किसानको तहमा पुग्न सकेकै छैन।

अल्छी  बन्दै किसान

खेती गर्ने तरिकामा निकै अल्छीपन बढेको छ। विगतमा हामी गोरुले खेत जोत्थ्यौं। वर्षमा कम्तीमा पनि तीन पटकसम्म खेत जोतिन्थ्यो। गोडमेल पनि राम्रैसँग गर्थ्यौं। अचेल त खेती गर्ने बेलामा एकपटक मात्र जोतिन्छ। राम्ररी गोडमेल पनि हुँदैन। त्यसै कारण पनि झार र घाँस छिटोछिटो बढ्न थालेको हो।

पहिलापहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

मैले खेती किसानीमा आफ्ना सन्तानबाट पनि उत्तिकै सहयोग पाएको छु। मलाई मेरा सन्तानले खेती गर्न प्रोत्साहन नगरेको भए आजसम्म म खेती किसानीमा लागिरहन पनि सम्भव हुँदैनथ्यो। मेरा जेठा र माइला छोरा विदेशमा छन्। विदेशमा रहे पनि खेतीकिसानीको ज्याला र खर्च पठाइरहेकै छन्। कान्छो छोरा दिनेशले यहीं बसेर मलाई सघाइरहेको छ। ऊ पशु विशेषज्ञ पनि हो। त्यसकारण पनि मलाई खेती किसानीमा किट व्यवस्थापन लगायतका काममा सहयोग भएको छ।

स्थानीय प्रजाति हरायो, नयाँ प्रजाति सप्रेन

पहिलेको स्थानीय धान र मकैको तुलनामा अहिलेको हाइब्रिडमा घुनपुत्ला बढी लाग्छ। अचेल किसान रासायनिक मल र हाइब्रिड बिउबिजनमा निर्भर छन्। यसले माटोको उर्वरा शक्ति घटाउनुका साथसाथै स्वास्थ्यमा समेत असर पारिरहेको छ। रासायनिक मल पूर्ण रुपमा रोक्नुपर्छ भन्ने पनि होइन तर जोगिएर, चाहिएजति मात्रै गर्नुपर्‍यो। जथाभाबी रुपमा गर्नु भएन।

पहिले १० देखि १२ मुरी फल्ने खेतमा अहिले १८ देखि  २० मुरीसम्म धान फल्न थालेको छ तर धान मात्रै होइन भुस पनि उत्तिकै बढेको छ। धान मात्र होइन मैले तोरी, कुच्चो, केरालगायतका उत्पादन गर्दै आएको छु। ती उत्पादन  स्थानीय बजारमा बेच्ने गरेको छु। मौसमी तरकारी प्याज, काउली, सागका बेर्ना बनाएर पनि बिक्री गरिरहेको छु। बाख्रापालन र गाईपालन पनि गरेको छु।

मैले आफ्नो यही कृषिबाटै गरेको आम्दानीले जेठो छोरोलाई १२ कक्षासम्म पढाएँ, माइलो छोरोले १२ पास गरेको छ। कान्छो छोराले भने जेटीएको पढाइ सक्यो। दुई छोरीको बिहेदान गर्न पनि मलाई कृषिकै आम्दानीले सहयोग पुगेको हो। अहिले मेरो बारीमा काउली र बन्दाका बिरुवा हुर्किरहेका छन्। यी बिरुवा स्थानीय किसानले नै किनेर लैजान्छन्। 

खेती नै गर्न किन विदेश जानु?

मलाई कहिलेकाहीँ टीभीमा समाचार हेर्दा विरक्त लाग्छ। युवा पुस्ता गाउँठाउँमा खानलाउन पाए तापनि विदेशै मात्र हान्निएका छन्। अनि समाचारमा आज यतिवटा शव आयो भन्छन् आज उतिवटा शव आयो भन्छन्। सारसाउँदो उमेरका ठिटाहरु शव बनेर बाकसमा बन्द भएर आउनु परिवारका लागि मात्र होइन देशकै लागि पीडाको कुरा हो।

यहाँ काम गर्ने केही आधार छैन भने त विदेशै गए पनि लौ भन्नु। यहाँ गर्ने ठाउँ हुँदाहुँदै विदेश मात्रै जानु त ठिक होइन। विदेश जानेले पनि मरुभूमिमा भेडा चलाउने, उँट चराउने जस्ता काम गरेको कुरा सुन्छु। कतिले प्लास्टिकको टनेलमा तरकारी खेती गर्ने ठाउँमा काम गरेको कुरा सुन्छु।

देश विकास गर्ने हो भने कृषिलाई अघि लगाउनुपर्छ। किनभने जग्गा हुनेको त भइगयो जग्गै नहुनेले पनि अधियाँमा गरेर, बेसाहामा गरेर खेती किसानी गरिरहेका छन्। अरु के नै गर्न सक्छन् र गाउँठाउँका मान्छेले??

विदेशको मरुभूमिमा त्यस्तो काम गर्नु भन्दा त आफ्नै ठाउँमा काम गरे भइगो नि। यहाँ त स्वर्गै छ। वातावरण पनि राम्रो छ। म आफू पनि परदेशमा बसें। तर यहीं काम गर्ने वातावरण पहिलाभन्दा धेरै राम्रो बन्दै छ। अहिले त कृषिमा पनि उन्नन प्रविधि आएको छ। बिउ बिजन, कीटनाशक, पोषक तत्त्व उपलब्ध छ। गाउँठाउँमा कृषिविज्ञ, जेटी, जेटीए छन्। प्लास्टिकका पोखरी र थोपा सिँचाइका सुविधा छन्।

फोनबाटै आफ्नो उत्पादन बेच्न सकिने अवस्था आएको छ। गाउँगाउँमा कृषि सडक पुगेको छ। युवा पुस्ताले होटेल खोलेको, नयाँ नयाँ परिकार बनाएको समाचार पनि आउँछ। यो सबै राम्रै कुरा हो। यी सबै कामले कृषिलाई नै टेवा पुग्ने हो। नयाँनयाँ परिकार बनाउन, होटल, रेस्टुराँ चलाउन पनि आखिर खाने कुरा चाहिन्छ। त्यो खानेकुरा हामी किसानले फलाउने हौं। त्यसैलै एउटा कुरा राम्रो हुँदा अरु धेरै कुरा राम्रो हुने रहेछ भन्ने देखिन्छ।

देशको विकास गर्ने हो भने कृषिलाई अघि लगाउनुपर्छ। किनभने जग्गा हुनेको त भइगयो जग्गै नहुनेले पनि अधियाँ गरेर, बेसाहामा गरेर खेती किसानी गरिरहेका छन्। अरु के नै गर्न सक्छन् र गाउँठाउँका मान्छेले? गर्ने भनेकै खेती र पशुपालन त हो।

कृषि र पशुपालनको सीपलाई स्थानीय सरकारले सहयोग गर्नुपर्छ। स्थानीय सरकारले किसानले कृषि उपजको खरिद तथा बजारीकरणमा सहजीकरण मात्र गरिदिने हो भने धेरै सकारात्मक परिवर्तन हुन सक्छ। यसबारेनेता, कार्यकर्ता तथा सरकारी अधिकारीहरुले सोचविचार गर्नुपर्छ।

घरका चार जना हामी पूरै खेती किसानीमै लागेका छौं। म र श्रीमती अनि कान्छो छोरा र बुहारीले  काममा सघाएका छन्। कामको चाप भएका बेलामा त जेठा छोराका परिवारले पनि साथ दिन्छन्। सामान्य उत्पादन हुँदा मासिक चालीस हजार बचाउँछु। ग्यारेजमा काम गरिरहेको भए म अहिले कुन अवस्थामा हुन्थें होला? थाहा छैन। तर उनले मलाई घर पठाएपछि मेरो भाग्य नै परिवर्तन भएजस्तो लाग्छ। यो सबै त्यही कुहिएको करेलाको बीजले हो।

मैले आफूले जानेको पनि यही हो। अरुलाई गर भन्दा पनि यही गर भन्ने हुँ। म त जतिन्जेल शरीरले साथ दिन्छ त्यन्तिजेल खेती किसानी गर्ने हो। [विकल श्रेष्ठले गरेको कुराकानीमा आधारित]


प्रकाशित: November 27, 2021 | 06:00:50 काठमाडौं, शनिबार, मंसिर ११, २०७८
नेपाल समय

शिवलाल श्रेष्ठ

शिवलाल श्रेष्ठ
काठमाडौं, शनिबार, मंसिर ११, २०७८

थप समाचार

गाँजाको बोटबाट झोला र जुत्ता बनाएर वर्षमा २ करोड कमाउँदै ऐरी [भिडियो सहित]

मूलतः गाँजाको रेसाबाट ब्याग र जुत्ता बनाउने यो कारखानाले यतिबेला मास्क, शारीरिक कसरत गर्दा प्रयोग गरिने म्याट, कोटका कपडा, तन्ना, थैलीलगायतका दर्जनौं सामग्री पनि उत्पादन गर्ने रहेछ। ‘यहाँ धेरै सामग्रीहरु देख्न सक्नुहुन्छ’, सञ्चालक ऐरीले मुस्कुराउँदै हामीलाई सुनाए, ‘यो उद्योगको संघर्षको कथा अलिक लामै छ।

केक मेला : जहाँ छन् एक सयभन्दा बढी केकका प्रकार

राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ। आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला।

'खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्'

तेह्रथुम लालीगुराँस नगरपालिका- ९ सोल्मा पुरुन्दिनका देवी पोखरेलले ७ वर्षअघि किबी खेती सुरुवात गरेका थिए।

मंसिर ३ गते रुपन्देहीमा 'युवा उद्यमी सम्मेलन'

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा आगामी मंसिर ३ गते रुपन्देहीको तिलोत्तमामा 'युवा उद्यमी सम्मेलन-रुपन्देही, २०२१' हुने भएको हो।

अर्गानिक उत्पादनमा सहुलियत दिन चिया किसानको माग

सरकारले रासायनिक मलमा सहुलियत दिइरहेको भए पनि अर्गानिक मलमा सुविधा दिएको छैन। किसानहरूले अर्गानिक मलमा सहुलियत नदिए अर्गानिक प्रणालीलाई टिकाइ राख्नै नसक्ने बताएका छन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C