सोमबार, माघ ३, २०७८

रोयल इन्फिल्डमा जमेका विपिन

दिग्विजय महर्जन  |  काठमाडौं, बुधबार, मंसिर ८, २०७८

दिग्विजय महर्जन

दिग्विजय महर्जन

बुधबार, मंसिर ८, २०७८, काठमाडौं

नेपाल समय
तस्बिर: दिनेश श्रेष्ठ

काठमाडौं– लण्डनको कलेजबाट व्यवस्थापन शास्त्रमा स्नातक तहको पढाइ सकेर उड्डयन क्षेत्रमा काम थालेका विपिन निरौला कामको सिलसिलामा देशविदेश रहे। तर पारिवारसँगै रहने निर्णय गरेर उनी नेपालमै केही गरुँला भनेर फर्किए।

नेपाल फर्किएपछि के गर्ने भनेर अध्ययन गरिरहँदा उनलाई लाग्यो– आफ्नै बुवाले थालेको कामलाई नयाँ ढंगमा निरन्तरता दिनु उचित हुनेछ। बुवाले काठमाडौंमा मोटरसाइकल मर्मतमा राम्रो नाम कमाएका थिए। व्यवस्थापन पढेका उनलाई लाग्यो– बुवाले जिन्दगीभर काम गरेर बनाएको यो नाम नै एउटा राम्रो ब्राण्ड हो। अनि उनी बुवासँगै मोटरसाइकल मर्मत कारखानामा काम गर्न जान थाले। उनले बुवासँग काम गर्न थालेको छ वर्ष भएको छ।

‘एक त मोटरसाइकलप्रति लगाव थियो। अनि परिवारसँगै पनि हुन पाइने भएकाले यो कामलाई नै निरन्तरता दिनु उचित लाग्यो। परिवारसँगै व्यवसाय पनि गर्न पाइने,’ उनले सुनाए। उनको मर्मत केन्द्रले पछिल्लो दिनमा रोयल इनफिल्डका बाइकलाई केन्द्रित गरेर सेवा दिन थालेको छ। एक हिसाबले भन्दा रोयल इनफिल्ड मर्मत केन्द्र बनेको छ, उनको कारखाना। उनको सेवा प्रवाह गर्ने व्यवसायमा १८ जनाले रोजगारी पाएका छन्। शान्तिनगरमा भएको कारखानालाई हालै विस्तार गरेर ललितपुर, इमाडोलमा रहेको भद्रकाली पेट्रोल पम्पमा पनि शाखा विस्तार गरेको छ।

बाइकको क्षेत्रमा काम गर्ने पक्का भएपछि उनले इन्टरनेटमा उपलब्ध मोटरसाइकलसँग सम्बन्धित डकुमेन्ट्री र भिडियोहरु हेरे। मोटरसाइकलका म्यागेजिनहरु पढे। त्यही क्रममा उनले ‘जेन एन्ड द आर्ट अफ मोटरसाइकल मेन्टिनेन्स’ किताब पनि भेटाए। बुद्ध दर्शनको एउटा हाँगा जेनले भन्छ, सचेत हुनु। सचेत हुनको लागि ध्यान गर्नुपर्ने रहेछ। ध्यान भनेको गेरु वस्त्र लगाएर संन्यासको बाटो लाग्ने मात्र होइन रहेछ। आफ्नो काममा एकाग्र हुनु नै ध्यान रहेछ।

नेपाल फर्किएपछि के गर्ने भनेर अध्ययन गरिरहँदा उनलाई लाग्यो– आफ्नै बुवाले थालेको कामलाई नयाँ ढंगमा निरन्तरता दिनु उचित हुनेछ।

संगीतका विज्ञहरुले धुन सुनेर गीतको कर्ड पत्ता लगाएजस्तै विपिन पनि मोटरसाइकलको आवाज सुनेर समस्या पहिचान गर्छन्। यो सीप उनले काममा ध्यानी भएबापत कमाएका हुन्। ‘यसो एकछिन चलाउनासाथ मुख्य मुख्य समस्या पत्ता लाग्छ,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा त ग्राहकले नै समस्या बताउनुहुन्छ अनि हाम्रो काम त्यो समस्याको जरा पत्ता लगाएर उपचार गर्ने हुन्छ।’

विपिनका बुवा गणेशप्रसाद निरौला पुराना र अनुभवी प्राविधिक हुन्। उनले आफ्नै केही व्यवसाय गर्नुपर्छ भन्ने मानसकितासहित मोटरसाइकल मर्मत गर्ने काम थालेका थिए। काम गर्दै जाँदा उनले सबैखाले मोटरसाइकल मर्मत गर्ने काममा दक्षता हासिल गरे। समय क्रममा नेपालमा रोयल इनफिल्ड मोटरसाइकलको संख्या बढ्दै गयो र मर्मतको लागि दक्ष प्रविधिकसहितको कारखानाको अभाव खट्किन थाल्यो।

त्यही बेला उनको सम्पर्क नेपालका लागि रोयल इनफिल्डको आधिकारिक एजेन्टसँग भयो र उनले रोयल इनफिल्डको आधिकारिक मर्मत केन्द्र खोल्ने अनुमति पाए। झण्डै दश वर्षदेखि उनको संस्थाले शन्तिनगरको प्रयागमार्गमा रहेको कारखानामार्फत रोयल इनफिल्ड बाइकको नसा–नसा केलाउने काम गर्दै आएको छ। निरौला एन्ड कम्पनीले रोयल इनफिल्ड जाँच्न थालेको ३० वर्ष भइसकेको छ। रोयल इनफिल्ड मोटरसाइकल नवयुवाको शौखिन बाइक बनेको छ भने वयष्यकहरु पनि यसलाई रुचाउँछन्।

उनको अनुभवअनुसार सबै व्यापारमा जोखिम हुन्छन् नै। यसका जोखिम भनेको भनेको मेकानिकल सामान हुन्। यो मोटरसाइकलको मुख्य समस्या भनेको विद्युतीय प्रणालीको संवेदनशीलता हो। यसका फ्युजहरु संवेदनशील हुन्छन्। यो मोटरसाइकल अरुभन्दा भारी भएका कारण इन्जिन छिटो तात्छ। अर्को समस्या भनेको  यसको टायरलाई ट्युबलेस बनाउन सकिँदैन, जसले गर्दा पञ्चरको समस्या हुने गर्छ।

रोयल इन्फिल्ड चलाउनेले यसको रेखदेखमा चनाखो हुनुपर्ने विपिन बताउँछन्। भन्छन्, ‘समयमै मोबिल फेर्नुपर्छ। फलामको पार्टपुर्जा खिया लाग्नबाट जोगाउनुपर्छ। चेनमा नियमित तेल हाल्नुपर्छ। पुग्दो पेट्रोल हालेर मात्र चलाउनुपर्छ। साथै समय–समयमा मोटरसाइकल आफैंले पनि जाँच गर्ने र सर्भिसिङ नियमित गर्नबाट चुक्न नहुने उनी सबैलाई सुझाव दिन्छन्।

 


प्रकाशित: November 24, 2021 | 11:45:00 काठमाडौं, बुधबार, मंसिर ८, २०७८
दिग्विजय महर्जन

दिग्विजय महर्जन

काठमाडौं, बुधबार, मंसिर ८, २०७८

थप समाचार

गाँजाको बोटबाट झोला र जुत्ता बनाएर वर्षमा २ करोड कमाउँदै ऐरी [भिडियो सहित]

मूलतः गाँजाको रेसाबाट ब्याग र जुत्ता बनाउने यो कारखानाले यतिबेला मास्क, शारीरिक कसरत गर्दा प्रयोग गरिने म्याट, कोटका कपडा, तन्ना, थैलीलगायतका दर्जनौं सामग्री पनि उत्पादन गर्ने रहेछ। ‘यहाँ धेरै सामग्रीहरु देख्न सक्नुहुन्छ’, सञ्चालक ऐरीले मुस्कुराउँदै हामीलाई सुनाए, ‘यो उद्योगको संघर्षको कथा अलिक लामै छ।

केक मेला : जहाँ छन् एक सयभन्दा बढी केकका प्रकार

राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ। आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला।

'खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्'

तेह्रथुम लालीगुराँस नगरपालिका- ९ सोल्मा पुरुन्दिनका देवी पोखरेलले ७ वर्षअघि किबी खेती सुरुवात गरेका थिए।

मंसिर ३ गते रुपन्देहीमा 'युवा उद्यमी सम्मेलन'

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा आगामी मंसिर ३ गते रुपन्देहीको तिलोत्तमामा 'युवा उद्यमी सम्मेलन-रुपन्देही, २०२१' हुने भएको हो।

अर्गानिक उत्पादनमा सहुलियत दिन चिया किसानको माग

सरकारले रासायनिक मलमा सहुलियत दिइरहेको भए पनि अर्गानिक मलमा सुविधा दिएको छैन। किसानहरूले अर्गानिक मलमा सहुलियत नदिए अर्गानिक प्रणालीलाई टिकाइ राख्नै नसक्ने बताएका छन्।

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C