मंगलबार, माघ ११, २०७८

पाखोबारीमा अलैँची खेती विस्तार

नेपाल समय  |  काठमाडौं, बिहीबार, कार्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कार्तिक २५, २०७८, काठमाडौं

नेपाल समय
फाइल तस्बिर

म्याग्दी- पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमिनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन्।

थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन्। यसअघि अर्मन र बरङ्जाका केही किसानले न्यून मात्रामा अलैँची खेती गर्दै आएका थिए। दुई वर्षसम्म परीक्षणको रूपमा गरिएको अलैँची खेती सफल भएपछि  किसान त्यसतर्फ आकर्षित भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए।

‘पहाडी क्षेत्र भएकाले अलैँचीको उत्पादन राम्रो हुन्छ की हुँदैन भन्ने थियो, तर किसानलाई यस विषयमा धेरै ज्ञान रहेछ’, उनले भने ‘अर्मनमा मात्रै अहिले १७  कृषकले करिब ८० हजार अलैँचीका बिरुवा लगाएका छन्।’ केही किसानले मकै र कोदोको ठाउँमा अलैँचीका बिरुवा रोपेका छन्।

अर्मनमा दुई वर्षमा १५ हेक्टर क्षेत्रफलमा अलैँची खेतीको विस्तार भएको मङ्गला गाउँपालिकाको कृषि शाखाले जनाएको छ। जिल्लाका मङ्गला गाउँपालिकाका साथै  कुइनेमङ्गले, घार, घतान, कुहुँ, तोरीपानी, अर्मन, देवीस्थान, ताकम, दरबाङ, कुहुलगायतका ठाउँमा पनि अलैँची खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

अलैँचीका लागि हावापानी उपयुक्त रहेको प्राविधिकको भनाइ छ। समुद्री सतहबाट ७०० देखि दुई हजार २०० मिटरको उचाइमा वार्षिक एक हजार ५०० देखि पाँच हजार मिलिमिटर वर्षा हुने ठाउँमा अलैँचीको उत्पादन राम्रो हुने बताइएको छ। जिल्लामा साउने जातका अलैँचीका बिरुवा बढी वितरण गरिएका छन्। जिल्लाको माथिल्लो भागमा अलैँचीको राम्रो उत्पादन हुने कृषि प्राविधिकले बताएका छन्। यी क्षेत्रमा ताप्लेजुङ, इलाम र सङ्खुवासभाको जस्तै हावापानी पाइन्छ। 

अलैँचीका लागि खेतबारी मास्नु नपर्ने, भुईँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मल खाद र रेखदेख गरेपुग्ने भएकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको हो।

एउटा बिरुवालाई १० रूपैयाँ पर्ने भए पनि किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिँदै आएको मङ्गला गाउँपालिकाले जनाएको छ। सदरमुकामसम्मको ढुवानी सरकार आफैँले बेहोर्ने गर्छ। उत्पादन भएमा बजारको कुनै समस्या नभएको प्राविधिकको बुझाइ छ।

उनीहरूका अनुसार अलैँचीको बियाँबाट मसलायुक्त सुगन्धित औषधीय तेल निस्कन्छ। उक्त तेल मिठाई, केक आदी सुगन्धित बनाउन प्रयोग गर्नुका साथै विभिन्न किसिमका औषधि बनाउन सकिन्छ। अर्मनका किसानले गत वर्ष प्रतिकिलो दुई हजारदेखि दुई हजार २०० सम्ममा अलैँची बिक्री गरेका छन्। अलैँची बिक्री गरेर गाउँमा ४० लाख भित्रिएको स्थानीय किसानले जनाएका छन्।  -रासस


प्रकाशित: November 11, 2021 | 09:45:00 काठमाडौं, बिहीबार, कार्तिक २५, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बिहीबार, कार्तिक २५, २०७८

थप समाचार

गाँजाको बोटबाट झोला र जुत्ता बनाएर वर्षमा २ करोड कमाउँदै ऐरी [भिडियो सहित]

मूलतः गाँजाको रेसाबाट ब्याग र जुत्ता बनाउने यो कारखानाले यतिबेला मास्क, शारीरिक कसरत गर्दा प्रयोग गरिने म्याट, कोटका कपडा, तन्ना, थैलीलगायतका दर्जनौं सामग्री पनि उत्पादन गर्ने रहेछ। ‘यहाँ धेरै सामग्रीहरु देख्न सक्नुहुन्छ’, सञ्चालक ऐरीले मुस्कुराउँदै हामीलाई सुनाए, ‘यो उद्योगको संघर्षको कथा अलिक लामै छ।

केक मेला : जहाँ छन् एक सयभन्दा बढी केकका प्रकार

राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ। आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला।

इजरायलमा रोजगारी : नयाँ कामदारको उडान दुई साताभित्र, अहिलेसम्म कति गए?

छनोट भएका ११ सय ४२ जना कामदारको नाम सम्बन्धित निकायलाई पठाएको छ। तिनमा ८२१ महिला र ३५३ पुरुष छन्।

मंसिर ३ गते रुपन्देहीमा 'युवा उद्यमी सम्मेलन'

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा आगामी मंसिर ३ गते रुपन्देहीको तिलोत्तमामा 'युवा उद्यमी सम्मेलन-रुपन्देही, २०२१' हुने भएको हो।

अर्गानिक उत्पादनमा सहुलियत दिन चिया किसानको माग

सरकारले रासायनिक मलमा सहुलियत दिइरहेको भए पनि अर्गानिक मलमा सुविधा दिएको छैन। किसानहरूले अर्गानिक मलमा सहुलियत नदिए अर्गानिक प्रणालीलाई टिकाइ राख्नै नसक्ने बताएका छन्।

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा सुधारको छाँट देखिएन,’ ती पदाधिकारी भन्छन्, ‘प्रश्न उठाउँदा झपार्नुहुन्छ। बोल्न दिनुहुन्‍न, अनि कसरी सुधारको अपेक्षा राख्‍ने?’
नेपाल समय
समाज

काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

'घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं। गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'
नेपाल समय
समाज

काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो।
नेपाल समय
समाज

इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय
राजनीति

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C