मंगलबार, माघ ११, २०७८

ठेलाको कफी सप, जहाँ पारखीहरूको सधैं भीड लाग्छ

विनोद परियार  |  काठमाडौं, मंगलबार, कार्तिक २३, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, कार्तिक २३, २०७८, काठमाडौं

नेपाल समय
व्यवसायी बाबुराम पोखरेल। तस्बिर/विनोद परियार

बुटवल- आजभोलि सहरका गल्लीगल्लीमा आकर्षक लेआउटसहितका ‘कफी सप’ भेटिन्छन्। त्यस्ता सपमा आरामदायी बस्ने ठाउँ र विभिन्न 'आइटम' का कफीले धेरैको मन लोभ्याउँछ। तुलनात्मक रुपमा यस्ता 'कफी सप' महँगा हुन्छन्। त्यसैले त कफी खाने रहर भए पनि सबैको पहुँच पुग्न सकेको पाइँदैन। 

तर बुटवल ट्राफिक चोकमा एउटा यस्तो 'कफी सप' छ जहाँ सबै प्रकारका कफी पारखीहरुको पहुँच छ। सडकछेउको ठेलामा राखिएकाले यहाँ जोकोहीले पनि मन लागेका बेला कफीको स्वाद लिन सक्छन्। ट्राफिकचोकमा अचेल कफी पिउनेको बजार लाग्छ। ‘कफी पिउनु छ भने ट्राफिक चोक जानु’ भनेजस्तै भएको छ वुटवलमा। यद्यपि कफी पसलमा न त बस्ने सुविधा छ न त अन्य थप सेवा नै। तर पनि कफी पिउन मानिसको भीड हुने गरेको छ।

सहरका आकर्षक कफी पसलमा कफी पिउनु र बुटवल ट्राफिकचोकमा कफी पिउनुको मज्जा बेग्लै रहेको पारखीहरू बताउँछन्। मानिसहरू सडकछेउमै उभिएर तातो कफी पिउँछन्। हरेक साँझ ६ बजेदेखि राति साढे ९ बजेसम्म सडक छेउमा ‘कुकर कफी’ को सिठी लाग्छ। जाडोमा कफीको खानेहरूको भीड लाग्छ भने गर्मीमा लस्सी खानेको भीड । 

‘कफी पसल त अन्त पनि छन्। तर पनि ट्राफिकचोकको जस्तो स्वादिष्ट कफी अन्त पाइँदैन,’ बुटवलका कमल शर्माले भने, ‘साँझको बेला सडक फेस्टिबल जस्तै हुन्छ। त्यसैले नियमित आइरहन्छु।’

‘कफी पसल त अन्त पनि छन्। तर पनि ट्राफिकचोकको जस्तो स्वादिष्ट कफी अन्त पाइँदैन,’ बुटवलका कमल शर्माले भने, ‘साँझको बेला सडक फेस्टिबल जस्तै हुन्छ। त्यसैले नियमित आइरहन्छु।’ उनले बुटवलमा लामो समयदेखि ट्राफिकचोकको कफी पिएकाले बानी परेको बताए। ‘दिनभर कामको थकान हुन्छ, साथीहरूसँग गफिँदै कफी पिउनु दैनिकी नै बनेको छ,’ उनले भने। 

अहिले बुटवलमा कफी सप थपिने क्रम छ। तर, पनि युवादेखि वृद्धसम्मले ट्राफिक चोकको कफी र लस्सीको स्वादमा रमाएको भेटिन्छन्।

बुटवलको ट्राफिकचोकस्थित कफी सपमा लागेको भीड। 

शनिबार साँझ कफी पिउँदै गर्दा भेटिएकी थिइन्, एलिना भट्टराई। उनी साथीसँग भेटघाट पनि हुने र कफी पिउँदै रिफ्रेस हुने बताउँछिन्। ‘सानैदेखि ट्राफिकचोकमा कफी पिउन थालेको हो,’ उनले भनिन्, ‘यहाँ उभिएरै कफी पिँउदा पनि आनन्द आउँछ।’

‘कुकर कफी’ मा लोभिनेहरू बुटवलबासी मात्रै छैनन्। पूर्वपश्चिमको यात्रामा निस्केकाहरुले समेत यहाँको कफीको स्वादमा रमाउने गरेका छन्।

बुटवलको कफी, चितवनको सेकुवा र काठमाडौंको मम भन्ने ब्रान्ड नै बनेको बताउँछन्, बुटवलका स्थानीय अनिल गौतम। ‘मर्निङवाक गर्नेहरूले चिया र साँझको गर्मीमा लस्सी नखाई नहुने अवस्था थियो,’ उनले भने। बुटवलको ‘कुकर कफी’ ब्रान्ड बनेकाले यसलाई पहिचानका रुपमा स्थापित गर्ने गरी स्थानीय सरकार र व्यवसायीहरू जुट्नुपर्ने उनको भनाइ छ।

यसरी सुरु भयो ‘कुकर कफी’ 

ट्राफिकचोक बुटवलको मुख्य बजार क्षेत्र हो। २०५५ सालदेखि फाटफुट्ट ठेलामा लस्सी र चिया पसल सुरु भएको थियो। त्यसअघि यहाँ ठेलामा मासुको व्यापार हुन्थ्यो। काठमाडौं जाने रात्रिकालीन बसको टिकट काउन्टर पनि यही‌ं थियो।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा, स्याङ्जा र पूर्वपश्चिम राजमार्ग हुँदै पूर्व-पश्चिम जानेहरुको जमघट हुने थलो यही चोक भएकाले भीड लाग्थ्यो। त्यही जमघटबाट नै ठेलामा चिया र लस्सीले बजार लिएको थियो।

‘सुरूमा चिया र लस्सीको बजार थियो,’ २३ वर्षदेखि ट्राफिक चोकमा व्यापार गर्दै आएका पोखरेल लस्सी पसलका सञ्चालक बाबुराम पोखरेलले भने। चिया र लस्सीसँगै बिस्तारै कफीसमेत बनाउन सुरु गरेका पाेखरेलले कुकरमा कफी बनाउन भारतकाे सुनौलीमा सिकेका हुन्।

‘नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्याे। त्यतिखेर छोराको उपचारका लागि सुनौली पुग्दा कुकरमा कफी पकाएको देखें। अनि त्यहीँ सिकेर बुटवलमा कुकरमा कफी बनाउन थालियो’, बाबुराम विगत सम्झन्छन्, ‘त्यहींबाट कुकर कफीले बजार लियो।’ 

‘पहिले रातभरि चलाउन पाइन्थ्यो, आम्दानी ठिकै थियो, अहिले साँझ ६ देखि साढे ९ बजेसम्म मात्रै खोल्न पाइन्छ, त्यसमाथि निर्माणाधीन सडकका कारण असहज भइरहेको छ।’

उनका अनुसार २०६५/६६ बाट बुटवलले कुकर कफीमा नाम कमाएको हो। ‘बुटवलको नाम यसरी प्रख्यात हुँदा निकै खुसी लागेको छ,’ उनले भने।

त्यसो त ट्राफिकचोकको कफीसँग आत्मनिर्भर र स्वरोजगारहरूको रोजीरोटीसमेत जोडिएको छ। पोखरेलले कफी पसलबाटै बुटवल नयाँ गाउँमा घर बनाए।

कोरोना महामारीले प्रभावित भएको कफी व्यापारले दसैंपछि बिस्तारै गति लिन थालेको छ। १७ वर्षदेखि हरेकृष्ण लस्सी कफी कर्नर सञ्चालन गर्दै आएका गोविन्द सुवेदी भन्छन्, ‘कोरोना महामारीले व्यापार कम भएको थियो। अहिले बिस्तारै बढ्दैछ।’

उनले १७ वर्षदेखि निरन्तर कफी र लस्सीको व्यापारले नै घरपरिवार धानेको बताए। ‘पहिले रातभरि चलाउन पाइन्थ्यो। आम्दानी ठिकै थियो। अहिले साँझ ६ देखि साँढे ९ बजेसम्म मात्रै खोल्न पाइन्छ, त्यसमाथि निर्माणाधीन सडकका कारण असहज भइरहेको छ,’ उनले गुनासो पोखे।

उनका अनुसार स्थानीय सरकारले अहिले प्रतिठेला २ वटा मात्रै कुर्ची राख्ने अनुमति दिएको छ। यसअघि कुर्ची राखेर मानिस सजिलै बसेर कफी र लस्सीको स्वाद लिन्थेँ। ट्राफिकचोकमा अहिले कफी, लस्सी, विभिन्न नास्ताका गरी करिब एक दर्जन ठेला राखिएका छन्। उनीहरुले सरसफाई बापत मासिक ३ देखि ४ सय रुपैयाँ स्थानीय सरकारलाई कर बुझाउने गर्छन्।

बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तार आयोजनाका कारण सडक अस्तव्यस्त हुँदा सडक वरपर धुलाम्मे भएको छ। बुटवलजस्तो कोलाहलयुक्त सहरमा दिनहुँ कफीका नाममा भेटघाट हुने थलो व्यवस्थित बनाउनु पर्ने उपभाेक्ताहरू बताउँछन्।


प्रकाशित: November 9, 2021 | 08:31:40 काठमाडौं, मंगलबार, कार्तिक २३, २०७८
विनोद परियार

विनोद परियार

परियार नेपाल समयका लुम्बिनी प्रदेश प्रतिनिधि हुन्।
काठमाडौं, मंगलबार, कार्तिक २३, २०७८

थप समाचार

गाँजाको बोटबाट झोला र जुत्ता बनाएर वर्षमा २ करोड कमाउँदै ऐरी [भिडियो सहित]

मूलतः गाँजाको रेसाबाट ब्याग र जुत्ता बनाउने यो कारखानाले यतिबेला मास्क, शारीरिक कसरत गर्दा प्रयोग गरिने म्याट, कोटका कपडा, तन्ना, थैलीलगायतका दर्जनौं सामग्री पनि उत्पादन गर्ने रहेछ। ‘यहाँ धेरै सामग्रीहरु देख्न सक्नुहुन्छ’, सञ्चालक ऐरीले मुस्कुराउँदै हामीलाई सुनाए, ‘यो उद्योगको संघर्षको कथा अलिक लामै छ।

केक मेला : जहाँ छन् एक सयभन्दा बढी केकका प्रकार

राजधानी उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ। आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला।

इजरायलमा रोजगारी : नयाँ कामदारको उडान दुई साताभित्र, अहिलेसम्म कति गए?

छनोट भएका ११ सय ४२ जना कामदारको नाम सम्बन्धित निकायलाई पठाएको छ। तिनमा ८२१ महिला र ३५३ पुरुष छन्।

मंसिर ३ गते रुपन्देहीमा 'युवा उद्यमी सम्मेलन'

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा आगामी मंसिर ३ गते रुपन्देहीको तिलोत्तमामा 'युवा उद्यमी सम्मेलन-रुपन्देही, २०२१' हुने भएको हो।

अर्गानिक उत्पादनमा सहुलियत दिन चिया किसानको माग

सरकारले रासायनिक मलमा सहुलियत दिइरहेको भए पनि अर्गानिक मलमा सुविधा दिएको छैन। किसानहरूले अर्गानिक मलमा सहुलियत नदिए अर्गानिक प्रणालीलाई टिकाइ राख्नै नसक्ने बताएका छन्।

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

ट्रेंडिंग

नेपाल समय
राजनीति

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा सुधारको छाँट देखिएन,’ ती पदाधिकारी भन्छन्, ‘प्रश्न उठाउँदा झपार्नुहुन्छ। बोल्न दिनुहुन्‍न, अनि कसरी सुधारको अपेक्षा राख्‍ने?’
नेपाल समय
समाज

काठमाडौंका गेस्ट हाउस : महिलाका लागि असुरक्षित बन्न थालेका हुन्?

'घटना बढ्दै गएपछि हामीले गेस्ट हाउसमाथि निगरानी बढाएका छौं। गेस्ट हाउस छिर्दा र बाहिरिने ठाउँमा सीसी क्यामेरा अनिवार्य रुपमा लगाउन निर्देशन दिएका छौं।'
नेपाल समय
समाज

काठमाडौंको सुन्धाराबाट 'दंगाली छोटे डन' पक्राउ, यस्ता छन् कसुरका शृंखला

'दङ्गाली छोटे डन' उपनामले परिचित विकास पुन काठमाडौंबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंको सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकीछिपी बस्दै आएको अवस्थामा सोमबार पक्राउ गरेको हो।
नेपाल समय
समाज

इतिहासमा आज : अमेरिकी राज्यमा राजतन्त्रको अन्त्य, जापानमा शक्तिशाली भूकम्प

आज सन् २०२२ जनवरी १७। विश्‍वभर आजका दिनमा भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेटेका छौं।
नेपाल समय
राजनीति

चुच्चे नक्सामा बढ्यो भारतको हैकम, कूटनीतिक पहलमा यसरी पन्छियो सरकार

'सरकारको प्रवक्ताले बोल्ने त एउटा कुरा भयो, अर्को परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउनुपर्थ्यो। अर्को कुरा भारतीय दूतावासले विज्ञप्ति निकालेपछि दिल्लीस्थित नेपालको दूतावासले विज्ञप्ति निकाल्नुपर्थ्यो।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C