मंगलबार, कार्तिक २, २०७८

जुम्लामा एउटै भेडाको मूल्य ४५ हजार

नेपाल समय  |  काठमाडौं, बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८, काठमाडौं

नेपाल समय

जुम्ला- जुम्लामा यसवर्षको दसैंमा भेडाको मुल्य आकाशियको छ। यहाँ एउटै भेडा ४५ हजार रुपैयाँ सम्ममा बिक्री भएको छ। 

पशु अस्पताल तथा  पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन्। यस वर्ष जुम्ला ल्याएका भेडा बाजुरा, जाजरकोट लगायत जिल्लाका हुन्। 

जुम्लाका भेडा व्यवपारी  प्रेम कार्कीका अनुसार  यसवर्ष  जुम्लामा  ल्याइएका भेडा बाजुराका हुन्।  जुम्लामा भेडा नपाएपछि बाजुरा पुगेर ल्याएको उनले बताए। जुम्लामा मासुको माग बढ्दै जानु, तर उत्पादन नहुनुले  भेडाको मुल्य आकाशिएको हो। अहिले जुम्लामा एक किलो मासुको एक हजार रुपैयाँ पर्न थालेको छ। कर्णाली प्रदेश सरकारले पनि जुम्लालाई मासु र दुधमा आत्मानिर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रम दिँदै आएको छ। तर सरकारी रकम सक्नका लागि अरुकै भेडा देखाएर अनुदान खाने  प्रवृत्तिका कारण  पशुवस्तु क्षेत्रको उत्पादन भने अनुसार वृद्धि नभएको नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन्। उनले भने, ‘अनुदान दिइन्छ त्यसपछि अनुगमन हुँदैन। सरकारले दिने अनुदानका कार्यक्रममा कडा निगरानी हुन आवश्यक छ।’ 

पशु अस्पताल तथा  पशु सेवा कार्यालयका प्रमुख गोविन्द महतका अनुसार जुम्लामा आवश्यकताभन्दा बढी भेडा भित्रिएका छन्। ‘विगतका दसैँमा भेडा पाउन नागरिकलाई हाम्मे हाम्मे हुने गर्थ्यो।  तर यस वर्ष धेरै भेडा  भित्रिए।’ उनले भने, ‘मुल्यले चाहीँ ३०–४० प्रतिशत बढेको छ।’ अहिले जुम्लामा  जिउँदो खसीको मूल्य प्रतिकेजी एक हजार रुपैयाँ छ। उनले भने, ‘त्यहीँ भएर पनि मुल्य नियन्त्रण भन्दा बाहिर छ। भेडा तथा खसीको मुल्य निर्धारण गर्ने अधिकार  स्थानीय तहसँग छ।  स्थानीय तह मौन हुँदा मूल्य निर्धारण हुन सकेको छैन।’

व्यवसायीलाई ढुवानी मापदण्ड पालना गरेर खसी–बोका ओसारपसार गर्न, मुल्य अनियन्त्रित नगर्न समेत निर्देशन दिने निकाय नै बेखबर भएपछि यसवर्ष भेडाको मुल्य बढेको स्थानीय भैरबहादुर कठायतले बताए। उनका अनुसार जुम्लामा भित्रिएका भेडा सामान्य नागरिकले  किन्न सक्ने मुल्यका छैनन्। यसअघिका वर्षमा २० हजारमा पाइने भेडा यसवर्ष ४५ हजार तिर्नुपरेको उनको भनाइ छ। 

जुम्लामा फूलपातीको दिनमा धेरै भेडा बिक्री हुने गर्छ । यस्तै अष्टमीको दिनमा पनि भेडा बिक्री हुने गरेको छ। - न्युज कारखाना


प्रकाशित: October 13, 2021 | 19:05:00 काठमाडौं, बुधबार, असोज २७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, असोज २७, २०७८

थप समाचार

कर्मले जुराएको नाम- मौरी सत्याल!

मौरीको घार बढ्दै गयो, ग्राहक थपिँदै गए। उनले हार्डवेयर पसलमा काम छाडेका थिएनन्। मौरीबाट पनि दह्रो कमाइ थिएन। पसलमा काम गर्न छाडेर बाँसबारीमा ‘हनी भिडियो’ नामक भिडियो पार्लर खोले।

सरकारी जागिर र विदेश जान छाडेर छुर्पी उद्योग खोल्दै

धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ।

खाडीमा भन्दा बारीमा मनग्य कमाइ

अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन्।

साइकलमा स्यान्डविच बेच्‍ने फास्टफुड चेनका मालिक डोलराजको कथा

सन् २००३ मा डोलराज गैरेले भारतको भोपालमा साइकलमा सुप, स्यान्डबिच र बिरयानी बनाएर ग्राहकलाई बेच्ने काम थाले।

वर्षौंको मेहनत र लगनले बनेको ब्रान्ड– श्याम दाइको हाँसको छोयला

विस्तारै हाँसको छोय्लाको स्वादको समाचार फैलिन थाल्यो। टाढा टाढाबाट धाएरै श्याम दाइको पसलमा परिकार खान आउनेहरुको संख्या चुलिँदै गयो।

बाँदर आतंकले वैकल्पिक खेतीमा लाग्दै किसान

देशको सबैजसो मध्यपहाडी जिल्लामा फैलिएको बाँदर आतंकले किसानहरुलाई वैकल्पिक खेतीमा लाग्न बाध्य बनाएको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C