सोमबार, मंसिर १३, २०७८

सरकारी जागिर र विदेश जान छाडेर छुर्पी उद्योग खोल्दै

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज २४, २०७८, काठमाडौं

नेपाल समय

धनकुटा- धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ। खासगरी विदेशबाट फर्केका र सरकारी जागिरबाट अवकाश भएकाहरूले सञ्चालन गरेको डेरी उद्योगले युवालाई स्वरोजगार बनाएको छ।

दूधलाई प्रशोधन गरी बनाइने घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग स्थापनासँगै रोजगारी पाउने युवाको संख्या बढ्दो छ। केही वर्ष अघिदेखि डेरी उद्योग सञ्चालन गरी राम्रो आम्दानी लिइरहेका महलक्ष्मी-१ रामबहादुर पौडेल पनि छुर्पी उत्पादनबाट निकै सन्तुष्ट रहेको बताउँछन्। नेपाली सेनाको जागिरबाट अवकाश भएपछि यो पेशामा लागेका पौडेलले आठ जनालाई रोजगारी दिएका छन्।

२०७४ सालदेखि आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय सुरु गरेका महालक्ष्मी नगरपालिका–१ का कमल अधिकारीले अहिले दैनिक एक हजार पाँच सय लिटर दूध प्रशोधन गरिरहेका छन्। डेरी उद्योगबाट मासिक १५ लाखको कारोबार गरेको बताउने अधिकारीले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए।

हिमाली जिल्लामा व्यावसायिक रुपमा छुर्पी उत्पादन हुँदै आएकोमा अब धनकुटामा पनि छुर्पीको व्यावसायिक उत्पादन हुन थालेको हो। गाई भैँसीको दूध उत्पादनमा वृद्धि हुँदा दूधले बजार नपाएपछि दूध खपतको लागि छुर्पी उद्योग खोलिने क्रम बढेको छ। धनकुटामा ५० भन्दा बढी उद्योग रहेका छन्।

दूध खेर नजाओस् भनेर व्यावसायिक रुपमा उद्योग नै सञ्चालन गरी यसको उत्पादन गर्न थालिएको धनकुटा–२ भीरगाउँका राजु घिमिरेले बताए। उनले दैनिक एक हजार लिटर दुधको छुर्पी बनाउँदै आएको बताए। 

उद्योगमा उत्पादन गरिएको छुर्पीको माग बढेको हुँदा उत्पादनमा वृद्धि गर्दै लगिने घिमिरेको भनाइ छ। केही वर्ष अघिसम्म निजी कम्पनीमा जागिर गर्ने घिमिरे छुर्पी उद्योगबाट निकै सन्तुष्ट रहेको बताउँछन्। श्रम गरे आफ्नै गाउँ–ठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने लागेर यो पेशामा लागेको उनको भनाइ छ। घिमिरेको उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ।

‘पनिर माग गरेअनुसार मात्रै बनाइन्छ। उत्पादित छुर्पी र नौनीका लागि बजारको कुनै समस्या छैन, घरैबाट बिक्री हुन्छ,’ उनले भने। उत्पादित छुर्पी इटहरी हुँदै काठमाडौं तथा अमेरिकासमेत निर्यात गरिन्छ। नौनी धनकुटालगायत तराइका जिल्लामा खपत हुन्छ। उद्योगबाट मासिक १० लाख सम्मको कारोबार हुने गरेको उनले बताए। सबै खर्च कटाएर एक लाखसम्म बचत हुन्छ।

प्रतिलिटर ४५ मा उनले दूध खरिद गर्छन्। सो उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा चार जनाले रोजगारीसमेत पाएका छन्।

छुर्पी प्रतिकिलो आठ सय र घ्यू प्रतिकिलो पाँच सय रुपैयाँमा गाउँमै बिक्री हुन्छ। यहाँ उत्पादित घ्यू, छुर्पी जिल्ला सदरमुकामलगायत तराइका जिल्ला र काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्जलगायतका शहरमा निर्यात हुने गरेको छ। गाउँमै छुर्पी उद्योग स्थापनासँगै किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ।

अलिअलि घ्यू मात्र उत्पादन गर्दै आएका किसानहरू गाउँमै स्थापना भएका उद्योगले दूध खरिद गर्न थालेपछि खुसी भएका छन्। उद्योगले दूध खरिद गर्न थालेपछि आम्दानीको स्रोतको रुपमा पशुपालन रोज्न सुरु गरेका छन्।

उपयोगमा नआएको दूध बिक्री हुन थालेपछि किसानलाई राहत मिलेको दूध उत्पादक किसान राजेन्द्र थापाले बताए। सरकारले स्वदेशमै व्यवसाय गरेका मानिसलाई धमाधम अनुदान दिइरहेको छ। तर, सरकारले दिने अनुदानमा भने उनीहरू भने सन्तुष्ट छैनन्।

अनुदानका लागि एकपटक जाँदा सम्बन्धित निकायले चासो नलिने र पटकपटक जान एक जना कामदार नै राख्नुपर्ने भएकाले त्यसतर्फ ध्यान नदिएको उद्योगीको भनाइ छ। -न्युज कारखाना


प्रकाशित: October 10, 2021 | 09:03:16 काठमाडौं, आइतबार, असोज २४, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, असोज २४, २०७८

थप समाचार

कुहिएको करेलाको बीजले बदलिएको भाग्य

पहिला पहिला खेती हुने तीन सय रोपनी फाँटमा अहिले खेती गर्ने म मात्र भएको छु। बाँकी सबैको खेतबारी बाँझो छ। गाउँका धेरै मानिसको खेती बाँदरले नास गर्दा मेरो खेती भने जोगिएकै छ।

रोयल इन्फिल्डमा जमेका विपिन

नेपाल फर्किएपछि के गर्ने भनेर अध्ययन गरिरहँदा उनलाई लाग्यो– आफ्नै बुवाले थालेको कामलाई नयाँ ढंगमा निरन्तरता दिनु उचित हुनेछ।

आलुमा आत्मनिर्भर बनाउने अभियानमा कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले कृषकलाई आलु खेतीमा प्रोत्साहन गर्न उन्नत जातको बीउ, आवश्यक औजार तथा सिँचाइका सामान दिएर सो अभियानको थालनी गरेको हो।

सिनेमा हल बन्द हुँदा खुलेको अर्को ढोका

सिनेमा हल बन्द भयो। र, यो बन्द कतिन्जेल हुने हो कसैलाई केही मेसो थिएन। जागिर धरापमा परेपछि आम्दानीको लागि के गर्ने भन्ने सोच उनले गर्न थाले।

पाखोबारीमा अलैँची खेती विस्तार

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमिनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन्।

ठेलाको कफी सप, जहाँ पारखीहरूको सधैं भीड लाग्छ

‘कफी पसल त अन्त पनि छन्। तर पनि ट्राफिक चोकको जस्तो स्वादिष्ट कफी अन्त पाइँदैन। साँझको बेला सडक फेस्टिबल जस्तै हुन्छ। त्यसैले नियमित आइरहन्छु।’

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C